प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • भण्डारेहरू विश्‍वासयोग्य हुनुपर्छ (१-५)

      • ख्रिष्टियन सेवकहरूको नम्रता (६-१३)

        • “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू” (६)

        • ख्रिष्टियनहरू तमासा भएका छन्‌ (९)

      • पावल आफ्ना ख्रिष्टियन छोराछोरीको ख्याल राख्छन्‌ (१४-२१)

१ कोरिन्थी ४:१

फुटनोट

  • *

    वा “ख्रिष्टको अधीनमा बसेर काम गर्ने।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:११; रोमी १६:२५, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१२, पृ. ११-१२

    ८/१/२०००, पृ. १४-१५

१ कोरिन्थी ४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१२, पृ. १२-१३

१ कोरिन्थी ४:४

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित २१:२; रोमी १४:१०; हिब्रू ४:१३

१ कोरिन्थी ४:५

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१
  • +हित १०:९; २कोरि. १०:१८; १ ति ५:२४, २५

१ कोरिन्थी ४:६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:१२
  • +रोमी १२:३; २कोरि. १२:२०; ३यु ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. १३

    २/१/१९९१, पृ. १७-१८

१ कोरिन्थी ४:७

मार्जिनल रेफरेन्स

  • +युह ३:२७

१ कोरिन्थी ४:८

मार्जिनल रेफरेन्स

  • +प्रका २०:४, ६
  • +२ति २:१२; प्रका ३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. २३

    १/१/१९९४, पृ. २९-३०

१ कोरिन्थी ४:९

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३६; १कोरि. १५:३२; २कोरि. ६:४, ९
  • +हिब्रू १०:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००९, पृ. २६-२७

    ९/१/१९९०

    राज्य सेवकाई,

    ८/२००१, पृ. १

    ब्यूझनुहोस्‌!,

    ९/८/१९९८, पृ. २४

१ कोरिन्थी ४:१०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ३:१८

१ कोरिन्थी ४:११

फुटनोट

  • *

    शा., “नाङ्‌गा छौँ।”

  • *

    वा “मुक्का।”

मार्जिनल रेफरेन्स

  • +फिलि ४:१२
  • +२कोरि. ११:२७
  • +प्रे १४:१९; २३:२; २कोरि. ११:२४

१ कोरिन्थी ४:१२

मार्जिनल रेफरेन्स

  • +प्रे १८:३; २०:३४; १थि २:९
  • +रोमी १२:१४; १प ३:९
  • +मत्ति ५:४४

१ कोरिन्थी ४:१३

फुटनोट

  • *

    शा., “हामी बिन्ती गर्छौँ।”

  • *

    वा “फोहोर।”

मार्जिनल रेफरेन्स

  • +१प २:२३

१ कोरिन्थी ४:१५

फुटनोट

  • *

    वा “शिक्षक।”

मार्जिनल रेफरेन्स

  • +गला ४:१९; १थि २:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९३, पृ. १४

१ कोरिन्थी ४:१६

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:१; फिलि ३:१७; १थि १:६

१ कोरिन्थी ४:१७

मार्जिनल रेफरेन्स

  • +२ति १:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. ३०-३१

१ कोरिन्थी ४:१९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

१ कोरिन्थी ४:२१

मार्जिनल रेफरेन्स

  • +२कोरि. १३:१०

अरू

१ कोरि. ४:१मत्ति १३:११; रोमी १६:२५, २६
१ कोरि. ४:४हित २१:२; रोमी १४:१०; हिब्रू ४:१३
१ कोरि. ४:५मत्ति ७:१
१ कोरि. ४:५हित १०:९; २कोरि. १०:१८; १ ति ५:२४, २५
१ कोरि. ४:६१कोरि. १:१२
१ कोरि. ४:६रोमी १२:३; २कोरि. १२:२०; ३यु ९
१ कोरि. ४:७युह ३:२७
१ कोरि. ४:८प्रका २०:४, ६
१ कोरि. ४:८२ति २:१२; प्रका ३:२१
१ कोरि. ४:९रोमी ८:३६; १कोरि. १५:३२; २कोरि. ६:४, ९
१ कोरि. ४:९हिब्रू १०:३३
१ कोरि. ४:१०१कोरि. ३:१८
१ कोरि. ४:११फिलि ४:१२
१ कोरि. ४:११२कोरि. ११:२७
१ कोरि. ४:११प्रे १४:१९; २३:२; २कोरि. ११:२४
१ कोरि. ४:१२प्रे १८:३; २०:३४; १थि २:९
१ कोरि. ४:१२रोमी १२:१४; १प ३:९
१ कोरि. ४:१२मत्ति ५:४४
१ कोरि. ४:१३१प २:२३
१ कोरि. ४:१५गला ४:१९; १थि २:११
१ कोरि. ४:१६१कोरि. ११:१; फिलि ३:१७; १थि १:६
१ कोरि. ४:१७२ति १:१३
१ कोरि. ४:२१२कोरि. १३:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ४:१-२१

पहिलो कोरिन्थी

४ मानिसहरूले हामीलाई ख्रिष्टका सेवक* अनि परमेश्‍वरको पवित्र रहस्यका भण्डारे ठानून्‌+ भन्‍ने हामी चाहन्छौँ। २ यस सन्दर्भमा भण्डारेहरूबाट आशा गरिने कुरा के हो भने उनीहरू विश्‍वासयोग्य हुनुपर्छ। ३ अब तिमीहरूले वा कुनै मानव अदालतले मेरो जाँच गर्नु मेरो लागि त्यत्ति महत्त्वपूर्ण कुरा होइन। भनौँ भने म आफै पनि आफूलाई जाँच्दिनँ। ४ किनकि मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा म धर्मी साबित हुँदिनँ तर मलाई जाँच्ने यहोवा* परमेश्‍वर नै हुनुहुन्छ।+ ५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात्‌ प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्‍वरबाट पाउनेछ।+

६ अब हे भाइ हो, मैले आफूलाई र अपोल्लसलाई उदाहरणको रूपमा चलाएर+ तिमीहरूकै हितका लागि यी कुरा भनेको हुँ ताकि हामीलाई हेरेर तिमीहरूले यो नियम सिक: “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू,” नत्र त घमन्डले फुलेर+ तिमीहरूले एक जनाको पक्ष लिनेछौ र अर्कोलाई तुच्छ ठान्‍नेछौ। ७ किनकि अरूभन्दा फरक बनाउने के कुरा तिमीसित छ र? वास्तवमा कसैले नदिई तिमीले पाएको कुरा के छ र?+ अब यदि पाएका हौ भने कसैले नदिईकनै पाएजस्तो गरी तिमी किन घमन्ड गर्छौ?

८ के तिमीहरू तृप्त भइसक्यौ? के तिमीहरू धनी भइसक्यौ? अनि के तिमीहरूले हामीविनै राजाले झैँ राज गरिसक्यौ?+ तिमीहरूले साँच्चै राजाले झैँ राज गरेको भए त हुने थियो किनकि त्यसो हुँदो हो त हामीले पनि तिमीहरूसँगै राजाले झैँ राज गर्ने थियौँ।+ ९ किनकि मलाई लाग्छ, परमेश्‍वरले हामी प्रेषितहरूलाई मृत्युदण्ड पाएका मानिसहरूलाई झैँ रङ्‌गशालामा सबैभन्दा अन्तमा प्रदर्शन गर्न राख्नुभएको छ।+ किनकि हामी यो संसारका लागि, स्वर्गदूतहरूका लागि अनि मानिसहरूका लागि तमासा भएका छौँ।+ १० ख्रिष्टको पछि लागेकोले हामी मूर्ख ठानिएका छौँ + तर तिमीहरू भने ख्रिष्टको पछि लागेकोले आफैलाई समझदार ठान्छौ; हामी कमजोर छौँ तर तिमीहरू त बलिया छौ; तिमीहरूको इज्जत छ तर हाम्रो त बदनामी भएको छ। ११ अहिलेसम्म हामी भोकै छौँ,+ तिर्खाएका छौँ,+ झुत्रेझाम्रे छौँ,* पिटाइ* खाँदै छौँ,+ घरबारविहीन छौँ १२ अनि हामी आफ्नै हातले कडा परिश्रम गरिरहेका छौँ।+ अरूले अपमान गर्दा हामी आशिष्‌ दिन्छौँ,+ खेदो गर्दा धैर्य गर्दै सहन्छौँ,+ १३ निन्दा गर्दा हामी मीठो वचनले जवाफ दिन्छौँ।*+ हामी अहिलेसम्म संसारको लागि कसिङ्‌गर* अनि सबै कुराको कसरझैँ भएका छौँ।

१४ तिमीहरूलाई सरममा पार्न त होइन तर तिमीहरूलाई मेरा प्यारा छोराछोरी ठानेर सल्लाह दिन म यी कुराहरू लेख्दै छु। १५ ख्रिष्टमा तिमीहरूको १० हजार अभिभावक* होलान्‌ तर तिमीहरूको बुबा भने पक्कै पनि धेरै छैनन्‌ किनकि सुसमाचारमार्फत ख्रिष्ट येसुमा म तिमीहरूको बुबा भएको छु।+ १६ त्यसैले म आग्रह गर्छु, तिमीहरू मेरो अनुकरण गर्नेहरू होओ।+ १७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्‍वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्‌।+

१८ कोही-कोही घमन्डले यसरी फुलेका छन्‌ कि मानौँ, म तिमीहरूकहाँ आउन लागेकै होइनँ। १९ तर यहोवा* परमेश्‍वरको इच्छा भए म छिट्टै तिमीहरूकहाँ आउनेछु अनि जो घमन्डले फुलेका छन्‌, तिनीहरू के भन्छन्‌, त्यो होइन तर परमेश्‍वरको शक्‍ति तिनीहरूसित छ कि छैन, त्यो जान्‍न चाहन्छु। २० किनकि मानिसले बोल्ने कुराबाट होइन तर उसले परमेश्‍वरको शक्‍ति पाएको देखिने काम गर्छ वा गर्दैन, त्यसबाट ऊ परमेश्‍वरको राज्यको अधीनमा छ कि छैन भनेर देखिन्छ। २१ तिमीहरू के चाहन्छौ: म तिमीहरूकहाँ छडी लिएर आऊँ+ कि प्रेम र कोमलताको भाव लिएर?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने