प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • सजिलै मेटाउन नसकिने यहुदाको पाप (१-४)

      • यहोवामा भरोसा गर्दा पाइने आशिष्‌हरू (५-८)

      • छली हृदय (९-११)

      • यहोवा, इस्राएलको आशा (१२, १३)

      • यर्मियाको प्रार्थना (१४-१८)

      • विश्रामदिनलाई पवित्र मान्‍नू (१९-२७)

यर्मिया १७:१

फुटनोट

  • *

    वा “छिनुले।”

यर्मिया १७:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै १:२९; इज ६:१३
  • +न्याय ३:७; २इ २४:१८; ३३:१, ३

यर्मिया १७:३

मार्जिनल रेफरेन्स

  • +२रा २४:११, १३; यर्मि १५:१३
  • +लेवी २६:३०; इज ६:३

यर्मिया १७:४

फुटनोट

  • *

    वा सम्भवतः “मेरो रिसको आगोमा तिमीहरू जलेका छौ।”

मार्जिनल रेफरेन्स

  • +वि ५:२
  • +व्य २८:४८; यर्मि १६:१३
  • +यसै ५:२५; यर्मि १५:१४

यर्मिया १७:५

फुटनोट

  • *

    वा “बलियो मानिसमाथि।”

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१, २
  • +२रा १६:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४४

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. १०

    ८/१५/१९९८, पृ. ६

यर्मिया १७:७

मार्जिनल रेफरेन्स

  • +भज ३४:८; १४६:५; यसै २६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. १०

यर्मिया १७:८

मार्जिनल रेफरेन्स

  • +भज १:३; ९२:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ९/२०१९, पृ. ८

    प्रहरीधरहरा,

    ४/१५/२०११, पृ. २८

    ३/१५/२०११, पृ. १४

यर्मिया १७:९

फुटनोट

  • *

    वा सम्भवतः “निको पार्नै नसकिने।”

मार्जिनल रेफरेन्स

  • +उत्प ६:५; ८:२१; हित २८:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००४, पृ. १०-११

    १०/१५/२००१, पृ. २५

    ८/१/२००१, पृ. ९-१०

    ३/१/२०००, पृ. ३०

यर्मिया १७:१०

फुटनोट

  • *

    शा., “मिर्गौलाहरूसमेत।”

मार्जिनल रेफरेन्स

  • +१स १६:७; १इ २८:९; हित १७:३; २१:२
  • +रोमी २:६; गला ६:७; प्रका २:२३; २२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१३, पृ. ९

यर्मिया १७:११

मार्जिनल रेफरेन्स

  • +हित २८:२०; यसै १:२३; या ५:४

यर्मिया १७:१२

मार्जिनल रेफरेन्स

  • +२इ २:५; यसै ६:१

यर्मिया १७:१३

फुटनोट

  • *

    शा., “मलाई।” यसले यहोवा परमेश्‍वरलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +भज ७३:२७; यसै १:२८
  • +यर्मि २:१३; प्रका २२:१

यर्मिया १७:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:२०

यर्मिया १७:१५

मार्जिनल रेफरेन्स

  • +यसै ५:१९; २प ३:४

यर्मिया १७:१८

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:१५; २०:११
  • +यर्मि १८:२३

यर्मिया १७:१९

फुटनोट

  • *

    शा., “मानिसहरूका छोराहरूको ढोका।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:२

यर्मिया १७:२१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +नहे १३:१९

यर्मिया १७:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०; लेवी २३:३
  • +प्रस्थ ३१:१३

यर्मिया १७:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४८:४; इज २०:१३

यर्मिया १७:२४

मार्जिनल रेफरेन्स

  • +व्य ५:१२-१४

यर्मिया १७:२५

मार्जिनल रेफरेन्स

  • +भज १३२:११
  • +यर्मि २२:४

यर्मिया १७:२६

फुटनोट

  • *

    वा “दक्षिणबाट।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:४४
  • +यर्मि ३३:१३
  • +एज्रा ३:३
  • +लेवी १:३
  • +लेवी २:१, २
  • +भज १०७:२२; ११६:१७; यर्मि ३३:१०, ११

यर्मिया १७:२७

मार्जिनल रेफरेन्स

  • +२रा २२:१६, १७; २५:९, १०; यर्मि ३९:८; वि ४:११

अरू

यर्मि. १७:२यसै १:२९; इज ६:१३
यर्मि. १७:२न्याय ३:७; २इ २४:१८; ३३:१, ३
यर्मि. १७:३२रा २४:११, १३; यर्मि १५:१३
यर्मि. १७:३लेवी २६:३०; इज ६:३
यर्मि. १७:४वि ५:२
यर्मि. १७:४व्य २८:४८; यर्मि १६:१३
यर्मि. १७:४यसै ५:२५; यर्मि १५:१४
यर्मि. १७:५यसै ३०:१, २
यर्मि. १७:५२रा १६:७
यर्मि. १७:७भज ३४:८; १४६:५; यसै २६:३
यर्मि. १७:८भज १:३; ९२:१२, १३
यर्मि. १७:९उत्प ६:५; ८:२१; हित २८:२६
यर्मि. १७:१०१स १६:७; १इ २८:९; हित १७:३; २१:२
यर्मि. १७:१०रोमी २:६; गला ६:७; प्रका २:२३; २२:१२
यर्मि. १७:११हित २८:२०; यसै १:२३; या ५:४
यर्मि. १७:१२२इ २:५; यसै ६:१
यर्मि. १७:१३भज ७३:२७; यसै १:२८
यर्मि. १७:१३यर्मि २:१३; प्रका २२:१
यर्मि. १७:१४यर्मि १५:२०
यर्मि. १७:१५यसै ५:१९; २प ३:४
यर्मि. १७:१८यर्मि १५:१५; २०:११
यर्मि. १७:१८यर्मि १८:२३
यर्मि. १७:१९यर्मि ७:२
यर्मि. १७:२१नहे १३:१९
यर्मि. १७:२२प्रस्थ २०:९, १०; लेवी २३:३
यर्मि. १७:२२प्रस्थ ३१:१३
यर्मि. १७:२३यसै ४८:४; इज २०:१३
यर्मि. १७:२४व्य ५:१२-१४
यर्मि. १७:२५भज १३२:११
यर्मि. १७:२५यर्मि २२:४
यर्मि. १७:२६यर्मि ३२:४४
यर्मि. १७:२६यर्मि ३३:१३
यर्मि. १७:२६एज्रा ३:३
यर्मि. १७:२६लेवी १:३
यर्मि. १७:२६लेवी २:१, २
यर्मि. १७:२६भज १०७:२२; ११६:१७; यर्मि ३३:१०, ११
यर्मि. १७:२७२रा २२:१६, १७; २५:९, १०; यर्मि ३९:८; वि ४:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १७:१-२७

यर्मिया

१७ “यहुदाको पाप फलामको कलमले* लेखिएको छ;

हिराको टुप्पोले त्यो तिनीहरूको हृदयको पाटीमा

र तिनीहरूको वेदीका सिङहरूमा खोपिएको छ।

 २ अनि तिनीहरूका छोराहरूले अग्ला डाँडाहरूमा,+

झ्याम्म परेको रूखनजिकै भएका आफ्ना वेदीहरू र पवित्र खामाहरू* सम्झिन्छन्‌।+

 ३ त्यसैले हे यहुदाका मानिसहरू हो, तिमीहरूका धन-सम्पत्ति, खजाना र ती अग्ला थानहरूसमेत म शत्रुहरूलाई लुट्‌न दिनेछु+

किनकि तिमीहरूले देशभरि दुष्ट काम गरेका छौ।+

 ४ मैले तिमीहरूलाई दिएको भूमि तिमीहरूले आफ्नै गल्तीले गर्दा गुमाउनेछौ+

अनि तिमीहरूले अनजान ठाउँमा आफ्ना शत्रुहरूको सेवा गर्नुपर्नेछ।+

तिमीहरूले मेरो रिसलाई आगोझैँ दन्काएका छौ;*+

त्यो अब निभ्नेछैन।”

 ५ यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“मानिसमाथि* भरोसा गर्ने,+

मानिसको बलमा भर पर्ने+

र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।

 ६ ऊ मरुभूमिको एक्लो रूखजस्तो हुनेछ।

उसले कहिल्यै असल कुरा देख्नेछैन।

कोही नटिक्ने नुनिलो जमिनमा

अनि कोही नबस्ने सुक्खा ठाउँमा ऊ बस्नुपर्नेछ।

 ७ यहोवामा भरोसा गर्ने मानिस

र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+

 ८ त्यो मानिस नदीको किनारमा रोपेको बोटजस्तै हुनेछ,

जसले नदीतिर जरा फैलाएको हुन्छ।

चर्को घामले पनि त्यसलाई पटक्कै पोल्दैन।

त्यसका पात सधैँ हरिया हुन्छन्‌।+

खडेरी पर्दा त्यो निष्फिक्री रहन्छ

र त्यसले बाह्रै महिना फल दिन्छ।

 ९ मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+

त्यसलाई कसले बुझ्न सक्छ र?

१० म यहोवा मानिसको हृदय केलाउँछु;+

मानिसको भित्री विचारसमेत* म जाँच्छु

अनि मानिसलाई उसको चाल

र उसको कामअनुसारको फल दिन्छु।+

११ बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस

आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+

केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ

र अन्तमा ऊ मूर्ख साबित हुन्छ।”

१२ परमेश्‍वरको सिंहासन अर्थात्‌ हाम्रो मन्दिर

सुरुदेखि नै महिमित छ।+

१३ हे यहोवा, इस्राएलका आशा,

तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्‌।

तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+

किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्‌।+

१४ हे यहोवा! मलाई निको पार्नुहोस्‌ र म निको हुनेछु।

मलाई बचाउनुहोस्‌ र म बच्नेछु+

किनकि मैले तपाईँकै प्रशंसा गरेको छु।

१५ हेर्नुहोस्‌! मानिसहरू मलाई यसो भन्छन्‌:

“यहोवाको वचन किन अहिलेसम्म पूरा भएको छैन?”+

१६ तर मैले त गोठालोको काम गर्न र तपाईँको पछिपछि लाग्न छोडिनँ।

विनाशको दिन आओस्‌ भनेर मैले कहिल्यै चिताइनँ।

मैले बोलेका सबै कुरा तपाईँ जान्‍नुहुन्छ;

तपाईँकै सामुन्‍ने मैले ती बोलेको हुँ।

१७ मलाई त्रसित नपार्नुहोस्‌

किनकि विपत्तिको दिनमा तपाईँ नै मेरो शरणस्थान हुनुहुन्छ।

१८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्‌+

तर म लज्जित हुनु नपरोस्‌।

तिनीहरूलाई त्रासले छोपोस्‌

तर मलाई भने त्रासले नछोपोस्‌।

तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्‌।+

तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस्‌ र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्‌।

१९ अनि यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “जाऊ, यहुदाका राजाहरू भित्र-बाहिर गर्ने यरुसलेमको मूलढोका* र अरू सबै ढोकामा गएर उभिऊ।+ २० अनि तिनीहरूलाई यसो भन, ‘यी ढोकाहरूबाट आउजाउ गर्ने यहुदाका राजाहरू, यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, यहोवाको कुरा सुन! २१ यहोवा यसो भन्‍नुहुन्छ: “खबरदार! तिमीहरूले विश्रामदिनमा* कुनै भारी नबोक्नू र यरुसलेमका ढोकाहरूबाट कुनै मालसामान भित्र नल्याउनू।+ २२ त्यो दिन तिमीहरूले आफ्नो घरबाट कुनै भारी ननिकाल्नू अनि अरू कुनै पनि काम नगर्नू।+ मैले तिमीहरूका पितापुर्खालाई आज्ञा दिएझैँ तिमीहरूले विश्रामदिनलाई पवित्र मान्‍नू।+ २३ तर तिमीहरूका पितापुर्खाले मेरो कुरा सुनेनन्‌। तिनीहरूले हठी भएर मेरो आज्ञाको अवहेलना गरे र मेरो अनुशासनलाई तिरस्कार गरे।”’+

२४ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “तर यदि तिमीहरूले मेरो एक-एक आज्ञा पालन गऱ्‍यौ, विश्रामदिनमा यस सहरको ढोकाबाट कुनै मालसामान ओसारपसार गरेनौ र त्यस दिनलाई पवित्र मानेर कुनै काम गरेनौ भने+ २५ दाउदको सिंहासनमा बस्ने राजा अनि भारदारहरू+ घोडामा र रथमा सवार भएर यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌। तिनीहरू, यहुदाका मानिसहरू र यरुसलेमका सबै बासिन्दा यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌+ र मानिसहरू यहाँ सधैँभरि बसोबास गर्नेछन्‌। २६ मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट* आउनेछन्‌। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्‍नभेटी,+ सेतो धूप* र धन्यवादको बलिदान ल्याउनेछन्‌+ अनि यहोवाको भवनमा चढाउनेछन्‌।

२७ “‘“तर यदि तिमीहरूले विश्रामदिनलाई पवित्र मानेनौ, त्यो दिन भारी बोक्यौ अनि यरुसलेमका ढोकाहरूबाट मालसामान ओसारपसार गऱ्‍यौ भने म यरुसलेमका ढोकाहरूमा आगो लगाइदिनेछु र त्यो निभ्नेछैन। अनि यरुसलेमका बलिया किल्लाहरू जलेर खरानी हुनेछन्‌।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने