प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सनहेरिब यरुसलेमलाई धम्क्याउँछन्‌ (१-८)

      • सनहेरिब यहोवालाई हाँक दिन्छन्‌ (९-१९)

      • स्वर्गदूत अस्सेरियाली सेनालाई नाश गर्छन्‌ (२०-२३)

      • हिजकियाहको बिमारी र घमन्ड (२४-२६)

      • हिजकियाहका उपलब्धिहरू र तिनको मृत्यु (२७-३३)

२ इतिहास ३२:१

मार्जिनल रेफरेन्स

  • +२इ ३१:२०
  • +२रा १८:७, १३; यसै ३६:१

२ इतिहास ३२:३

मार्जिनल रेफरेन्स

  • +२रा २०:२०

२ इतिहास ३२:५

फुटनोट

  • *

    वा “मिलो।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

मार्जिनल रेफरेन्स

  • +२स ५:९; १रा ९:२४; ११:२७; २रा १२:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ११

२ इतिहास ३२:७

मार्जिनल रेफरेन्स

  • +२रा १९:६
  • +व्य ३१:६, ८; यहो १:६, ९; २रा ६:१६, १७; २इ २०:१५

२ इतिहास ३२:८

मार्जिनल रेफरेन्स

  • +गन १४:९; व्य २०:१, ४; यहो १०:४२; यर्मि १७:५
  • +२इ २०:२०

२ इतिहास ३२:९

मार्जिनल रेफरेन्स

  • +यसै ३७:८
  • +२रा १८:१७; यसै ३६:२

२ इतिहास ३२:१०

मार्जिनल रेफरेन्स

  • +२रा १८:१९; यसै ३६:४

२ इतिहास ३२:११

मार्जिनल रेफरेन्स

  • +२रा १८:२९, ३०; १९:१०

२ इतिहास ३२:१२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२रा १८:१, ४
  • +२इ ३१:१
  • +२रा १८:२२; यसै ३६:७

२ इतिहास ३२:१३

मार्जिनल रेफरेन्स

  • +२रा १५:२९; १७:५; यसै ३७:१२
  • +२रा १८:३३, ३४; १९:१७, १८

२ इतिहास ३२:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:३; १५:९

२ इतिहास ३२:१५

मार्जिनल रेफरेन्स

  • +२रा १८:२९
  • +प्रस्थ ५:२; व्य ३२:२७; दा ३:१४, १५

२ इतिहास ३२:१७

मार्जिनल रेफरेन्स

  • +२रा १९:१४
  • +यसै ३७:२९
  • +२रा १७:६; १९:१२

२ इतिहास ३२:१८

मार्जिनल रेफरेन्स

  • +२रा १८:२६, २८; यसै ३६:११, १३

२ इतिहास ३२:२०

मार्जिनल रेफरेन्स

  • +२रा १९:२, २०; यसै ३७:२
  • +२रा १९:१४, १५; २इ १४:११

२ इतिहास ३२:२१

मार्जिनल रेफरेन्स

  • +भज ७६:५
  • +२रा १९:३५-३७; यसै ३७:३७, ३८

२ इतिहास ३२:२३

मार्जिनल रेफरेन्स

  • +१रा ४:२१; २इ १७:१, ५

२ इतिहास ३२:२४

मार्जिनल रेफरेन्स

  • +२रा २०:१, २; यसै ३८:१, २
  • +२रा २०:५, ९; २इ ३२:३१; यसै ३८:८

२ इतिहास ३२:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. २६

    प्रहरीधरहरा,

    १०/१५/२००५, पृ. २५

२ इतिहास ३२:२६

मार्जिनल रेफरेन्स

  • +यर्मि २६:१८, १९
  • +२रा २०:१९

२ इतिहास ३२:२७

फुटनोट

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +२इ १:११, १२; १७:१, ५
  • +१रा ९:१७-१९

२ इतिहास ३२:३०

मार्जिनल रेफरेन्स

  • +१रा १:३३, ४५
  • +२इ ३२:४
  • +२स ५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ९-१०

    ८/१५/१९९६, पृ. ५-६

२ इतिहास ३२:३१

मार्जिनल रेफरेन्स

  • +२रा २०:१२; यसै ३९:१
  • +२रा २०:८-११; यसै ३८:८
  • +उत्प २२:१
  • +व्य ८:२; भज ७:९; १३९:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१७, पृ. २६

२ इतिहास ३२:३२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ३१:२०, २१
  • +यसै १:१
  • +२रा २०:२०

२ इतिहास ३२:३३

मार्जिनल रेफरेन्स

  • +१रा ११:४३

अरू

२ इति. ३२:१२इ ३१:२०
२ इति. ३२:१२रा १८:७, १३; यसै ३६:१
२ इति. ३२:३२रा २०:२०
२ इति. ३२:५२स ५:९; १रा ९:२४; ११:२७; २रा १२:२०
२ इति. ३२:७२रा १९:६
२ इति. ३२:७व्य ३१:६, ८; यहो १:६, ९; २रा ६:१६, १७; २इ २०:१५
२ इति. ३२:८गन १४:९; व्य २०:१, ४; यहो १०:४२; यर्मि १७:५
२ इति. ३२:८२इ २०:२०
२ इति. ३२:९यसै ३७:८
२ इति. ३२:९२रा १८:१७; यसै ३६:२
२ इति. ३२:१०२रा १८:१९; यसै ३६:४
२ इति. ३२:११२रा १८:२९, ३०; १९:१०
२ इति. ३२:१२२रा १८:१, ४
२ इति. ३२:१२२इ ३१:१
२ इति. ३२:१२२रा १८:२२; यसै ३६:७
२ इति. ३२:१३२रा १५:२९; १७:५; यसै ३७:१२
२ इति. ३२:१३२रा १८:३३, ३४; १९:१७, १८
२ इति. ३२:१४प्रस्थ १४:३; १५:९
२ इति. ३२:१५२रा १८:२९
२ इति. ३२:१५प्रस्थ ५:२; व्य ३२:२७; दा ३:१४, १५
२ इति. ३२:१७२रा १९:१४
२ इति. ३२:१७यसै ३७:२९
२ इति. ३२:१७२रा १७:६; १९:१२
२ इति. ३२:१८२रा १८:२६, २८; यसै ३६:११, १३
२ इति. ३२:२०२रा १९:२, २०; यसै ३७:२
२ इति. ३२:२०२रा १९:१४, १५; २इ १४:११
२ इति. ३२:२१भज ७६:५
२ इति. ३२:२१२रा १९:३५-३७; यसै ३७:३७, ३८
२ इति. ३२:२३१रा ४:२१; २इ १७:१, ५
२ इति. ३२:२४२रा २०:१, २; यसै ३८:१, २
२ इति. ३२:२४२रा २०:५, ९; २इ ३२:३१; यसै ३८:८
२ इति. ३२:२६यर्मि २६:१८, १९
२ इति. ३२:२६२रा २०:१९
२ इति. ३२:२७२इ १:११, १२; १७:१, ५
२ इति. ३२:२७१रा ९:१७-१९
२ इति. ३२:३०१रा १:३३, ४५
२ इति. ३२:३०२इ ३२:४
२ इति. ३२:३०२स ५:९
२ इति. ३२:३१२रा २०:१२; यसै ३९:१
२ इति. ३२:३१२रा २०:८-११; यसै ३८:८
२ इति. ३२:३१उत्प २२:१
२ इति. ३२:३१व्य ८:२; भज ७:९; १३९:२३
२ इति. ३२:३२२इ ३१:२०, २१
२ इति. ३२:३२यसै १:१
२ इति. ३२:३२२रा २०:२०
२ इति. ३२:३३१रा ११:४३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३२:१-३३

दोस्रो इतिहास

३२ हिजकियाहले परमेश्‍वरप्रति विश्‍वासयोग्य भएर यी सबै काम गरिसकेपछि+ अस्सेरियाका राजा सनहेरिब यहुदालाई आक्रमण गर्न आए। उनले पर्खालले घेरिएका सहरहरूमा घेराबन्दी गरे। किनकि उनी ती सहरहरूमा घुसेर त्यसलाई कब्जा गर्न चाहन्थे।+

२ जब हिजकियाहले सनहेरिब आएका छन्‌ र उनले यरुसलेमसित युद्ध गर्ने सोच बनाएका छन्‌ भनी थाह पाए, ३ तब तिनले आफ्ना भारदारहरू र योद्धाहरूसित सरसल्लाह गरेर सहरबाहिर भएका पानीका मुहानहरू थुनिदिने निर्णय गरे।+ अनि उनीहरू सबैले हिजकियाहलाई समर्थन गरे। ४ त्यहाँ थुप्रै मानिस भेला भए र उनीहरूले त्यो इलाका भएर बग्ने सबै खोला र पानीका सबै मुहान थुनिदिए। उनीहरूले भने: “अस्सेरियाका राजाहरू यहाँ आउँदा तिनीहरूले पानी नपाऊन्‌!”

५ साथै तिनले दृढ सङ्‌कल्पका साथ पर्खालको भत्किएको पूरै भाग फेरि बनाए, त्यसमा धरहराहरू खडा गरे अनि बाहिरपट्टि अर्को एउटा पर्खाल बनाए। तिनले दाउदनगरमा भएको ‘ढिस्को’* मर्मत गरे।+ तिनले थुप्रै हातहतियार र ढालहरू पनि बनाए। ६ त्यसपछि तिनले मानिसहरूमाथि सेनापतिहरू नियुक्‍त गरे अनि ती मानिसहरूलाई सहरको मूलढोकानजिकै भएको चोकमा भेला हुन लगाए। तिनले उनीहरूलाई यसो भन्दै ढाडस दिए: ७ “साहसी र बलिया होओ। अस्सेरियाका राजा+ र ऊसित आएको विशाल सेना देखेर नडराओ, त्रसित नहोओ किनकि ऊसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।+ ८ ऊ शारीरिक शक्‍तिमा भर परेको छ तर हाम्रो साथमा हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ। उहाँले हामीलाई मदत गर्नुहुनेछ र हाम्रो तर्फबाट युद्ध लड्‌नुहुनेछ।”+ यहुदाका राजा हिजकियाहका यी शब्दहरू सुनेर मानिसहरूले बल पाए।+

९ जब अस्सेरियाका राजा सनहेरिब आफ्नो शक्‍तिशाली सेनासहित लाकिसमा थिए,+ तब उनले आफ्ना सेवकहरूमार्फत यरुसलेममा यहुदाका राजा हिजकियाहलाई र यरुसलेममा बसोबास गर्ने यहुदीहरूलाई+ यस्तो सन्देश पठाए:

१० “अस्सेरियाका राजा सनहेरिब यसो भन्‍नुहुन्छ, ‘यरुसलेम घेराबन्दीमा परेको देख्दादेख्दै तिमीहरू केमा भर परेर अझै पनि यहीँ बसिरहेका छौ?+ ११ हिजकियाह तिमीहरूलाई यसो भन्छ: “हाम्रा परमेश्‍वर यहोवाले हामीलाई अस्सेरियाका राजाको हातबाट बचाउनुहुनेछ।”+ तर यसो भनेर उसले तिमीहरूलाई भ्रममा पारिरहेको छ; ऊ तिमीहरूलाई अनिकाल र तिर्खाले मार्न खोज्दै छ। १२ के यो त्यही हिजकियाह होइन, जसले तिमीहरूको परमेश्‍वरका अग्ला थानहरू*+ र वेदीहरू+ भत्काइदिएको थियो अनि यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भनेको थियो: “तिमीहरू एउटा वेदीसामु मात्र घोप्टो पर्नू र त्यही वेदीमा मात्र माथिसम्म धुवाँ उठ्‌नेगरि बलि* चढाउनू?”+ १३ म र मेरा पुर्खाहरूले देश-देशका मानिसहरूको हालत कस्तो बनाइदिएका थियौँ, के तिमीहरूलाई थाह छैन?+ के उनीहरूका देवताहरूले उनीहरूको देशलाई मेरो हातबाट बचाउन सके र?+ १४ जुन राष्ट्रहरूलाई मेरा पुर्खाहरूले तहसनहस पारिदिएका थिए, के ती राष्ट्रहरूको कुनै पनि देवताले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्यो र? त्यसोभए के तिमीहरूको परमेश्‍वरले चाहिँ तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला र?+ १५ अब तिमीहरू त्यो हिजकियाहको बहकाउमा नपर; उसले तिमीहरूलाई झुक्क्याउन नपाओस्‌!+ ऊमाथि भर नपर। किनकि अहिलेसम्म कुनै पनि जाति वा राष्ट्रको देवताले आफ्ना मानिसहरूलाई म र मेरा पुर्खाहरूको हातबाट बचाउन सकेको छैन। झन्‌ तिमीहरूको परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट के बचाउन सक्ला र?’”+

१६ सनहेरिबका सेवकहरूले साँचो परमेश्‍वर यहोवाविरुद्ध अनि उहाँका सेवक हिजकियाहविरुद्ध अरू पनि थुप्रै कुरा भने। १७ सनहेरिबले केही पत्रहरू पनि पठाए,+ जसमा उनले इस्राएलका परमेश्‍वर यहोवाबारे+ अपमानजनक कुराहरू लेखेका थिए। उनले ती पत्रहरूमा परमेश्‍वरविरुद्ध यस्तो लेखेका थिए: “जसरी विभिन्‍न राष्ट्रका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्‌,+ त्यसरी नै हिजकियाहको परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैन।” १८ सनहेरिबका सेवकहरूले पर्खालमा उभिरहेका यरुसलेमका बासिन्दाहरूसित ठूलठूलो स्वरमा यहुदीहरूको भाषामा कुरा गरिरहे। किनकि उनीहरू तिनीहरूको मनमा डर र त्रास पैदा गरेर सहरलाई कब्जा गर्न चाहन्थे।+ १९ तिनीहरूले संसारका अरू जातिहरूका देवताहरू—जो मानिसको हातका कार्य हुन्‌—ती देवताहरूको विरुद्धमा जुन कुराहरू भनेका थिए, यरुसलेमका परमेश्‍वरको विरुद्धमा पनि त्यही कुराहरू भने। २० तर राजा हिजकियाह अनि आमोजका छोरा भविष्यवक्‍ता यसैयाले+ यस विषयमा प्रार्थना गरिरहे; उनीहरूले मदतको लागि स्वर्गका परमेश्‍वरलाई गुहारिरहे।+

२१ त्यसपछि यहोवा परमेश्‍वरले एक जना स्वर्गदूत पठाएर अस्सेरियाका राजाको छाउनीका सबै वीर योद्धा, नाइके र सेनापतिहरूलाई नाश गर्नुभयो।+ त्यसैले अस्सेरियाका राजा अपमानित भएर आफ्नै देश फर्के। पछि उनी आफ्नो देवताको मन्दिरभित्र गएको बेला उनका आफ्नै छोराहरूमध्ये केहीले उनलाई तरबारले मारे।+ २२ यसरी यहोवा परमेश्‍वरले हिजकियाह र यरुसलेमका बासिन्दाहरूलाई अस्सेरियाका राजा सनहेरिबको हातबाट र अरू सबै शत्रुको हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। २३ थुप्रै मानिसले यरुसलेममा यहोवा परमेश्‍वरको निम्ति भेटीहरू अनि यहुदाका राजा हिजकियाहको निम्ति उत्तम चिजहरू ल्याए।+ त्यो समयदेखि सबै राष्ट्रले राजा हिजकियाहको निकै आदर गर्न थाले।

२४ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे। त्यसैले तिनले यहोवा परमेश्‍वरलाई प्रार्थना गरे।+ उहाँले तिनलाई जवाफ दिनुभयो अनि एउटा चिन्ह पनि दिनुभयो।+ २५ तर हिजकियाहले आफ्नो निम्ति परमेश्‍वरले गरिदिनुभएको असल कुराहरूको कदर गरेनन्‌। किनकि तिनको हृदय घमन्डले फुल्यो। त्यसैले परमेश्‍वर हिजकियाहसित अनि यहुदा र यरुसलेमका मानिसहरूसित क्रोधित हुनुभयो। २६ तर हिजकियाहले आफ्नो घमन्डी हृदयलाई नम्र तुल्याए+ र यरुसलेमका बासिन्दाहरूले पनि आफैलाई नम्र तुल्याए। त्यसैले हिजकियाहको शासनकालमा यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि परेन।+

२७ हिजकियाहले थुप्रै सरसम्पत्ति र मानसम्मान हासिल गरे।+ तिनले सुन, चाँदी, बहुमूल्य रत्न, बाल्सम तेल,* ढाल र अन्य असल-असल चिजहरू राख्न आफ्नो निम्ति भण्डारहरू बनाए।+ २८ साथै तिनले अन्‍न र नयाँ मद्य राख्न भण्डारहरू बनाए अनि विभिन्‍न किसिमका वस्तुभाउ र भेडाबाख्राको लागि गोठहरू पनि बनाए। २९ तिनले थुप्रै सहर बनाए अनि प्रशस्तै भेडाबाख्रा र वस्तुभाउ जम्मा गरे। किनकि परमेश्‍वरले तिनलाई थुप्रै धनसम्पत्ति दिनुभएको थियो। ३० हिजकियाहले नै गिहोन+ नदीको माथिल्लो मुहान थुनिदिएका थिए+ र त्यसको पानीलाई सीधै दाउदनगरको+ दक्षिणतिर बग्नेगरि मोडिदिएका थिए। हिजकियाह आफ्नो हरेक काममा सफल भए। ३१ तर जब बेबिलोनका शासकहरूले आफ्ना प्रतिनिधिहरूलाई हिजकियाहकहाँ तिनको देशमा देखा परेको+ चिन्हबारे सोधपुछ गर्न पठाए,+ तब साँचो परमेश्‍वरले तिनको परीक्षा गर्न तिनलाई छोडिदिनुभयो+ किनकि उहाँ तिनको हृदयमा के छ भनी जान्‍न चाहनुहुन्थ्यो।+

३२ हिजकियाहको जीवनकालका बाँकी घटनाहरू र तिनको अटल प्रेम प्रकट गर्ने तिनका कामहरू+ आमोजका छोरा भविष्यवक्‍ता यसैयाको+ दर्शनको* लेखोटमा अनि ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्‌।+ ३३ हिजकियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदका सन्तानको चिहानतर्फ जाने उकालोमा गाडियो।+ तिनको मृत्यु हुँदा सारा यहुदा र यरुसलेमका बासिन्दाहरूले तिनको सम्मान गरे। तिनीपछि तिनका छोरा मनस्से राजा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने