प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ तिमोथि विषयवस्तु

      • योग्य पुरुषहरूलाई सन्देश सुम्पिदेऊ (१-७)

      • सुसमाचारको खातिर कष्ट सहने (८-१३)

      • परमेश्‍वरको वचन ठीकसित प्रयोग गर (१४-१९)

      • युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग (२०-२२)

      • विरोधीहरूसित कस्तो व्यवहार गर्ने (२३-२६)

२ तिमोथि २:१

मार्जिनल रेफरेन्स

  • +१ ति १:२

२ तिमोथि २:२

मार्जिनल रेफरेन्स

  • +२ति ३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. २९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. २७-३१

२ तिमोथि २:३

मार्जिनल रेफरेन्स

  • +१ ति १:१८
  • +२ति १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९१, पृ. २८

२ तिमोथि २:४

फुटनोट

  • *

    वा सम्भवतः “दैनिक क्रियाकलापमा।”

  • *

    शा., “व्यापारमा अल्झिएर बस्दैन।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१९, पृ. १७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१७, पृ. १०-११

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. ३१

    ३/१/१९९१, पृ. २८

२ तिमोथि २:५

फुटनोट

  • *

    शा., “मुकुट।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००१, पृ. २८-२९

२ तिमोथि २:८

मार्जिनल रेफरेन्स

  • +प्रे २:२४
  • +प्रे २:२९-३२; रोमी १:३
  • +प्रे १३:२३

२ तिमोथि २:९

मार्जिनल रेफरेन्स

  • +प्रे ९:१६; फिलि १:७
  • +कल ४:३, ४

२ तिमोथि २:१०

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:६; एफि ३:१३; कल १:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. २८

२ तिमोथि २:११

मार्जिनल रेफरेन्स

  • +रोमी ६:५, ८

२ तिमोथि २:१२

मार्जिनल रेफरेन्स

  • +प्रका ३:२१; २०:४, ६
  • +मत्ति १०:३३; लुका १२:९

२ तिमोथि २:१४

फुटनोट

  • *

    शा., “राम्ररी साक्षी पनि दिनू।”

  • *

    वा “सुन्‍नेहरूको विनाश गर्छ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १४

२ तिमोथि २:१५

मार्जिनल रेफरेन्स

  • +२ति ४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. १७-१८

    ११/१५/२००३, पृ. ९-१०

    १/१/२००३, पृ. २७-२८

    १२/१/२००२, पृ. १६

    १/१५/१९९७, पृ. ७

    १/१/१९९६, पृ. २९-३१

    सेवा स्कूल, पृ. १५३-१५४

२ तिमोथि २:१६

मार्जिनल रेफरेन्स

  • +१ ति ४:७; ६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १४

२ तिमोथि २:१७

मार्जिनल रेफरेन्स

  • +१ ति १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००३, पृ. २८

    १०/१/१९९१, पृ. २५

२ तिमोथि २:१८

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००३, पृ. २८

२ तिमोथि २:१९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १६:५
  • +यसै २६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. ८-१०, १२-१६

२ तिमोथि २:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ८/२०१९, पृ. ३

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १५-१६

    ११/१५/२००२, पृ. १९

    ssbr, पृ. ३२

    ब्यूँझनुहोस्‌!,

    ९/८/२००५, पृ. १२-१३

२ तिमोथि २:२१

फुटनोट

  • *

    वा “साधन।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ८/२०१९, पृ. ३

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १५-१६

    ११/१५/२००२, पृ. १९

    ssbr, पृ. ३२

    ब्यूँझनुहोस्‌!,

    ९/८/२००५, पृ. १२-१३

२ तिमोथि २:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १६

    ६/१/२००८, पृ. १४

    २/१/१९९६, पृ. २५-२६

    ssbr, पृ. ३१-३५

२ तिमोथि २:२३

मार्जिनल रेफरेन्स

  • +१ ति १:३, ४; ४:७; ति ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१४, पृ. १४-१५

२ तिमोथि २:२४

फुटनोट

  • *

    वा “कुशलतापूर्वक।”

मार्जिनल रेफरेन्स

  • +१थि २:७
  • +मत्ति ५:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १२

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. २६

    ५/१५/२००५, पृ. २५-३०

    ४/१/२००३, पृ. २४

२ तिमोथि २:२५

फुटनोट

  • *

    वा “मन परिवर्तन गर्ने।”

मार्जिनल रेफरेन्स

  • +हित १५:१; गला ६:१; ति ३:२; १प ३:१५
  • +१ ति २:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १२

    प्रहरीधरहरा,

    ४/१/२००३, पृ. २४

२ तिमोथि २:२६

मार्जिनल रेफरेन्स

  • +युह १३:२७; प्रे ५:३; १ ति १:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. २०

अरू

२ तिमो. २:११ ति १:२
२ तिमो. २:२२ति ३:१४
२ तिमो. २:३१ ति १:१८
२ तिमो. २:३२ति १:८
२ तिमो. २:५१कोरि. ९:२५
२ तिमो. २:८प्रे २:२४
२ तिमो. २:८प्रे २:२९-३२; रोमी १:३
२ तिमो. २:८प्रे १३:२३
२ तिमो. २:९प्रे ९:१६; फिलि १:७
२ तिमो. २:९कल ४:३, ४
२ तिमो. २:१०२कोरि. १:६; एफि ३:१३; कल १:२४
२ तिमो. २:११रोमी ६:५, ८
२ तिमो. २:१२प्रका ३:२१; २०:४, ६
२ तिमो. २:१२मत्ति १०:३३; लुका १२:९
२ तिमो. २:१५२ति ४:२
२ तिमो. २:१६१ ति ४:७; ६:२०
२ तिमो. २:१७१ ति १:२०
२ तिमो. २:१८१कोरि. १५:१२
२ तिमो. २:१९गन १६:५
२ तिमो. २:१९यसै २६:१३
२ तिमो. २:२३१ ति १:३, ४; ४:७; ति ३:९
२ तिमो. २:२४१थि २:७
२ तिमो. २:२४मत्ति ५:३९
२ तिमो. २:२५हित १५:१; गला ६:१; ति ३:२; १प ३:१५
२ तिमो. २:२५१ ति २:३, ४
२ तिमो. २:२६युह १३:२७; प्रे ५:३; १ ति १:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ तिमोथि २:१-२६

दोस्रो तिमोथि

२ त्यसैले हे मेरो छोरा,+ ख्रिष्ट येसुले देखाउनुहुने असीम अनुग्रहद्वारा आफूलाई बलियो बनाइराख। २ अनि तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए,+ ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌। ३ ख्रिष्ट येसुको सुयोग्य सिपाहीको रूपमा+ तिमी पनि दुःख भोग्न तयार होऊ।+ ४ सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा* हात हाल्दैन* किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्‍तिको अनुमोदन पाउन चाहन्छ। ५ त्यसैगरि खेलकुदमा प्रतिस्पर्धा गर्ने मानिसले पनि नियमअनुसार नखेलेसम्म इनाम* पाउँदैन।+ ६ कडा परिश्रम गर्ने किसानले नै पहिला आफ्नो उब्जनी खान पाउनुपर्छ। ७ मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले तिमीलाई सबै कुराको समझ दिनुहुनेछ।

८ येसु ख्रिष्ट मृत्युबाट ब्युँताइनुभएको थियो+ अनि उहाँ दाउदको सन्तान हुनुहुन्थ्यो+ भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो+ ९ अनि यसैको निम्ति म कष्ट भोग्दै छु र एक जना अपराधीजस्तै कैदमा परेको छु।+ तर परमेश्‍वरको वचन त बन्धनमा परेको छैन।+ १० यसकारण चुनिएका जनहरूको खातिर म सबै कुरा सहिरहन्छु+ ताकि तिनीहरूले पनि ख्रिष्ट येसुमार्फत उद्धार हासिल गर्नुका साथै अनन्त महिमा पनि पाऊन्‌। ११ यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी सँगै मऱ्‍यौँ भने अवश्‍य सँगै बाँच्ने पनि छौँ;+ १२ यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्‍यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+ १३ तर हामी विश्‍वासघाती भयौँ भने पनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ किनकि उहाँ आफैलाई ढाँट्‌न सक्नुहुन्‍न।

१४ परमेश्‍वरसामु तिनीहरूलाई यी कुराहरू सम्झाइरहनू अनि शब्दहरूको विषयमा झगडा नगर्नू भनेर निर्देशन पनि दिनू* किनकि त्यसो गरेर केही फाइदा हुँदैन बरु सुन्‍नेहरूलाई नोक्सान मात्र हुन्छ।* १५ आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।+ १६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्‍तिहीन कामहरूतर्फ पुऱ्‍याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्‌।+ १८ यी मानिसहरू सत्यबाट तर्केका छन्‌ र मरेकाहरूलाई फेरि जीवित पार्ने काम भइसक्यो भनेर सिकाउँछन्‌;+ यसरी तिनीहरूले कसै-कसैको विश्‍वास ध्वस्त पारिरहेका छन्‌। १९ यी सबको बाबजुद परमेश्‍वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना मानिसहरूलाई यहोवा* परमेश्‍वर चिन्‍नुहुन्छ”+ अनि “यहोवा* परमेश्‍वरको नाम लिने जति सबैले+ कुकर्म त्यागून्‌।”

२० ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, काठ र माटाका भाँडाहरू पनि हुन्छन्‌, कुनै आदरणीय प्रयोगका लागि त कुनै मामुली कामका लागि। २१ तसर्थ जो मामुली काममा प्रयोग हुने भाँडाहरूबाट टाढै बस्छ, ऊ आदरणीय प्रयोगका लागि छुट्ट्याइएको, चोखो, मालिकका लागि उपयोगी अनि हरेक असल कामका लागि तयार पारिएको भाँडा* हुनेछ। २२ त्यसैले युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता,* विश्‍वास, प्रेम र शान्तिको पछि लाग।

२३ यसबाहेक मूर्खता अनि अज्ञानताले भरिएका वादविवादलाई तिरस्कार गर+ किनकि त्यसले झगडा गराउँछ। २४ प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५ र सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्‍वरले ती मानिसहरूलाई पश्‍चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+ २६ अनि तिनीहरूको होस खुल्नेछ र दियाबलले आफ्नो इच्छा पूरा गर्न आफूहरूलाई जिउँदै पक्रेको रहेछ+ भन्‍ने कुरा बुझेर तिनीहरू त्यसको पासोबाट उम्केर आउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने