प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • आफैलाई अति धर्मी ठहराएकोमा अय्युबलाई हप्काउँछन्‌ (१-३३)

        • फिरौती पाइयो (२४)

        • युवावस्थाको बल फर्कियोस्‌ (२५)

अय्युब ३३:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

अय्युब ३३:३

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:३४; लुका ६:४५

अय्युब ३३:४

मार्जिनल रेफरेन्स

  • +भज ११९:७३
  • +उत्प २:७; उप १२:७; प्रे १७:२५

अय्युब ३३:६

मार्जिनल रेफरेन्स

  • +उत्प २:७

अय्युब ३३:९

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:७; १६:१६, १७; २३:११
  • +अय्यु २९:१४

अय्युब ३३:१०

मार्जिनल रेफरेन्स

  • +अय्यु १३:२४; १६:९; १९:११

अय्युब ३३:११

मार्जिनल रेफरेन्स

  • +अय्यु १३:२७; १४:१६; ३१:४

अय्युब ३३:१२

मार्जिनल रेफरेन्स

  • +अय्यु १२:१३; भज ८:४; यसै ४०:२५; ५५:९

अय्युब ३३:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४५:९; रोमी ९:२०
  • +अय्यु १३:२४

अय्युब ३३:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १२:६; दा ४:५

अय्युब ३३:१६

फुटनोट

  • *

    शा., “छाप लगाएर राखिदिनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ३६:१०

अय्युब ३३:१७

मार्जिनल रेफरेन्स

  • +उत्प २०:६, ७; मत्ति २७:१९
  • +दा ४:२४, २५

अय्युब ३३:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:२४

अय्युब ३३:२०

मार्जिनल रेफरेन्स

  • +भज १०७:१७, १८

अय्युब ३३:२३

फुटनोट

  • *

    वा “स्वर्गदूत।”

अय्युब ३३:२४

मार्जिनल रेफरेन्स

  • +अय्यु १४:१३
  • +अय्यु १९:२५; मत्ति २०:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. २८

    ८/१/२००९, पृ. ११-१२

अय्युब ३३:२५

मार्जिनल रेफरेन्स

  • +२रा ५:१४
  • +व्य ३४:७; अय्यु ४२:१६; भज १०३:३-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. २८

    ८/१/२००९, पृ. ११-१२

अय्युब ३३:२६

मार्जिनल रेफरेन्स

  • +भज ३०:८

अय्युब ३३:२७

फुटनोट

  • *

    वा सम्भवतः “तर त्यसबाट मलाई केही फाइदा भएन।”

मार्जिनल रेफरेन्स

  • +२स १२:१३; भज ३२:५; हित २८:१३; लुका १५:२१; १ युह १:९

अय्युब ३३:२८

मार्जिनल रेफरेन्स

  • +भज १९:१४; यसै ३८:१७

अय्युब ३३:३०

मार्जिनल रेफरेन्स

  • +भज ५६:१३

अय्युब ३३:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ५

अरू

अय्यु. ३३:३मत्ति १२:३४; लुका ६:४५
अय्यु. ३३:४भज ११९:७३
अय्यु. ३३:४उत्प २:७; उप १२:७; प्रे १७:२५
अय्यु. ३३:६उत्प २:७
अय्यु. ३३:९अय्यु १०:७; १६:१६, १७; २३:११
अय्यु. ३३:९अय्यु २९:१४
अय्यु. ३३:१०अय्यु १३:२४; १६:९; १९:११
अय्यु. ३३:११अय्यु १३:२७; १४:१६; ३१:४
अय्यु. ३३:१२अय्यु १२:१३; भज ८:४; यसै ४०:२५; ५५:९
अय्यु. ३३:१३यसै ४५:९; रोमी ९:२०
अय्यु. ३३:१३अय्यु १३:२४
अय्यु. ३३:१५गन १२:६; दा ४:५
अय्यु. ३३:१६अय्यु ३६:१०
अय्यु. ३३:१७उत्प २०:६, ७; मत्ति २७:१९
अय्यु. ३३:१७दा ४:२४, २५
अय्यु. ३३:१८उत्प ३१:२४
अय्यु. ३३:२०भज १०७:१७, १८
अय्यु. ३३:२४अय्यु १४:१३
अय्यु. ३३:२४अय्यु १९:२५; मत्ति २०:२८
अय्यु. ३३:२५२रा ५:१४
अय्यु. ३३:२५व्य ३४:७; अय्यु ४२:१६; भज १०३:३-५
अय्यु. ३३:२६भज ३०:८
अय्यु. ३३:२७२स १२:१३; भज ३२:५; हित २८:१३; लुका १५:२१; १ युह १:९
अय्यु. ३३:२८भज १९:१४; यसै ३८:१७
अय्यु. ३३:३०भज ५६:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ३३:१-३३

अय्युब

३३ “त्यसैले बिन्ती छ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।

मेरो एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

 २ अब म नबोली बस्न सक्दिनँ।

मैले आफ्नो मुख खोल्नै पर्छ।

 ३ मेरो बोलीले म निष्कपट छु भनेर देखाउँछ।+

म आफूलाई थाह भएको कुरा इमानदार भएर बताउनेछु।

 ४ परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा मलाई रच्नुभयो।+

सर्वशक्‍तिमान्‌को सासले म जीवित भएँ।+

 ५ सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्‌।

आफ्नो पक्षमा बोल्न तयार हुनुहोस्‌ र आफ्ना तर्कहरू पेस गर्नुहोस्‌।

 ६ हेर्नुहोस्‌, परमेश्‍वरको नजरमा म पनि तपाईँजस्तै छु।

म पनि माटोबाटै बनाइएको हुँ।+

 ७ त्यसैले तपाईँ मसित रतीभर डराउनुपर्दैन।

मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्‌।

 ८ तर तपाईँले घरीघरी यसो भन्‍नुभएको मैले सुनेँ,

 ९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+

म चोखो छु, मबाट भूल भएको छैन।+

१० तर परमेश्‍वर विभिन्‍न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।

उहाँ मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ।+

११ उहाँ मेरो खुट्टा ठिँगुरोमा हालिदिनुहुन्छ

र मेरो हर कदम नियाल्नुहुन्छ।’+

१२ तर तपाईँको यो कुरा सरासर गलत हो। त्यसैले मेरो कुरा सुन्‍नुहोस्‌:

मरिजाने मानिसभन्दा परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।+

१३ तपाईँ किन उहाँको गुनासो गर्नुहुन्छ?+

उहाँले तपाईँका प्रश्‍नहरूको जवाफ दिनुभएन भनेर हो?+

१४ वास्तवमा परमेश्‍वर बारम्बार बोल्नुहुन्छ

तर कसैले वास्ता गर्दैन।

१५ जब रातमा मानिसहरू आफ्नो ओछ्यानमा ढल्किरहेका हुन्छन्‌

र गहिरो निद्रामा मस्त हुन्छन्‌,

तब उहाँ सपना र दर्शनद्वारा* बोल्नुहुन्छ।+

१६ उहाँ तिनीहरूको कान खोलिदिनुहुन्छ+

र आफ्नो निर्देशन तिनीहरूको मनमा ठप्प राखिदिनुहुन्छ।*

१७ मानिसले गलत काम गर्न छोडोस्‌+

र आफ्नो घमन्ड त्यागोस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+

१८ परमेश्‍वर त्यसलाई चिहानमा* जानदेखि जोगाउनुहुन्छ,+

त्यसलाई तरबारले काटिनदेखि बचाउनुहुन्छ।

१९ जब मानिस पीडाले छटपटाउँदै आफ्नो ओछ्यानमा पल्टन्छ

र पीडाले उसका हड्डीहरू कटकटी खान्छ, तब उसले पाठ सिक्छ।

२० उसलाई खानेकुरादेखि घिन लाग्न थाल्छ

र मीठो परिकारसमेत उसले खान मन गर्दैन।+

२१ उसको शरीर सुक्दै जान्छ।

अनि उसका हड्डीहरूसमेत देखिन थाल्छन्‌।

२२ ऊ बिस्तारै चिहानको नजिक-नजिक पुग्छ

र उसको ज्यान लिन खोज्नेहरूको नजिक पुग्छ।

२३ तर यदि उसलाई सही बाटो देखाउन

हजारमा एक दूत* उसको पक्षमा खडा भयो

र उसको तर्फबाट बोलिदिन राजी भयो भने

२४ परमेश्‍वरले त्यस मानिसलाई दया देखाउनुहुनेछ र यसो भन्‍नुहुनेछ,

‘उसलाई चिहानमा पुग्न नदेऊ!+

मैले उसको निम्ति फिरौती पाएको छु!+

२५ उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस्‌+

र युवावस्थाको बल उसमा फर्केर आओस्‌।’+

२६ उसले परमेश्‍वरलाई बिन्ती गर्नेछ+ र उहाँले उसलाई स्विकार्नुहुनेछ।

परमेश्‍वरको अनुहार हेर्न पाउँदा ऊ खुसीले कराउनेछ

र ऊ पहिलेझैँ धर्मी ठहरिनेछ।

२७ उसले मानिसहरूको अगाडि यसो भन्‍नेछ,

‘मैले पाप गरेँ + र सही बाटोलाई लत्याएँ।

तर मैले आफ्नो गल्तीको सजाय भोग्नुपरेन।*

२८ परमेश्‍वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+

अब मैले ज्योति देख्न पाउनेछु।’

२९ हो, परमेश्‍वर यी सब गर्नुहुन्छ।

मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।

३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउन

र उसले फेरि जीवनको ज्योति पाओस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+

३१ त्यसैले अय्युब, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्‌।

मैले बोल्दै गर्दा पहिला चुपचाप मेरो कुरा सुन्‍नुहोस्‌।

३२ त्यसपछि तपाईँलाई केही भन्‍न मन लागेको छ भने भन्‍नुहोस्‌।

किनकि म तपाईँलाई सही साबित गर्न चाहन्छु।

३३ तर तपाईँसँग भन्‍नलाई केही छैन भने मेरो कुरा सुन्‍नुहोस्‌।

चुपचाप बस्नुहोस्‌ र म तपाईँलाई बुद्धिका कुरा सिकाउनेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने