प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • मन्दिरको लागि अनुदान (१-९)

      • दाउदको प्रार्थना (१०-१९)

      • मानिसहरू रमाउँछन्‌; सुलेमानको शासन (२०-२५)

      • दाउदको मृत्यु (२६-३०)

१ इतिहास २९:१

मार्जिनल रेफरेन्स

  • +१इ २८:५
  • +१रा ३:७
  • +२इ २:४

१ इतिहास २९:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ २२:३, १६
  • +१इ २२:४, १४

१ इतिहास २९:३

मार्जिनल रेफरेन्स

  • +१इ २१:२४
  • +भज २६:८; २७:४; १२२:१

१ इतिहास २९:४

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु २८:१६

१ इतिहास २९:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:५

१ इतिहास २९:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२५
  • +१इ २७:२५, २९, ३१

१ इतिहास २९:७

फुटनोट

  • *

    दारिक भनेको सुनको फारसी सिक्का हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५३, २५६२

१ इतिहास २९:८

मार्जिनल रेफरेन्स

  • +१इ ६:१
  • +१इ २६:२२

१ इतिहास २९:९

मार्जिनल रेफरेन्स

  • +२कोरि. ९:७

१ इतिहास २९:१०

फुटनोट

  • *

    वा “युगौँयुगसम्म।”

१ इतिहास २९:११

मार्जिनल रेफरेन्स

  • +भज १४५:३; १ ति १:१७
  • +प्रका ५:१३
  • +१इ १६:२७; भज ८:१
  • +भज २४:१; यसै ४२:५
  • +भज १०३:१९; मत्ति ६:१०

१ इतिहास २९:१२

मार्जिनल रेफरेन्स

  • +व्य ८:१८; हित १०:२२; फिलि ४:१९
  • +२इ २०:६
  • +यसै ४०:२६
  • +व्य ३:२४; एफि १:१९; प्रका १५:३
  • +२इ १:११, १२
  • +२इ १६:९; भज १८:३२; यसै ४०:२९

१ इतिहास २९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. १८

१ इतिहास २९:१५

मार्जिनल रेफरेन्स

  • +लेवी २५:२३; हिब्रू ११:१३
  • +अय्यु १४:१, २; या ४:१३, १४

१ इतिहास २९:१७

फुटनोट

  • *

    वा “नैतिकवान्‌; सोझो।”

मार्जिनल रेफरेन्स

  • +१इ २८:९
  • +हित ११:२०; १५:८; हिब्रू १:९

१ इतिहास २९:१८

मार्जिनल रेफरेन्स

  • +भज १०:१७; ८६:११

१ इतिहास २९:१९

मार्जिनल रेफरेन्स

  • +मर्कु १२:३०
  • +१रा ६:१२
  • +१इ २२:१४

१ इतिहास २९:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १:३
  • +लेवी २३:१२, १३; गन १५:५
  • +१रा ८:६३, ६४

१ इतिहास २९:२२

मार्जिनल रेफरेन्स

  • +व्य १२:७; २इ ७:१०; नहे ८:१२
  • +१रा १:३८-४०; १इ २३:१
  • +१रा २:३५

१ इतिहास २९:२३

मार्जिनल रेफरेन्स

  • +१इ २८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३२

१ इतिहास २९:२४

मार्जिनल रेफरेन्स

  • +१इ २२:१७
  • +१इ २८:१
  • +१इ ३:१-९

१ इतिहास २९:२५

मार्जिनल रेफरेन्स

  • +१रा ३:१२; २इ १:१, १२; उप २:९

१ इतिहास २९:२७

मार्जिनल रेफरेन्स

  • +२स २:११
  • +२स ५:४, ५

१ इतिहास २९:२८

मार्जिनल रेफरेन्स

  • +१रा १:१
  • +१रा २:१०-१२

१ इतिहास २९:२९

मार्जिनल रेफरेन्स

  • +२स ७:२; १२:१
  • +१इ २१:९, १०

अरू

१ इति. २९:११इ २८:५
१ इति. २९:११रा ३:७
१ इति. २९:१२इ २:४
१ इति. २९:२१इ २२:३, १६
१ इति. २९:२१इ २२:४, १४
१ इति. २९:३१इ २१:२४
१ इति. २९:३भज २६:८; २७:४; १२२:१
१ इति. २९:४अय्यु २८:१६
१ इति. २९:५प्रस्थ ३५:५
१ इति. २९:६प्रस्थ १८:२५
१ इति. २९:६१इ २७:२५, २९, ३१
१ इति. २९:८१इ ६:१
१ इति. २९:८१इ २६:२२
१ इति. २९:९२कोरि. ९:७
१ इति. २९:११भज १०३:१९; मत्ति ६:१०
१ इति. २९:११भज १४५:३; १ ति १:१७
१ इति. २९:११प्रका ५:१३
१ इति. २९:१११इ १६:२७; भज ८:१
१ इति. २९:११भज २४:१; यसै ४२:५
१ इति. २९:१२व्य ८:१८; हित १०:२२; फिलि ४:१९
१ इति. २९:१२२इ २०:६
१ इति. २९:१२यसै ४०:२६
१ इति. २९:१२व्य ३:२४; एफि १:१९; प्रका १५:३
१ इति. २९:१२२इ १:११, १२
१ इति. २९:१२२इ १६:९; भज १८:३२; यसै ४०:२९
१ इति. २९:१५लेवी २५:२३; हिब्रू ११:१३
१ इति. २९:१५अय्यु १४:१, २; या ४:१३, १४
१ इति. २९:१७१इ २८:९
१ इति. २९:१७हित ११:२०; १५:८; हिब्रू १:९
१ इति. २९:१८भज १०:१७; ८६:११
१ इति. २९:१९मर्कु १२:३०
१ इति. २९:१९१रा ६:१२
१ इति. २९:१९१इ २२:१४
१ इति. २९:२१लेवी १:३
१ इति. २९:२१लेवी २३:१२, १३; गन १५:५
१ इति. २९:२११रा ८:६३, ६४
१ इति. २९:२२व्य १२:७; २इ ७:१०; नहे ८:१२
१ इति. २९:२२१रा १:३८-४०; १इ २३:१
१ इति. २९:२२१रा २:३५
१ इति. २९:२३१इ २८:५
१ इति. २९:२४१इ २२:१७
१ इति. २९:२४१इ २८:१
१ इति. २९:२४१इ ३:१-९
१ इति. २९:२५१रा ३:१२; २इ १:१, १२; उप २:९
१ इति. २९:२७२स २:११
१ इति. २९:२७२स ५:४, ५
१ इति. २९:२८१रा १:१
१ इति. २९:२८१रा २:१०-१२
१ इति. २९:२९२स ७:२; १२:१
१ इति. २९:२९१इ २१:९, १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २९:१-३०

पहिलो इतिहास

२९ तब राजा दाउदले सारा समुदायलाई यसो भने: “परमेश्‍वरले मेरो छोरा सुलेमानलाई रोज्नुभएको छ।+ ऊ ठिटै छ; ऊसँग त्यत्ति अनुभव पनि छैन।+ तर यो अत्यन्तै ठूलो काम हो किनकि कुनै मान्छेको लागि महल होइन बरु यहोवा परमेश्‍वरको लागि मन्दिर बनाउनु छ।+ २ मेरा परमेश्‍वरको भवन बनाउने कामको तयारी गर्न मैले कुनै कसर बाँकी राखेको छैनँ। मैले सुनका कामको निम्ति सुन, चाँदीका कामको निम्ति चाँदी, तामाका कामको निम्ति तामा, फलामका कामको निम्ति फलाम+ र काठका कामको निम्ति काठ जुटाएको छु।+ मैले ओनिक्स,* बज्रले* जोड्‌न सकिने पत्थर, ससाना रङ्‌गीबिरङ्‌गी पत्थरका साथै हरेक किसिमका बहुमूल्य रत्नहरू अनि प्रशस्त मात्रामा अलाबास्टर* पत्थर पनि जम्मा गरेको छु। ३ मैले त्यस पवित्र भवनको निम्ति तयार पारेका यी सबै थोकबाहेक म आफ्नै भण्डारबाट पनि सुनचाँदी दिँदै छु+ किनकि मेरा परमेश्‍वरको भवनलाई म साह्रै प्रेम गर्छु।+ ४ भवनका भित्ताहरू मोहोर्नको लागि ओपिरबाट ल्याइएको+ ३ हजार टालेन्ट* सुनका साथै ७ हजार टालेन्ट निखुर चाँदी म दिँदै छु। ५ सुनका कामको निम्ति, चाँदीका कामको निम्ति अनि शिल्पकारहरूले गर्ने सबै कामको निम्ति म यी सबथोक दिँदै छु। त्यसोभए, आज यहोवा परमेश्‍वरलाई राजीखुसीले भेटी दिन तिमीहरूमध्ये को राजी छ?”+

६ त्यसैले बुबापट्टिका घरानाका नाइकेहरू, इस्राएलका कुलहरूका नाइकेहरू, हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजाको विभिन्‍न कामकुराको रेखदेख गर्ने प्रमुखहरू+ राजीखुसीले भेटी दिन अघि सरे। ७ तिनीहरूले साँचो परमेश्‍वरको भवनमा गरिने सेवाको लागि यी भेटीहरू दिए: ५ हजार टालेन्ट सुन, १० हजार दारिक,* १० हजार टालेन्ट चाँदी, १८ हजार टालेन्ट तामा र १ लाख टालेन्ट फलाम। ८ जो-जोसँग बहुमूल्य रत्नहरू थियो, तिनीहरूले ती रत्नहरू यहोवा परमेश्‍वरको भवनको भण्डारको निम्ति दिए। गेर्सोनी+ यहिएलले त्यस भण्डारको रेखदेख गर्थे।+ ९ यी भेटीहरू दिन पाउँदा मानिसहरू असाध्यै रमाए किनकि तिनीहरूले राजीखुसीले र आफ्नो पूरा हृदयले यहोवा परमेश्‍वरलाई यी भेटीहरू दिएका थिए।+ यो देखेर राजा दाउद पनि निकै खुसी भए।

१० त्यसपछि दाउदले सारा समुदायसामु यहोवा परमेश्‍वरको प्रशंसा गरे। तिनले भने: “हे हाम्रा बुबा! इस्राएलका परमेश्‍वर यहोवा! सदासर्वदा* तपाईँको प्रशंसा होस्‌। ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ। १२ तपाईँले नै धन र मानसम्मान दिनुहुन्छ+ अनि तपाईँ सबै थोकमाथि शासन गर्नुहुन्छ।+ तपाईँको हातमा शक्‍ति+ र पराक्रम छ।+ तपाईँको हातले सबैलाई महान्‌ बनाउन+ र बल दिन सक्छ।+ १३ अब हे हाम्रा परमेश्‍वर! हामी तपाईँलाई धन्यवाद चढाउँछौँ र तपाईँको सुन्दर नामको प्रशंसा गर्छौँ।

१४ “तर यसरी राजीखुसीले तपाईँलाई भेटी दिन म को हुँ र? अनि मेरो प्रजा को हो र? किनकि सबथोक तपाईँबाटै आएको हो। हामीले तपाईँलाई जे-जे दियौँ, ती सब तपाईँले नै हामीलाई दिनुभएको हो। १५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र? १६ हे यहोवा, हाम्रा परमेश्‍वर! तपाईँको पवित्र नामको निम्ति भवन बनाउन हामीले जम्मा गरेको यो सारा धनसम्पत्ति तपाईँले नै दिनुभएको हो; यी सब तपाईँकै हुन्‌। १७ हे मेरा परमेश्‍वर! मलाई राम्ररी थाह छ, तपाईँ हृदय जाँच्नुहुन्छ+ र सत्यनिष्ठ* व्यक्‍तिदेखि खुसी हुनुहुन्छ।+ मैले यी सबै थोक राजीखुसीले अनि सोझो हृदयले दिएको हुँ। अनि तपाईँका यी जनहरूले पनि राजीखुसीले तपाईँलाई भेटी दिएको देख्दा म निकै हर्षित भएको छु। १८ हे यहोवा! हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर! आफ्ना जनहरूलाई सधैँभरि यस्तै इच्छुक मनोभाव देखाइरहन र सारा हृदयले तपाईँको सेवा गरिरहन मदत गर्नुहोस्‌।+ १९ मेरो छोरा सुलेमानलाई पूर्ण हृदयले+ तपाईँका आज्ञा, सम्झौटा र नियमकानुन पालन गर्न अनि त्यसैअनुसार चल्न मदत गर्नुहोस्‌।+ साथै, जुन मन्दिरको लागि मैले तयारी गरेको छु, त्यो बनाउन पनि उसलाई मदत गर्नुहोस्‌।”+

२० त्यसपछि दाउदले सारा समुदायलाई यसो भने: “अब तिमीहरू सबैले आफ्ना परमेश्‍वर यहोवाको प्रशंसा गर!” तब सारा समुदायले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको प्रशंसा गऱ्‍यो। सबै जना यहोवा परमेश्‍वर र राजासामु भुईँसम्मै घोप्टो परेर लम्पसार परे। २१ तिनीहरूले भोलिपल्टसम्मै यहोवा परमेश्‍वरको निम्ति बलि र अग्निभेटी चढाए।+ तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति १ हजार बहर, १ हजार थुमा, भेडाका १ हजार पाठा र मद्यभेटी* चढाए।+ तिनीहरूले सारा इस्राएलको तर्फबाट थुप्रै बलि चढाए।+ २२ त्यस दिन तिनीहरूले यहोवा परमेश्‍वरसामु खाए, पिए र निकै रमाहट गरे।+ तिनीहरूले फेरि एक पटक दाउदका छोरा सुलेमानलाई राजा बनाए। तिनीहरूले उनलाई यहोवा परमेश्‍वरसामु अगुवाको रूपमा अभिषेक गरे+ र सादोकलाई चाहिँ पुजारीको रूपमा अभिषेक गरे।+ २३ सुलेमान आफ्नो बुबा दाउदको ठाउँमा, यहोवा परमेश्‍वरको सिंहासनमा विराजमान भए+ र उनी सफल भए। सारा इस्राएलीहरूले उनको आज्ञा मान्थे। २४ सबै अगुवा,+ वीर योद्धाहरू+ र राजा दाउदका सबै छोरा+ पनि राजा सुलेमानको अधीनमा बसे। २५ यहोवा परमेश्‍वरले सबै इस्राएलीसामु सुलेमानलाई निकै महान्‌ तुल्याउनुभयो। उहाँले उनलाई यत्ति धेरै राजसी गौरव दिनुभयो, त्यत्ति धेरै गौरव त इस्राएलमा उनीअघिका कुनै राजाले पाएका थिएनन्‌।+

२६ यिसैका छोरा दाउदले सारा इस्राएलमाथि शासन गरे। २७ तिनले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनबाट ७ वर्ष+ र यरुसलेमबाट ३३ वर्ष+ शासन गरे। २८ तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे। यसरी लामो र सन्तुष्ट जीवन बिताइसकेपछि तिनको मृत्यु भयो।+ तिनीपछि तिनका छोरा सुलेमान राजा भए।+ २९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्‍ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ। ३० साथै तिनको शासन, वीरता, तिनको जीवनमा घटेका घटनाहरू र तिनको पालामा इस्राएल अनि इस्राएलवरपरका राज्यहरूमा घटेका घटनाहरू पनि ती विवरणहरूमा पाइन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने