प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ राजा विषयवस्तु

      • एलिया ओबदियाह र आहाबलाई भेट्‌छन्‌ (१-१८)

      • कर्मेलमा बाआलका भविष्यवक्‍ताहरूको विरुद्धमा एलिया (१९-४०)

        • ‘दोधार’ (२१)

      • साढे तीन वर्ष लामो खडेरी अन्त हुन्छ (४१-४६)

१ राजा १८:१

मार्जिनल रेफरेन्स

  • +लुका ४:२५; या ५:१७
  • +भज ६५:९, १०; यर्मि १४:२२

१ राजा १८:२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६; व्य २८:२४

१ राजा १८:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००६, पृ. २१

१ राजा १८:४

मार्जिनल रेफरेन्स

  • +१रा १६:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००६, पृ. २१

१ राजा १८:५

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

१ राजा १८:७

मार्जिनल रेफरेन्स

  • +२रा १:८

१ राजा १८:१०

मार्जिनल रेफरेन्स

  • +१रा १७:२, ३

१ राजा १८:१२

मार्जिनल रेफरेन्स

  • +२रा २:१५, १६; मत्ति ४:१; प्रे ८:३९

१ राजा १८:१३

मार्जिनल रेफरेन्स

  • +१रा १८:४

१ राजा १८:१५

फुटनोट

  • *

    शा., “जोसामु म खडा छु।”

१ राजा १८:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४; १रा ९:९; १६:३०-३३

१ राजा १८:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यहो १९:२६, ३१
  • +१रा १६:३३

१ राजा १८:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि २:११; होसे १०:२; मत्ति १२:३०; १कोरि. १०:२१; २कोरि. ६:१४, १५
  • +प्रस्थ २०:५; यहो २४:१५; १स ७:३; भज १००:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. १४-१५

    अनुकरण गर्नुहोस्‌, पृ. ८६-८७

    प्रहरीधरहरा,

    १२/१५/२००५, पृ. २४-२९

    ७/१/२००५, पृ. ३०-३१

    १/१/१९९८, पृ. ३०

१ राजा १८:२२

मार्जिनल रेफरेन्स

  • +१रा १९:९, १०

१ राजा १८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ८८

१ राजा १८:२४

मार्जिनल रेफरेन्स

  • +न्याय ६:३१
  • +लेवी ९:२३, २४; व्य ४:२४; न्याय ६:२१; १इ २१:२६; २इ ७:१

१ राजा १८:२६

मार्जिनल रेफरेन्स

  • +यसै ४५:२०; यर्मि १०:५; दा ५:२३; हब २:१८, १९; १कोरि. ८:४

१ राजा १८:२७

फुटनोट

  • *

    वा सम्भवतः “यात्रामा गयो होला।”

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ८८

१ राजा १८:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९८, पृ. ३०

१ राजा १८:२९

मार्जिनल रेफरेन्स

  • +यसै ४४:१९, २०

१ राजा १८:३०

मार्जिनल रेफरेन्स

  • +१रा १९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ८८-९०

    प्रहरीधरहरा,

    १२/१५/२००५, पृ. २६

१ राजा १८:३१

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:२८, ३०; ३५:१०; यसै ४८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ८८-९०

१ राजा १८:३२

फुटनोट

  • *

    एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२५; व्य २७:६

१ राजा १८:३३

मार्जिनल रेफरेन्स

  • +उत्प २२:९; लेवी १:७, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९८, पृ. ३०-३१

    उपयोगी किताब, पृ. १७

१ राजा १८:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. १७

१ राजा १८:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. १७

१ राजा १८:३६

फुटनोट

  • *

    शा., “इस्राएलका।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४१
  • +उत्प २६:२४
  • +उत्प २८:१३
  • +गन १६:२८; युह ११:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९०

    प्रहरीधरहरा,

    ११/१/२०१०, पृ. ४-५

१ राजा १८:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:१८; इज ३३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९०

    प्रहरीधरहरा,

    ११/१/२०१०, पृ. ४-५

१ राजा १८:३८

मार्जिनल रेफरेन्स

  • +लेवी ९:२३, २४; न्याय ६:२१; २इ ७:१
  • +१रा १८:२३, २४

१ राजा १८:४०

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +न्याय ५:२०, २१; भज ८३:९
  • +व्य १३:१-५; १८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९०-९१

१ राजा १८:४१

मार्जिनल रेफरेन्स

  • +१रा १७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९३, ९४-९५

१ राजा १८:४२

मार्जिनल रेफरेन्स

  • +या ५:१७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९३-९४

१ राजा १८:४३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९४-९५

१ राजा १८:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९५-९७

१ राजा १८:४५

मार्जिनल रेफरेन्स

  • +१स १२:१८; अय्यु ३८:३७
  • +यहो १९:१७, १८; १रा २१:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९७

१ राजा १८:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    अनुकरण गर्नुहोस्‌, पृ. ९८-९९

    प्रहरीधरहरा,

    १/१/२०१२, पृ. १४

अरू

१ राजा १८:१लुका ४:२५; या ५:१७
१ राजा १८:१भज ६५:९, १०; यर्मि १४:२२
१ राजा १८:२लेवी २६:२६; व्य २८:२४
१ राजा १८:४१रा १६:३१
१ राजा १८:७२रा १:८
१ राजा १८:१०१रा १७:२, ३
१ राजा १८:१२२रा २:१५, १६; मत्ति ४:१; प्रे ८:३९
१ राजा १८:१३१रा १८:४
१ राजा १८:१८प्रस्थ २०:४; १रा ९:९; १६:३०-३३
१ राजा १८:१९यहो १९:२६, ३१
१ राजा १८:१९१रा १६:३३
१ राजा १८:२१यर्मि २:११; होसे १०:२; मत्ति १२:३०; १कोरि. १०:२१; २कोरि. ६:१४, १५
१ राजा १८:२१प्रस्थ २०:५; यहो २४:१५; १स ७:३; भज १००:३
१ राजा १८:२२१रा १९:९, १०
१ राजा १८:२४न्याय ६:३१
१ राजा १८:२४लेवी ९:२३, २४; व्य ४:२४; न्याय ६:२१; १इ २१:२६; २इ ७:१
१ राजा १८:२६यसै ४५:२०; यर्मि १०:५; दा ५:२३; हब २:१८, १९; १कोरि. ८:४
१ राजा १८:२७यसै ४१:२३
१ राजा १८:२९यसै ४४:१९, २०
१ राजा १८:३०१रा १९:१४
१ राजा १८:३१उत्प ३२:२८, ३०; ३५:१०; यसै ४८:१
१ राजा १८:३२प्रस्थ २०:२५; व्य २७:६
१ राजा १८:३३उत्प २२:९; लेवी १:७, ८
१ राजा १८:३६प्रस्थ २९:४१
१ राजा १८:३६उत्प २६:२४
१ राजा १८:३६उत्प २८:१३
१ राजा १८:३६गन १६:२८; युह ११:४२
१ राजा १८:३७यर्मि ३१:१८; इज ३३:११
१ राजा १८:३८लेवी ९:२३, २४; न्याय ६:२१; २इ ७:१
१ राजा १८:३८१रा १८:२३, २४
१ राजा १८:४०न्याय ५:२०, २१; भज ८३:९
१ राजा १८:४०व्य १३:१-५; १८:२०
१ राजा १८:४११रा १७:१
१ राजा १८:४२या ५:१७, १८
१ राजा १८:४५१स १२:१८; अय्यु ३८:३७
१ राजा १८:४५यहो १९:१७, १८; १रा २१:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ राजा १८:१-४६

पहिलो राजा

१८ केही समयपछि, तेस्रो वर्षमा+ यहोवा परमेश्‍वरको यो वचन एलियाकहाँ आयो: “गएर आहाबलाई भेट। अब म यस भूमिमा पानी बर्साउनेछु।”+ २ त्यसैले एलिया आहाबलाई भेट्‌न गए। त्यतिबेला सामरियामा डरलाग्दो अनिकाल परेको थियो।+

३ त्यही समयमा आहाबले आफ्नो घरानाको रेखदेख गर्ने ओबदियाहलाई बोलाए। (ओबदियाह यहोवा परमेश्‍वरको असाध्यै डर मान्थे। ४ ईजेबेलले+ यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरेको बेला ओबदियाहले १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेका थिए। तिनले उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएका थिए।) ५ आहाबले ओबदियाहलाई यस्तो हुकुम गरे: “देशका सबै खोलानाला र बेँसीमा* जाऊ। घोडा र खच्चरको लागि पुग्दो घाँस पाइएला कि? नत्र त अनिकालले गर्दा हाम्रो सबै वस्तुभाउ सखाप हुनेछ।” ६ त्यसैले को कुन इलाकामा जाने, तिनीहरूले छुट्ट्याए र देशको दौडाहामा निस्के। आहाब एकातिर र ओबदियाहचाहिँ अर्कोतिर गए।

७ ओबदियाह बाटोमा गइरहेको बेला एलिया तिनलाई भेट्‌न कुरिरहेका थिए। तिनले एलियालाई चिनिहाले र भुईँमा घोप्टो परेर यसो भने: “हे मेरा प्रभु! तपाईँ साँच्चै एलिया नै हुनुहुन्छ?”+ ८ उनले जवाफ दिए: “हो, म एलिया नै हुँ। गएर तिम्रा मालिकलाई भन: ‘एलिया यहाँ आएका छन्‌।’” ९ तर ओबदियाहले भने: “मैले के पाप गरेको छु र? तपाईँ किन आफ्नो यस सेवकलाई आहाबको हातबाट मार्न चाहनुहुन्छ? १० तपाईँका परमेश्‍वर, जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, मेरा मालिकले तपाईँलाई नखोज्नुभएको एउटै ठाउँ छैन; उहाँले तपाईँलाई सबै जातिमाझ र सबै राज्यमा खोजिसक्नुभयो। त्यहाँका मानिसहरूले ‘उनी यहाँ छैनन्‌’ भन्दा उहाँले तिनीहरूलाई कसम खान समेत लगाउनुभयो।+ ११ अब तपाईँ मलाई भन्‍नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्‌” भन।’ १२ म यहाँबाट गएपछि यहोवा परमेश्‍वरको शक्‍तिले तपाईँलाई अन्तै लैजानेछ+ र त्यो ठाउँ मलाई थाह हुनेछैन। अनि मैले आहाबलाई तपाईँको विषयमा बताएँ तर उहाँले तपाईँलाई भेट्टाउनुभएन भने मलाई बाँकी राख्नुहुनेछैन। तपाईँको यस सेवकले सानैदेखि यहोवा परमेश्‍वरको डर मान्दै आएको छ। १३ हे प्रभु! ईजेबेलले यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरिरहेको बेला मैले के गरेको थिएँ, के तपाईँलाई बताइएको छैन? मैले यहोवा परमेश्‍वरका १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेँ। अनि उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएँ।+ १४ अब तपाईँ मलाई भन्‍नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्‌” भन।’ उहाँले पक्कै मेरो ज्यान लिनुहुनेछ।” १५ तर एलियाले भने: “जीवित परमेश्‍वर, सेनाहरूका यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, आज म आहाबलाई भेट्‌नेछु।”

१६ तब ओबदियाह आहाबकहाँ गए र एलियाको विषयमा बताइदिए। त्यसपछि आहाब एलियालाई भेट्‌न निस्के।

१७ एलियालाई देख्नेबित्तिकै आहाबले यसो भने: “इस्राएलमा यत्रो विपत्ति ल्याउने तिमी नै हौ?”

१८ एलियाले जवाफ दिए: “इस्राएलमा विपत्ति ल्याउने म होइनँ, तपाईँ र तपाईँको बुबाको घराना हो। यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुको साटो तपाईँहरू बाआल देवताहरूको पछि लाग्नुभयो।+ १९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्‌।+ बाआलका ४५० जना भविष्यवक्‍ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्‍ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्‌, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्‌।” २० त्यसैले आहाबले इस्राएलका सबै मानिसलाई कर्मेल डाँडामा भेला हुन आदेश दिए र भविष्यवक्‍ताहरूलाई पनि त्यहाँ भेला गराए।

२१ त्यसपछि एलियाले मानिसहरूको नजिकै गएर भने: “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?+ यदि यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भने उहाँको पछि लाग।+ तर बाआल साँचो परमेश्‍वर हो भने त्यसकै पछि लाग।” तर मानिसहरूले एक शब्द बोलेनन्‌। २२ एलियाले मानिसहरूलाई फेरि यसो भने: “यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूमध्ये अब म मात्र बाँकी छु।+ तर बाआलका भविष्यवक्‍ता भने ४५० जना छन्‌। २३ हाम्रो लागि दुई वटा बहर ल्याओ। बाआलका भविष्यवक्‍ताहरूले एउटा बहर लिऊन्‌ र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखून्‌। तर त्यसमा आगो नलगाऊन्‌। अर्को बहरचाहिँ म लिनेछु र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राख्नेछु। तर म त्यसमा आगो लगाउनेछैनँ। २४ त्यसपछि तिमीहरू आफ्नो देवताको नाम पुकार+ अनि मचाहिँ यहोवा परमेश्‍वरको नाम पुकार्नेछु। जसले आगो पठाएर जवाफ दिन्छ, ऊ नै साँचो परमेश्‍वर हो+ भनी साबित होस्‌।” तब सबै मानिसले भने: “हुन्छ, त्यसै गरौँ।”

२५ अनि एलियाले बाआलका भविष्यवक्‍ताहरूलाई भने: “तिमीहरू धेरै जना छौ। त्यसैले पहिला तिमीहरू एउटा बहर छान र त्यसलाई बलि चढाउन तयार पार। त्यसपछि आफ्नो देवताको नाम पुकार तर दाउरामा आगोचाहिँ नलगाओ।” २६ ती भविष्यवक्‍ताहरूले आफूले रोजेको बहर तयार पारे अनि बिहानदेखि मध्यदिनसम्मै “हे बाआल, हामीलाई जवाफ देऊ” भन्दै बाआलको नाम पुकारिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ आयो।+ तिनीहरू आफूले बनाएको वेदीवरिपरि उफ्रँदै नाचिरहे। २७ मध्यदिनतिर एलियाले तिनीहरूलाई यसो भन्दै गिज्याउन थाले: “अझ जोडले कराओ! ऊ त देवता हो!+ सायद ऊ ध्यानमा मग्न होला वा दिसा बस्न गयो होला* अथवा ऊ गहिरो निद्रामा पऱ्‍यो होला, उसलाई जगाउनुपर्छ।” २८ तिनीहरू ठूलठूलो स्वरमा कराइरहे। रक्‍ताम्मे नहोउन्जेल तिनीहरूले आफ्नो परम्पराअनुसार आफैलाई छुरा र भालाले चोट पुऱ्‍याइरहे। २९ दिन पनि बित्यो र साँझको अन्‍नभेटी चढाउने बेलासम्मै तिनीहरू बौलाहाजस्तै उफ्रिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ नै आयो; तिनीहरूको पुकारा सुन्‍ने कोही थिएन।+

३० त्यसपछि एलियाले मानिसहरूलाई भने: “तिमीहरू सबै मेरो नजिक आओ।” त्यसैले सबै मानिस तिनको नजिक गए। त्यसपछि तिनले यहोवा परमेश्‍वरको भत्किएको वेदी फेरि बनाए।+ ३१ याकुबका छोराहरूको कुलको सङ्‌ख्याअनुसार एलियाले १२ वटा ढुङ्‌गा ल्याए। यहोवा परमेश्‍वरले याकुबलाई यसो भन्‍नुभएको थियो: “अबदेखि तिम्रो नाम इस्राएल हुनेछ।”+ ३२ ती ढुङ्‌गाहरू मिलाएर एलियाले यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।+ त्यसपछि तिनले वेदीको वरिपरि खाल्टो खने। त्यस खाल्टोले दुई सेआ* बिउ छर्न पुग्ने जमिन ओगटेको थियो। ३३ त्यसपछि एलियाले दाउरा मिलाए अनि बहरलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखे।+ अनि यसो भने: “अब चार वटा घ्याम्पामा पानी ल्याएर यो अग्निभेटी र दाउरामाथि खन्याइदेओ।” ३४ तिनले भने: “फेरि त्यसै गर।” उनीहरूले त्यसै गरे। तिनले फेरि भने: “तेस्रो पटक पनि त्यसै गर।” उनीहरूले तेस्रो पटक पनि त्यसै गरे। ३५ अनि वेदीको चारैतिर पानी बग्न थाल्यो र एलियाले खाल्टोमा पनि पानी भरे।

३६ त्यतिबेला साँझको अन्‍नभेटी चढाउने समय भएको थियो।+ भविष्यवक्‍ता एलिया वेदीनजिकै गए र यसो भने: “हे यहोवा! अब्राहाम,+ इसहाक+ र याकुबका* परमेश्‍वर! इस्राएलमा तपाईँ मात्र परमेश्‍वर हुनुहुन्छ अनि म तपाईँको सेवक हुँ र तपाईँकै आज्ञाअनुसार मैले यी सब गरेको हुँ भनी आज साबित गरिदिनुहोस्‌।+ ३७ हे यहोवा, जवाफ दिनुहोस्‌! मलाई जवाफ दिनुहोस्‌! तब यी मानिसहरूले तपाईँ यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले तिनीहरूको हृदय आफूतर्फ खिच्दै हुनुहुन्छ भनी थाह पाउनेछन्‌।”+

३८ तब यहोवा परमेश्‍वरले आगो पठाउनुभयो र त्यसले अग्निभेटी, दाउरा, ढुङ्‌गा र धुलो सबै भस्म पारिदियो+ अनि खाल्टोको पानी पनि सुकाइदियो।+ ३९ यो देख्नेबित्तिकै मानिसहरू भुईँमा घोप्टो परेर यसो भन्दै कराउन थाले: “यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ! यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ!” ४० त्यसपछि एलियाले तिनीहरूलाई भने: “बाआलका भविष्यवक्‍ताहरूलाई पक्र! एक जना पनि उम्कन नपाओस्‌।” तब मानिसहरूले उनीहरूलाई पक्रे अनि एलियाले उनीहरूलाई किसोन खोल्सामा*+ लगेर मारे।+

४१ त्यसपछि एलियाले आहाबलाई भने: “गएर खानपिन गर्नुहोस्‌। म ठूलो झरी पर्न लागेको आवाज सुन्दै छु।”+ ४२ त्यसैले आहाब खानपिन गर्न गए। एलियाचाहिँ कर्मेल डाँडाको टुप्पोमा गए अनि आफ्नो टाउको घुँडाहरूको बीचमा राखेर भुईँमा घुँडा टेकेर बसे।+ ४३ त्यसपछि तिनले आफ्नो सेवकलाई भने: “गएर समुद्रतिर हेर!” त्यसैले ऊ गयो र हेऱ्‍यो। अनि एलियाकहाँ आएर भन्यो: “केही पनि देखिँदैन।” एलियाले उसलाई सात पटकसम्म “गएर हेर” भने। ४४ सातौँ पटकमा एलियाको सेवकले भन्यो: “समुद्रबाट हत्केला जत्रो सानो बादल मास्तिर उठ्‌दै छ।” तब एलियाले भने: “गएर आहाबलाई यसो भन: ‘रथ तयार पार्नुहोस्‌! झट्टै तल झर्नुहोस्‌। नत्र त झरीले तपाईँलाई रोक्ला।’” ४५ नभन्दै कालो बादलले आकाशलाई छोप्यो, हुरीबतास चल्यो र मुसलधारे पानी पर्न थाल्यो।+ आहाबचाहिँ रथ चढेर यिज्रेलतिर+ गए। ४६ तर यहोवा परमेश्‍वरले आफ्नो हात एलियामाथि राख्नुभयो। तिनले आफ्नो लुगा माथि सारेर कम्मरमा कसे अनि आहाबको अघिअघि दौडेर यिज्रेलसम्मै पुगे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने