प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • पुजारी नियुक्‍त हुँदा (१-३७)

      • हरेक दिन चढाउनुपर्ने भेटी (३८-४६)

प्रस्थान २९:१

मार्जिनल रेफरेन्स

  • +लेवी ८:२; व्य १७:१

प्रस्थान २९:२

फुटनोट

  • *

    शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ६:२०

प्रस्थान २९:३

मार्जिनल रेफरेन्स

  • +लेवी ८:२६

प्रस्थान २९:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३६; ४०:२८; लेवी ८:२, ३
  • +लेवी ८:६; हिब्रू १०:२२

प्रस्थान २९:५

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४; लेवी ८:७; १६:४
  • +प्रस्थ २८:८

प्रस्थान २९:६

फुटनोट

  • *

    वा “पवित्र मुकुट।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:३६; ३९:३०; लेवी ८:९

प्रस्थान २९:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३-२५
  • +लेवी ८:१२; भज १३३:२; यसै ६१:१; प्रे १०:३८

प्रस्थान २९:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४०; लेवी ८:१३

प्रस्थान २९:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१-३, ४०, ४३; ४०:१५
  • +प्रस्थ २८:४१

प्रस्थान २९:१०

मार्जिनल रेफरेन्स

  • +लेवी ८:१४-१७

प्रस्थान २९:११

मार्जिनल रेफरेन्स

  • +लेवी ४:३

प्रस्थान २९:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:२
  • +लेवी ४:७

प्रस्थान २९:१३

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१७
  • +लेवी ४:८-१०

प्रस्थान २९:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

प्रस्थान २९:१५

मार्जिनल रेफरेन्स

  • +लेवी १:४; ८:१८-२१

प्रस्थान २९:१६

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:२२

प्रस्थान २९:१७

मार्जिनल रेफरेन्स

  • +लेवी १:१३

प्रस्थान २९:१८

फुटनोट

  • *

    शा., “शान्त पार्ने।”

मार्जिनल रेफरेन्स

  • +उत्प ८:२१

प्रस्थान २९:१९

मार्जिनल रेफरेन्स

  • +लेवी ८:२२-२४

प्रस्थान २९:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३-२५
  • +लेवी ८:३०

प्रस्थान २९:२२

फुटनोट

  • *

    बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

मार्जिनल रेफरेन्स

  • +लेवी ३:९, १०
  • +लेवी ८:२२, २५-२८

प्रस्थान २९:२४

फुटनोट

  • *

    वा “घुमाउनू।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

प्रस्थान २९:२६

मार्जिनल रेफरेन्स

  • +लेवी ८:२९; भज ९९:६

प्रस्थान २९:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:२२

प्रस्थान २९:२८

मार्जिनल रेफरेन्स

  • +लेवी ७:३४; १०:१४
  • +लेवी ७:११, १४

प्रस्थान २९:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४
  • +गन २०:२६

प्रस्थान २९:३०

मार्जिनल रेफरेन्स

  • +लेवी ८:३५

प्रस्थान २९:३१

मार्जिनल रेफरेन्स

  • +लेवी ८:३१

प्रस्थान २९:३२

मार्जिनल रेफरेन्स

  • +१कोरि. ९:१३

प्रस्थान २९:३३

फुटनोट

  • *

    शा., “कुनै पराईले।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

मार्जिनल रेफरेन्स

  • +लेवी २२:१०; गन ३:१०

प्रस्थान २९:३४

मार्जिनल रेफरेन्स

  • +लेवी ८:३२

प्रस्थान २९:३५

मार्जिनल रेफरेन्स

  • +लेवी ८:४, ३३

प्रस्थान २९:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२६, २८; लेवी ८:११; गन ७:१

प्रस्थान २९:३७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:१०

प्रस्थान २९:३८

मार्जिनल रेफरेन्स

  • +२इ २:४; हिब्रू ७:२७; १०:११

प्रस्थान २९:३९

फुटनोट

  • *

    शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +गन २८:४-६

प्रस्थान २९:४०

फुटनोट

  • *

    एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रस्थान २९:४२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२२; लेवी १:१; गन १७:४

प्रस्थान २९:४३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३४; गन १२:५; १रा ८:११

प्रस्थान २९:४४

मार्जिनल रेफरेन्स

  • +लेवी २२:९

प्रस्थान २९:४५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:८; लेवी २६:१२; जक २:११; २कोरि. ६:१६

प्रस्थान २९:४६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२

अरू

प्रस्थ. २९:१लेवी ८:२; व्य १७:१
प्रस्थ. २९:२लेवी ६:२०
प्रस्थ. २९:३लेवी ८:२६
प्रस्थ. २९:४प्रस्थ २६:३६; ४०:२८; लेवी ८:२, ३
प्रस्थ. २९:४लेवी ८:६; हिब्रू १०:२२
प्रस्थ. २९:५प्रस्थ २८:४; लेवी ८:७; १६:४
प्रस्थ. २९:५प्रस्थ २८:८
प्रस्थ. २९:६प्रस्थ २८:३६; ३९:३०; लेवी ८:९
प्रस्थ. २९:७प्रस्थ ३०:२३-२५
प्रस्थ. २९:७लेवी ८:१२; भज १३३:२; यसै ६१:१; प्रे १०:३८
प्रस्थ. २९:८प्रस्थ २८:४०; लेवी ८:१३
प्रस्थ. २९:९प्रस्थ २८:१-३, ४०, ४३; ४०:१५
प्रस्थ. २९:९प्रस्थ २८:४१
प्रस्थ. २९:१०लेवी ८:१४-१७
प्रस्थ. २९:११लेवी ४:३
प्रस्थ. २९:१२प्रस्थ २७:२
प्रस्थ. २९:१२लेवी ४:७
प्रस्थ. २९:१३लेवी ३:१७
प्रस्थ. २९:१३लेवी ४:८-१०
प्रस्थ. २९:१५लेवी १:४; ८:१८-२१
प्रस्थ. २९:१६हिब्रू ९:२२
प्रस्थ. २९:१७लेवी १:१३
प्रस्थ. २९:१८उत्प ८:२१
प्रस्थ. २९:१९लेवी ८:२२-२४
प्रस्थ. २९:२१प्रस्थ ३०:२३-२५
प्रस्थ. २९:२१लेवी ८:३०
प्रस्थ. २९:२२लेवी ३:९, १०
प्रस्थ. २९:२२लेवी ८:२२, २५-२८
प्रस्थ. २९:२६लेवी ८:२९; भज ९९:६
प्रस्थ. २९:२७प्रस्थ २९:२२
प्रस्थ. २९:२८लेवी ७:३४; १०:१४
प्रस्थ. २९:२८लेवी ७:११, १४
प्रस्थ. २९:२९प्रस्थ २८:४
प्रस्थ. २९:२९गन २०:२६
प्रस्थ. २९:३०लेवी ८:३५
प्रस्थ. २९:३१लेवी ८:३१
प्रस्थ. २९:३२१कोरि. ९:१३
प्रस्थ. २९:३३लेवी २२:१०; गन ३:१०
प्रस्थ. २९:३४लेवी ८:३२
प्रस्थ. २९:३५लेवी ८:४, ३३
प्रस्थ. २९:३६प्रस्थ ३०:२६, २८; लेवी ८:११; गन ७:१
प्रस्थ. २९:३७प्रस्थ ४०:१०
प्रस्थ. २९:३८२इ २:४; हिब्रू ७:२७; १०:११
प्रस्थ. २९:३९गन २८:४-६
प्रस्थ. २९:४२प्रस्थ २५:२२; लेवी १:१; गन १७:४
प्रस्थ. २९:४३प्रस्थ ४०:३४; गन १२:५; १रा ८:११
प्रस्थ. २९:४४लेवी २२:९
प्रस्थ. २९:४५प्रस्थ २५:८; लेवी २६:१२; जक २:११; २कोरि. ६:१६
प्रस्थ. २९:४६प्रस्थ २०:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २९:१-४६

प्रस्थान

२९ “हारुन र तिनका छोराहरूले पुजारीको रूपमा मेरो सेवा गर्नुअघि तिनीहरूलाई यसरी चोख्याउनू: एउटा बहर र दुई वटा निष्खोट थुमा ल्याउनू।+ २ साथै अखमिरा* रोटी, तेलमा मुछेर पकाइएको सेल आकारको अखमिरा रोटी र तेल दलेको अखमिरा पापडी ल्याउनू।+ तिमीले यी सबै रोटी गहुँको मसिनो पीठोले बनाउनू। ३ ती रोटीहरू एउटा टोकरीमा राख्नू अनि त्यसलाई बहर र दुई वटा थुमासँगै चढाउनू।+

४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+ ५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+ ६ तिनको शिरमा फेटा लगाइदिनू र त्यसमा समर्पणको पवित्र चिन्ह* बाँधिदिनू।+ ७ अनि अभिषेक गर्ने तेल लिनू+ र तिनको शिरमा खन्याएर तिनलाई अभिषेक गर्नू।+

८ “त्यसपछि तिनका छोराहरूलाई अगाडि ल्याउनू र तिनीहरूलाई पनि कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ ९ हारुन र तिनका छोराहरूलाई पटुका कसिदिनू अनि शिरपोस लगाइदिनू। अबदेखि सधैँ तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌, मेरो यो नियम सधैँभरि कायम राख्नू।+ यसरी तिमीले हारुन र तिनका छोराहरूलाई पुजारीको काम गर्न नियुक्‍त गर्नू।+

१० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्‌।+ ११ अनि भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु बहर काट्‌नू।+ १२ बहरको रगतमा तिम्रो औँला चोपेर वेदीका सिङहरूमा रगत लगाइदिनू+ अनि बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याइदिनू।+ १३ त्यसपछि आन्द्राभुँडी ढाक्ने बोसो,+ कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला र त्यसमाथि भएको बोसो लिनू र त्यसलाई वेदीमा जलाइदिनू।+ १४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।

१५ “त्यसपछि दुई वटा थुमामध्ये एउटा थुमा लिनू अनि हारुन र तिनका छोराहरूले त्यसको टाउकोमा आफ्नो हात राखून्‌।+ १६ अनि त्यो थुमा काट्‌नू र त्यसको रगत लिएर वेदीको रिङ्‌गै छर्कनू।+ १७ थुमालाई भाग-भाग पार्नू, त्यसको आन्द्रा र खुट्टाहरू पखाल्नू+ अनि ती भागहरू र टाउकोलाई मिलाएर राख्नू। १८ यसरी मिलाएर राखिएको थुमालाई वेदीमा जलाउनू। यो यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना भएको अग्निभेटी हो।+ यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

१९ “अर्को थुमा पनि लिनू अनि हारुन र तिनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखून्‌।+ २० त्यो थुमा काट्‌नू; त्यसको अलिकति रगत लिएर हारुनको दाहिने कानको लोती र तिनका छोराहरूको दाहिने कानको लोतीमा लगाइदिनू। तिनीहरूको दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा पनि रगत लगाइदिनू; त्यसपछि रगत वेदीको रिङ्‌गै छर्कनू। २१ अनि वेदीबाट अलिकति रगत लिनू र अभिषेक गर्ने अलिकति तेल पनि लिएर+ त्यसलाई हारुन र तिनको पोसाकमा अनि तिनका छोराहरू र तिनीहरूको पोसाकमा छर्कनू। यसरी हारुन र तिनको पोसाक अनि तिनका छोराहरू र तिनीहरूको पोसाक पवित्र हुनेछ।+

२२ “त्यसपछि थुमाको बोसो, बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला अनि त्यसमाथि भएको बोसो+ र दाहिने खुट्टा लिनू किनकि यो पुजारी नियुक्‍त गर्दा चढाइने थुमा हो।+ २३ यहोवा परमेश्‍वरसामु राखिएका रोटीहरूको टोकरीबाट एउटा गोलो अखमिरा रोटी, तेलमा मुछेको सेल आकारको एउटा अखमिरा रोटी र एउटा अखमिरा पापडी पनि लिनू। २४ तिमीले यी सबै कुरा हारुन र तिनका छोराहरूको हातमा राख्नू र त्यसलाई डोलाउनू।* यसरी यहोवा परमेश्‍वरसामु डोलाउने भेटी* चढाउनू। २५ अनि यी सबै कुरा तिनीहरूका हातबाट लिएर जलिरहेको अग्निभेटीमाथि राखेर जलाइदिनू। यसबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

२६ “त्यसपछि हारुनलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाको ह्‍याकुला लिनू+ र त्यसलाई यहोवा परमेश्‍वरसामु डोलाउनू। यसरी चढाइएको भेटीचाहिँ तिम्रो भाग हुनेछ। २७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+ २८ यी दुवै पवित्र पारिएको भाग भएकोले हारुन र तिनका छोराहरूलाई दिने गर्नू। यो नियम इस्राएलीहरूले सधैँ पालन गरून्‌।+ इस्राएलीहरूले मेलबलि चढाउँदा यी भागहरू हारुन र तिनका छोराहरूलाई दिनु भनेको यहोवा परमेश्‍वरलाई दिनुसरह हो।+

२९ “हारुनको पवित्र पोसाक+ तिनको शेषपछि तिनका छोरा र नातिपनातिलाई दिइयोस्‌;+ पुजारी अभिषेक हुँदा र त्यस ओहदामा नियुक्‍त हुँदा तिनीहरूले ती पोसाक लगाऊन्‌। ३० हारुनको शेषपछि तिनको ठाउँमा पुजारी नियुक्‍त हुने तिनका छोरा जब पवित्र ठाउँमा सेवा गर्न भेट हुने पालमा आउँछन्‌, तब तिनले सात दिनसम्म ती पोसाक लगाऊन्‌।+

३१ “पुजारी नियुक्‍त गर्दा चढाइएको थुमाको मासु लिएर त्यसलाई पवित्र ठाउँमा उसिन्‍नू।+ ३२ अनि हारुन र तिनका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा थुमाको मासु र टोकरीमा भएको रोटी खाऊन्‌।+ ३३ तिनीहरूलाई पुजारी नियुक्‍त गर्नुअघि तिनीहरूको पापको प्रायश्‍चितको निम्ति अनि तिनीहरूलाई चोख्याउन जुन-जुन कुरा अर्पण गरिएको थियो, त्यो तिनीहरूले खाऊन्‌। तर तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिसले* ती नखाओस्‌ किनकि ती पवित्र कुरा हुन्‌।+ ३४ बलि चढाइएको थुमाको मासु र रोटी भोलिपल्ट बिहानसम्म बाँकी रह्‍यो भने आगोमा जलाइदिनू।+ ती कसैले नखाओस्‌ किनकि ती पवित्र कुरा हुन्‌।

३५ “मैले तिमीलाई आज्ञा गरेबमोजिमै हारुन र तिनका छोराहरूलाई पुजारी नियुक्‍त गर्नू। तिनीहरूलाई सात दिन लगाएर पुजारी नियुक्‍त गर्नू।+ ३६ तिमीले हरेक दिन पापको प्रायश्‍चितका लागि बहर काटेर पापभेटी चढाउनू; यसरी प्रायश्‍चितको बलि चढाएर वेदीको पाप हटाउनू र त्यसलाई शुद्ध पार्नू अनि वेदीलाई चोख्याउन अभिषेक गर्नू।+ ३७ तिमीले सात दिनसम्म वेदीको निम्ति प्रायश्‍चितको बलि चढाउनू र त्यसलाई चोख्याउनू; यसरी त्यो वेदी महापवित्र हुनेछ।+ वेदीमा सेवा गर्ने हरेक मानिस पवित्र हुनुपर्छ।

३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+ ३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। ४२ तिमीले भेट हुने पालको प्रवेशद्वारमा यो अग्निभेटी यहोवा परमेश्‍वरसामु पुस्तौँपुस्तासम्म निरन्तर चढाउनू; त्यहीँ म तिमीसामु देखा पर्नेछु र तिमीसित कुरा गर्नेछु।+

४३ “म त्यहाँ इस्राएलीहरूसामु देखा पर्नेछु र मेरो वैभवले त्यो ठाउँ पवित्र हुनेछ।+ ४४ भेट हुने पाल र वेदीलाई म चोख्याउनेछु अनि हारुन र तिनका छोराहरूले पुजारीको काम गरून्‌ भनेर तिनीहरूलाई पनि चोख्याउनेछु।+ ४५ म इस्राएलीहरूमाझ बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।+ ४६ तिनीहरूमाझ बास गर्नको लागि तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म यहोवा नै तिनीहरूका परमेश्‍वर हुँ भनेर तिनीहरूले पक्कै थाह पाउनेछन्‌।+ म यहोवा तिनीहरूका परमेश्‍वर हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने