लेवी
७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ। २ तिनीहरूले अग्निभेटीको जनावर जहाँ काट्छन्, दोषभेटीको जनावर पनि त्यहीँ काटून् अनि त्यसको रगत+ वेदीको चारैतिर छर्कून्।+ ३ तिनले त्यसको सबै बोसो चढाऊन्+—बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, ४ कम्मरनेर भएको दुई वटै मिर्गौला र त्यसमा भएको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्।+ ५ अनि पुजारीले वेदीको आगोमा ती सबै जलाऊन्।* यो यहोवा परमेश्वरको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।+ यो दोषभेटी हो। ६ सबै पुरुष जो पुजारी हुन्, तिनीहरूले त्यो खाऊन्।+ तिनीहरूले त्यो पवित्र ठाउँमा खाऊन्। यो महापवित्र कुरा हो।+ ७ पापभेटीको नियम दोषभेटीमा पनि लागू हुन्छ। प्रायश्चित गर्नका लागि जुन पुजारीले यो भेटी चढाएका हुन्, यो जनावर तिनकै हुन्छ।+
८ “‘यदि पुजारीले कसैको तर्फबाट अग्निभेटी चढाउँछन् भने त्यस जनावरको छाला+ ती पुजारीकै हुनेछ।
९ “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्नभेटी चढाउँछन्,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+ १० तर तेलमा मुछेको वा सुक्खा अन्नभेटी+ हो भने त्यो हारुनका छोराहरूको हुनेछ; तिनीहरू सबैले बराबर भाग पाऊन्।
११ “‘यहोवा परमेश्वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+ १२ यदि कसैले परमेश्वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्। १३ उसले धन्यवादको बलिको रूपमा चढाइएको मेलबलिको साथै खमिर* हालेर पकाइएको सेल आकारको रोटी पनि चढाओस्। १४ उसले यी रोटीहरूबाट एक-एक वटा लेओस् र यहोवा परमेश्वरलाई पवित्र भागको रूपमा चढाओस्; यो पवित्र भाग मेलबलिको जनावरको रगत छर्कने पुजारीको हुनेछ।+ १५ उसले जुन दिन धन्यवादको बलिको रूपमा मेलबलि चढाउँछ, त्यही दिन त्यस जनावरको मासु खाओस्। उसले त्यसको कुनै पनि भाग बिहानसम्म बाँकी नराखोस्।+
१६ “‘यदि उसले भाकल वा स्वैच्छिकभेटीको रूपमा मेलबलि चढाउँछ भने+ उसले त्यो त्यही दिन खाओस्; बाँकीचाहिँ भोलिपल्ट पनि खान सकिन्छ। १७ तर पर्सिपल्टसम्म बाँकी रहेको मासु भने आगोमा जलाइयोस्।+ १८ यदि मेलबलि चढाउने व्यक्तिले पर्सिपल्ट त्यो मासु खायो भने उसलाई परमेश्वरले स्विकार्नुहुनेछैन; त्यो परमेश्वरको नजरमा घिनलाग्दो हुनेछ। उसले चढाएको त्यो बलि व्यर्थ साबित हुनेछ अनि त्यस्तो मासु खाने व्यक्तिले आफ्नो गल्तीको सजाय भोग्नेछ।+ १९ मासुलाई अशुद्ध थोकले छोएको छ भने त्यो मासु नखानू; त्यसलाई आगोमा जलाइयोस्। शुद्ध व्यक्तिले शुद्ध मासु खाओस्।
२० “‘तर कुनै अशुद्ध व्यक्तिले यहोवाको निम्ति चढाइएको मेलबलिको मासु खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*+ २१ यदि कसैले अशुद्ध मानिस,+ अशुद्ध जनावर+ वा घिनलाग्दो अशुद्ध चिज+ छोयो र यहोवा परमेश्वरलाई चढाएको मेलबलिको मासु खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।’”*
२२ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २३ “इस्राएलीहरूलाई यसो भन्नू, ‘तिमीहरूले बहर वा थुमा वा बाख्राको बोसो नखानू।+ २४ मरेको जनावरको बोसो वा अरू जनावरले मारेको जनावरको बोसो कहिल्यै नखानू+ तर यसलाई अरू जुनसुकै कामको लागि चलाउन सकिन्छ। २५ यदि कसैले यहोवा परमेश्वरको निम्ति आगोमा चढाउन ल्याएको जनावरको बोसो खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।*
२६ “‘तिमीहरू जहाँ रहे पनि रगत नखानू,+ चाहे त्यो चराचुरुङ्गीको होस् वा जनावरको। २७ कसैले रगत खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।’”*+
२८ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २९ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कसैले यहोवा परमेश्वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्वरलाई चढाओस्।+ ३० यहोवा परमेश्वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्याकुला आफ्नो हातमा बोकेर ल्याओस्। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्वरसामु डोलाओस्।* ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्+ तर ह्याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+
३२ “‘मेलबलि चढाउने जनावरको दाहिने खुट्टा तिमीहरूले पवित्र भागको रूपमा पुजारीलाई दिनू।+ ३३ यो दाहिने खुट्टा हारुनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढाउँछन्, तिनकै हुनेछ।+ ३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात् खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।+
३५ “‘यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटीको यो भाग पुजारीहरू अर्थात् हारुन र तिनका छोराहरूको हो। यहोवा परमेश्वरको सेवा गर्न तिनीहरूलाई पुजारी नियुक्त गरिएकै दिन यो भाग तिनीहरूको निम्ति छुट्ट्याइएको थियो।+ ३६ इस्राएलीहरूले चढाउने बलिदानको यो भाग हारुन र तिनका छोराहरूलाई दिनू भनेर यहोवा परमेश्वरले तिनीहरूलाई अभिषेक गरेकै दिन+ आज्ञा गर्नुभएको थियो। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।’”
३७ अग्निभेटी,+ अन्नभेटी,+ पापभेटी,+ दोषभेटी,+ पुजारी नियुक्त गरिँदा चढाइने बलि+ र मेलबलिसम्बन्धी+ नियम यही हो। ३८ यहोवा परमेश्वरले यी सबै नियम मोसालाई सिनै डाँडामा दिनुभएको थियो।+ सिनै निर्जनभूमिमा परमेश्वरलाई भेटी चढाउनू भनेर मोसाले इस्राएलीहरूलाई आज्ञा गरेकै दिन यहोवा परमेश्वरले मोसालाई यी नियम दिनुभएको थियो।+