प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूलाई पत्नी बनाउँछन्‌ (१-३)

      • नपिलहरूको जन्म (४)

      • मानिसहरूको दुष्ट्‌याइँले यहोवालाई दुःखी बनाउँछ (५-८)

      • नुहलाई जहाज बनाउने आज्ञा दिइन्छ (९-१६)

      • परमेश्‍वर जलप्रलय ल्याउने घोषणा गर्नुहुन्छ (१७-२२)

उत्पत्ति ६:२

फुटनोट

  • *

    वा “स्वर्गदूतहरूले।”

मार्जिनल रेफरेन्स

  • +अयु १:६; ३८:७; २प २:४; यहु ६

उत्पत्ति ६:३

फुटनोट

  • *

    वा “तिनीहरू आफ्नो शरीरको इच्छाअनुसार चल्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +उत्प ७:४; १प ३:२०
  • +२प ३:९

उत्पत्ति ६:४

फुटनोट

  • *

    यसको अर्थ “ढाल्नेहरू” हुन सक्छ, अर्थात्‌ अरूलाई ढाल्नेहरू। शब्दावलीमा “नपिल” हेर्नुहोस्‌।

उत्पत्ति ६:५

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२१; यर्मि १७:९; मत्ति १५:१९

उत्पत्ति ६:६

फुटनोट

  • *

    वा “यहोवा परमेश्‍वर दुःखी हुनुभयो।”

  • *

    वा “उहाँको चित्त दुख्यो।”

मार्जिनल रेफरेन्स

  • +भज ७८:४०, ४१

उत्पत्ति ६:९

फुटनोट

  • *

    शा., “साँचो परमेश्‍वरसित हिँड्‌थे।”

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१; इज १४:१४; हिब्रू ११:७
  • +२प २:५

उत्पत्ति ६:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ५:३२

उत्पत्ति ६:१२

मार्जिनल रेफरेन्स

  • +प्रका ११:१८
  • +मत्ति २४:३७-३९; २प २:५

उत्पत्ति ६:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ७:४

उत्पत्ति ६:१४

फुटनोट

  • *

    शा., “गोपेर रूखको काठको।” चोप आउने किसिमको काठ। गोपेर एक प्रकारको सल्लाको रूख हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:७
  • +उत्प १४:१०; प्रस्थ २:३

उत्पत्ति ६:१५

फुटनोट

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

उत्पत्ति ६:१६

फुटनोट

  • *

    हिब्रू भाषामा सोहार। कसै-कसैको भनाइअनुसार यसले उज्यालो छिरोस्‌ भनेर बनाइने झ्याललाई नभई एक हात बाहिर निस्केको भिरालो छानालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१६

उत्पत्ति ६:१७

फुटनोट

  • *

    वा “जीवनशक्‍ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १:७; ७:६, ११
  • +उत्प ७:२१; भज १०४:२९; मत्ति २४:३९; २प २:५

उत्पत्ति ६:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१३

उत्पत्ति ६:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ७:२
  • +उत्प ८:१७

उत्पत्ति ६:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१४, १५

उत्पत्ति ६:२१

मार्जिनल रेफरेन्स

  • +उत्प १:२९, ३०

उत्पत्ति ६:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:१६; हिब्रू ११:७

अरू

उत्प. ६:२अयु १:६; ३८:७; २प २:४; यहु ६
उत्प. ६:३उत्प ७:४; १प ३:२०
उत्प. ६:३२प ३:९
उत्प. ६:५उत्प ८:२१; यर्मि १७:९; मत्ति १५:१९
उत्प. ६:६भज ७८:४०, ४१
उत्प. ६:९उत्प ७:१; इज १४:१४; हिब्रू ११:७
उत्प. ६:९२प २:५
उत्प. ६:१०उत्प ५:३२
उत्प. ६:१२प्रका ११:१८
उत्प. ६:१२मत्ति २४:३७-३९; २प २:५
उत्प. ६:१३उत्प ७:४
उत्प. ६:१४हिब्रू ११:७
उत्प. ६:१४उत्प १४:१०; प्रस्थ २:३
उत्प. ६:१६उत्प ७:१६
उत्प. ६:१७उत्प १:७; ७:६, ११
उत्प. ६:१७उत्प ७:२१; भज १०४:२९; मत्ति २४:३९; २प २:५
उत्प. ६:१८उत्प ७:१३
उत्प. ६:१९उत्प ७:२
उत्प. ६:१९उत्प ८:१७
उत्प. ६:२०उत्प ७:१४, १५
उत्प. ६:२१उत्प १:२९, ३०
उत्प. ६:२२प्रस्थ ४०:१६; हिब्रू ११:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ६:१-२२

उत्पत्ति

६ पृथ्वीमा मानिसहरू बढ्‌दै गए र तिनीहरूका छोरीहरू पनि जन्मिए। २ परमेश्‍वरका छोराहरूले*+ मानिसका छोरीहरूतर्फ नजर लगाउन थाले र तिनीहरूलाई उनीहरू बिछट्टै राम्री लाग्यो। त्यसैले तिनीहरूले आफूलाई जो-जो राम्री लाग्यो, उनीहरूलाई आफ्नी पत्नी बनाए। ३ त्यसपछि यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “म मानिसलाई सधैँभरि सहेर बस्नेछैनँ+ किनकि तिनीहरू पापी हुन्‌।* त्यसैले मानिस १२० वर्ष बाँच्नेछ।”+

४ त्यसबेला र त्यसपछि पनि पृथ्वीमा नपिलहरू* थिए। किनकि परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसित सम्बन्ध राख्न थाले, जसले गर्दा तिनीहरूका छोराहरू जन्मिए। ती छोराहरू नै नपिल कहलाइए; उनीहरू नै उहिलेका बलिया-बलिया र नाम चलेका मानिसहरू थिए।

५ यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+ ६ पृथ्वीमा मानिसहरू बनाएकोमा यहोवा परमेश्‍वरले अफसोस गर्नुभयो* र उहाँ असाध्यै दुःखी हुनुभयो।*+ ७ त्यसैले यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “मैले सृष्टि गरेको मानिसलाई म नामेट पार्नेछु। मानिससँगसँगै म घरपालुवा जनावर, घस्रने जीवजन्तु र आकाशमा उड्‌ने जीवहरू सबैलाई पृथ्वीबाट नामेट पार्नेछु। ती बनाएकोमा मलाई अफसोस लागेको छ।” ८ तर यहोवा परमेश्‍वरले नुहलाई चाहिँ अनुग्रह देखाउनुभयो।

९ नुहको जीवनको विवरण यही हो:

नुह एक धर्मी पुरुष थिए।+ तिनी आफ्नो जमानाका मानिसहरूभन्दा बिलकुलै फरक थिए; तिनमा खोट लगाउने कुनै ठाउँ थिएन। तिनी साँचो परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌थे।*+ १० नुहका तीन जना छोरा थिए। तिनीहरूको नाम सेम, हाम र यापेत थियो।+ ११ पृथ्वी साँचो परमेश्‍वरको नजरमा भ्रष्ट भएको थियो र हिंसाले भरिएको थियो। १२ हो, परमेश्‍वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो+ किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।+

१३ त्यसपछि परमेश्‍वरले नुहलाई यसो भन्‍नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु।+ १४ तिमीले असल काठको* जहाज बनाउनू+ अनि त्यसमा कोठा-कोठा बनाउनू। जहाजको भित्रबाहिर अलकत्राले+ लिप्नू। १५ तिमीले जहाज यसरी बनाउनू: त्यसको लम्बाइ ३०० हात,* चौडाइ ५० हात र उचाइ ३० हातको होस्‌। १६ जहाजमा उज्यालो छिरोस्‌ भनेर छतभन्दा एक हात तल एउटा झ्याल* बनाउनू। जहाजको एकापट्टि ढोका राख्नू।+ पहिलो, दोस्रो र तेस्रो गरी जहाज तीन तलाको बनाउनू।

१७ “जीवनको सास* हुने मानिस र जीवजन्तु सबैलाई नाश गर्न म पृथ्वीमा जलप्रलय+ ल्याउनेछु। पृथ्वीमा भएको सबै थोक नाश हुनेछ।+ १८ तर तिमीसित भने म एउटा करार गर्छु। तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजभित्र जानू।+ १९ सबै जीवजन्तुलाई जोगाउन तिमीले तिनीहरूको भाले र पोथी गरी एक-एक जोडी+ जहाजमा लैजानू।+ २० जीवित रहनका लागि जातजातका उड्‌ने जीवहरूका, जातजातका घरपालुवा जनावरका र जातजातका घस्रने जीवजन्तुका भाले र पोथी गरी एक-एक जोडी तिमीसँग जहाजमा जानेछन्‌।+ २१ तिमीले आफ्नो लागि र जीवजन्तुको लागि विभिन्‍न किसिमका खानेकुरा+ पनि जम्मा गरेर जहाजमा लैजानू।”

२२ तब नुहले त्यसै गरे। तिनले परमेश्‍वरको आज्ञाबमोजिम सबै गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने