प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

युहन्‍ना​—⁠विषयवस्तु

      • यहुदा येसुलाई धोका दिन्छन्‌ (१-९)

      • पत्रुस तरबार चलाउँछन्‌ (१०, ११)

      • येसुलाई हन्‍नासकहाँ लगिन्छ (१२-१४)

      • पत्रुसको पहिलो इन्कार (१५-१८)

      • हन्‍नाससामु येसु (१९-२४)

      • पत्रुसको दोस्रो र तेस्रो इन्कार (२५-२७)

      • पिलातससामु येसु (२८-४०)

        • “मेरो राज्य यस संसारको होइन” (३६)

युहन्‍ना १८:१

फुटनोट

  • *

    वा “जाडो याममा बग्ने किद्रोन नदी।”

मार्जिनल रेफरेन्स

  • +२स १५:२३
  • +मत्ति २६:३६; मर्कु १४:३२; लुका २२:३९

युहन्‍ना १८:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:४७; मर्कु १४:४३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

युहन्‍ना १८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

युहन्‍ना १८:५

मार्जिनल रेफरेन्स

  • +मत्ति २:२३
  • +लुका २२:४७

युहन्‍ना १८:६

मार्जिनल रेफरेन्स

  • +युह ७:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

युहन्‍ना १८:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

युहन्‍ना १८:९

मार्जिनल रेफरेन्स

  • +युह ६:३९; १७:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

युहन्‍ना १८:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५१; मर्कु १४:४७; लुका २२:५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

    प्रहरीधरहरा,

    ४/१/१९९८, पृ. १४-१५

    उपयोगी किताब, पृ. १६-१७

युहन्‍ना १८:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५२; लुका २२:५१; युह १८:३६
  • +मत्ति २०:२२; २६:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८४

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १०

युहन्‍ना १८:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५७; लुका ३:२; युह १८:२४; प्रे ४:५, ६

युहन्‍ना १८:१४

मार्जिनल रेफरेन्स

  • +युह ११:४९, ५०

युहन्‍ना १८:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५८; मर्कु १४:५४; लुका २२:५४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

    उपयोगी किताब, पृ. १६-१७

युहन्‍ना १८:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. १६-१७

युहन्‍ना १८:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६९, ७०; मर्कु १४:६६-६८; लुका २२:५५-५७; युह १८:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २८८

युहन्‍ना १८:२०

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५५; लुका ४:१५; १९:४७; युह ७:१४

युहन्‍ना १८:२२

मार्जिनल रेफरेन्स

  • +यसै ५०:६

युहन्‍ना १८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०११, पृ. ५

युहन्‍ना १८:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५७

युहन्‍ना १८:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६९, ७०; मर्कु १४:६९, ७०; लुका २२:५८

युहन्‍ना १८:२६

मार्जिनल रेफरेन्स

  • +युह १८:१०

युहन्‍ना १८:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:७४; मर्कु १४:७२; लुका २२:६०; युह १३:३८

युहन्‍ना १८:२८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२; मर्कु १५:१; लुका २३:१
  • +प्रे १०:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०-२९१

युहन्‍ना १८:३०

फुटनोट

  • *

    वा “अपराध।”

युहन्‍ना १८:३१

मार्जिनल रेफरेन्स

  • +युह १९:६
  • +युह १९:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

युहन्‍ना १८:३२

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:१८, १९; युह ३:१४; १२:३२

युहन्‍ना १८:३३

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:११; युह १२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

युहन्‍ना १८:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

युहन्‍ना १८:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

युहन्‍ना १८:३६

मार्जिनल रेफरेन्स

  • +१ ति ६:१३
  • +यसै ९:६; दा २:४४; ७:१४
  • +मत्ति २६:५२, ५३; युह १८:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. ४-५

    येसु—बाटो, पृ. २९२

    प्रहरीधरहरा,

    ११/१/२००२, पृ. १५-१६

    परमेश्‍वरको उपासना, पृ. १६०-१६१

    पार्थिव प्रमोदवन, पृ. ११५-११६

युहन्‍ना १८:३७

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:११
  • +युह १:१४, १७; १४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२०, पृ. १८

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १०/२०१८, पृ. ७

    येसु—बाटो, पृ. २९२

    प्रहरीधरहरा,

    १/१/२००५, पृ. १४-१६

    १०/१/२००३, पृ. ९-१०

    ८/१/२००३, पृ. १२

    ७/१५/२००२, पृ. १६

    ३/१/२००२, पृ. १३

    ८/१/१९९०

    पार्थिव प्रमोदवन, पृ. ६०, ११५-११६

युहन्‍ना १८:३८

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२४; लुका २३:४; युह १५:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९२

    प्रहरीधरहरा,

    ६/१/२०१४, पृ. १२

    ८/१/२००३, पृ. १२

    ३/१/२००२, पृ. १३

    ७/१/१९९५, पृ. ३

    १२/१/१९९२, पृ. २६

युहन्‍ना १८:३९

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:१५; मर्कु १५:६

युहन्‍ना १८:४०

मार्जिनल रेफरेन्स

  • +गन ३५:३१; लुका २३:१८, १९; प्रे ३:१४

अरू

युह. १८:१२स १५:२३
युह. १८:१मत्ति २६:३६; मर्कु १४:३२; लुका २२:३९
युह. १८:३मत्ति २६:४७; मर्कु १४:४३
युह. १८:५मत्ति २:२३
युह. १८:५लुका २२:४७
युह. १८:६युह ७:४६
युह. १८:९युह ६:३९; १७:१२
युह. १८:१०मत्ति २६:५१; मर्कु १४:४७; लुका २२:५०
युह. १८:११मत्ति २६:५२; लुका २२:५१; युह १८:३६
युह. १८:११मत्ति २०:२२; २६:४२
युह. १८:१३मत्ति २६:५७; लुका ३:२; युह १८:२४; प्रे ४:५, ६
युह. १८:१४युह ११:४९, ५०
युह. १८:१५मत्ति २६:५८; मर्कु १४:५४; लुका २२:५४
युह. १८:१७मत्ति २६:६९, ७०; मर्कु १४:६६-६८; लुका २२:५५-५७; युह १८:२५
युह. १८:२०मत्ति २६:५५; लुका ४:१५; १९:४७; युह ७:१४
युह. १८:२२यसै ५०:६
युह. १८:२४मत्ति २६:५७
युह. १८:२५मत्ति २६:६९, ७०; मर्कु १४:६९, ७०; लुका २२:५८
युह. १८:२६युह १८:१०
युह. १८:२७मत्ति २६:७४; मर्कु १४:७२; लुका २२:६०; युह १३:३८
युह. १८:२८मत्ति २७:२; मर्कु १५:१; लुका २३:१
युह. १८:२८प्रे १०:२८
युह. १८:३१युह १९:६
युह. १८:३१युह १९:१०
युह. १८:३२मत्ति २०:१८, १९; युह ३:१४; १२:३२
युह. १८:३३मत्ति २७:११; युह १२:१३
युह. १८:३६१ ति ६:१३
युह. १८:३६यसै ९:६; दा २:४४; ७:१४
युह. १८:३६मत्ति २६:५२, ५३; युह १८:११
युह. १८:३७मत्ति २७:११
युह. १८:३७युह १:१४, १७; १४:६
युह. १८:३८मत्ति २७:२४; लुका २३:४; युह १५:२५
युह. १८:३९मत्ति २७:१५; मर्कु १५:६
युह. १८:४०गन ३५:३१; लुका २३:१८, १९; प्रे ३:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍ना १८:१-४०

युहन्‍नाका अनुसार

१८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+ २ उहाँलाई धोका दिने यहुदालाई पनि यो ठाउँ थाह थियो किनकि येसु अक्सर यस ठाउँमा आफ्ना चेलाहरूसित भेटघाट गर्नुहुन्थ्यो। ३ त्यसैले सैनिकहरूको एउटा दल अनि मुख्य पुजारीहरूले र फरिसीहरूले* पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहुदा त्यहाँ पुगे। तिनीहरूले राँको, बत्ती अनि हातहतियार बोकेका थिए।+ ४ तर येसुलाई आफूमाथि आइपर्न लागेका सबै कुरा थाह थियो। त्यसैले अघि बढेर उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” ५ तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।”+ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यो मै हुँ।” उहाँलाई धोका दिने यहुदा पनि त्यतिखेर तिनीहरूसितै उभिरहेका थिए।+

६ तर उहाँले “त्यो मै हुँ” भन्‍नेबित्तिकै तिनीहरू पछि हटे अनि भुईँमा लडे।+ ७ त्यसैले उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।” ८ येसुले भन्‍नुभयो: “त्यो मै हुँ भनेर मैले भनिहालेँ नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” ९ “तपाईँले मलाई दिनुभएका मानिसहरूमध्ये एक जना पनि मैले गुमाएको छैनँ”+ भन्‍ने आफ्नो वचन पूरा होस्‌ भनेर उहाँले त्यसो भन्‍नुभएको थियो।

१० तब सिमोन पत्रुसले आफ्नो तरबार थुते र प्रधानपुजारीको दासलाई प्रहार गरेर तिनको दाहिने कान च्वाट्टै काटिदिए।+ त्यस दासको नाम माल्कस थियो। ११ तर येसुले पत्रुसलाई भन्‍नुभयो: “तरबार म्यानभित्र हाल।+ बुबाले मलाई दिनुभएको कचौराबाट के मैले पिउनुपर्दैन र?”+

१२ तब सैनिकहरू, तिनीहरूको सेनापति अनि यहुदीहरूका पहरेदारहरूले येसुलाई पक्रेर बाँधे। १३ तिनीहरूले उहाँलाई सबैभन्दा पहिला हन्‍नासकहाँ लगे किनकि तिनी त्यस वर्षका प्रधानपुजारी कैयाफाका+ ससुरा थिए। १४ वास्तवमा कैयाफा उनै थिए, जसले सबैको निम्ति एक जना मानिस मर्नु फाइदाजनक हो भनेर यहुदीहरूलाई सल्लाह दिएका थिए।+

१५ तब सिमोन पत्रुस अनि अर्को एक जना चेला येसुको पछिपछि गइरहेका थिए।+ त्यस चेलाको प्रधानपुजारीसित चिनापर्ची थियो। त्यसैले येसुलाई पछ्याउँदै ऊ प्रधानपुजारीको चोकभित्र पस्यो १६ तर पत्रुस भने बाहिर ढोकामा उभिरहेका थिए। त्यसैले प्रधानपुजारीसित चिनापर्ची हुने त्यो अर्को चेला बाहिर निस्क्यो अनि ढोकेसित कुरा गरेर पत्रुसलाई पनि चोकभित्र ल्यायो। १७ तब त्यस ढोके अर्थात्‌ नोकर्नीले पत्रुसलाई सोधी: “तपाईँ पनि त्यस मानिसकै चेला हुनुहुन्छ जस्तो छ, होइन र?” तिनले जवाफ दिए: “अहँ, होइनँ।”+ १८ त्यतिखेर दासहरू अनि पहरेदारहरू जाडो भएकोले दाउरा बालेर आगो तापिरहेका थिए। पत्रुस पनि तिनीहरूसित उभिएर आगो तापिरहेका थिए।

१९ तब मुख्य पुजारीले येसुलाई उहाँका चेलाहरू अनि उहाँका शिक्षाहरूबारे सोधेर केरकार गरे। २० येसुले तिनलाई यस्तो जवाफ दिनुभयो: “मैले मानिसहरूसामु खुल्लमखुल्ला बोलेँ। मैले सधैँ सभाघर अनि मन्दिरमा सिकाएँ,+ जहाँ सबै यहुदी भेला हुन्छन्‌। मैले कुनै कुरा गुप्तमा बोलिनँ। २१ तैपनि तपाईँ मलाई किन केरकार गर्नुहुन्छ? गएर तिनीहरूलाई नै सोध्नुहोस्‌, जसले मेरा कुराहरू सुनेका छन्‌। हेर्नुहोस्‌, मैले के-के भनेँ, तिनीहरूलाई थाह छ।” २२ उहाँले यी कुराहरू भन्‍नुभएपछि त्यहाँ उभिरहेका एक जना पहरेदारले येसुलाई अनुहारमा एक थप्पड हिर्काएर+ यसो भन्यो: “मुख्य पुजारीलाई जवाफ दिने तरिका यही हो?” २३ येसुले उसलाई भन्‍नुभयो: “यदि मैले गलत कुरा गरेको हुँ भने मेरो गल्ती देखाइदेऊ; यदि सही कुरा गरेको हुँ भने तिमी मलाई किन त्यसै थप्पड हिर्काउँछौ?” २४ तब हन्‍नासले उहाँलाई बाँधिएकै अवस्थामा प्रधानपुजारी कैयाफाकहाँ पठाए।+

२५ सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब उनीहरूले तिनलाई सोधे: “तिमी पनि त्यस मानिसकै चेला हौ कि क्या हो?” तिनले यसो भन्दै नकारे: “अहँ, होइनँ।”+ २६ तब प्रधानपुजारीका दासहरूमध्ये एक जना, जो पत्रुसले कान काटेका+ मानिसको नातेदार थियो, उसले यसो भन्यो: “मैले तपाईँलाई उहाँसित बगैँचामा देखेको होइनँ र?” २७ तर पत्रुसले फेरि नकारे अनि उत्तिखेरै भाले बास्यो।+

२८ त्यसपछि तिनीहरूले येसुलाई कैयाफाकहाँबाट राज्यपालको निवासमा लगे।+ त्यतिखेर झिसमिसे उज्यालो भएको थियो। तर अशुद्ध हुन नपरोस्‌+ अनि निस्तार चाडको* रोटी खान सकियोस्‌ भनेर तिनीहरू भने राज्यपालको निवासभित्र पसेनन्‌। २९ त्यसैले पिलातस आफै बाहिर निस्केर तिनीहरूकहाँ आए र सोधे: “तिमीहरूले के आरोपमा यस मानिसलाई मकहाँ ल्यायौ?” ३० तिनीहरूले पिलातसलाई यस्तो जवाफ दिए: “यदि यस मानिसले केही गल्ती* नगरेको भए हामी यसलाई तपाईँको हातमा सुम्पने नै थिएनौँ।” ३१ यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै यसलाई लगेर आफ्नो व्यवस्थाबमोजिम न्याय गर।”+ तर यहुदीहरूले तिनलाई यस्तो जवाफ दिए: “हामीसित कसैलाई मार्ने अधिकार छैन।”+ ३२ आफूले कस्तो प्रकारको मृत्यु भोग्नुपर्ने हो, त्यस विषयमा येसुले भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर वास्तवमा यसो भएको थियो।+

३३ तब पिलातस फेरि आफ्नो निवासभित्र गए अनि येसुलाई बोलाएर सोधे: “के तिमी यहुदीहरूका राजा हौ?”+ ३४ येसुले जवाफ दिनुभयो: “तपाईँ आफैलाई त्यस्तो लागेर सोध्नुभएको हो वा अरूले मेरो विषयमा भनेको कुरा सुन्‍नुभएर?” ३५ पिलातसले जवाफ दिए: “के म यहुदी हुँ र? तिम्रो आफ्नै जाति अनि मुख्य पुजारीहरूले तिमीलाई मेरो हातमा सुम्पेका हुन्‌। भन, तिमीले के गऱ्‍यौ?” ३६ येसुले जवाफ दिनुभयो:+ “मेरो राज्य यस संसारको होइन।+ यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए।+ तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” ३७ यो कुरा सुनेर पिलातसले उहाँलाई सोधे: “उसोभए के तिमी राजा नै हौ त?” येसुले जवाफ दिनुभयो: “म राजा हुँ भनेर तपाईँ आफै भन्दै हुनुहुन्छ।+ सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ।+ सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्‌।” ३८ पिलातसले उहाँलाई सोधे: “के हो सत्य?”

यति भनिसकेपछि फेरि बाहिर गएर तिनले यहुदीहरूलाई भने: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।+ ३९ यसबाहेक निस्तार चाडको बेला मैले एक जना मानिसलाई मुक्‍त गर्नुपर्ने तिमीहरूको चलन छ।+ त्यसोभए के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?” ४० तिनीहरू यसो भन्दै फेरि चिच्याए: “यस मानिसलाई होइन, बरब्बालाई मुक्‍त गर्नुहोस्‌!” बरब्बाचाहिँ डाँकु थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने