प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • मिश्रको सहायता व्यर्थ (१-७)

      • मानिसहरू भविष्यवाणी सुन्‍न इन्कार गर्छन्‌ (८-१४)

      • भरोसा गर्दा बल पाइन्छ (१५-१७)

      • यहोवा आफ्ना मानिसहरूलाई दया देखाउनुहुन्छ (१८-२६)

        • यहोवा, महान्‌ शिक्षक (२०)

        • “बाटो यही हो” (२१)

      • यहोवाले अस्सेरियालाई दण्ड दिनुहुनेछ (२७-३३)

यसैया ३०:१

फुटनोट

  • *

    शा., “मद्यभेटी चढाउँछन्‌।” यसले सम्झौता गर्नुलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +यसै १:२; ६३:१०; ६५:२
  • +यसै २९:१५

यसैया ३०:२

फुटनोट

  • *

    शा., “फारोको गढमा।”

मार्जिनल रेफरेन्स

  • +गन २७:२१; १रा २२:७
  • +यसै ३१:१; इज २९:६

यसैया ३०:३

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:५

यसैया ३०:४

मार्जिनल रेफरेन्स

  • +यसै १९:११; इज ३०:१४

यसैया ३०:५

मार्जिनल रेफरेन्स

  • +यसै ३१:३; यर्मि २:३६

यसैया ३०:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ३१:१; यर्मि ३७:७, ८
  • +भज ८७:४; ८९:१०

यसैया ३०:८

मार्जिनल रेफरेन्स

  • +यसै ८:१; यर्मि ३६:२
  • +रोमी १५:४

यसैया ३०:९

फुटनोट

  • *

    वा “निर्देशन।”

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२७; यसै १:४; यर्मि ४४:३
  • +यसै ५९:३; यर्मि ९:३
  • +२इ ३३:१०; ३६:१५, १६; नहे ९:२९; यर्मि ७:१३

यसैया ३०:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ १६:१०; १८:७; यर्मि ११:२१; २६:११
  • +यर्मि २३:१६, १७; इज १३:७; मिका २:११

यसैया ३०:११

मार्जिनल रेफरेन्स

  • +आमो ७:१३, १६

यसैया ३०:१२

मार्जिनल रेफरेन्स

  • +आमो २:४, ५
  • +यर्मि १३:२५; मिका ३:११

यसैया ३०:१४

फुटनोट

  • *

    वा सम्भवतः “कुवाबाट।”

यसैया ३०:१५

मार्जिनल रेफरेन्स

  • +१इ ५:२०; २इ १६:८; यसै २६:३
  • +मत्ति २३:३७; प्रे ७:५१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२४, पृ. २८-२९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२१, पृ. ४

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. १५

यसैया ३०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ३१:१, ३
  • +व्य २८:४९, ५०; यर्मि ४:१३; वि ४:१९; हब १:६, ८

यसैया ३०:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३६; व्य ३२:३०
  • +इज १२:१६

यसैया ३०:१८

फुटनोट

  • *

    वा “उहाँलाई व्यग्रतासाथ पर्खन्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:६; इज ३६:९, १०
  • +भज १०२:१३; रोमी ९:१५
  • +भज ९९:४; यर्मि १०:२४
  • +यर्मि १७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ९, १३

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. २६

    ३/१/२००२, पृ. ३०

यसैया ३०:१९

मार्जिनल रेफरेन्स

  • +नहे ११:१; यसै ४४:२८; ६२:१; यर्मि ३१:६; जक १:१७
  • +नहे १२:२७; यसै ६१:३
  • +यर्मि २९:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ९

यसैया ३०:२०

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६; भज ८०:५
  • +अय्यु ३६:२२; भज ३२:८; ७१:१७; ११९:१०२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. १०

    प्रहरीधरहरा,

    ११/१/२००५, पृ. २३

    २/१५/२००३, पृ. ३१

    ६/१५/२००१, पृ. २०

यसैया ३०:२१

मार्जिनल रेफरेन्स

  • +व्य ५:३२; यहो १:७, ८; हित ४:२७
  • +भज २५:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. १०-११

    प्रहरीधरहरा,

    ११/१/२००५, पृ. २३

    ९/१/२००४, पृ. १७-१८

    २/१५/२००३, पृ. ३१

    ५/१५/१९९९, पृ. १७-१८

    ५/१/१९९६, पृ. २३

यसैया ३०:२२

फुटनोट

  • *

    वा “धातु पगालेर बनाइएका।”

  • *

    वा सम्भवतः “अनि घिनलाग्दो चिज भन्‍नेछौ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४; व्य ७:५, २५; न्याय १७:३, ४
  • +होसे १४:८; जक १३:२

यसैया ३०:२३

मार्जिनल रेफरेन्स

  • +भज ६५:९; जक १०:१
  • +होसे २:२१, २२
  • +यसै ६५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ११

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२

यसैया ३०:२५

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१८; ४४:३

यसैया ३०:२६

मार्जिनल रेफरेन्स

  • +वि २:१३
  • +यर्मि ३३:६; आमो ९:११
  • +यसै ६०:२०; प्रका २१:२३; २२:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ११

यसैया ३०:२७

फुटनोट

  • *

    शा., “यहोवाको नाम।”

मार्जिनल रेफरेन्स

  • +यसै १०:१७; नहु १:६; सप ३:८

यसैया ३०:२८

मार्जिनल रेफरेन्स

  • +२रा १९:२८; भज ३२:९

यसैया ३०:२९

फुटनोट

  • *

    वा “बाँसुरीको धुनमा।”

मार्जिनल रेफरेन्स

  • +व्य १६:१४; भज ४२:४; यर्मि ३३:१०, ११
  • +व्य ३२:४; यसै २६:४

यसैया ३०:३०

मार्जिनल रेफरेन्स

  • +भज २९:३, ४
  • +नहु १:२
  • +भज १८:१३
  • +न्याय ५:४
  • +यहो १०:११
  • +प्रस्थ १५:१६; भज ९८:१

यसैया ३०:३१

मार्जिनल रेफरेन्स

  • +यसै ३७:३६
  • +यसै १०:१२

यसैया ३०:३२

मार्जिनल रेफरेन्स

  • +यसै १०:२४, २६
  • +प्रस्थ १५:२०; न्याय ११:३४

यसैया ३०:३३

फुटनोट

  • *

    शा., “तोफेथ।”

मार्जिनल रेफरेन्स

  • +२रा २३:१०; यर्मि ७:३२
  • +यसै ३७:३७, ३८; इज ३२:२२

अरू

यसै. ३०:१यसै १:२; ६३:१०; ६५:२
यसै. ३०:१यसै २९:१५
यसै. ३०:२गन २७:२१; १रा २२:७
यसै. ३०:२यसै ३१:१; इज २९:६
यसै. ३०:३यर्मि १७:५
यसै. ३०:४यसै १९:११; इज ३०:१४
यसै. ३०:५यसै ३१:३; यर्मि २:३६
यसै. ३०:७यसै ३१:१; यर्मि ३७:७, ८
यसै. ३०:७भज ८७:४; ८९:१०
यसै. ३०:८यसै ८:१; यर्मि ३६:२
यसै. ३०:८रोमी १५:४
यसै. ३०:९व्य ३१:२७; यसै १:४; यर्मि ४४:३
यसै. ३०:९यसै ५९:३; यर्मि ९:३
यसै. ३०:९२इ ३३:१०; ३६:१५, १६; नहे ९:२९; यर्मि ७:१३
यसै. ३०:१०२इ १६:१०; १८:७; यर्मि ११:२१; २६:११
यसै. ३०:१०यर्मि २३:१६, १७; इज १३:७; मिका २:११
यसै. ३०:११आमो ७:१३, १६
यसै. ३०:१२आमो २:४, ५
यसै. ३०:१२यर्मि १३:२५; मिका ३:११
यसै. ३०:१५१इ ५:२०; २इ १६:८; यसै २६:३
यसै. ३०:१५मत्ति २३:३७; प्रे ७:५१
यसै. ३०:१६यसै ३१:१, ३
यसै. ३०:१६व्य २८:४९, ५०; यर्मि ४:१३; वि ४:१९; हब १:६, ८
यसै. ३०:१७लेवी २६:३६; व्य ३२:३०
यसै. ३०:१७इज १२:१६
यसै. ३०:१८प्रस्थ ३४:६; इज ३६:९, १०
यसै. ३०:१८भज १०२:१३; रोमी ९:१५
यसै. ३०:१८भज ९९:४; यर्मि १०:२४
यसै. ३०:१८यर्मि १७:७
यसै. ३०:१९नहे ११:१; यसै ४४:२८; ६२:१; यर्मि ३१:६; जक १:१७
यसै. ३०:१९नहे १२:२७; यसै ६१:३
यसै. ३०:१९यर्मि २९:११, १२
यसै. ३०:२०लेवी २६:२६; भज ८०:५
यसै. ३०:२०अय्यु ३६:२२; भज ३२:८; ७१:१७; ११९:१०२
यसै. ३०:२१व्य ५:३२; यहो १:७, ८; हित ४:२७
यसै. ३०:२१भज २५:८, ९
यसै. ३०:२२प्रस्थ ३२:४; व्य ७:५, २५; न्याय १७:३, ४
यसै. ३०:२२होसे १४:८; जक १३:२
यसै. ३०:२३भज ६५:९; जक १०:१
यसै. ३०:२३होसे २:२१, २२
यसै. ३०:२३यसै ६५:१०
यसै. ३०:२५यसै ४१:१८; ४४:३
यसै. ३०:२६वि २:१३
यसै. ३०:२६यर्मि ३३:६; आमो ९:११
यसै. ३०:२६यसै ६०:२०; प्रका २१:२३; २२:५
यसै. ३०:२७यसै १०:१७; नहु १:६; सप ३:८
यसै. ३०:२८२रा १९:२८; भज ३२:९
यसै. ३०:२९व्य १६:१४; भज ४२:४; यर्मि ३३:१०, ११
यसै. ३०:२९व्य ३२:४; यसै २६:४
यसै. ३०:३०भज २९:३, ४
यसै. ३०:३०नहु १:२
यसै. ३०:३०भज १८:१३
यसै. ३०:३०न्याय ५:४
यसै. ३०:३०यहो १०:११
यसै. ३०:३०प्रस्थ १५:१६; भज ९८:१
यसै. ३०:३१यसै ३७:३६
यसै. ३०:३१यसै १०:१२
यसै. ३०:३२यसै १०:२४, २६
यसै. ३०:३२प्रस्थ १५:२०; न्याय ११:३४
यसै. ३०:३३२रा २३:१०; यर्मि ७:३२
यसै. ३०:३३यसै ३७:३७, ३८; इज ३२:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ३०:१-३३

यसैया

३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+

जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्‌।+

जो सन्धि गर्छन्‌* तर मेरो चाहनाअनुसार होइन।

यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्‌।

 २ फारोले दिने सुरक्षामा* आड लिन

अनि मिश्रको छत्रछायामा शरण लिन

तिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्‌।+

 ३ तर फारोले दिने सुरक्षामा आड लिएकोले तिमीहरू लाजमा पर्नेछौ;

मिश्रको छत्रछायामा शरण लिएकोले तिमीहरूको अपमान हुनेछ।+

 ४ किनकि उसका शासकहरू जोअनमा+ छन्‌

र उसका दूतहरू हनेससम्मै पुगेका छन्‌।

 ५ तिनीहरू सबै लाजमा पर्नेछन्‌

किनकि मिश्रीहरूसित लागेर तिनीहरूलाई केही फाइदा हुनेछैन;

उनीहरूले तिनीहरूलाई केही मदत गर्नेछैनन्‌।

तिनीहरूले केवल अपमान र बेइज्जती भोग्नेछन्‌।”+

६ दक्षिणका जनावरहरूविरुद्ध यस्तो घोषणा गरियो:

दुःख र पीडाको देश,

गर्जने सिंहको देश,

विषालु सर्प र उड्‌ने विषालु सर्पको देश हुँदै

तिनीहरू आफ्नो सम्पत्ति गधाको काँधमा लादेर

अनि सरसामान उँटको जुरोमा राखेर आउँछन्‌।

तर ती सम्पत्ति र सरसामान कसैलाई काम लाग्नेछैन

 ७ किनकि मिश्रले दिने सहायता व्यर्थको छ।+

त्यसैले मैले त्यसलाई “चलहल नगरी बस्ने राहाब”*+ भनेको छु।

 ८ “अब गएर यी कुरा तिनीहरूकै सामने पाटीमा खोप

अनि पुस्तकमा लेख+

र त्यो सधैँभरिको लागि साक्षी होस्‌।+

 ९ किनकि तिनीहरू विद्रोही मानिस,+ कपटी छोरा हुन्‌।+

तिनीहरू यहोवाको व्यवस्था* सुन्‍न नचाहने छोराहरू हुन्‌।+

१० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्‌, ‘दर्शन* देख्न बन्द गर!’

अनि भविष्यवक्‍ताहरूलाई यसो भन्छन्‌, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+

बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+

११ सही मार्ग हिँड्‌न छोडिदेओ, त्यसबाट तर्केर जाओ।

इस्राएलका पवित्र परमेश्‍वरबारे हामीलाई बताउन बन्द गर!’”+

१२ त्यसकारण इस्राएलका पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“तिमीहरूले मेरो वचन सुन्‍न इन्कार गरेर+

छलकपट र झूटा कुराहरूमा भरोसा गऱ्‍यौ।

ती कुराहरूमै तिमीहरू भर पऱ्‍यौ।+

१३ त्यसैले तिमीहरूको यो गल्ती चिरैचिरा परेको पर्खालझैँ हुनेछ।

भुक्क उठेर भत्कनै लागेको अग्लो पर्खालझैँ हुनेछ;

त्यो अचानक, क्षणभरमै ढल्नेछ।

१४ माटोको ठूलो घ्याम्पोलाई झैँ त्यसलाई टुक्राटुक्रा पारिनेछ।

त्यसलाई धुलोपिठो पारिनेछ।

अगेनुबाट आगो झिक्न अथवा खाल्डाबाट* पानी निकाल्न

एउटा खपटो पनि बाँकी रहनेछैन।”

१५ किनकि ब्रह्‍माण्डका मालिक, इस्राएलका पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“मकहाँ फर्क र चुपचाप बस, तब तिमीहरू बाँच्नेछौ।

शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”+

तर तिमीहरू मेरो कुरा मान्‍न राजी भएनौ।+

१६ बरु तिमीहरूले यसो भन्यौ: “होइन, हामी त घोडा चढेर भाग्नेछौँ!”

भाग्नु त तिमीहरू पर्ने नै छ।

तिमीहरूले भन्यौ: “हामी बेतोडले कुद्‌ने घोडामा चढ्‌नेछौँ!”+

तर तिमीहरूलाई खेद्‌नेहरू तिमीहरूभन्दा छिटो हुनेछन्‌।+

१७ केवल एक जनाले धम्काउँदा तिमीहरूका हजार जना थरथर काँप्नेछन्‌।+

केवल पाँच जनाको धम्की सुनेर तिमीहरू भाग्नेछौ

र अन्तमा जो-जो बाँकी हुनेछौ, तिमीहरू पहाडको टुप्पोमा ठिङ्‌ग उभिएको खाँबोझैँ हुनेछौ;

डाँडामा ठड्‌याइएको झन्डाझैँ हुनेछौ।+

१८ तर यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।+

उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ।+

किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ।+

आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।*+

१९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्‌,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्‍नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+ २० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान्‌ शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान्‌ शिक्षकलाई+ देख्नेछौ। २१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्‍नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”

२२ कुँदिएका मूर्तिहरूमा मोहोरिएको चाँदी र धातुका* मूर्तिहरूमा मोहोरिएको सुनलाई तिमीले अशुद्ध ठान्‍नेछौ।+ तिमीले त्यसलाई महिनावारीको कपडालाई जस्तै मिल्काइदिनेछौ अनि यसो भन्‍नेछौ, “पर जा!”*+ २३ तिमीले छरेको बिउ पानीले भिजोस्‌ भनेर परमेश्‍वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्‌।+ २४ अनि खेत जोत्ने गाईवस्तु र गधाहरूले साबेल र काँटाले बत्ताइएको उत्तम कुँडो खानेछन्‌। २५ त्यो दिन जब धरहराहरू ढल्नेछन्‌ र भयङ्‌कर मारकाट मच्चिनेछ, तब हरेक अग्लो पर्वत र हरेक अग्लो डाँडामा खोलाहरू र नहरहरू बग्नेछन्‌।+ २६ त्यस दिन जब यहोवाले आफ्ना मानिसहरूको घाउमा पट्टी बाँध्नुहुनेछ+ र आफ्नो प्रहारले पुऱ्‍याएको गहिरो चोट निको पार्नुहुनेछ,+ तब पूर्णिमाको जून घामजत्तिकै उज्यालो हुनेछ। अनि घामको ज्योति सात गुणा चहकिलो हुनेछ;+ घामले सात दिनबराबरको ज्योति एकै खेपमा दिएझैँ हुनेछ।

२७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।

उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।

उहाँका ओठ क्रोधले भरिएका छन्‌

र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+

२८ उहाँको शक्‍ति उर्लेर आएको खोलाजस्तै छ, जसको पानी गर्दनसम्मै पुग्छ।

उहाँले राष्ट्रहरूलाई विनाशको चाल्नीमा हालेर हल्लाउनुहुनेछ

र जातिजातिका मानिसहरूलाई विनाशतिर लैजान तिनीहरूको चिउँडोमा+ लगाम कस्नुहुनेछ।

२९ तर तिमीले भने गीत गाउनेछौ।

तिम्रो गीत चाडको तयारीको रातमा+ गाइने गीतजस्तै हुनेछ।

अनि बाँसुरी बजाउँदै*

इस्राएलका चट्टान यहोवाको+ डाँडामा उक्लिरहेको मानिसको जस्तै

तिम्रो हृदय हर्षले गद्‌गद हुनेछ।

३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।

उहाँले आफ्नो भयङ्‌कर क्रोधमा+

भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएर

आफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ।

३१ किनकि यहोवाको आवाज सुनेर अस्सेरिया डरले थरथर काँप्नेछ।+

उहाँले त्यसलाई लौरोले हिर्काउनुहुनेछ।+

३२ यहोवाले युद्धमा आफ्नो हात अस्सेरियामाथि उठाउनुहुँदा,+

त्यसलाई सजाय दिने छडीले हिर्काउनुहुँदा

उहाँको प्रत्येक प्रहारमा

खैँजडी र वीणा बज्नेछ।+

३३ उहाँले त्यसको विनाश गर्न ठाउँ*+ तयार पारिसक्नुभएको छ।

राजाको लागि पनि त्यो ठाउँ तयार भइसकेको छ।+

उहाँले दाउरा राख्ने ठाउँ गहिरो र चौडा बनाउनुभएको छ

अनि दनदनी आगो बाल्न उहाँले त्यहाँ प्रशस्तै दाउरा राख्नुभएको छ।

गन्धकको खोलासरी यहोवाको सासले

त्यहाँ आगो लगाउनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने