प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलका गोठालाहरूविरुद्ध भविष्यवाणी (१-१०)

      • यहोवा आफ्ना भेडाहरूको हेरचाह गर्नुहुन्छ (११-३१)

        • “मेरो सेवक दाउद” तिनीहरूको गोठालो हुनेछन्‌ (२३)

        • “शान्तिको करार” (२५)

इजकिएल ३४:२

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:१; मिका ३:१, ११; सप ३:३; जक ११:१७; मत्ति २३:१३
  • +यसै ४०:११; युह २१:१५

इजकिएल ३४:३

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; यर्मि २२:१७; मिका ३:३; जक ११:४, ५
  • +यसै ५६:११

इजकिएल ३४:४

मार्जिनल रेफरेन्स

  • +लुका १५:४
  • +यर्मि २२:१३

इजकिएल ३४:५

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:२; ५०:६; मत्ति ९:३६

इजकिएल ३४:१०

फुटनोट

  • *

    वा “म तिमीहरूसित आफ्नो भेडा फिर्ता माग्नेछु।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:२४-२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९०, १०१-१०२

इजकिएल ३४:११

मार्जिनल रेफरेन्स

  • +१स १७:३४, ३५; भज ८०:१; यसै ५६:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    यहोवाकहाँ फर्कनुहोस्‌, पृ. ४

इजकिएल ३४:१२

मार्जिनल रेफरेन्स

  • +यसै ४०:११
  • +योए २:१, २; सप १:१४, १५

इजकिएल ३४:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:३; इज ११:१७; आमो ९:१४; मिका ७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०६

इजकिएल ३४:१४

मार्जिनल रेफरेन्स

  • +यसै २५:६; ३०:२३; यर्मि ३१:१२
  • +यर्मि ३३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०६

    यहोवाकहाँ फर्कनुहोस्‌, पृ. ५

इजकिएल ३४:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१५
  • +सप ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०७

इजकिएल ३४:१६

मार्जिनल रेफरेन्स

  • +मिका ४:६; मत्ति १५:२४; लुका १५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०७

    यहोवाकहाँ फर्कनुहोस्‌, पृ. ५

    प्रहरीधरहरा,

    ३/१५/१९९६, पृ. २५

इजकिएल ३४:१७

मार्जिनल रेफरेन्स

  • +जक १०:३

इजकिएल ३४:२२

मार्जिनल रेफरेन्स

  • +यसै ४०:११; यर्मि २३:३

इजकिएल ३४:२३

मार्जिनल रेफरेन्स

  • +युह १०:११; हिब्रू १३:२०; १प ५:४; प्रका ७:१७
  • +यसै ११:१; यर्मि ३०:९
  • +इज ३७:२४; होसे ३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८९, ९०-९१

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. २७

    १/१/१९९३, पृ. १२

इजकिएल ३४:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:४५; यर्मि ३१:१
  • +भज २:६; यसै ९:६; यर्मि २३:५; मिका ५:२; लुका १:३२; प्रे ५:३१

इजकिएल ३४:२५

मार्जिनल रेफरेन्स

  • +इज ३७:२६
  • +लेवी २६:६; यसै ११:६-९; ३५:९; ६५:२५; होसे २:१८
  • +यर्मि २३:६; ३३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९०-९१, १०९-१११

इजकिएल ३४:२६

फुटनोट

  • *

    यसको अर्थ “आशिष्‌को स्रोत बनाउनेछु” पनि हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै ५६:७; इज २०:४०; मिका ४:१
  • +उत्प १२:२, ३; व्य २८:१२; जक ८:१३

इजकिएल ३४:२७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४; भज ८५:१२; यसै ३५:२; इज ३६:३०
  • +लेवी २६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/१९९३, पृ. १३

इजकिएल ३४:२८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:१०; ४६:२७

इजकिएल ३४:२९

मार्जिनल रेफरेन्स

  • +इज ३६:२९
  • +इज ३६:१५

इजकिएल ३४:३०

मार्जिनल रेफरेन्स

  • +इज ३७:२७

इजकिएल ३४:३१

मार्जिनल रेफरेन्स

  • +भज ७८:५२; १००:३; यसै ४०:११

अरू

इज. ३४:२यर्मि २३:१; मिका ३:१, ११; सप ३:३; जक ११:१७; मत्ति २३:१३
इज. ३४:२यसै ४०:११; युह २१:१५
इज. ३४:३२रा २१:१६; यर्मि २२:१७; मिका ३:३; जक ११:४, ५
इज. ३४:३यसै ५६:११
इज. ३४:४लुका १५:४
इज. ३४:४यर्मि २२:१३
इज. ३४:५यर्मि २३:२; ५०:६; मत्ति ९:३६
इज. ३४:१०यर्मि ५२:२४-२७
इज. ३४:१११स १७:३४, ३५; भज ८०:१; यसै ५६:८
इज. ३४:१२यसै ४०:११
इज. ३४:१२योए २:१, २; सप १:१४, १५
इज. ३४:१३यर्मि २३:३; इज ११:१७; आमो ९:१४; मिका ७:१४
इज. ३४:१४यसै २५:६; ३०:२३; यर्मि ३१:१२
इज. ३४:१४यर्मि ३३:१२
इज. ३४:१५यर्मि ३:१५
इज. ३४:१५सप ३:१३
इज. ३४:१६मिका ४:६; मत्ति १५:२४; लुका १५:४
इज. ३४:१७जक १०:३
इज. ३४:२२यसै ४०:११; यर्मि २३:३
इज. ३४:२३युह १०:११; हिब्रू १३:२०; १प ५:४; प्रका ७:१७
इज. ३४:२३यसै ११:१; यर्मि ३०:९
इज. ३४:२३इज ३७:२४; होसे ३:५
इज. ३४:२४प्रस्थ २९:४५; यर्मि ३१:१
इज. ३४:२४भज २:६; यसै ९:६; यर्मि २३:५; मिका ५:२; लुका १:३२; प्रे ५:३१
इज. ३४:२५इज ३७:२६
इज. ३४:२५लेवी २६:६; यसै ११:६-९; ३५:९; ६५:२५; होसे २:१८
इज. ३४:२५यर्मि २३:६; ३३:१६
इज. ३४:२६यसै ५६:७; इज २०:४०; मिका ४:१
इज. ३४:२६उत्प १२:२, ३; व्य २८:१२; जक ८:१३
इज. ३४:२७लेवी २६:४; भज ८५:१२; यसै ३५:२; इज ३६:३०
इज. ३४:२७लेवी २६:१३
इज. ३४:२८यर्मि ३०:१०; ४६:२७
इज. ३४:२९इज ३६:२९
इज. ३४:२९इज ३६:१५
इज. ३४:३०इज ३७:२७
इज. ३४:३१भज ७८:५२; १००:३; यसै ४०:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३४:१-३१

इजकिएल

३४ यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूविरुद्ध भविष्यवाणी गर। तिनीहरूलाई यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “ए इस्राएलका गोठालाहरू, तिमीहरूलाई धिक्कार छ!+ गोठालोको काम आफ्नो बगाललाई खुवाउनु होइन र?+ तर तिमीहरू बगाललाई खुवाउन छोडेर आफैलाई पोसिरहेका छौ! ३ तिमीहरू बगालका जनावरको बोसो खान्छौ, तिनीहरूको ऊनबाट बनेको लुगा लगाउँछौ र मोटोघाटो जनावर छानेर मार्छौ।+ तर बगाललाई भने खुवाउँदैनौ।+ ४ कमजोरहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, बिरामी भएकाहरूलाई निको पारेका छैनौ, घाइतेहरूलाई मलहमपट्टी लगाएका छैनौ, बाटो बिराएर यताउता लागेकाहरूलाई फर्काएका छैनौ न त हराएकाहरूलाई खोज्न नै गएका छौ।+ बरु तिमीहरूले उल्टै तिनीहरूसित कठोर र निर्दयी व्यवहार गरेका छौ।+ ५ हेरचाह गर्ने गोठालो नभएकोले ती भेडाहरू यताउता लागे।+ तिनीहरू छरपस्ट भए र जङ्‌गली जनावरको सिकार बन्‍न पुगे। ६ मेरा भेडाहरू हराएर पहाडहरूतिर अनि हरेक अग्ला डाँडाहरूतिर भौँतारिए अनि पृथ्वीको कुनाकुनासम्म तितरबितर भए। तर तिनीहरूको वास्ता गर्ने र तिनीहरूलाई खोज्न जाने कोही भएन।

७ “‘“त्यसैले ए गोठालाहरू हो, यहोवा के भन्‍नुहुन्छ, सुन: ८ ‘ब्रह्‍माण्डका मालिक यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, म पक्कै कदम चाल्नेछु। किनकि हेरचाह गर्ने गोठालाहरू नभएकोले मेरा भेडाहरू जङ्‌गली जनावरको सिकार भएका छन्‌। मैले छानेका गोठालाहरूले मेरा भेडाहरूको खोजी गरेनन्‌। तिनीहरूले मेरा भेडाहरूलाई खुवाएनन्‌ बरु उल्टै आफूलाई पोसे।”’ ९ त्यसैले ए गोठालाहरू हो, यहोवा के भन्‍नुहुन्छ, सुन। १० ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूविरुद्ध उठेको छु। म तिमीहरूसित मेरा भेडाहरूको हिसाब माग्नेछु* र अबदेखि तिमीहरूले मेरा भेडाहरूलाई चराउन पाउनेछैनौ।+ मेरा भेडाहरूलाई मारेर आफैलाई पोस्न पाउनेछैनौ। म मेरा भेडाहरूलाई तिमीहरूको मुखबाट छुटाएर ल्याउनेछु। मेरा भेडाहरू अबदेखि तिमीहरूको आहार हुनेछैनन्‌।’”

११ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।+ १२ हराएको भेडालाई भेट्टाएपछि त्यसको हेरचाह गर्ने र त्यसलाई खुवाउने गोठालोले जस्तै म तिनीहरूको हेरचाह गर्नेछु।+ धुम्म परेको र कालो बादल लागेको दिनमा+ हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु। १३ म तिनीहरूलाई जातिजातिको बीचबाट र ठाउँठाउँबाट जम्मा गरेर तिनीहरूको भूमिमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा,+ बस्तीहरूमा र खोलाछेउमा चराउनेछु। १४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्‌।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्‌+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्‌।”

१५ “‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “मेरा भेडाहरूलाई म आफै खुवाउनेछु+ र तिनीहरूलाई आराम गर्न दिनेछु।+ १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”

१७ “‘ए मेरो बगाल, तिमीहरूको विषयमा ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म हरेक भेडाको न्याय गर्नेछु, बगालका थुमा र बोकाको इन्साफ गर्नेछु।+ १८ हरिया-हरिया घाँस खान पाएर पनि तिमीहरूलाई पुगेन? बाँकी घाँसलाई तिमीहरू किन कुल्चीमिल्ची गर्छौ? खोलाको सङ्‌लो पानी पिएपछि तिमीहरू किन त्यसलाई खुट्टाले टेकेर धमिल्याउँछौ? १९ अब के मेरो बगालले तिमीहरूले कुल्चीमिल्ची पारेको घाँस खाने? अनि तिमीहरूले खुट्टाले टेकेर धमिलो पारेको पानी पिउने?”

२० “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “म आफै अघि सरेर मोटाघाटा र दुब्ला-पातला भेडाहरूबीच न्याय गर्नेछु। २१ किनकि तिमीहरूले बिरामी परेकाहरूलाई तितरबितर नहोउन्जेल आफ्नो पेटले र काँधले ठेलिरह्‍यौ अनि सिङले हानिरह्‍यौ। २२ म आफ्ना भेडाहरूलाई तिमीहरूबाट जोगाउनेछु र तिनीहरूलाई कसैले सिकार बनाउनेछैन।+ अनि म हरेक भेडाको न्याय गर्नेछु। २३ म तिनीहरूमाथि एउटा गोठालोलाई,+ मेरो सेवक दाउदलाई+ नियुक्‍त गर्नेछु। तिनी आफैले मेरो बगाललाई खुवाउनेछन्‌ र तिनीहरूको गोठालो हुनेछन्‌।+ २४ अनि म यहोवा तिनीहरूका परमेश्‍वर हुनेछु+ र मेरो सेवक दाउद तिनीहरूका शासक हुनेछन्‌।+ म यहोवाले नै यसो भनेको हुँ।

२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्‌, वनमा मस्त निदाऊन्‌।+ २६ तिनीहरूलाई र मेरो डाँडावरपरका ठाउँहरूलाई म आशिष्‌ दिनेछु।*+ म ठीक-ठीक समयमा झरी बर्साउनेछु। झरीजस्तै तिनीहरूमाथि आशिष्‌ बर्सनेछ।+ २७ रूखहरूले फल दिनेछन्‌ र जमिनले उब्जनी दिनेछ।+ तिनीहरू कुनै चिन्ता र फिक्रीविना बस्नेछन्‌। अनि जब म तिनीहरूको जुवा भाँचिदिनेछु+ र तिनीहरूलाई दास बनाउनेहरूको हातबाट मुक्‍त गर्नेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌। २८ अरू जातिले तिनीहरूलाई फेरि कहिल्यै सिकार बनाउनेछैनन्‌। जङ्‌गली जनावरहरूले तिनीहरूलाई मार्नेछैनन्‌। तिनीहरू ढुक्कसित बस्नेछन्‌ र कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।+

२९ “‘“म तिनीहरूलाई प्रशस्त उब्जनी हुने जमिन दिनेछु। तिनीहरू फेरि कहिल्यै अनिकालले मर्नेछैनन्‌।+ अरू जातिले फेरि कहिल्यै तिनीहरूको बेइज्जत गर्नेछैनन्‌।+ ३० ‘तब इस्राएलको घरानाले म यहोवा तिनीहरूका परमेश्‍वर तिनीहरूको साथमा छु र तिनीहरू मेरा मानिसहरू हुन्‌ भनेर जान्‍नेछ,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’

३१ “‘ए मेरो बगाल,+ मैले हेरचाह गरेका भेडाहरू, तिमीहरू केवल मानिस हौ तर मचाहिँ तिमीहरूका परमेश्‍वर हुँ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने