प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • मूर्ति पुज्नेहरूलाई यहोवाको न्यायदण्ड (१-१६)

        • सौभाग्य देवता र भविष्य बताउने देवता (११)

        • “मेरा सेवकहरूले खानेछन्‌” (१३)

      • नयाँ आकाश र नयाँ पृथ्वी (१७-२५)

        • तिनीहरूले घर बनाउनेछन्‌; अङ्‌गुर बगान लगाउनेछन्‌ (२१)

        • कसैको परिश्रम खेर जानेछैन (२३)

यसैया ६५:१

मार्जिनल रेफरेन्स

  • +यसै ५५:६, ७
  • +रोमी १०:२०, २१

यसैया ६५:२

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२७; नहे ९:२९; जक ७:११
  • +यसै ५९:७, ८; यर्मि ३५:१५
  • +यर्मि ५:२३

यसैया ६५:३

मार्जिनल रेफरेन्स

  • +२रा १७:१६, १७; यर्मि ३२:२९
  • +यसै १:२९; ६६:१७

यसैया ६५:४

फुटनोट

  • *

    वा सम्भवतः “पहरा गर्न बसिने झुपडीहरूमा।”

मार्जिनल रेफरेन्स

  • +गन १९:१६
  • +लेवी ११:७, ८; यसै ६६:१७
  • +व्य १४:३

यसैया ६५:५

फुटनोट

  • *

    वा सम्भवतः “मेरो पवित्रता तिमीहरूलाई सर्ला।”

यसैया ६५:६

फुटनोट

  • *

    शा., “छातीभरि।”

मार्जिनल रेफरेन्स

  • +भज ५०:३, २१; यर्मि १६:१८; इज ११:२१

यसैया ६५:७

फुटनोट

  • *

    शा., “छातीभरि।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४, ५; लेवी २६:३९
  • +१रा २२:४१, ४३; २रा १२:३

यसैया ६५:८

फुटनोट

  • *

    शा., “आशिष्‌।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:११; आमो ९:८

यसैया ६५:९

मार्जिनल रेफरेन्स

  • +यसै ६०:२१; इज ३७:२१; ओब १७
  • +यसै ६१:७; सप ३:२०

यसैया ६५:१०

मार्जिनल रेफरेन्स

  • +यसै ३३:९
  • +यहो ७:२४; होसे २:१५

यसैया ६५:११

मार्जिनल रेफरेन्स

  • +यसै १:४
  • +२इ २८:२४; ३४:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४४

    प्रहरीधरहरा,

    ६/१/२००६, पृ. २७-२८

यसैया ६५:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२५; इज ६:१३
  • +इज ९:६
  • +२इ ३६:१५, १६
  • +यसै ६६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००६, पृ. २७-२८

यसैया ६५:१३

मार्जिनल रेफरेन्स

  • +भज ३७:१९, २५; आमो ८:११
  • +यसै ४९:१०
  • +यसै ६६:१४
  • +यसै ६६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३५

यसैया ६५:१५

मार्जिनल रेफरेन्स

  • +यसै ६२:२; यर्मि ३३:१६

यसैया ६५:१६

फुटनोट

  • *

    वा “वफादार।” शा., “आमिन।”

  • *

    वा “वफादार।” शा., “आमिन।”

मार्जिनल रेफरेन्स

  • +व्य ६:१३
  • +यसै १२:१; यर्मि ३१:१२; सप ३:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२३, पृ. २

यसैया ६५:१७

मार्जिनल रेफरेन्स

  • +एज्रा ५:२; यसै ५१:१६; ६६:२२; २प ३:१३
  • +प्रका २१:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ११२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१७, पृ. ७

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. ३२

    ११/१/२००८, पृ. ८

    ४/१५/२०००, पृ. ९-११, १४

    ६/१५/१९९८, पृ. ३२

    ७/१/१९९३, पृ. २५

    प्रकाशको चरमोत्कर्ष, पृ. १११, ३०१

    चिन्ता गर्नुहुन्छ?, पृ. २८

यसैया ६५:१८

मार्जिनल रेफरेन्स

  • +यसै ५१:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. ९-१०

यसैया ६५:१९

मार्जिनल रेफरेन्स

  • +यसै ६२:४; यर्मि ३२:४१
  • +यसै २५:८; यर्मि ३१:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. ९-१०

यसैया ६५:२०

फुटनोट

  • *

    वा सम्भवतः “सय वर्ष नपुगी मर्ने मानिसलाई श्रापित मानिस ठानिनेछ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१८, पृ. ११

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. १६

यसैया ६५:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:४
  • +यसै ६२:८; आमो ९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २७

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२, २३६-२३७

    प्रहरीधरहरा,

    ९/१५/२०१२, पृ. ९

    ४/१५/२०००, पृ. १६-१७

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

यसैया ६५:२२

मार्जिनल रेफरेन्स

  • +भज ९२:१२-१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. ५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३२, २३६-२३७

    प्रहरीधरहरा,

    ८/१/२००९, पृ. २२

    ५/१५/२०००, पृ. २९

    ४/१५/२०००, पृ. १६-१७

    ३/१/१९९५, पृ. ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०३

यसैया ६५:२३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३-५; व्य २८:४
  • +यसै ६१:९; ६६:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २७

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. १७

यसैया ६५:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०००, पृ. १७

यसैया ६५:२५

मार्जिनल रेफरेन्स

  • +यसै ३५:९; होसे २:१८
  • +यसै २:३, ४; ११:६-९; मिका ४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२०१२, पृ. ९-१०

    ४/१५/२०००, पृ. १७-१८

अरू

यसै. ६५:१यसै ५५:६, ७
यसै. ६५:१रोमी १०:२०, २१
यसै. ६५:२व्य ३१:२७; नहे ९:२९; जक ७:११
यसै. ६५:२यसै ५९:७, ८; यर्मि ३५:१५
यसै. ६५:२यर्मि ५:२३
यसै. ६५:३२रा १७:१६, १७; यर्मि ३२:२९
यसै. ६५:३यसै १:२९; ६६:१७
यसै. ६५:४गन १९:१६
यसै. ६५:४लेवी ११:७, ८; यसै ६६:१७
यसै. ६५:४व्य १४:३
यसै. ६५:६भज ५०:३, २१; यर्मि १६:१८; इज ११:२१
यसै. ६५:७प्रस्थ २०:४, ५; लेवी २६:३९
यसै. ६५:७१रा २२:४१, ४३; २रा १२:३
यसै. ६५:८यर्मि ३०:११; आमो ९:८
यसै. ६५:९यसै ६०:२१; इज ३७:२१; ओब १७
यसै. ६५:९यसै ६१:७; सप ३:२०
यसै. ६५:१०यसै ३३:९
यसै. ६५:१०यहो ७:२४; होसे २:१५
यसै. ६५:११यसै १:४
यसै. ६५:११२इ २८:२४; ३४:२५
यसै. ६५:१२लेवी २६:२५; इज ६:१३
यसै. ६५:१२इज ९:६
यसै. ६५:१२२इ ३६:१५, १६
यसै. ६५:१२यसै ६६:३
यसै. ६५:१३भज ३७:१९, २५; आमो ८:११
यसै. ६५:१३यसै ४९:१०
यसै. ६५:१३यसै ६६:१४
यसै. ६५:१३यसै ६६:५
यसै. ६५:१५यसै ६२:२; यर्मि ३३:१६
यसै. ६५:१६व्य ६:१३
यसै. ६५:१६यसै १२:१; यर्मि ३१:१२; सप ३:१४, १५
यसै. ६५:१७एज्रा ५:२; यसै ५१:१६; ६६:२२; २प ३:१३
यसै. ६५:१७प्रका २१:१, ४
यसै. ६५:१८यसै ५१:११
यसै. ६५:१९यसै ६२:४; यर्मि ३२:४१
यसै. ६५:१९यसै २५:८; यर्मि ३१:१२
यसै. ६५:२१यर्मि ३१:४
यसै. ६५:२१यसै ६२:८; आमो ९:१४
यसै. ६५:२२भज ९२:१२-१४
यसै. ६५:२३लेवी २६:३-५; व्य २८:४
यसै. ६५:२३यसै ६१:९; ६६:२२
यसै. ६५:२५यसै ३५:९; होसे २:१८
यसै. ६५:२५यसै २:३, ४; ११:६-९; मिका ४:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६५:१-२५

यसैया

६५ “जसले मेरो खोजीनिती गरेनन्‌, तिनै मानिसहरूसामु म देखा परेँ।

जसले मलाई खोज्दै खोजेनन्‌, तिनै मानिसहरूले मलाई भेट्टाए।+

जसले मेरो नामै पुकारेनन्‌, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+

 २ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+

जो खराब बाटोमा हिँडिरहेका छन्‌+

र आफ्नै विचारअनुसार चलिरहेका छन्‌।+

 ३ तिनीहरू मेरै मुखको सामुन्‍ने बारम्बार मेरै अपमान गर्छन्‌,+

तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्‌+ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि इँटामा बलि चढाउँछन्‌।

 ४ तिनीहरू चिहानहरूको वरपर बस्छन्‌+

र गुप्त ठाउँहरूमा* रात बिताउँछन्‌

अनि सुँगुरको मासु खान्छन्‌+

र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्‌।+

 ५ तिनीहरू भन्छन्‌, ‘टाढै बस, मेरो नजिक नआओ

किनकि म तिमीहरूभन्दा पवित्र छु।’*

तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्‌

र दिनभरि बलिरहने आगोजस्ता छन्‌।

 ६ हेर! मेरै सामने यो कुरा लेखिएको छ;

म चुपचाप बस्नेछैनँ;

म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+

तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्‌।

 ७ तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्‌नेगरि डाँडाहरूमा बलि चढाएका छन्‌

अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्‌।+

त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”

 ८ यहोवा यसो भन्‍नुहुन्छ:

“जसरी नयाँ रक्सी बनाउन मिल्ने अङ्‌गुरको झुप्पा देख्दा मानिसहरू भन्छन्‌,

‘त्यसलाई नष्ट नगर, त्यसमा केही असल कुरा* छ,’

त्यसरी नै मेरा सेवकहरूको खातिर म केही गर्नेछु।

म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।+

 ९ याकुबबाट म सन्तान उत्पन्‍न गर्नेछु

अनि मेरा डाँडाहरूको उत्तराधिकारी हुन यहुदाबाट सन्तान उत्पन्‍न गर्नेछु।+

मैले चुनेका जनहरूले त्यसमाथि अधिकार गर्नेछन्‌,

मेरा सेवकहरू त्यहाँ बस्नेछन्‌।+

१० सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछ

अनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।

मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु।

११ तर तिमीहरू त यहोवालाई त्याग्नेहरूमध्येका हौ,+

जसले मेरो पवित्र डाँडालाई बिर्सेका छन्‌,+

जसले सौभाग्य देवताको लागि टेबुल तयार गर्छन्‌

अनि भविष्य बताउने देवताको लागि मसला हालिएको रक्सी प्यालामा टक्य्राउँछन्‌।

१२ त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+

तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+

किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,

मैले बोल्दा तिमीहरूले सुनेनौ।+

मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्‍यौ

अनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+

१३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“हेर! मेरा सेवकहरूले खानेछन्‌ तर तिमीहरू भने भोकै रहनेछौ।+

हेर! मेरा सेवकहरूले पिउनेछन्‌+ तर तिमीहरू भने तिर्खाउनेछौ।

हेर! मेरा सेवकहरू रमाउनेछन्‌+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+

१४ हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्‌।

तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौ

अनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ।

१५ तिमीहरूले यस्तो नाम कमाउनेछौ, जुन नाम मैले चुनेका जनहरूले सराप्न चलाउनेछन्‌।

ब्रह्‍माण्डका मालिक यहोवाले तिमीहरू प्रत्येकलाई मृत्युदण्ड दिनुहुनेछ

तर आफ्ना सेवकहरूलाई भने उहाँले अर्कै नामले बोलाउनुहुनेछ।+

१६ तब पृथ्वीमा आशिष्‌ पाउन चाहने जो कोहीले पनि

सत्य* परमेश्‍वरबाट आशिष्‌ पाउनेछ

र पृथ्वीमा शपथ खाने जो कोहीले पनि

सत्य* परमेश्‍वरको नाममा शपथ खानेछ।+

किनकि पहिलेका दुःखहरू बिर्सिइनेछन्‌,

ती मेरो नजरबाट लुकाइनेछन्‌।+

१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+

अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌;

ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+

१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।

किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्‍नेछ

अनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्‌।+

१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+

त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+

२० “त्यहाँ फेरि कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन,

वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।

सय वर्षसम्म बाँचेर मर्ने मानिसलाई समेत जवानै ठानिनेछ

तर पापी मानिस भने सय वर्ष बाँचे पनि ऊ श्रापितै भएर मर्नेछ।*

२१ तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌।+

तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+

२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;

तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।

मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+

मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।

२३ तिनीहरूको परिश्रम खेर जानेछैन;+

तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्‌।

किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबै

यहोवाले आशिष्‌ दिनुभएका जाति हुन्‌।+

२४ तिनीहरूले पुकार्नुअघि नै म जवाफ दिनेछु।

तिनीहरूले बोल्न नसिद्धिँदै म तिनीहरूको कुरा सुन्‍नेछु।

२५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,

सिंहले गोरुले जस्तै पराल खानेछ,+

सर्पको आहारा धुलो हुनेछ।

तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने