प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • राजा बेलसजरले दिएको भोज (१-४)

      • भित्तामा लेखिएको अक्षर (५-१२)

      • दानिएललाई अर्थ खुलाउन भनिन्छ (१३-२५)

      • अर्थ: बेबिलोनको पतन (२६-३१)

दानिएल ५:१

मार्जिनल रेफरेन्स

  • +दा ७:१; ८:१
  • +यसै २१:५; यर्मि ५१:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १५-१६, २२-२३, १००-१०१

दानिएल ५:२

मार्जिनल रेफरेन्स

  • +२रा २५:१५; २इ ३६:१८; एज्रा १:७; यर्मि ५२:१९; दा १:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०१

दानिएल ५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २२-२३, १०१-१०२

दानिएल ५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०१-१०२

दानिएल ५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०२

दानिएल ५:६

मार्जिनल रेफरेन्स

  • +यसै २१:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०२-१०४

दानिएल ५:७

फुटनोट

  • *

    अर्थात्‌ जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरू।

  • *

    यस रङ्‌गले राजघराना, वैभव र मानसम्मानलाई जनाउँथ्यो।

मार्जिनल रेफरेन्स

  • +दा २:२; ४:६
  • +उत्प ४१:३९, ४२; एस्त ८:१५
  • +दा २:६, ४८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १६-१७, १०४

दानिएल ५:८

मार्जिनल रेफरेन्स

  • +दा २:२७; ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०४-१०५

दानिएल ५:९

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०५

दानिएल ५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०५-१०६

दानिएल ५:११

फुटनोट

  • *

    वा “योग्य मानिस।”

मार्जिनल रेफरेन्स

  • +दा ४:८, ९
  • +दा २:४७, ४८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०५-१०६

दानिएल ५:१२

फुटनोट

  • *

    वा “आन्तरिक चेतना।”

मार्जिनल रेफरेन्स

  • +दा १:७; ४:८
  • +दा १:१७, २०; ६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०५-१०६

दानिएल ५:१३

मार्जिनल रेफरेन्स

  • +दा १:३, ६; २:२५
  • +२रा २४:११, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. १४

    दानियलको भविष्यवाणी, पृ. १०६

दानिएल ५:१४

मार्जिनल रेफरेन्स

  • +दा ४:९
  • +दा १:१७, २०

दानिएल ५:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४७:१२, १३; दा २:१०, ११; ५:८

दानिएल ५:१६

मार्जिनल रेफरेन्स

  • +दा २:२८
  • +दा २:६; ५:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०६

दानिएल ५:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०६-१०७

दानिएल ५:१८

मार्जिनल रेफरेन्स

  • +दा २:३७, ३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १५, १६-१७

दानिएल ५:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; दा ३:४, ५; ४:२२
  • +दा २:१२; ३:६, २९

दानिएल ५:२०

मार्जिनल रेफरेन्स

  • +यसै १४:१३, १४; दा ४:३०

दानिएल ५:२१

मार्जिनल रेफरेन्स

  • +दा ४:३१-३५

दानिएल ५:२३

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२९
  • +दा ५:२, ३
  • +भज ११५:४-७; यसै ४६:६, ७
  • +भज १०४:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. २२-२३, १०७

दानिएल ५:२४

मार्जिनल रेफरेन्स

  • +दा ५:५

दानिएल ५:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०७-१०८

दानिएल ५:२६

मार्जिनल रेफरेन्स

  • +यसै १३:११; यर्मि २५:१२; २७:६, ७; ५०:१, २; ५१:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०८

दानिएल ५:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०८-१०९

दानिएल ५:२८

मार्जिनल रेफरेन्स

  • +एज्रा १:१, २; यसै २१:२; ४५:१; यर्मि ५०:९; दा ६:२८; ९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०९

दानिएल ५:२९

मार्जिनल रेफरेन्स

  • +दा ५:७, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १०९-११०

दानिएल ५:३०

मार्जिनल रेफरेन्स

  • +यसै २१:९; यर्मि ५१:८, ३१, ३९, ५७

दानिएल ५:३१

मार्जिनल रेफरेन्स

  • +दा ६:१; ९:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १७-१८

अरू

दानि. ५:१दा ७:१; ८:१
दानि. ५:१यसै २१:५; यर्मि ५१:३९
दानि. ५:२२रा २५:१५; २इ ३६:१८; एज्रा १:७; यर्मि ५२:१९; दा १:१, २
दानि. ५:६यसै २१:२, ३
दानि. ५:७दा २:२; ४:६
दानि. ५:७उत्प ४१:३९, ४२; एस्त ८:१५
दानि. ५:७दा २:६, ४८
दानि. ५:८दा २:२७; ४:७
दानि. ५:९यसै १३:१, ७
दानि. ५:११दा ४:८, ९
दानि. ५:११दा २:४७, ४८
दानि. ५:१२दा १:७; ४:८
दानि. ५:१२दा १:१७, २०; ६:३
दानि. ५:१३दा १:३, ६; २:२५
दानि. ५:१३२रा २४:११, १४
दानि. ५:१४दा ४:९
दानि. ५:१४दा १:१७, २०
दानि. ५:१५यसै ४७:१२, १३; दा २:१०, ११; ५:८
दानि. ५:१६दा २:२८
दानि. ५:१६दा २:६; ५:७
दानि. ५:१८दा २:३७, ३८
दानि. ५:१९यर्मि २५:९; दा ३:४, ५; ४:२२
दानि. ५:१९दा २:१२; ३:६, २९
दानि. ५:२०यसै १४:१३, १४; दा ४:३०
दानि. ५:२१दा ४:३१-३५
दानि. ५:२३यर्मि ५०:२९
दानि. ५:२३दा ५:२, ३
दानि. ५:२३भज ११५:४-७; यसै ४६:६, ७
दानि. ५:२३भज १०४:२९
दानि. ५:२४दा ५:५
दानि. ५:२६यसै १३:११; यर्मि २५:१२; २७:६, ७; ५०:१, २; ५१:११
दानि. ५:२८एज्रा १:१, २; यसै २१:२; ४५:१; यर्मि ५०:९; दा ६:२८; ९:१
दानि. ५:२९दा ५:७, १६
दानि. ५:३०यसै २१:९; यर्मि ५१:८, ३१, ३९, ५७
दानि. ५:३१दा ६:१; ९:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल ५:१-३१

दानिएल

५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+ २ मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए। ३ तब तिनीहरूले यरुसलेममा भएको परमेश्‍वरको भवनको मन्दिरबाट ल्याइएका सुनका भाँडाकुँडा त्यहाँ ल्याए अनि राजा, तिनका भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिए। ४ मद्य पिएर तिनीहरूले सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गरे।

५ ठीक त्यसै बेला राजाको दरबारमा पानसको पल्लोपट्टिको भित्तामा मानिसको हातका औँलाहरू देखा परे र ती औँलाहरूले भित्तामा लेख्न थाले। भित्तामा लेखिरहेको हातको पछिल्तिरको भाग राजाले देखे। ६ तब राजाको अनुहारको रङ्‌ग उड्‌यो र आफ्नो मनमा आएको कुराले गर्दा तिनी डराए।+ तिनका खुट्टाहरू लल्याकलुलुक भए र घुँडाहरू आपसमा ठोक्किन थाले।

७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+

८ तब राजाका सबै बुद्धिमान्‌ मानिस हाजिर भए। तर तिनीहरूमध्ये कसैले पनि राजालाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउन वा त्यसको अर्थ बुझाउन सकेन।+ ९ त्यसैले राजा बेलसजरलाई डरले छोप्यो र तिनको अनुहारको रङ्‌ग उड्‌यो अनि तिनका भारदारहरू अलमल्लमा परे।+

१० राजा र भारदारहरूको कुरा सुनेर रानी भोज भएको ठाउँमा आइन्‌। तब रानीले भनिन्‌: “महाराज अमर रहून्‌! हजुरको मनमा आएको विचारले गर्दा नआत्तिनुहोस्‌ अनि हजुरको अनुहारको रङ्‌ग पनि नउडोस्‌। ११ हजुरको राज्यमा एक जना यस्ता मानिस* छन्‌, जसले पवित्र देवताहरूबाट शक्‍ति पाएका छन्‌। हजुरका बुबाको पालामा तिनमा देवताहरूको जस्तै समझशक्‍ति, अन्तर्दृष्टि र बुद्धि थियो।+ हजुरका बुबा राजा नबुकद्‌नेजरले तिनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूका प्रमुख नियुक्‍त गर्नुभएको थियो।+ हे महाराज, हजुरका बुबाले नै तिनलाई नियुक्‍त गर्नुभएको थियो। १२ किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्‌कोहरू फुकाउन सक्ने असामान्य शक्‍ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस्‌ र तिनले यसको अर्थ खोलिदिनेछन्‌।”

१३ त्यसैले दानिएललाई राजाकहाँ हाजिर गराइयो। राजाले दानिएललाई सोधे: “के तिमी त्यही दानिएल हौ,+ जसलाई मेरा बुबाले यहुदाबाट कैद गरेर ल्याउनुभएको थियो?+ १४ तिमीले देवताहरूबाट शक्‍ति पाएका छौ+ अनि तिमीसित समझशक्‍ति, अन्तर्दृष्टि र असामान्य बुद्धि छ भनेर मैले सुनेको छु।+ १५ भित्तामा लेखिएको यो अक्षर पढेर मलाई यसको अर्थ खोल्न बुद्धिमान्‌ मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई मेरो अगाडि हाजिर गराइयो तर तिनीहरूले यसको अर्थ खोल्न सकेनन्‌।+ १६ तर तिमीले भने अड्‌कोहरू फुकाउन सक्छौ र अर्थहरू खोल्न सक्छौ भनेर मैले सुनेको छु।+ यदि तिमीले यो पढेर मलाई यसको अर्थ बतायौ भने तिमीलाई बैजनी रङ्‌गको वस्त्र पहिराइनेछ, गलामा सुनको हार लगाइदिइनेछ र तिमी यो राज्यको तेस्रो ठूलो शासक हुनेछौ।”+

१७ तब दानिएलले राजालाई यस्तो जवाफ दिए: “हजुरको उपहार हजुरसितै रहोस्‌ र हजुरको इनाम अरूलाई नै दिनुहोस्‌। तैपनि म हजुरलाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउनेछु र त्यसको अर्थ पनि बताउनेछु। १८ हे महाराज, सर्वोच्च परमेश्‍वरले हजुरका बुबा नबुकद्‌नेजरलाई राज्य, मानसम्मान अनि ऐश्‍वर्य दिनुभयो र उहाँलाई महान्‌ तुल्याउनुभयो।+ १९ परमेश्‍वरले उहाँलाई महान्‌ तुल्याउनुभएकोले सबै राष्ट्रका र सबै भाषाका मानिसहरू उहाँको अगाडि डरले थरथर काँप्थे।+ उहाँले जसलाई चाहनुहुन्थ्यो, त्यसलाई मार्न वा छोडिदिन सक्नुहुन्थ्यो अनि जसलाई चाहनुहुन्थ्यो, त्यसलाई महिमित पार्न वा खसाल्न सक्नुहुन्थ्यो।+ २० तर जब उहाँको मन घमन्डले फुल्यो र कठोर भयो अनि उहाँले अहङ्‌कारी व्यवहार गर्न थाल्नुभयो,+ तब उहाँलाई आफ्नो राज्यको सिंहासनबाट हटाइयो र उहाँको मानसम्मान उहाँबाट खोसियो। २१ अनि सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरका बुबाले नस्विकारेसम्म उहाँलाई मानिसहरूको बीचबाट धपाइयो। अनि उहाँको मन पशुहरूको जस्तो भयो र उहाँको बास जङ्‌गली गधाहरूसित भयो। उहाँलाई गोरुलाई जस्तै घाँस दिइयो र आकाशको शीतले उहाँको शरीरलाई भिजायो।+

२२ “तर हजुर उहाँको छोरा बेलसजरलाई यी सबै कुरा थाह भए पनि हजुरले आफूलाई नम्र तुल्याउनुभएको छैन। २३ बरु हजुरले स्वर्गका परमेश्‍वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्‌, सुन्दा पनि सुन्दैनन्‌ र केही पनि जान्दैनन्‌।+ तर जुन परमेश्‍वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन। २४ त्यसैले उहाँले नै यो हात पठाउनुभयो र भित्तामा यो लेख्न लगाउनुभयो।+ २५ अनि भित्तामा लेखिएका अक्षरहरू यी नै हुन्‌: मने, मने, तकेल र पर्सिन।

२६ “यी शब्दहरूको अर्थ यही हो: मने अर्थात्‌ परमेश्‍वरले हजुरको राज्यको दिन गन्ती गर्नुभएको छ र त्यसको अन्त गरिदिनुभएको छ।+

२७ “तकेल अर्थात्‌ हजुरलाई तराजुमा जोखियो र हजुर हलुका ठहरिनुभयो।

२८ “पेरेस अर्थात्‌ हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+

२९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+

३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने