प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • यी मण्डलीहरूलाई सन्देश: सार्डिस (१-६), फिलाडेल्फिया (७-१३), लाओडिसिया (१४-२२)

प्रकाश ३:१

मार्जिनल रेफरेन्स

  • +प्रका १:४; ४:५
  • +प्रका १:१३, १६
  • +या २:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ३-४

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३०

    ५/१५/२००३, पृ. १६-१७

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०, ५४-५५

प्रकाश ३:२

मार्जिनल रेफरेन्स

  • +लुका २१:३४; एफि ५:१५; १थि ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ३-४

    प्रकाशको चरमोत्कर्ष, पृ. ५५-५६

प्रकाश ३:३

मार्जिनल रेफरेन्स

  • +२कोरि. ७:११
  • +प्रका १६:१५
  • +मत्ति २४:४२; लुका १२:३७, ३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ३-४

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १७

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ५५-५६

प्रकाश ३:४

मार्जिनल रेफरेन्स

  • +या १:२७
  • +प्रका ६:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ५६-५८

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १७

प्रकाश ३:५

मार्जिनल रेफरेन्स

  • +१ युह ५:४
  • +प्रका ४:४; १९:८
  • +फिलि ४:३
  • +लुका १२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १७

    प्रकाशको चरमोत्कर्ष, पृ. ५६-५८, १०२-१०३

प्रकाश ३:७

मार्जिनल रेफरेन्स

  • +युह ६:६९; हिब्रू ७:२६
  • +प्रका ३:१४; १९:११
  • +यसै २२:२२; लुका १:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३१

    ५/१५/२००३, पृ. १७-१८

    प्रकाशको चरमोत्कर्ष, पृ. ५८-६०, ६३

प्रकाश ३:८

मार्जिनल रेफरेन्स

  • +१कोरि. १६:९; २कोरि. २:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ६०-६१, ६२-६५

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १७-१८

प्रकाश ३:९

फुटनोट

  • *

    शा., “सभाघरका।”

मार्जिनल रेफरेन्स

  • +रोमी २:२८; प्रका २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ६०-६१, ६२-६४

प्रकाश ३:१०

फुटनोट

  • *

    वा सम्भवतः “मेरो सहनशीलताको उदाहरण पछ्याएको हुनाले।”

मार्जिनल रेफरेन्स

  • +लुका ८:१५; २१:१९; २ति २:१२; हिब्रू १०:३६; १२:३
  • +२थि ३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३१-३२, ६१-६३

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १८

    १२/१/१९९९, पृ. १६-१७

प्रकाश ३:११

मार्जिनल रेफरेन्स

  • +प्रका २:१६
  • +या १:१२; प्रका २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१२, पृ. २१

    ५/१५/२००३, पृ. १८

    प्रकाशको चरमोत्कर्ष, पृ. ६१-६२

प्रकाश ३:१२

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२२; प्रका २१:२
  • +प्रका १४:१; १९:१२; २२:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३१

    ५/१५/२००३, पृ. १८-१९

    प्रकाशको चरमोत्कर्ष, पृ. ६४-६५, २८०-२८१, २९२

प्रकाश ३:१४

मार्जिनल रेफरेन्स

  • +कल ४:१६
  • +२कोरि. १:२०
  • +युह १:१४; प्रका १९:११
  • +युह १८:३७; १ ति ६:१३; प्रका १:५
  • +हित ८:२२; कल १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. २०-२१

    ५/१५/२००३, पृ. १९

    प्रकाशको चरमोत्कर्ष, पृ. ६६-६७

प्रकाश ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ४

    प्रकाशको चरमोत्कर्ष, पृ. ६६-६७

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १९

प्रकाश ३:१६

मार्जिनल रेफरेन्स

  • +२कोरि. ९:२
  • +हित २५:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ४

    प्रकाशको चरमोत्कर्ष, पृ. ६६-६७

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १९

प्रकाश ३:१७

मार्जिनल रेफरेन्स

  • +होसे १२:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१९, पृ. २७-२८

    प्रहरीधरहरा,

    १/१/२००६, पृ. १५

    प्रकाशको चरमोत्कर्ष, पृ. ६७-६८

प्रकाश ३:१८

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१५
  • +भज १९:८
  • +१ ति ६:१७-१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३१

    ५/१५/२००३, पृ. १९

    १०/१/२००२, पृ. २१-२२

    १२/१५/२००१, पृ. ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. ६८-७१

प्रकाश ३:१९

मार्जिनल रेफरेन्स

  • +हित ३:१२
  • +प्रका २:५; ३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७१

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १९

प्रकाश ३:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७१-७२

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. १९-२०

प्रकाश ३:२१

मार्जिनल रेफरेन्स

  • +१ युह ५:४; प्रका १२:११
  • +मत्ति १९:२८; लुका २२:२८-३०; प्रका २:२६
  • +हिब्रू १०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७२-७३

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. २०

प्रकाश ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ७३

अरू

प्रका. ३:१प्रका १:४; ४:५
प्रका. ३:१प्रका १:१३, १६
प्रका. ३:१या २:२६
प्रका. ३:२लुका २१:३४; एफि ५:१५; १थि ५:६
प्रका. ३:३२कोरि. ७:११
प्रका. ३:३प्रका १६:१५
प्रका. ३:३मत्ति २४:४२; लुका १२:३७, ३९
प्रका. ३:४या १:२७
प्रका. ३:४प्रका ६:११
प्रका. ३:५फिलि ४:३
प्रका. ३:५लुका १२:८
प्रका. ३:५१ युह ५:४
प्रका. ३:५प्रका ४:४; १९:८
प्रका. ३:७युह ६:६९; हिब्रू ७:२६
प्रका. ३:७प्रका ३:१४; १९:११
प्रका. ३:७यसै २२:२२; लुका १:३२
प्रका. ३:८१कोरि. १६:९; २कोरि. २:१२
प्रका. ३:९रोमी २:२८; प्रका २:९
प्रका. ३:१०लुका ८:१५; २१:१९; २ति २:१२; हिब्रू १०:३६; १२:३
प्रका. ३:१०२थि ३:३
प्रका. ३:११प्रका २:१६
प्रका. ३:११या १:१२; प्रका २:१०
प्रका. ३:१२हिब्रू १२:२२; प्रका २१:२
प्रका. ३:१२प्रका १४:१; १९:१२; २२:३, ४
प्रका. ३:१४कल ४:१६
प्रका. ३:१४२कोरि. १:२०
प्रका. ३:१४युह १:१४; प्रका १९:११
प्रका. ३:१४युह १८:३७; १ ति ६:१३; प्रका १:५
प्रका. ३:१४हित ८:२२; कल १:१५
प्रका. ३:१६२कोरि. ९:२
प्रका. ३:१६हित २५:१३
प्रका. ३:१७होसे १२:८
प्रका. ३:१८प्रका १६:१५
प्रका. ३:१८भज १९:८
प्रका. ३:१८१ ति ६:१७-१९
प्रका. ३:१९हित ३:१२
प्रका. ३:१९प्रका २:५; ३:३
प्रका. ३:२११ युह ५:४; प्रका १२:११
प्रका. ३:२१मत्ति १९:२८; लुका २२:२८-३०; प्रका २:२६
प्रका. ३:२१हिब्रू १०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश ३:१-२२

युहन्‍नालाई प्रकाश

३ “सार्डिसको मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्‍वरको सात वटा शक्‍ति+ अनि सात वटा तारा हुनेले+ यसो भन्‍नुहुन्छ: ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी जिउँदो त देखिन्छौ तर वास्तवमा मरिसकेका छौ।+ २ जागा बस+ अनि मर्न लागेका बाँकी कुराहरूलाई बलियो बनाऊ किनकि मेरा परमेश्‍वरसामु तिम्रो कुनै काम पूरा भएको मैले पाएको छैनँ। ३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्‍चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+

४ “‘तर सार्डिसमा तिमीकहाँ केही यस्ता मानिस छन्‌, जसले आफ्नो लुगा बिटुलो पारेका छैनन्‌।+ तिनीहरू सेतो लुगा लगाएर मसित हिँड्‌नेछन्‌+ किनकि तिनीहरू योग्य छन्‌। ५ जसले विजय हासिल गर्छ,+ उसले यसरी सेतो लुगा पहिरिनेछ+ र म उसको नाम जीवनको पुस्तकबाट+ कुनै हालतमा मेटाउनेछैनँ बरु मेरो बुबा अनि उहाँका स्वर्गदूतहरूसामु म उसको नाम स्वीकार गर्नेछु।+ ६ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

७ “फिलाडेल्फियाको मण्डलीको स्वर्गदूतलाई लेख: जो पवित्र+ र सत्य+ हुनुहुन्छ अनि जससित दाउदको साँचो छ+ अनि जसले कसैले बन्द नगरोस्‌ भनेर खोल्नुहुन्छ र कसैले नखोलोस्‌ भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्‍नुहुन्छ: ८ ‘मलाई तिम्रा कामहरू थाह छ—हेर! कसैले बन्द गर्न नसक्ने ढोका मैले तिम्रो निम्ति खोलेको छु।+ तिमीसित थोरै शक्‍ति छ र तिमीले मेरो वचन पालन गरेका छौ अनि आफूलाई मप्रति वफादार साबित गरेका छौ भनेर मलाई थाह छ। ९ हेर! ती मानिसहरू, जो हामी यहुदी हौँ भनेर झूट बोलिरहेका छन्‌ तर वास्तवमा सैतानको दलका* हुन्‌,+ म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रा पाउमा दण्डवत्‌ गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु। १० तिमीले मेरो सहनशीलताबारे जे सुन्यौ, त्यसअनुसार चलेको हुनाले*+ पृथ्वीका सबै बासिन्दाको परीक्षा लिन सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म तिमीलाई सम्हाल्नेछु।+ ११ म छिट्टै आउँदै छु।+ तिमीसित जे छ, त्यसलाई पक्रिराख ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्‌।+

१२ “‘जसले विजय हासिल गर्छ, म उसलाई मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र कुनै कुराले उसलाई त्यहाँबाट हटाउन सक्नेछैन। अनि म उसमा मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको सहरको नाम अर्थात्‌ मेरा परमेश्‍वर बस्नुहुने स्वर्गबाट तल ओर्लने नयाँ यरुसलेमको+ नाम र मेरो नयाँ नाम लेखिदिनेछु।+ १३ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

१४ “लाओडिसियाको मण्डलीको+ स्वर्गदूतलाई लेख: जो आमिन,+ विश्‍वासयोग्य अनि साँचो+ साक्षी+ हुनुहुन्छ र परमेश्‍वरको सृष्टिको सुरुवात हुनुहुन्छ,+ उहाँ यसो भन्‍नुहुन्छ: १५ ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी न चिसो न तातो छौ। तिमी कि चिसो कि तातो भइदिए त हुने थियो। १६ तिमी न तातो+ न चिसो+ तर मनतातो भएकोले मैले तिमीलाई मुखबाट ओकलिदिन लागेको छु। १७ “म धनी छु+ र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्‌गो छौ, तिमीलाई थाह छैन। १८ म तिमीलाई के सुझाव दिन्छु भने आगोले खारिएको सुन मसित किन र धनी बन, मसित सेतो लुगा किनेर लगाऊ ताकि मानिसहरूले तिम्रो नग्नता नदेखून्‌ र तिमी लाजमा पर्न नपरोस्‌+ अनि आफ्नो आँखामा लगाउन+ मसित गाजल किन र देख्न सक्ने बन।+

१९ “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।+ २० हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र ऊसित साँझको खाना खानेछु अनि उसले मसित खानेछ। २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+ २२ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने