प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • स्वर्गदूतहरू याकुबलाई भेट्‌छन्‌ (१, २)

      • याकुब एसावसित भेट्‌न तयारी गर्छन्‌ (३-२३)

      • याकुब स्वर्गदूतसँग कुस्ती खेल्छन्‌ (२४-३२)

        • याकुबलाई इस्राएल नाम दिइन्छ (२८)

उत्पत्ति ३२:२

फुटनोट

  • *

    यसको अर्थ हो, “दुई वटा छाउनी।”

उत्पत्ति ३२:३

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३०
  • +उत्प २७:३९; ३६:८; व्य २:५; यहो २४:४

उत्पत्ति ३२:४

फुटनोट

  • *

    वा “विदेशीको रूपमा बसेर बिताएँ।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:४१

उत्पत्ति ३२:५

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:४३; ३३:११

उत्पत्ति ३२:६

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:१, २

उत्पत्ति ३२:७

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४१; ३२:११

उत्पत्ति ३२:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:३, १३

उत्पत्ति ३२:१०

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१५; भज १००:५
  • +उत्प २८:१०; ३०:४३; ३२:७

उत्पत्ति ३२:११

मार्जिनल रेफरेन्स

  • +भज ३४:४
  • +उत्प २७:४१

उत्पत्ति ३२:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१४; ४६:२, ३; प्रस्थ १:७; ३२:१३; प्रे ७:१७

उत्पत्ति ३२:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:१०

उत्पत्ति ३२:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:४३

उत्पत्ति ३२:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:८

उत्पत्ति ३२:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:११; १स २५:१८

उत्पत्ति ३२:२२

फुटनोट

  • *

    पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३०; रुथ ४:११
  • +उत्प ३०:३, ९
  • +व्य ३:१६; यहो १२:२; न्याय ११:१३

उत्पत्ति ३२:२३

फुटनोट

  • *

    वा “वादीपारि।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

उत्पत्ति ३२:२४

मार्जिनल रेफरेन्स

  • +होसे १२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००३, पृ. २५

उत्पत्ति ३२:२५

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:३१, ३२

उत्पत्ति ३२:२६

मार्जिनल रेफरेन्स

  • +होसे १२:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००२, पृ. २९

उत्पत्ति ३२:२८

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरसँग लड्‌ने (हार नमान्‍ने)” वा “परमेश्‍वर लडन्त गर्नुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१०
  • +होसे १२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००३, पृ. २५

उत्पत्ति ३२:२९

मार्जिनल रेफरेन्स

  • +न्याय १३:१७, १८

उत्पत्ति ३२:३०

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वरको मुहार।”

मार्जिनल रेफरेन्स

  • +१रा १२:२५
  • +उत्प १६:७, १३; न्याय ६:२२; युह १:१८

उत्पत्ति ३२:३१

फुटनोट

  • *

    वा “पेनिएल।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:२५

अरू

उत्प. ३२:३उत्प २५:३०
उत्प. ३२:३उत्प २७:३९; ३६:८; व्य २:५; यहो २४:४
उत्प. ३२:४उत्प ३१:४१
उत्प. ३२:५उत्प ३०:४३; ३३:११
उत्प. ३२:६उत्प ३३:१, २
उत्प. ३२:७उत्प २७:४१; ३२:११
उत्प. ३२:९उत्प ३१:३, १३
उत्प. ३२:१०उत्प २८:१५; भज १००:५
उत्प. ३२:१०उत्प २८:१०; ३०:४३; ३२:७
उत्प. ३२:११भज ३४:४
उत्प. ३२:११उत्प २७:४१
उत्प. ३२:१२उत्प २८:१४; ४६:२, ३; प्रस्थ १:७; ३२:१३; प्रे ७:१७
उत्प. ३२:१३उत्प ३३:१०
उत्प. ३२:१५उत्प ३०:४३
उत्प. ३२:१८उत्प ३३:८
उत्प. ३२:२०उत्प ४३:११; १स २५:१८
उत्प. ३२:२२उत्प २९:३०; रुथ ४:११
उत्प. ३२:२२उत्प ३०:३, ९
उत्प. ३२:२२व्य ३:१६; यहो १२:२; न्याय ११:१३
उत्प. ३२:२४होसे १२:३
उत्प. ३२:२५उत्प ३२:३१, ३२
उत्प. ३२:२६होसे १२:४
उत्प. ३२:२८उत्प ३५:१०
उत्प. ३२:२८होसे १२:३
उत्प. ३२:२९न्याय १३:१७, १८
उत्प. ३२:३०१रा १२:२५
उत्प. ३२:३०उत्प १६:७, १३; न्याय ६:२२; युह १:१८
उत्प. ३२:३१उत्प ३२:२५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३२:१-३२

उत्पत्ति

३२ त्यसपछि याकुब आफ्नो बाटो लागे। बाटोमा तिनले परमेश्‍वरका दूतहरूलाई भेटे। २ तिनीहरूलाई देख्नेबित्तिकै याकुबले भने: “यो त परमेश्‍वरकै छाउनी हो!” त्यसैले तिनले त्यस ठाउँको नाम महनैम* राखे।

३ याकुबले आफ्नो अघिअघि केही सन्देशवाहकहरूलाई एदोमको+ इलाकामा पर्ने सेइरमा+ बसोबास गरिरहेका आफ्ना दाइ एसावकहाँ पठाए। ४ तिनले उनीहरूलाई यस्तो हुकुम गरे: “तिमीहरूले मेरा प्रभु एसावलाई भन्‍नू, ‘तपाईँको दास याकुबले यसो भनेका छन्‌: “मैले लाबानकहाँ धेरै वर्ष बिताएँ।*+ ५ अनि अहिले मसित प्रशस्त गोरु, गधा, भेडा र दासदासी छन्‌।+ म मेरा प्रभुलाई भेट्‌न आउँदै छु। त्यसैले हजुरको निगाह पाउन यो सन्देश पठाउँदै छु।”’”

६ केही दिनपछि ती सन्देशवाहकहरू याकुबकहाँ फर्के र तिनलाई भने: “हामीले तपाईँका दाइ एसावलाई भेट्यौँ र उहाँ तपाईँलाई भेट्‌न ४०० जना मानिस लिएर यतैतिर आइरहनुभएको छ।”+ ७ यो सुनेर याकुब असाध्यै डराए र चिन्तित भए।+ त्यसैले आफूसित भएका मानिसहरू, भेडाबाख्रा, गाईवस्तु अनि उँटहरू भाग लगाएर तिनले दुई वटा दल बनाए। ८ अनि तिनले भने: “एसावले एउटा दललाई आक्रमण गरे भने पनि अर्को दल त उम्कन सक्छ।”

९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, तपाईँले मलाई यसो भन्‍नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+ १० तपाईँले यस दासलाई अटल प्रेम देखाउनुभएको छ।+ तपाईँले मलाई कहिल्यै त्याग्नुभएन। म तपाईँको यस्तो कृपा पाउन लायक छैनँ। यर्दन नदी तर्दा मसित लौरोबाहेक केही थिएन तर अहिले भने मेरा मानिस र वस्तुभाउ बढेर दुई वटा दल भएका छन्‌।+ ११ बिन्ती छ,+ मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्‌। तिनले मलाई, यी स्त्रीहरूलाई र तिनीहरूका बालबच्चालाई आक्रमण गर्लान्‌+ कि भनेर मलाई डर लागिरहेको छ। १२ तर तपाईँले मलाई भन्‍नुभएको थियो: ‘म निश्‍चय नै तिम्रो फलिफाप गराउनेछु र तिम्रा सन्तानलाई समुद्र किनारका बालुवासरी अनगिन्ती तुल्याउनेछु।’”+

१३ अनि तिनले त्यहीँ रात बिताए। त्यसपछि तिनले आफ्ना दाइ एसावलाई कोसेली+ दिन आफूसँग भएको सम्पत्तिबाट १४ २०० वटा बाख्री, २० वटा बोका, २०० वटा भेडी, २० वटा थुमा १५ अनि ३० वटा उँट र तिनीहरूको बच्चा, ४० वटा गाई, १० वटा गोरु, २० वटा गधैनी र १० वटा गधा छुट्ट्याए।+

१६ तिनले यी बथानहरूलाई एक-एक गरी आफ्ना नोकरहरूको जिम्मा लगाए र तिनीहरूलाई भने: “तिमीहरू मेरो अघिअघि जाओ र बथानहरूबीच केही दूरी राख।” १७ पहिलो बथान लिएर जानेलाई तिनले यस्तो आदेश दिए: “मेरो दाइ एसावले तिमीलाई भेटे र ‘तिम्रो मालिक को हो, तिमी कहाँ जान लागेको अनि यो बथान कसको हो’ भनेर सोधे भने १८ तिमीले यसो भन्‍नू: ‘हजुरको दास याकुबको। उहाँले मेरा प्रभु एसावको लागि+ यो कोसेली पठाउनुभएको हो। हेर्नुहोस्‌, उहाँ हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” १९ तिनले त्यसैगरि दोस्रो र तेस्रो बथान अनि बाँकी सबै पशु लिएर जाने नोकरहरूलाई यस्तो आदेश दिए: “एसावलाई भेट्‌दा तिमीहरूले पनि त्यसै भन्‍नू। २० अनि तिमीहरूले यसो भन्‍न नबिर्सनू: ‘तपाईँको दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” किनभने तिनले मनमनै यसो भनेका थिए: ‘मैले अघिअघि कोसेली पठाएर उहाँलाई खुसी पार्न सकेँ भने+ उहाँको निगाह पाउन सक्छु कि?’ २१ यसरी तिनले आफ्ना दासहरूलाई कोसेली दिएर अघिअघि पठाए तर आफूले भने त्यहीँ पालमा रात बिताए।

२२ तिनी राती नै उठे र आफ्ना २ पत्नी,+ २ दासी+ र ११ छोरालाई लिएर याब्बोक+ नदीको जँघार* तरे। २३ यसरी तिनले उनीहरूलाई र आफूसित भएका अरू सबै कुरालाई नदीपारि* पुऱ्‍याए।

२४ अन्तमा याकुब एक्लै भए अनि एक जना मानिस आएर तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे।+ २५ याकुबलाई जित्न नसकेपछि त्यस मानिसले तिनको कम्मरनेरको जोर्नी समाते अनि कुस्ती खेल्दा-खेल्दै याकुबको जोर्नी फुस्कियो।+ २६ अनि ती मानिसले भने: “उज्यालो हुन लागिसक्यो, मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: “अहँ! मलाई आशिष्‌ नदिएसम्म म तपाईँलाई जान दिन्‍नँ।”+ २७ अनि ती मानिसले सोधे: “तिम्रो नाम के हो?” तिनले भने: “याकुब।” २८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्‍वर र मानिसहरूसित लड्‌यौ+ र अन्तमा तिम्रो जित भयो।” २९ तब याकुबले यस्तो बिन्ती गरे: “कृपया मलाई तपाईँको नाम बताउनुहोस्‌।” तर ती मानिसले भने: “तिमी किन मेरो नाम सोध्छौ?”+ त्यसपछि ती मानिसले याकुबलाई आशिष्‌ दिए। ३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्‍वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+

३१ कम्मरनेरको जोर्नी फुस्केकोले तिनी खोच्याउँदै हिँड्‌न थाले+ र तिनले पेनुएल* पार गर्नेबित्तिकै घाम झुल्कियो। ३२ ती मानिसले याकुबको कम्मरको जोर्नीको नसा हुने भाग छोएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरको जोर्नीको नसा खाँदैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने