प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मोसाले गर्नुपर्ने तीन वटा चमत्कार (१-९)

      • मोसा आफूलाई अयोग्य ठान्छन्‌ (१०-१७)

      • मोसा मिश्र फर्कन्छन्‌ (१८-२६)

      • मोसा हारुनलाई फेरि भेट्‌छन्‌ (२७-३१)

प्रस्थान ४:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१३, १४

प्रस्थान ४:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:९

प्रस्थान ४:५

मार्जिनल रेफरेन्स

  • +लुका २०:३७
  • +प्रस्थ ३:१६; ४:३१

प्रस्थान ४:६

मार्जिनल रेफरेन्स

  • +गन १२:१०

प्रस्थान ४:८

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३६

प्रस्थान ४:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:३०

प्रस्थान ४:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१२; गन १२:३; यर्मि १:६; प्रे ७:२२

प्रस्थान ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २४

    ५/१/१९९९, पृ. २८

प्रस्थान ४:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५०:४; मर्कु १३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ६/२०२०, पृ. ७-८

प्रस्थान ४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/१९९६, पृ. २४-२५

प्रस्थान ४:१४

मार्जिनल रेफरेन्स

  • +गन २६:५९
  • +प्रस्थ ४:२७

प्रस्थान ४:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२८
  • +यर्मि १:९

प्रस्थान ४:१६

फुटनोट

  • *

    वा “तिमी उनको लागि परमेश्‍वरको प्रतिनिधि हुनेछौ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २४

प्रस्थान ४:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:५; १७:५, ६; गन २०:११

प्रस्थान ४:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१८, २१; १८:१; गन १०:२९

प्रस्थान ४:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१५

प्रस्थान ४:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:९
  • +प्रस्थ ७:३; ८:१५; ९:१२; ११:१०; रोमी ९:१७, १८
  • +प्रस्थ ७:२२

प्रस्थान ४:२२

मार्जिनल रेफरेन्स

  • +व्य ७:६; १४:२; होसे ११:१; रोमी ९:४

प्रस्थान ४:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:२९

प्रस्थान ४:२४

फुटनोट

  • *

    कुनै-कुनै पाण्डुलिपिमा ‘यहोवाको दूत’ भनिएको छ।

  • *

    यसले मोसाको छोरालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +गन २२:२२; १इ २१:१६
  • +उत्प १७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २८

    ९/१५/१९९५, पृ. २१-२२

प्रस्थान ४:२५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    लिङ्‌गको अघिल्लो भाग छोप्ने छाला।

  • *

    यसले स्वर्गदूतको खुट्टालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१६, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २८

प्रस्थान ४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २८

प्रस्थान ४:२७

फुटनोट

  • *

    त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१४
  • +प्रस्थ ३:१; २०:१८; २४:१६

प्रस्थान ४:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१५
  • +प्रस्थ ४:८

प्रस्थान ४:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१६; २४:१

प्रस्थान ४:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:३, ६, ९

प्रस्थान ४:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१८
  • +उत्प ५०:२५
  • +प्रस्थ १:१४; ३:७; व्य २६:६

अरू

प्रस्थ. ४:१प्रस्थ २:१३, १४
प्रस्थ. ४:३प्रस्थ ७:९
प्रस्थ. ४:५लुका २०:३७
प्रस्थ. ४:५प्रस्थ ३:१६; ४:३१
प्रस्थ. ४:६गन १२:१०
प्रस्थ. ४:८प्रे ७:३६
प्रस्थ. ४:९प्रस्थ ४:३०
प्रस्थ. ४:१०प्रस्थ ६:१२; गन १२:३; यर्मि १:६; प्रे ७:२२
प्रस्थ. ४:१२यसै ५०:४; मर्कु १३:११
प्रस्थ. ४:१४गन २६:५९
प्रस्थ. ४:१४प्रस्थ ४:२७
प्रस्थ. ४:१५प्रस्थ ४:२८
प्रस्थ. ४:१५यर्मि १:९
प्रस्थ. ४:१६प्रस्थ ७:१, २
प्रस्थ. ४:१७प्रस्थ ८:५; १७:५, ६; गन २०:११
प्रस्थ. ४:१८प्रस्थ २:१८, २१; १८:१; गन १०:२९
प्रस्थ. ४:१९प्रस्थ २:१५
प्रस्थ. ४:२१प्रस्थ ७:९
प्रस्थ. ४:२१प्रस्थ ७:३; ८:१५; ९:१२; ११:१०; रोमी ९:१७, १८
प्रस्थ. ४:२१प्रस्थ ७:२२
प्रस्थ. ४:२२व्य ७:६; १४:२; होसे ११:१; रोमी ९:४
प्रस्थ. ४:२३प्रस्थ १२:२९
प्रस्थ. ४:२४गन २२:२२; १इ २१:१६
प्रस्थ. ४:२४उत्प १७:१४
प्रस्थ. ४:२५प्रस्थ २:१६, २१
प्रस्थ. ४:२७प्रस्थ ४:१४
प्रस्थ. ४:२७प्रस्थ ३:१; २०:१८; २४:१६
प्रस्थ. ४:२८प्रस्थ ४:१५
प्रस्थ. ४:२८प्रस्थ ४:८
प्रस्थ. ४:२९प्रस्थ ३:१६; २४:१
प्रस्थ. ४:३०प्रस्थ ४:३, ६, ९
प्रस्थ. ४:३१प्रस्थ ३:१८
प्रस्थ. ४:३१उत्प ५०:२५
प्रस्थ. ४:३१प्रस्थ १:१४; ३:७; व्य २६:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ४:१-३१

प्रस्थान

४ तर मोसाले जवाफ दिए: “तिनीहरूले मेरो कुरा पत्याएनन्‌ र मेरो कुरा सुनेनन्‌ भने के गर्ने?+ किनकि तिनीहरूले भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वर तिमीसामु देखा पर्नुभएको हुनै सक्दैन।’” २ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई सोध्नुभयो: “तिम्रो हातमा के छ?” तिनले जवाफ दिए: “लौरो।” ३ उहाँले भन्‍नुभयो: “त्यसलाई भुईँमा फाल।” तिनले त्यसलाई भुईँमा फालिदिए र त्यो सर्प बन्यो+ अनि मोसा डराएर भागे। ४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात अघि सारेर त्यसको पुच्छरमा समात।” अनि मोसाले त्यसलाई समाते र त्यो तिनको हातमा पहिलाजस्तै लौरो भयो। ५ अनि परमेश्‍वरले भन्‍नुभयो: “यो देखेपछि तिनीहरूका पुर्खाहरूका परमेश्‍वर अर्थात्‌ अब्राहाम, इसहाक र याकुबका परमेश्‍वर यहोवा+ तिमीसामु देखा पर्नुभएको हो भनेर तिनीहरूले विश्‍वास गर्नेछन्‌।”+

६ यहोवा परमेश्‍वरले फेरि भन्‍नुभयो: “कृपया तिम्रो हात आफ्नो लुगाभित्र हाल।” अनि मोसाले आफ्नो हात लुगाभित्र हाले। हात निकालेर हेर्दा त कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ!+ ७ अनि उहाँले भन्‍नुभयो: “तिम्रो हात फेरि आफ्नो लुगाभित्र हाल।” त्यसैले तिनले आफ्नो हात लुगाभित्र हाले। लुगाबाट निकालेर हेर्दा त हात पहिलेजस्तै सद्दे भइसकेको रहेछ! ८ उहाँले भन्‍नुभयो: “तिनीहरूले तिम्रो कुरा पत्याएनन्‌ वा पहिलो चमत्कारलाई विश्‍वास गरेनन्‌ भने पनि दोस्रो चमत्कार देखेपछि त पक्कै पत्याउनेछन्‌।+ ९ तर तिनीहरूले यी दुवै चमत्कार देखेर पनि विश्‍वास गरेनन्‌ र तिम्रो कुरा सुन्‍न मानेनन्‌ भने नाइल नदीबाट अलिकति पानी ल्याउनू र त्यसलाई सुक्खा जमिनमा खन्याउनू। तिमीले नाइल नदीबाट ल्याएको पानी सुक्खा जमिनमा रगत बन्‍नेछ।”+

१० त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “माफ गर्नुस्‌ यहोवा, म बोल्न सिपालु छैनँ र मेरो जिब्रो पनि त्यति लाग्दैन। म पहिला पनि बोल्न सिपालु थिइनँ र तपाईँ मसित बोल्नुभएपछि पनि सिपालु भएको छैनँ।”+ ११ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “मानिसको मुख कसले बनायो? मानिसलाई आँखा कसले दियो? अनि मानिसलाई लाटो, बहिरो वा अन्धो बनाउन सक्ने को छ? त्यसो गर्न सक्ने म यहोवाबाहेक अरू कोही छ र? १२ त्यसैले अब जाऊ, म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्‍नुपर्ने हो, सो सिकाउनेछु।”+ १३ तर तिनले भने: “बिन्ती छ यहोवा परमेश्‍वर, यो काम गर्न अरू कसैलाई पठाउनुहोस्‌।” १४ तब यहोवा परमेश्‍वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन्‌ र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन्‌ र तिमीलाई भेट्‌न उनी अहिले यतैतिर आउँदै छन्‌। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्‌।+ १५ त्यसैले हारुनसँग कुरा गर अनि मैले भनेका सबै कुरा उनलाई बताइदेऊ।+ तिमीले बोल्दा म तिमीलाई अनि हारुनलाई पनि सघाउनेछु+ अनि तिमीहरूले के गर्नुपर्छ, त्यो सिकाउनेछु। १६ उनले तिम्रो तर्फबाट मानिसहरूसित कुरा गर्नेछन्‌ र उनी तिम्रो प्रवक्‍ता हुनेछन्‌। तिमी उनको लागि परमेश्‍वरजस्तै हुनेछौ।*+ १७ अनि यो लौरो लिएर जाऊ र यसलाई चलाएर चमत्कारहरू गर।”+

१८ तब मोसा आफ्ना ससुरा यिथ्रोकहाँ गए+ र उनलाई यसो भने: “मिश्रमा भएका मेरा दाजुभाइहरू जीवितै छन्‌ कि छैनन्‌ भनेर म हेर्न चाहन्छु। त्यसैले कृपया मलाई जान दिनुहोस्‌।” यिथ्रोले मोसालाई भने: “हुन्छ, राम्ररी जानुहोस्‌।” १९ मोसा मिद्यानमै छँदा यहोवा परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “मिश्र फर्केर जाऊ किनकि तिमीलाई मार्न खोज्नेहरू सबै मरिसके।”+

२० त्यसपछि मोसाले आफ्नी पत्नी र छोराहरूलाई गधामा चढाए अनि मिश्रतिर लागे। साँचो परमेश्‍वरले तिनलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो पनि तिनले लिएर गए। २१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्‍ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्‌।+ २२ तिमीले फारोलाई यसो भन्‍नू, ‘यहोवा भन्‍नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+ २३ त्यसैले मेरो छोरालाई जान देऊ र उसले मेरो सेवा गर्न सकोस्‌। तर जान दिएनौ भने म तिम्रो पहिलो सन्तानलाई मार्नेछु।”’”+

२४ बास बस्ने ठाउँमा यहोवा परमेश्‍वर*+ तिनीसामु देखा पर्नुभयो र तिनलाई* मार्न खोज्नुभयो।+ २५ सिप्पोराले+ हत्त न पत्त धारिलो ढुङ्‌गा लिइन्‌ र आफ्नो छोराको खतना* गरिदिइन्‌। अनि खलडीलाई* उनको खुट्टामा* राखिदिएर यसो भनिन्‌: “किनकि तपाईँ मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।” २६ त्यसैले परमेश्‍वरले तिनलाई जान दिनुभयो। खतना गरेको कारण सिप्पोराले “तपाईँ रगतको दुलहा हुनुहुन्छ” भनेकी थिइन्‌।

२७ अनि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: “मोसालाई भेट्‌न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्‍वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।* २८ अनि मोसाले आफूलाई पठाउनुहुने यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा+ र उहाँले देखाउनू भन्‍नुभएका सबै चमत्कारबारे+ हारुनलाई सुनाए। २९ त्यसपछि मोसा र हारुनले गएर इस्राएलका सबै नाइकेलाई भेला गरे।+ ३० यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएका सबै कुरा हारुनले ती मानिसहरूलाई सुनाए अनि तिनीहरूको अगाडि चमत्कारहरू गरेर देखाए।+ ३१ यसपछि ती मानिसहरूले विश्‍वास गरे।+ यहोवा परमेश्‍वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत्‌ गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने