प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • मूर्तिपूजकहरूलाई सजाय सुनाइन्छ (१-११)

      • यरुसलेम सजायबाट उम्कन सक्दैन (१२-२३)

        • धर्मी नुह, दानिएल र अय्युब (१४, २०)

इजकिएल १४:१

मार्जिनल रेफरेन्स

  • +इज ३३:३०, ३१

इजकिएल १४:३

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +२रा ३:१३; यसै १:१५; यर्मि ११:११

इजकिएल १४:५

फुटनोट

  • *

    शा., “इस्राएलको घरानाको मनलाई आफ्नो कब्जामा राख्नेछु।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २:५

इजकिएल १४:६

मार्जिनल रेफरेन्स

  • +यसै ५५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०५

इजकिएल १४:७

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:१, २; इज ३३:३१

इजकिएल १४:८

मार्जिनल रेफरेन्स

  • +लेवी २०:२, ३

इजकिएल १४:९

मार्जिनल रेफरेन्स

  • +१रा २२:२१, २२; यर्मि ४:१०; २थि २:१०, ११

इजकिएल १४:११

मार्जिनल रेफरेन्स

  • +यर्मि २४:७; इज ११:१९, २०

इजकिएल १४:१३

फुटनोट

  • *

    शा., “रोटी झुन्ड्‌याउने लट्ठी भाँचिदिनेछु।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६
  • +यसै ३:१; यर्मि १५:२
  • +यर्मि ७:२०

इजकिएल १४:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ६:८, ९; हिब्रू ११:७
  • +दा १०:११
  • +अय्यु १:८; ४२:८
  • +हित ११:४; यर्मि १५:१; २प २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. २

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१८, पृ. ३-७

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. २६

इजकिएल १४:१५

फुटनोट

  • *

    वा “निस्सन्तान।”

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२२; यर्मि १५:३

इजकिएल १४:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२५; यर्मि २५:९; इज २१:३
  • +सप १:३

इजकिएल १४:१९

मार्जिनल रेफरेन्स

  • +व्य २८:२१, २२

इजकिएल १४:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१
  • +दा १०:११
  • +अय्यु १:८; ४२:८
  • +इज १८:२०; सप २:३

इजकिएल १४:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:४३
  • +यर्मि १५:२
  • +इज ५:१७; ३३:२७

इजकिएल १४:२२

मार्जिनल रेफरेन्स

  • +व्य ४:३१; २इ ३६:२०; इज ६:८; मिका ५:७

इजकिएल १४:२३

मार्जिनल रेफरेन्स

  • +नहे ९:३३; यर्मि २२:८, ९; इज ९:९; दा ९:७

अरू

इज. १४:१इज ३३:३०, ३१
इज. १४:३२रा ३:१३; यसै १:१५; यर्मि ११:११
इज. १४:५यर्मि २:५
इज. १४:६यसै ५५:७
इज. १४:७यर्मि २१:१, २; इज ३३:३१
इज. १४:८लेवी २०:२, ३
इज. १४:९१रा २२:२१, २२; यर्मि ४:१०; २थि २:१०, ११
इज. १४:११यर्मि २४:७; इज ११:१९, २०
इज. १४:१३लेवी २६:२६
इज. १४:१३यसै ३:१; यर्मि १५:२
इज. १४:१३यर्मि ७:२०
इज. १४:१४उत्प ६:८, ९; हिब्रू ११:७
इज. १४:१४दा १०:११
इज. १४:१४अय्यु १:८; ४२:८
इज. १४:१४हित ११:४; यर्मि १५:१; २प २:९
इज. १४:१५लेवी २६:२२; यर्मि १५:३
इज. १४:१७लेवी २६:२५; यर्मि २५:९; इज २१:३
इज. १४:१७सप १:३
इज. १४:१९व्य २८:२१, २२
इज. १४:२०उत्प ७:१
इज. १४:२०दा १०:११
इज. १४:२०अय्यु १:८; ४२:८
इज. १४:२०इज १८:२०; सप २:३
इज. १४:२१यर्मि ३२:४३
इज. १४:२१यर्मि १५:२
इज. १४:२१इज ५:१७; ३३:२७
इज. १४:२२व्य ४:३१; २इ ३६:२०; इज ६:८; मिका ५:७
इज. १४:२३नहे ९:३३; यर्मि २२:८, ९; इज ९:९; दा ९:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १४:१-२३

इजकिएल

१४ अनि इस्राएलका केही नाइके आएर मेरो अगाडि बसे।+ २ तब यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: ३ “हे मानिसको छोरा, यिनीहरू आफ्ना घिनलाग्दा मूर्तिहरू* पुज्न छोड्‌दैनन्‌ र मानिसहरू पापमा फसून्‌ भनेर यिनीहरूले ठेस लाग्ने ढुङ्‌गो राखेका छन्‌। अब यिनीहरूले मलाई खोज्दा म किन जवाफ दिऊँ?+ ४ अब यिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “यदि कुनै इस्राएलीले घिनलाग्दा मूर्तिहरू पुज्न छोडेन र अरू मानिस पनि पापमा फसून्‌ भनेर ठेस लाग्ने ढुङ्‌गो राखिदियो अनि फेरि भविष्यवक्‍ताकहाँ गएर सोधपुछ गऱ्‍यो भने उसले जत्ति धेरै मूर्ति पुजेको छ, त्यसैअनुसार म यहोवा उसलाई दण्ड दिनेछु। ५ इस्राएलको घरानाको मुटु काँप्नेगरि म त्रास फैलाउनेछु* किनकि तिनीहरू सबै मबाट टाढा भएका छन्‌ र तिनीहरूले घिनलाग्दा मूर्तिहरू पुजेका छन्‌।”’+

६ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “आऊ, फर्केर आऊ। घिनलाग्दा मूर्तिहरू पुज्न छोड। तिमीहरूले गरिरहेका सबै घिनलाग्दा काम छोड।+ ७ किनकि यदि कुनै इस्राएली अथवा इस्राएलमा बसोबास गरिरहेको विदेशीले मलाई त्याग्यो, घिनलाग्दा मूर्तिहरू पुज्न छोडेन, अरू मानिस पनि पापमा फसून्‌ भनेर ठेस लाग्ने ढुङ्‌गो राखिदियो अनि फेरि मेरो भविष्यवक्‍ताकहाँ गएर सोधपुछ गऱ्‍यो भने+ म यहोवा आफैले त्यसलाई जवाफ दिनेछु। ८ म त्यसको विरोधमा खडा हुनेछु अनि त्यसको हालत देखेर अरूले चेतावनी पाउनेछन्‌ र त्यसबारे मानिसहरूबीच आहानै चल्नेछ। म त्यसलाई मेरा मानिसहरूको माझबाट नाश गर्नेछु।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।”’

९ “‘तर यदि कुनै भविष्यवक्‍ताले धोकामा परेर केही भविष्यवाणी गऱ्‍यो भने त्यसलाई मूर्ख बनाउने म यहोवा नै हुँ।+ म त्यसविरुद्ध आफ्नो हात उठाउनेछु र त्यसलाई मेरा मानिसहरूबीचबाट नामेट पार्नेछु। १० तिनीहरूले आफ्नो गल्तीको सजाय भोग्नेछन्‌; सोध्ने मान्छेको गल्ती अनि जवाफ दिने भविष्यवक्‍ताको गल्ती बराबर हुनेछ। ११ त्यसपछि इस्राएलको घराना मबाट बरालिएर टाढा जानेछैन र आफ्नो अपराधले आफैलाई बिटुलो पार्नेछैन। अनि तिनीहरू मेरा मानिस हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई यसो भन्‍नुभयो: १३ “हे मानिसको छोरा, विश्‍वासघात गरेर कुनै देश मविरुद्ध चल्यो भने म त्यसमाथि आफ्नो हात उठाउनेछु अनि त्यसको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ म त्यहाँ अनिकाल ल्याउनेछु+ अनि मानिस र जनावरलाई नामेट पार्नेछु।”+ १४ “‘नुह,+ दानिएल+ र अय्युब+ त्यहाँ रहेछन्‌ भने पनि ती तीन जनाले आफूले गरेको असल कामले आफ्नै ज्यान मात्र जोगाउन सक्नेछन्‌,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१५ “‘अथवा मानौँ, मैले देशमा हिंस्रक जङ्‌गली जनावरहरू पठाएँ अनि ती हिंस्रक जनावरहरूले देशलाई निर्जन* तुल्याइदिए अनि मानिसहरू त्यो देश भएर हिँड्‌न छोडेकोले देश उजाड भयो।+ १६ म आफ्नै कसम खाएर भन्छु कि त्यहाँ ती तीन जना मानिस रहेछन्‌ भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्‌। तिनीहरूले आफैलाई मात्र जोगाउन सक्नेछन्‌ र देश निर्जन हुनेछ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१७ “‘अथवा मानौँ, मैले त्यस देशविरुद्ध तरबार पठाएँ+ र यसो भनेँ: “देशभरि तरबार चलोस्‌।” अनि तरबारले मानिस र जनावर दुवैलाई नाश गर्दा+ १८ त्यहाँ ती तीन जना मानिस रहेछन्‌ भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्‌। तिनीहरूले आफैलाई मात्र जोगाउन सक्नेछन्‌। यो कुरा म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१९ “‘अथवा मानौँ, मैले देशमा महामारी पठाएँ+ अनि त्यहाँबाट मानिस र जनावरलाई नाश गर्न रक्‍तपात मच्चाएर मेरो रिस पोखेँ। २० त्यहाँ नुह,+ दानिएल+ र अय्युब+ रहेछन्‌ भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्‌। तिनीहरूले गरेको असल कामले तिनीहरूलाई मात्र जोगाउनेछ।+ यो कुरा म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

२१ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘यरुसलेमबाट मानिस र जनावरको नामोनिसान मेट्‌न+ मैले यी चार थोक+—तरबार, अनिकाल, हिंस्रक जनावर र महामारी+ चलाएर दण्ड दिँदा यस्तै हुनेछ। २२ तर केही पुरुष र स्त्री त्यस विपत्तिबाट जोगिनेछन्‌ र तिनीहरूलाई त्यहाँबाट बाहिर लगिनेछ।+ तिनीहरू तिमीहरूकहाँ आउनेछन्‌। अनि तिमीहरूले तिनीहरूको काम र व्यवहार देखेपछि मैले यरुसलेमलाई किन त्यस्तो दण्ड दिएको रहेछु अनि किन त्यसमाथि विपत्ति ल्याएको रहेछु भनेर तिमीहरूले बुझ्नेछौ।’”

२३ “‘जब तिमीहरूले तिनीहरूको काम र व्यवहार देख्नेछौ, तब तिमीहरूले बुझ्नेछौ कि मैले जे गरेँ, त्यो विनाकारण गरेको होइन रहेछु,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने