प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • अब्सालोमको षड्‌यन्त्र र विद्रोह (१-१२)

      • दाउद यरुसलेमबाट भाग्छन्‌ (१३-३०)

      • अहितोपेल अब्सालोमको पछि लाग्छन्‌ (३१)

      • अहितोपेललाई विफल पार्न हुसैलाई पठाइन्छ (३२-३७)

२ समुएल १५:१

मार्जिनल रेफरेन्स

  • +१स ८:११; १रा १:५; हित ११:२

२ समुएल १५:२

मार्जिनल रेफरेन्स

  • +व्य २५:७; रुथ ४:१
  • +१स ८:२०; २स ८:१५

२ समुएल १५:५

मार्जिनल रेफरेन्स

  • +भज १०:९; ५५:२१; हित २६:२५

२ समुएल १५:६

फुटनोट

  • *

    शा., “हृदय चोरे।”

मार्जिनल रेफरेन्स

  • +हित ११:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१२, पृ. १३

२ समुएल १५:७

फुटनोट

  • *

    वा सम्भवतः “४० वर्षपछि।”

मार्जिनल रेफरेन्स

  • +२स ३:२

२ समुएल १५:८

फुटनोट

  • *

    वा “उपासना गर्नेछु।”

मार्जिनल रेफरेन्स

  • +२स १३:३८; १४:२३
  • +लेवी २२:२१

२ समुएल १५:९

फुटनोट

  • *

    शा., “शान्तिपूर्वक जाऊ।”

२ समुएल १५:१०

मार्जिनल रेफरेन्स

  • +२स २:१; ५:१, ५; १इ ३:४

२ समुएल १५:१२

मार्जिनल रेफरेन्स

  • +भज ४१:९; ५५:१२, १३; युह १३:१८
  • +२स १६:२३; १७:१४; २३:८, ३४
  • +यहो १५:२०, ५१
  • +भज ३:१; हित २४:२१

२ समुएल १५:१४

मार्जिनल रेफरेन्स

  • +२स १९:९; भज ३:शिर बेहोरा
  • +२स १२:११

२ समुएल १५:१५

मार्जिनल रेफरेन्स

  • +हित १८:२४

२ समुएल १५:१६

मार्जिनल रेफरेन्स

  • +२स १२:११; १६:२१; २०:३

२ समुएल १५:१८

फुटनोट

  • *

    अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरू।

मार्जिनल रेफरेन्स

  • +२स ८:१८; २०:७; १रा १:३८; १इ १८:१७
  • +यहो १३:२, ३
  • +१स २७:४; १इ १८:१

२ समुएल १५:१९

मार्जिनल रेफरेन्स

  • +२स १८:२

२ समुएल १५:२०

मार्जिनल रेफरेन्स

  • +२स २:५, ६; भज २५:१०; ५७:३; ६१:७; ८९:१४

२ समुएल १५:२१

मार्जिनल रेफरेन्स

  • +हित १७:१७; १८:२४

२ समुएल १५:२२

मार्जिनल रेफरेन्स

  • +२स १८:२

२ समुएल १५:२३

मार्जिनल रेफरेन्स

  • +१रा २:३६, ३७; २इ ३०:१४; युह १८:१

२ समुएल १५:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ८:१७; २०:२५; १रा १:८; २:३५; १इ ६:८
  • +गन ८:१९
  • +प्रस्थ ३७:१; लेवी १६:२; गन ४:१५; ७:९; १इ १५:२
  • +१स २२:२०; ३०:७

२ समुएल १५:२५

मार्जिनल रेफरेन्स

  • +२स ६:१७
  • +२स ७:२; भज २६:८; २७:४

२ समुएल १५:२७

मार्जिनल रेफरेन्स

  • +१स ९:९
  • +२स १७:१७

२ समुएल १५:२८

फुटनोट

  • *

    पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

मार्जिनल रेफरेन्स

  • +२स १५:३६; १७:१६, २१

२ समुएल १५:३०

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:१; २४:३; प्रे १:१२

२ समुएल १५:३१

मार्जिनल रेफरेन्स

  • +भज ३:शिर बेहोरा
  • +भज ४१:९; ५५:१२, १३; युह १३:१८
  • +भज ३:७
  • +२स १६:२३; १७:१४

२ समुएल १५:३२

फुटनोट

  • *

    वा “परमेश्‍वरलाई दण्डवत्‌ गर्थे।”

मार्जिनल रेफरेन्स

  • +यहो १६:१, २; २स १६:१६

२ समुएल १५:३४

मार्जिनल रेफरेन्स

  • +२स १६:१८, १९
  • +२स १७:७, १४

२ समुएल १५:३५

मार्जिनल रेफरेन्स

  • +२स १७:१५, १६

२ समुएल १५:३६

मार्जिनल रेफरेन्स

  • +२स १८:१९
  • +२स १७:१७; १रा १:४२

२ समुएल १५:३७

फुटनोट

  • *

    वा “विश्‍वासपात्र।”

मार्जिनल रेफरेन्स

  • +२स १६:१६; १इ २७:३३

अरू

२ समु. १५:११स ८:११; १रा १:५; हित ११:२
२ समु. १५:२व्य २५:७; रुथ ४:१
२ समु. १५:२१स ८:२०; २स ८:१५
२ समु. १५:५भज १०:९; ५५:२१; हित २६:२५
२ समु. १५:६हित ११:९
२ समु. १५:७२स ३:२
२ समु. १५:८२स १३:३८; १४:२३
२ समु. १५:८लेवी २२:२१
२ समु. १५:१०२स २:१; ५:१, ५; १इ ३:४
२ समु. १५:१२भज ४१:९; ५५:१२, १३; युह १३:१८
२ समु. १५:१२२स १६:२३; १७:१४; २३:८, ३४
२ समु. १५:१२यहो १५:२०, ५१
२ समु. १५:१२भज ३:१; हित २४:२१
२ समु. १५:१४२स १९:९; भज ३:शिर बेहोरा
२ समु. १५:१४२स १२:११
२ समु. १५:१५हित १८:२४
२ समु. १५:१६२स १२:११; १६:२१; २०:३
२ समु. १५:१८२स ८:१८; २०:७; १रा १:३८; १इ १८:१७
२ समु. १५:१८यहो १३:२, ३
२ समु. १५:१८१स २७:४; १इ १८:१
२ समु. १५:१९२स १८:२
२ समु. १५:२०२स २:५, ६; भज २५:१०; ५७:३; ६१:७; ८९:१४
२ समु. १५:२१हित १७:१७; १८:२४
२ समु. १५:२२२स १८:२
२ समु. १५:२३१रा २:३६, ३७; २इ ३०:१४; युह १८:१
२ समु. १५:२४२स ८:१७; २०:२५; १रा १:८; २:३५; १इ ६:८
२ समु. १५:२४गन ८:१९
२ समु. १५:२४प्रस्थ ३७:१; लेवी १६:२; गन ४:१५; ७:९; १इ १५:२
२ समु. १५:२४१स २२:२०; ३०:७
२ समु. १५:२५२स ६:१७
२ समु. १५:२५२स ७:२; भज २६:८; २७:४
२ समु. १५:२७१स ९:९
२ समु. १५:२७२स १७:१७
२ समु. १५:२८२स १५:३६; १७:१६, २१
२ समु. १५:३०मत्ति २१:१; २४:३; प्रे १:१२
२ समु. १५:३१भज ३:शिर बेहोरा
२ समु. १५:३१भज ४१:९; ५५:१२, १३; युह १३:१८
२ समु. १५:३१भज ३:७
२ समु. १५:३१२स १६:२३; १७:१४
२ समु. १५:३२यहो १६:१, २; २स १६:१६
२ समु. १५:३४२स १६:१८, १९
२ समु. १५:३४२स १७:७, १४
२ समु. १५:३५२स १७:१५, १६
२ समु. १५:३६२स १८:१९
२ समु. १५:३६२स १७:१७; १रा १:४२
२ समु. १५:३७२स १६:१६; १इ २७:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल १५:१-३७

दोस्रो समुएल

१५ त्यसपछि अब्सालोमले आफ्नो लागि एउटा रथ र केही घोडा लिए अनि आफ्नो अघिअघि दौडन ५० जना मानिस खटाए।+ २ अब्सालोम बिहान सबेरै उठ्‌थे र सहरको मूलढोका जाने बाटो छेउमा बस्थे।+ जब कुनै मानिस इन्साफ पाउन राजाकहाँ आफ्नो मुद्दा लिएर आउँथ्यो,+ तब अब्सालोम उसलाई बोलाएर यस्तो प्रश्‍न सोध्थे: “तिमी कुन सहरबाट आएका हौ?” त्यसपछि उसले आफू इस्राएलको कुन कुलको हो भनेर बताउँथ्यो। ३ अनि अब्सालोम भन्थे: “तिमीले गरेको दाबी ठीक छ; तिमीले न्याय पाउनुपर्छ। तर के गर्नु, तिम्रो मुद्दा सुन्‍नलाई राजाको तर्फबाट कोही छैन।” ४ अब्सालोम अझै यसो भन्थे: “मलाई यस देशको न्यायकर्ता नियुक्‍त गरिएको भए कत्ति बेस हुने थियो! मानिसहरू आफ्नो मुद्दामामिला मिलाउन वा झगडाको छिनोफानो गर्न मकहाँ आउने थिए अनि म हरेकलाई इन्साफ दिने थिएँ।”

५ अनि जब कुनै मानिस अब्सालोमलाई दण्डवत्‌ गर्न उनको नजिकै आउँथ्यो, तब उनी आफ्नो हात पसारेर उसलाई समात्थे र म्वाइँ खान्थे।+ ६ इन्साफ पाउन राजाकहाँ आउने सबै इस्राएलीलाई अब्सालोम त्यसै गर्थे। यस्तो ढोँग गरेर उनले इस्राएलीहरूको मन जित्दै गए।*+

७ चार वर्षपछि* अब्सालोमले राजालाई भने: “कृपया मलाई हेब्रोन जाने अनुमति दिनुहोस्‌।+ मैले यहोवा परमेश्‍वरलाई जे भाकल गरेको थिएँ, त्यो म त्यहाँ गएर पूरा गर्नेछु। ८ किनकि सिरियाको गेसुरमा छँदा+ हजुरको यस सेवकले यस्तो गम्भीर भाकल गरेको थियो:+ ‘यदि यहोवा परमेश्‍वरले मलाई यरुसलेम फर्काएर ल्याउनुभयो भने म यहोवा परमेश्‍वरको लागि बलि चढाउनेछु।’”* ९ त्यसैले राजाले भने: “हुन्छ, ढुक्क भएर जाऊ।”* त्यसपछि अब्सालोम त्यहाँबाट निस्केर हेब्रोन गए।

१० तब अब्सालोमले इस्राएलका सबै कुलको इलाकामा यो सन्देश दिन आफ्ना जासुसहरू पठाए: “सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यस्तो घोषणा गर्नू, ‘अब्सालोम हेब्रोनमा राजा हुनुभएको छ!’”+ ११ यरुसलेमबाट २०० जना मानिस पनि अब्सालोमसँगै गएका थिए। उनले तिनीहरूलाई आफूसँगै जान बोलाएका थिए तर उनले के गर्न लागेका छन्‌ भनेर तिनीहरूलाई केही पनि थाह थिएन। तिनीहरू अब्सालोममाथि रतीभर शङ्‌का नगरी गएका थिए। १२ बलि चढाइसकेपछि अब्सालोमले दाउदका सल्लाहकार+ अहितोपेललाई+ पनि बोलाउन लगाए, जो गिलोहमा बस्थे।+ अब्सालोमको षड्‌यन्त्र सफल हुँदै गयो र उनलाई समर्थन गर्नेहरूको सङ्‌ख्या पनि बढ्‌दै गयो।+

१३ केही समयपछि एक जना सन्देशवाहकले दाउदकहाँ आएर यो खबर दियो: “इस्राएलीहरू अब्सालोमको पक्षमा लागेका छन्‌।” १४ यो सुन्‍नेबित्तिकै दाउदले यरुसलेममा आफूसँग भएका सबै सेवकलाई भने: “उठ! हामी यहाँबाट भागौँ!+ नत्र हामीमध्ये कोही पनि अब्सालोमको हातबाट उम्कन सक्नेछैनौँ। चाँडो गर! नत्र त अब्सालोमले हामीलाई आक्रमण गर्नेछ अनि सहरका सबै मानिसलाई तरबारले मारेर बरबाद गर्नेछ।”+ १५ तब राजाका सेवकहरूले भने: “हे हाम्रा प्रभु! हाम्रा महाराज! हजुरले जे निर्णय गर्नुहुन्छ, त्यसैअनुसार गर्न हजुरका सेवकहरू तयार छन्‌।”+ १६ त्यसैले राजा आफ्नो पूरै घरानालाई लिएर निस्के। तर तिनले आफ्ना १० जना उपपत्नीलाई भने महलको रेखदेख गर्ने जिम्मा दिएर त्यहीँ छोडे।+ १७ राजा अघि बढिरहे र सबै मानिस तिनको पछिपछि लागे। अनि बेथ-मर्हाक आइपुगेपछि तिनीहरू रोकिए।

१८ राजासँगै महल छोडेर आएका तिनका सबै नोकरचाकर, कराथीहरू र पेलेथीहरू*+ अनि गाथबाट+ तिनीसँगै आएका ६०० जना मानिस तिनीसँगै यात्रा गरिरहेका थिए।+ उनीहरू सबै राजाको सामनेबाट जाँदै गर्दा तिनले कोही छुटेको छ कि भनेर हेरिरहेका थिए। १९ तब राजाले गाथका इथ्थैलाई सोधे:+ “तिमी किन हामीसँग आउँदै छौ? फर्केर जाऊ अनि नयाँ राजासँग बस। किनकि तिमी त विदेशी हौ अनि आफ्नो देशबाट भागेर आएका थियौ। २० तिमी त हिजोअस्ति मात्र आएका हौ अनि आज म कसरी तिमीलाई हामीसँगै भौँतारिन लगाउन सक्छु? म कहाँ जान्छु, मलाई नै थाह छैन; त्यसैले म कसरी तिमीलाई मेरो पछिपछि लाग भनेर कर गर्न सक्छु र? फर्केर जाऊ अनि आफ्ना मानिसहरूलाई पनि आफूसँगै लैजाऊ। यहोवा परमेश्‍वरले तिमीलाई अटल प्रेम र वफादारी देखाइरहून्‌!”+ २१ तर इथ्थैले राजालाई भने: “जीवित परमेश्‍वर यहोवाको अनि मेरा प्रभु, मेरा महाराजको जीवनको कसम खाएर भन्छु, हजुर जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। हजुरको यो सेवक हजुरसँगै मर्न पनि तयार छ।”+ २२ तब दाउदले इथ्थैलाई भने:+ “हुन्छ, तिमी पनि बेँसी पार गर्न सक्छौ।” त्यसैले गाथका इथ्थैले आफ्ना सबै मानिस र तिनीहरूका परिवारसँगै किद्रोन बेँसी पार गरे।

२३ जब राजा दाउदसँग आएका मानिसहरू किद्रोन बेँसी पार गर्दै थिए, तब देशका सबै मानिस डाँको छोडेर रुँदै थिए। राजाचाहिँ किद्रोन बेँसीको+ छेउमा उभिरहेका थिए अनि राजासँगै आएका सबै मानिस बेँसी पार गरेर निर्जनभूमिमा जाने बाटोतिर गइरहेका थिए। २४ सादोक+ पनि त्यहीँ थिए र तिनीसँग लेवीहरू+ पनि थिए, जसले साँचो परमेश्‍वरको करारको सन्दुक*+ बोकेका थिए। तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक बिसाए। सबै मानिस सहरबाट निस्केर बेँसी पार गरिरहेका बेला अबियातार+ पनि त्यहीँ थिए। २५ तर राजाले सादोकलाई भने: “साँचो परमेश्‍वरको सन्दुक सहरमा फिर्ता लैजाऊ।+ यहोवा परमेश्‍वरको कृपा ममाथि रह्‍यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र मैले फेरि त्यो सन्दुक अनि सन्दुक राखिने ठाउँ देख्न पाउनेछु।+ २६ तर उहाँ मलाई कृपा देखाउन चाहनुहुन्‍न भने उहाँलाई जस्तो ठीक लाग्छ, मसँग त्यस्तै व्यवहार गरून्‌।” २७ राजाले पुजारी सादोकलाई अझै यसो भने: “के तिमी दर्शी होइनौ?+ तिमी र अबियातार शान्तिसित सहर फर्केर जाऊ। अनि तिम्रो छोरा अहिमास र अबियातारका छोरा जोनाथनलाई पनि सँगै लैजाऊ।+ २८ हेर, तिमीहरूबाट कुनै खबर नआएसम्म म निर्जनभूमिका जँघारहरूको* छेउछाउमा पर्खेर बस्नेछु।”+ २९ त्यसैले सादोक र अबियातारले साँचो परमेश्‍वरको सन्दुक यरुसलेममा फिर्ता लगे। अनि तिनीहरू त्यहीँ बसे।

३० त्यसपछि दाउद रुँदै जैतुन डाँडा उक्लन थाले।+ तिनले आफ्नो शिर ढाकेका थिए र खाली खुट्टा हिँडिरहेका थिए। तिनीसँग भएका सबै मानिस पनि आफ्नो शिर ढाकेर रुँदै डाँडा चढिरहेका थिए। ३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्‌यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्‌।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्‌।”+

३२ जब दाउद डाँडाको टाकुरामा पुगे, जहाँ मानिसहरू परमेश्‍वरको उपासना गर्थे,* तब अरकी हुसै+ तिनलाई भेट्‌न आए। उनले आफ्नो लुगा च्यातेका थिए र शिरमा धुलो छरेका थिए। ३३ दाउदले उनलाई भने: “तिमी मसँग आयौ भने मेरो लागि बोझ हुनेछौ। ३४ बरु तिमी सहरमा फर्केर जाऊ अनि अब्सालोमलाई यसो भन: ‘हे महाराज! म हजुरको सेवक हुँ। पहिले म हजुरको बुबाको सेवा गर्थेँ तर अब म हजुरको सेवा गर्नेछु।’+ त्यसो गऱ्‍यौ भने तिमीले मेरो खातिर अहितोपेलको सल्लाहलाई बेकामको तुल्याइदिन सक्छौ।+ ३५ त्यहाँ पुजारी सादोक र पुजारी अबियातार पनि तिम्रो साथमा हुनेछन्‌। राजमहलमा तिमीले जे-जे कुरा सुन्छौ, ती सबै उनीहरूलाई बताउनू।+ ३६ हेर, सादोकका छोरा अहिमास+ अनि अबियातारका छोरा जोनाथन+ पनि त्यहीँ छन्‌। तिमीले सुनेको एक-एक कुराको खबर ती दुई जनामार्फत मलाई पठाउनू।” ३७ त्यसैले दाउदका मित्र* हुसै+ सहरमा गए। त्यसबेला अब्सालोम पनि यरुसलेममा प्रवेश गर्दै थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने