प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रेषित विषयवस्तु

      • न्यायपरिषद्‌सामु स्तिफनसको भाषण (१-५३)

        • कुलपुरुषहरूको समय (२-१६)

        • मोसाको अगुवाइ; इस्राएलको मूर्तिपूजा (१७-४३)

        • मानिसले बनाएका मन्दिरहरूमा परमेश्‍वर बास गर्नुहुन्‍न (४४-५०)

      • स्तिफनसलाई ढुङ्‌गाले हानेर मारिन्छ (५४-६०)

प्रेषित ७:२

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४८

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. १३

    अनुकरण गर्नुहोस्‌, पृ. २७

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. ३१

    १/१५/१९९८, पृ. १०

प्रेषित ७:३

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. १३-१४

    अनुकरण गर्नुहोस्‌, पृ. २७-२८

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. ३१

प्रेषित ७:४

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३२
  • +उत्प १२:४, ५; हिब्रू ११:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१७ पृ. १४

    नयाँ संसार अनुवाद, पृ. २४५०

    प्रहरीधरहरा,

    ११/१/२००१, पृ. ३१

प्रेषित ७:५

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; १३:१४, १५; १७:१, ८

प्रेषित ७:६

फुटनोट

  • *

    वा “दुर्व्यवहार भोग्नुपर्नेछ।”

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१३; प्रस्थ १२:४०

प्रेषित ७:७

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१४
  • +प्रस्थ ३:१२

प्रेषित ७:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १७:९, १०
  • +उत्प २१:१-३
  • +उत्प २१:४

प्रेषित ७:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:९-११
  • +उत्प ३७:२८; ४५:४
  • +उत्प ३९:२, ३

प्रेषित ७:१०

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:४०-४६

प्रेषित ७:११

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:५४; ४२:५

प्रेषित ७:१२

फुटनोट

  • *

    वा “अनाज।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:२, ६

प्रेषित ७:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ४५:१, १६

प्रेषित ७:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२७; व्य १०:२२
  • +उत्प ४५:९-११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००२, पृ. २७

प्रेषित ७:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२९; व्य २६:५
  • +उत्प ४९:३३
  • +प्रस्थ १:६

प्रेषित ७:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २३:१६; प्रस्थ १३:१९; यहो २४:३२

प्रेषित ७:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/१९९८, पृ. १२-१३

प्रेषित ७:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:७, ८

प्रेषित ७:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:१०, २२

प्रेषित ७:२०

फुटनोट

  • *

    वा “परमेश्‍वरको नजरमा सुन्दर थिए।”

  • *

    वा “तिनलाई हुर्काए।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२; हिब्रू ११:२३

प्रेषित ७:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:३
  • +प्रस्थ २:५, १०

प्रेषित ७:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१४, पृ. ३०

    ६/१५/२०१२, पृ. २१

    ६/१५/२००२, पृ. १०

प्रेषित ७:२३

फुटनोट

  • *

    वा “निर्णय।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:११-१५

प्रेषित ७:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२१, २२; १८:२-४

प्रेषित ७:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:२-१०

प्रेषित ७:३१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

प्रेषित ७:३२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:६; मर्कु १२:२६; लुका २०:३७

प्रेषित ७:३३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

प्रेषित ७:३४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२३, २४

प्रेषित ७:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:१४; प्रे ७:२७
  • +प्रस्थ ४:१९

प्रेषित ७:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२१, २२; १५:४, ५
  • +प्रस्थ १६:३५; गन १४:३३, ३४
  • +प्रस्थ ७:३
  • +प्रस्थ १२:४१

प्रेषित ७:३७

मार्जिनल रेफरेन्स

  • +व्य १८:१५; प्रे ३:२२

प्रेषित ७:३८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:३; व्य ५:२७
  • +प्रे ७:५३; गला ३:१९
  • +प्रस्थ २१:१; व्य ९:१०

प्रेषित ७:३९

मार्जिनल रेफरेन्स

  • +गन १४:३, ४
  • +प्रस्थ १६:३

प्रेषित ७:४०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१, २३

प्रेषित ७:४१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४, ६

प्रेषित ७:४२

फुटनोट

  • *

    शा., “आकाशका सारा सेनाकै।”

मार्जिनल रेफरेन्स

  • +२रा १७:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०००, पृ. १४

प्रेषित ७:४३

मार्जिनल रेफरेन्स

  • +१रा ११:७
  • +यर्मि २५:११; आमो ५:२५-२७

प्रेषित ७:४४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:४०

प्रेषित ७:४५

मार्जिनल रेफरेन्स

  • +व्य ३:२८; ३१:३; यहो ३:१४
  • +उत्प १७:१, ८; यहो २३:९; २४:१८

प्रेषित ७:४६

मार्जिनल रेफरेन्स

  • +२स ७:२; १इ २२:७; भज १३२:१-५

प्रेषित ७:४७

मार्जिनल रेफरेन्स

  • +१रा ६:१

प्रेषित ७:४८

मार्जिनल रेफरेन्स

  • +प्रे १७:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४९

    प्रहरीधरहरा,

    १/१/१९९१, पृ. ११

प्रेषित ७:४९

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ११:४
  • +मत्ति ५:३४, ३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४९

प्रेषित ७:५०

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१, २; हिब्रू ३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४९

प्रेषित ७:५१

मार्जिनल रेफरेन्स

  • +यसै ६३:१०

प्रेषित ७:५२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१६
  • +मत्ति २३:३१
  • +यसै ५३:८; प्रे ३:१३, १४

प्रेषित ७:५३

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३८; गला ३:१९

प्रेषित ७:५४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. ४६, ५०

प्रेषित ७:५५

मार्जिनल रेफरेन्स

  • +भज ११०:१; मत्ति २६:६४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. ७

    ८/१/२००४, पृ. ८

    १/१/१९९१, पृ. ११-१२

प्रेषित ७:५६

मार्जिनल रेफरेन्स

  • +दा ७:१३
  • +रोमी ८:३४

प्रेषित ७:५८

मार्जिनल रेफरेन्स

  • +लेवी २४:१४, १६; मत्ति २३:३७; युह १६:२
  • +व्य १७:७
  • +प्रे ८:१; २२:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९९, पृ. २९

प्रेषित ७:५९

फुटनोट

  • *

    शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००८, पृ. ३१

    १/१/२००५, पृ. ३१

    १/१/१९९१, पृ. ११-१२

प्रेषित ७:६०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:४४

अरू

प्रेषि. ७:२उत्प ११:३१
प्रेषि. ७:३उत्प १२:१
प्रेषि. ७:४उत्प ११:३२
प्रेषि. ७:४उत्प १२:४, ५; हिब्रू ११:८
प्रेषि. ७:५उत्प १२:७; १३:१४, १५; १७:१, ८
प्रेषि. ७:६उत्प १५:१३; प्रस्थ १२:४०
प्रेषि. ७:७उत्प १५:१४
प्रेषि. ७:७प्रस्थ ३:१२
प्रेषि. ७:८उत्प १७:९, १०
प्रेषि. ७:८उत्प २१:१-३
प्रेषि. ७:८उत्प २१:४
प्रेषि. ७:९उत्प ३७:९-११
प्रेषि. ७:९उत्प ३७:२८; ४५:४
प्रेषि. ७:९उत्प ३९:२, ३
प्रेषि. ७:१०उत्प ४१:४०-४६
प्रेषि. ७:११उत्प ४१:५४; ४२:५
प्रेषि. ७:१२उत्प ४२:२, ६
प्रेषि. ७:१३उत्प ४५:१, १६
प्रेषि. ७:१४उत्प ४६:२७; व्य १०:२२
प्रेषि. ७:१४उत्प ४५:९-११
प्रेषि. ७:१५उत्प ४६:२९; व्य २६:५
प्रेषि. ७:१५उत्प ४९:३३
प्रेषि. ७:१५प्रस्थ १:६
प्रेषि. ७:१६उत्प २३:१६; प्रस्थ १३:१९; यहो २४:३२
प्रेषि. ७:१८प्रस्थ १:७, ८
प्रेषि. ७:१९प्रस्थ १:१०, २२
प्रेषि. ७:२०प्रस्थ २:२; हिब्रू ११:२३
प्रेषि. ७:२१प्रस्थ २:३
प्रेषि. ७:२१प्रस्थ २:५, १०
प्रेषि. ७:२२प्रस्थ ११:३
प्रेषि. ७:२३प्रस्थ २:११-१५
प्रेषि. ७:२९प्रस्थ २:२१, २२; १८:२-४
प्रेषि. ७:३०प्रस्थ ३:२-१०
प्रेषि. ७:३२प्रस्थ ३:६; मर्कु १२:२६; लुका २०:३७
प्रेषि. ७:३४प्रस्थ २:२३, २४
प्रेषि. ७:३५प्रस्थ २:१४; प्रे ७:२७
प्रेषि. ७:३५प्रस्थ ४:१९
प्रेषि. ७:३६प्रस्थ १४:२१, २२; १५:४, ५
प्रेषि. ७:३६प्रस्थ १६:३५; गन १४:३३, ३४
प्रेषि. ७:३६प्रस्थ ७:३
प्रेषि. ७:३६प्रस्थ १२:४१
प्रेषि. ७:३७व्य १८:१५; प्रे ३:२२
प्रेषि. ७:३८प्रस्थ १९:३; व्य ५:२७
प्रेषि. ७:३८प्रे ७:५३; गला ३:१९
प्रेषि. ७:३८प्रस्थ २१:१; व्य ९:१०
प्रेषि. ७:३९गन १४:३, ४
प्रेषि. ७:३९प्रस्थ १६:३
प्रेषि. ७:४०प्रस्थ ३२:१, २३
प्रेषि. ७:४१प्रस्थ ३२:४, ६
प्रेषि. ७:४२२रा १७:१६
प्रेषि. ७:४३१रा ११:७
प्रेषि. ७:४३यर्मि २५:११; आमो ५:२५-२७
प्रेषि. ७:४४प्रस्थ २५:४०
प्रेषि. ७:४५व्य ३:२८; ३१:३; यहो ३:१४
प्रेषि. ७:४५उत्प १७:१, ८; यहो २३:९; २४:१८
प्रेषि. ७:४६२स ७:२; १इ २२:७; भज १३२:१-५
प्रेषि. ७:४७१रा ६:१
प्रेषि. ७:४८प्रे १७:२४
प्रेषि. ७:४९भज ११:४
प्रेषि. ७:४९मत्ति ५:३४, ३५
प्रेषि. ७:५०यसै ६६:१, २; हिब्रू ३:४
प्रेषि. ७:५१यसै ६३:१०
प्रेषि. ७:५२२इ ३६:१६
प्रेषि. ७:५२मत्ति २३:३१
प्रेषि. ७:५२यसै ५३:८; प्रे ३:१३, १४
प्रेषि. ७:५३प्रे ७:३८; गला ३:१९
प्रेषि. ७:५५भज ११०:१; मत्ति २६:६४
प्रेषि. ७:५६दा ७:१३
प्रेषि. ७:५६रोमी ८:३४
प्रेषि. ७:५८लेवी २४:१४, १६; मत्ति २३:३७; युह १६:२
प्रेषि. ७:५८व्य १७:७
प्रेषि. ७:५८प्रे ८:१; २२:२०
प्रेषि. ७:६०मत्ति ५:४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित ७:१-६०

प्रेषितहरूका कार्य

७ तब प्रधानपुजारीले सोधे: “के यो कुरा साँचो हो?” २ स्तिफनसले जवाफ दिए: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। हारानमा+ बस्नुअघि मेसोपोटामियामै छँदा हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्‍वर देखा पर्नुभयो ३ अनि तिनलाई भन्‍नुभयो: ‘तिम्रो ठाउँ अनि तिम्रा नातेदार छोडेर त्यस ठाउँमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।’+ ४ त्यसैले तिनी कल्दियालीहरूको देशबाट निस्के अनि हारानमा बसोबास गर्न थाले। तिनको बुबाको मृत्यु भएपछि+ परमेश्‍वरले तिनलाई त्यो ठाउँ छोडेर यस देशमा बस्न लगाउनुभयो, जहाँ अहिले तपाईँहरू बस्नुहुन्छ।+ ५ यद्यपि यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, पाइला टेक्न चाहिने जत्तिको जमिनसमेत दिनुभएन तर तिनलाई र तिनीपछि तिनको सन्तानलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो,+ जबकि त्यतिखेरसम्म तिनको कुनै सन्तान थिएन। ६ साथै परमेश्‍वरले तिनका सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ र तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌ अनि तिनका सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ*+ भनेर तिनलाई बताउनुभयो। ७ परमेश्‍वरले यसो पनि भन्‍नुभयो: ‘अनि जुन जातिको तिनीहरू दास बन्‍नेछन्‌, त्यस जातिलाई म दण्ड दिनेछु+ र यी सब भएपछि तिनीहरू त्यहाँबाट निस्केर आउनेछन्‌ र यस ठाउँमा मलाई पवित्र सेवा चढाउनेछन्‌।’+

८ “परमेश्‍वरले तिनीसित खतनाको* करार+ पनि गर्नुभयो। तिनी इसहाकको बुबा+ बने र आठौँ दिनमा+ उनको खतना गरे। त्यसैगरि इसहाक याकुबको अनि याकुबचाहिँ १२ जना कुलपुरुषका बुबा बने। ९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्‌कष्टबाट तिनलाई मुक्‍त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान्‌ साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्‍त गरे।+ ११ तर सारा मिश्र अनि कनानभरि अनिकाल परेर ठूलो सङ्‌कष्ट आइलाग्यो र हाम्रा पुर्खाहरूले केही खानेकुरा पाएनन्‌।+ १२ तब मिश्रमा खानेकुरा* पाइन्छ भनेर याकुबले सुने अनि हाम्रा पुर्खाहरूलाई पहिलो चोटि त्यहाँ पठाए।+ १३ अनि आफ्ना दाजुभाइ दोस्रो पटक मिश्र आउँदा युसुफले तिनीहरूसामु आफूलाई चिनाए; अनि युसुफको पूरै खानदानबारे फारोलाई थाह भयो।+ १४ तब युसुफले खबर पठाएर आफ्नो बुबा याकुब अनि सबै नातेदारसमेत गरी जम्माजम्मी ७५ जनालाई+ कनानबाट बोलाए।+ १५ याकुब मिश्र गए+ अनि त्यहीँ तिनको मृत्यु भयो।+ त्यसैगरि हाम्रा पुर्खाहरू पनि त्यहीँ बिते।+ १६ पछि तिनीहरूको हाडखोड सकेम लगियो र त्यस चिहानमा गाडियो, जुन अब्राहामले चाँदीको पैसा तिरेर हामोरका सन्तानसित किनेका थिए।+

१७ “परमेश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए। १८ तब मिश्रमा अर्कै राजा देखा पऱ्‍यो, जसलाई युसुफको विषयमा केही थाह थिएन।+ १९ उसले हाम्रो जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून्‌ भनेर हाम्रा पुर्खाहरूलाई शिशु जन्मनेबित्तिकै जबरजस्ती त्याग्न लगायो।+ २० यसैबेला मोसाको जन्म भयो। तिनी असाध्यै सुन्दर थिए।* अनि तिनका आमाबुबाले तीन महिनासम्म आफ्नै घरमा तिनको स्याहारसुसार गरे।*+ २१ तर जब तिनका आमाबुबाले तिनलाई छोडे,+ तब फारोकी छोरीले तिनलाई आफूसित लगी अनि आफ्नै छोराजस्तै गरी तिनलाई हुर्काई।+ २२ फलस्वरुप मिश्रीहरूको सारा विद्यामा मोसा निपुण भए। भनौँ भने तिनी वचन र काम दुवैमा शक्‍तिशाली भए।+

२३ “मोसा ४० वर्षको भएपछि तिनले आफ्ना भाइहरू अर्थात्‌ इस्राएलका सन्तानलाई भेट्‌न जाने विचार* गरे।+ २४ अनि जब तिनले एक जना मिश्रीले आफ्नो भाइलाई कुटिरहेको देखे, तब त्यस मिश्रीलाई प्रहार गरेर तिनले आफ्नो भाइको निम्ति बदला लिए। २५ परमेश्‍वरले आफूमार्फत तिनीहरूको उद्धार गर्न लाग्नुभएको छ भनेर आफ्ना भाइहरूले बुझ्लान्‌ भन्‍ने आशा मोसाले गरेका थिए तर तिनीहरूले बुझेनन्‌। २६ अर्को दिन तिनीहरूकहाँ जाँदा तिनले दुई जनालाई झगडा गरिरहेको देखे। तिनले यसो भन्दै तिनीहरूलाई रोक्न खोजे: ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी कुटाकुट गर्छौ?’ २७ तर आफ्नो भाइलाई कुट्‌नेचाहिँले यसो भन्दै तिनको कुरा मान्‍न इन्कार गऱ्‍यो: ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्‍त गऱ्‍यो? २८ हिजो तिमीले त्यो मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न चाहन्छौ?’ २९ यो कुरा सुनेर मोसा त्यहाँबाट भागे अनि मिद्यान देशमा प्रवासी भएर बसे, जहाँ तिनी दुई छोराका बुबा भए।+

३० “चालीस वर्षपछि सिनै डाँडाको निर्जनभूमिमा एउटा बलिरहेको झाडीमा तिनीकहाँ स्वर्गदूत देखा परे।+ ३१ यस्तो दृश्‍य देखेर मोसा छक्क परे अनि के रहेछ भनी हेर्न नजिक जाँदा तिनले यहोवा* परमेश्‍वरको यस्तो स्वर सुने: ३२ ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; म अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर+ हुँ।’ तब मोसा डरले थरथर काँप्न थाले अनि तिनले अझ नजिक गएर हेर्ने आँट गरेनन्‌। ३३ यहोवा* परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिम्रो जुत्ता फुकाल किनकि तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ। ३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’ ३५ यही मोसा, जसलाई तिनीहरूले ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्‍त गऱ्‍यो?’+ भनेर इन्कार गरेका थिए, हो, तिनैलाई परमेश्‍वरले झाडीमा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्‍तिदाताको रूपमा पठाउनुभयो।+ ३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा+ अनि ४० वर्ष निर्जनभूमिमा+ विभिन्‍न आश्‍चर्यजनक कार्य अनि चमत्कारहरू गरेर+ तिनीहरूलाई मिश्रबाट निकालेर ल्याए।+

३७ “यी तिनै मोसा हुन्‌, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।’+ ३८ यी तिनै मोसा हुन्‌, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस्‌ भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+ ३९ तर हाम्रा पुर्खाहरूले तिनको आज्ञा मान्‍न इन्कार गरेर तिनलाई पन्छ्याए।+ अनि मिश्रमा फर्केर जाने+ मन गर्दै तिनीहरूले ४० हारुनलाई यसो भने: ‘हाम्रो अघिअघि बाटो देखाउन हाम्रो निम्ति देवताहरू बनाइदिनुहोस्‌ किनकि हामीलाई मिश्र देशबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।’+ ४१ तब ती दिनमा तिनीहरूले बाछाको मूर्ति बनाए अनि त्यसको निम्ति बलि चढाएर आफ्नो हातको काममा खुसीयाली मनाउन थाले।+ ४२ त्यसैले परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभयो अनि तिनीहरूले आकाशका सारा ग्रह-नक्षत्रकै* उपासना गरून्‌+ भनेर तिनीहरूलाई छाड्‌नुभयो, जस्तो भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएको पनि छ: ‘ए इस्राएलको घराना, के तिमीहरूले निर्जनभूमिमा ४० वर्षसम्म मेरै निम्ति भेटी अनि बलिहरू चढाएका थियौ र? ४३ तिमीहरू त मोलोकको+ पाल अनि रेफन देवताको तारा अर्थात्‌ तिमीहरूले उपासना गर्न बनाएका मूर्तिहरू पो लिएर हिँडिरहेका थियौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा पर धपाउनेछु।’+

४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्‍वरले आदेश दिनुभएको थियो। ४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूलाई त्यो पाल दिइयो र उनीहरूले यहोसुसँग अन्यजातिहरूको देशमा+ जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्‍वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो+ र दाउदको दिनसम्मै त्यो पाल यहीँ रह्‍यो। ४६ तिनले परमेश्‍वरको निगाह पाए र याकुबका परमेश्‍वरको निम्ति निवासस्थान+ बनाउने सुअवसरको लागि बिन्ती गरे। ४७ तथापि तिनले होइन, सुलेमानले उहाँको निम्ति भवन बनाए।+ ४८ तर सर्वोच्च परमेश्‍वर हातले बनाएका भवनहरूमा बास गर्नुहुन्‍न,+ जस्तो एक जना भविष्यवक्‍ताले पनि भनेका छन्‌, ४९ ‘यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो+ अनि पृथ्वी मेरो पाउदान।+ तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ? मेरो वासस्थान कहाँ बनाउँछौ? ५० के यी सबै कुरा मैले आफ्नै हातले बनाएको होइनँ र?”’+

५१ “हे अटेरी अनि हृदय र कानको खतना नभएका मानिसहरू हो, तपाईँहरू पवित्र शक्‍तिको सधैँ विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाहरूले जे गरे, तपाईँहरू पनि त्यसै गर्नुहुन्छ।+ ५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्‍ताको खेदो गरेनन्‌ र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+ ५३ स्वर्गदूतहरूमार्फत दिइएको मोसाको व्यवस्था+ तपाईँहरूले पाउनुभयो तर पालन भने गर्नुभएन।”

५४ यो सुनेर तिनीसित रिसले चूर भई तिनीहरूले दाह्रा किट्‌न थाले। ५५ तर तिनले पवित्र शक्‍तिले भरिपूर्ण भई एकटक लगाएर स्वर्गतिर हेरे अनि परमेश्‍वरको महिमा देख्नुका साथै येसुलाई उहाँको दाहिने हाततिर उभिरहनुभएको देखे।+ ५६ तब तिनले भने: “हेर्नुहोस्‌! म स्वर्ग उघ्रिएको अनि मानिसको छोरा+ परमेश्‍वरको दाहिने हाततिर उभिरहेको देख्दै छु।”+ ५७ यो सुनेर तिनीहरू ठूलो स्वरले चिच्याए अनि आफ्नो कान थुन्दै सबै जना एकैचोटि तिनीमाथि जाइलागे। ५८ अनि तिनलाई सहरबाहिर लघारेपछि तिनीहरूले ढुङ्‌गाले हान्‍न थाले।+ तिनीविरुद्ध साक्षी दिनेहरूले+ आ-आफ्नो लुगा सावल नाम गरेको युवकको खुट्टानेर छोडेका थिए।+ ५९ तिनीहरूले ढुङ्‌गाले हान्दै गर्दा स्तिफनस यसो भनेर बिन्ती गर्दै थिए: “हे प्रभु येसु, म आफ्नो सास* तपाईँलाई अर्पण गर्दै छु।” ६० त्यसपछि घुँडा टेकेर तिनले ठूलो स्वरमा भने: “हे यहोवा,* यिनीहरूलाई यो पापको दोष नलागोस्‌।”+ त्यसपछि तिनी मृत्युको चिर निद्रामा परे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने