प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसुलाई पिलातसको हातमा सुम्पिइन्छ (१, २)

      • यहुदा झुन्डिएर मर्छन्‌ (३-१०)

      • पिलातससामु येसु (११-२६)

      • सबैको अगाडि गिज्याइन्छ (२७-३१)

      • गलगथामा खम्बामा टाँगिन्छ (३२-४४)

      • येसुको मृत्यु (४५-५६)

      • येसुको शव चिहानमा राखिन्छ (५७-६१)

      • चिहानमा कडा सुरक्षा (६२-६६)

मत्ति २७:१

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:१; लुका २२:६६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०

मत्ति २७:२

मार्जिनल रेफरेन्स

  • +भज २:२; मत्ति २०:१८, १९; लुका २३:१; युह १८:२८; प्रे ३:१३

मत्ति २७:३

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:१४, १५; मर्कु १४:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. ३१

मत्ति २७:५

मार्जिनल रेफरेन्स

  • +प्रे १:१६, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०

    नयाँ संसार अनुवाद, पृ. १५

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १३

    ८/१/१९९०

मत्ति २७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/१९९८, पृ. ५

मत्ति २७:८

मार्जिनल रेफरेन्स

  • +प्रे १:१९

मत्ति २७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १३

मत्ति २७:१०

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +जक ११:१२, १३

मत्ति २७:११

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:२-५; लुका २३:३; युह १८:३३, ३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

मत्ति २७:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; मत्ति २६:६३; युह १९:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९२

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

    ११/१/२००८, पृ. ५

    १२/१/१९९८, पृ. १५

मत्ति २७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९२

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

    ११/१/२००८, पृ. ५

मत्ति २७:१५

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:६-१०; युह १८:३९

मत्ति २७:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९३

मत्ति २७:२०

मार्जिनल रेफरेन्स

  • +लुका २३:१८; युह १८:४०; प्रे ३:१४
  • +मर्कु १५:११-१४

मत्ति २७:२२

मार्जिनल रेफरेन्स

  • +लुका २३:२१

मत्ति २७:२३

मार्जिनल रेफरेन्स

  • +लुका २३:२३; प्रे ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९४

मत्ति २७:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००५, पृ. १२

मत्ति २७:२५

मार्जिनल रेफरेन्स

  • +प्रे ५:२७, २८; १थि २:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    पृ. २०-२२

मत्ति २७:२६

मार्जिनल रेफरेन्स

  • +लुका १८:३३; युह १९:१
  • +मर्कु १५:१५; लुका २३:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९४

मत्ति २७:२७

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:१६-२०

मत्ति २७:२८

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

मार्जिनल रेफरेन्स

  • +युह १९:२, ३

मत्ति २७:२९

फुटनोट

  • *

    वा “तपाईँको जय होस्‌!”

मत्ति २७:३०

मार्जिनल रेफरेन्स

  • +यसै ५०:६; मत्ति २६:६७

मत्ति २७:३१

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; मत्ति २०:१८, १९

मत्ति २७:३२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “यातनाको खम्बा बोक्ने अनिवार्य सेवामा लगाए।”

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:२१; लुका २३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६-२९७

मत्ति २७:३३

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:२२-२४; लुका २३:३३; युह १९:१७

मत्ति २७:३४

फुटनोट

  • *

    यो वनस्पतिबाट बनाइएको तीतो नशालु पदार्थ हुन सक्छ।

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +भज ६९:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९८

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५

मत्ति २७:३५

मार्जिनल रेफरेन्स

  • +भज २२:१८; मर्कु १५:२४; लुका २३:३४; युह १९:२३, २४

मत्ति २७:३७

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:२६; लुका २३:३८; युह १९:१९

मत्ति २७:३८

मार्जिनल रेफरेन्स

  • +यसै ५३:१२; मर्कु १५:२७; लुका २३:३३; युह १९:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०१२, पृ. ३२

    ८/१५/२०११, पृ. १४-१५

    ११/१/२००८, पृ. ५

मत्ति २७:३९

मार्जिनल रेफरेन्स

  • +भज २२:७; १०९:२५; लुका १८:३२; हिब्रू १२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५

मत्ति २७:४०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६०, ६१; युह २:१९
  • +मर्कु १५:२९-३२

मत्ति २७:४१

मार्जिनल रेफरेन्स

  • +लुका २३:३५

मत्ति २७:४२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १:४९; १२:१३

मत्ति २७:४३

मार्जिनल रेफरेन्स

  • +भज २२:८
  • +मर्कु १४:६२; युह ५:१८; १०:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५

मत्ति २७:४४

मार्जिनल रेफरेन्स

  • +लुका २३:३९

मत्ति २७:४५

फुटनोट

  • *

    मध्यान्ह १२ बजेतिरदेखि।

  • *

    दिउँसो ३ बजेतिरसम्म।

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:३३; लुका २३:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००

मत्ति २७:४६

मार्जिनल रेफरेन्स

  • +भज २२:१; यसै ५३:१०; मर्कु १५:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. ११, ३०-३१

    येसु—बाटो, पृ. ३००

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३२

    ३/१५/१९९९, पृ. ८-९

मत्ति २७:४७

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:३५, ३६

मत्ति २७:४८

मार्जिनल रेफरेन्स

  • +भज ६९:२१; लुका २३:३६; युह १९:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५

मत्ति २७:४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. ७

मत्ति २७:५०

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:३७; लुका २३:४६; युह १९:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२००५, पृ. ७

मत्ति २७:५१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३१-३३; हिब्रू ९:३
  • +मर्कु १५:३८; लुका २३:४५; हिब्रू १०:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००-३०१

    प्रकाशको चरमोत्कर्ष, पृ. १६१

    प्रहरीधरहरा,

    ७/१/१९९६, पृ. १५-१६

मत्ति २७:५२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००-३०१

मत्ति २७:५३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००-३०१

मत्ति २७:५४

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌, लेख ६

    येसु—बाटो, पृ. ३०१

    प्रहरीधरहरा,

    ८/१/२०१०, पृ. १५

मत्ति २७:५५

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:४०, ४१; लुका ८:२, ३

मत्ति २७:५६

फुटनोट

  • *

    शा., “जब्दिका छोराहरूकी आमा।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२०; युह १९:२५

मत्ति २७:५७

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:४२, ४३; लुका २३:५०-५३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    ११/१/२००८, पृ. ५

मत्ति २७:५८

मार्जिनल रेफरेन्स

  • +व्य २१:२२, २३
  • +मर्कु १५:४५-४७; युह १९:३८

मत्ति २७:५९

मार्जिनल रेफरेन्स

  • +युह १९:४०, ४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. २०

मत्ति २७:६०

मार्जिनल रेफरेन्स

  • +यसै ५३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. २०

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    ११/१/२००८, पृ. ५

मत्ति २७:६१

मार्जिनल रेफरेन्स

  • +लुका २३:५५

मत्ति २७:६२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु १५:४२; लुका २३:५४; युह १९:१४

मत्ति २७:६३

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:४०; युह २:१९

मत्ति २७:६४

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१२, १३

मत्ति २७:६५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०३

अरू

मत्ति २७:१मर्कु १५:१; लुका २२:६६
मत्ति २७:२भज २:२; मत्ति २०:१८, १९; लुका २३:१; युह १८:२८; प्रे ३:१३
मत्ति २७:३मत्ति २६:१४, १५; मर्कु १४:१०, ११
मत्ति २७:५प्रे १:१६, १८
मत्ति २७:८प्रे १:१९
मत्ति २७:१०जक ११:१२, १३
मत्ति २७:११मर्कु १५:२-५; लुका २३:३; युह १८:३३, ३७
मत्ति २७:१२यसै ५३:७; मत्ति २६:६३; युह १९:९
मत्ति २७:१५मर्कु १५:६-१०; युह १८:३९
मत्ति २७:२०लुका २३:१८; युह १८:४०; प्रे ३:१४
मत्ति २७:२०मर्कु १५:११-१४
मत्ति २७:२२लुका २३:२१
मत्ति २७:२३लुका २३:२३; प्रे ३:१३
मत्ति २७:२५प्रे ५:२७, २८; १थि २:१४, १५
मत्ति २७:२६लुका १८:३३; युह १९:१
मत्ति २७:२६मर्कु १५:१५; लुका २३:२५
मत्ति २७:२७मर्कु १५:१६-२०
मत्ति २७:२८युह १९:२, ३
मत्ति २७:३०यसै ५०:६; मत्ति २६:६७
मत्ति २७:३१यसै ५३:७; मत्ति २०:१८, १९
मत्ति २७:३२मर्कु १५:२१; लुका २३:२६
मत्ति २७:३३मर्कु १५:२२-२४; लुका २३:३३; युह १९:१७
मत्ति २७:३४भज ६९:२१
मत्ति २७:३५भज २२:१८; मर्कु १५:२४; लुका २३:३४; युह १९:२३, २४
मत्ति २७:३७मर्कु १५:२६; लुका २३:३८; युह १९:१९
मत्ति २७:३८यसै ५३:१२; मर्कु १५:२७; लुका २३:३३; युह १९:१८
मत्ति २७:३९भज २२:७; १०९:२५; लुका १८:३२; हिब्रू १२:३
मत्ति २७:४०मत्ति २६:६०, ६१; युह २:१९
मत्ति २७:४०मर्कु १५:२९-३२
मत्ति २७:४१लुका २३:३५
मत्ति २७:४२युह १:४९; १२:१३
मत्ति २७:४३भज २२:८
मत्ति २७:४३मर्कु १४:६२; युह ५:१८; १०:३६
मत्ति २७:४४लुका २३:३९
मत्ति २७:४५मर्कु १५:३३; लुका २३:४४
मत्ति २७:४६भज २२:१; यसै ५३:१०; मर्कु १५:३४
मत्ति २७:४७मर्कु १५:३५, ३६
मत्ति २७:४८भज ६९:२१; लुका २३:३६; युह १९:२९
मत्ति २७:५०मर्कु १५:३७; लुका २३:४६; युह १९:३०
मत्ति २७:५१प्रस्थ २६:३१-३३; हिब्रू ९:३
मत्ति २७:५१मर्कु १५:३८; लुका २३:४५; हिब्रू १०:१९, २०
मत्ति २७:५४मर्कु १५:३९
मत्ति २७:५५मर्कु १५:४०, ४१; लुका ८:२, ३
मत्ति २७:५६मत्ति २०:२०; युह १९:२५
मत्ति २७:५७मर्कु १५:४२, ४३; लुका २३:५०-५३
मत्ति २७:५८व्य २१:२२, २३
मत्ति २७:५८मर्कु १५:४५-४७; युह १९:३८
मत्ति २७:५९युह १९:४०, ४१
मत्ति २७:६०यसै ५३:९
मत्ति २७:६१लुका २३:५५
मत्ति २७:६२मर्कु १५:४२; लुका २३:५४; युह १९:१४
मत्ति २७:६३मत्ति १२:४०; युह २:१९
मत्ति २७:६४मत्ति २८:१२, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति २७:१-६६

मत्तिका अनुसार

२७ बिहान भएपछि सबै मुख्य पुजारी अनि धर्मगुरुहरूले येसुलाई कसरी मार्ने भनेर आपसमा सल्लाह गरे।+ २ तिनीहरूले उहाँलाई बाँधे अनि लगेर राज्यपाल पिलातसको हातमा सुम्पे।+

३ तब उहाँलाई धोका दिने यहुदा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको देखेर पछुताए र आफूले लिएको ३० टुक्रा चाँदी मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई फर्काउँदै+ ४ यसो भने: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरूले यसो भने: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!” ५ तब तिनी चाँदीका टुक्राहरू मन्दिरमा फ्याँकेर गए अनि झुन्डिएर मरे।+ ६ अनि मुख्य पुजारीहरूले चाँदीका ती टुक्राहरू टिपे र भने: “यसलाई पवित्र ढुकुटीमा खसाल्नु उचित हुँदैन किनकि यो रगतको मोल हो।” ७ आपसमा सल्लाह गरेपछि तिनीहरूले त्यो पैसाले परदेशीहरूको लास गाड्‌ने चिहान बनाउन कुमालेको जमिन किने। ८ त्यसैले आजको दिनसम्मै त्यस जमिनलाई ‘रगतको जमिन’ भनिन्छ।+ ९ यसरी भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: “तिनीहरूले ३० टुक्रा चाँदी लिए, जुन त्यस मानिसको निम्ति तोकिएको मोल थियो। इस्राएलका केही सन्तानले उनको लागि त्यति नै मोल तोकेका थिए १० र यहोवा* परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यो पैसा कुमालेको जमिनका लागि दिए।”+

११ तब येसु राज्यपालसामु उभिनुभयो र तिनले उहाँलाई प्रश्‍न गरे: “के तिमी यहुदीहरूका राजा हौ?” येसुले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्‍नुभयो।”+ १२ तर मुख्य पुजारीहरू अनि धर्मगुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।+ १३ तब पिलातसले उहाँलाई भने: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्‌, के तिमीले सुनेनौ?” १४ तर उहाँले केही जवाफ दिनुभएन। अहँ, उहाँले एक शब्द बोल्नुभएन। यो देखेर राज्यपाल तीनछक परे।

१५ राज्यपालले हरेक वर्ष चाडको बेला भीडको इच्छाअनुसार कुनै एक कैदीलाई मुक्‍त गर्ने चलन थियो।+ १६ त्यतिखेर बरब्बा नाम गरेको कुख्यात कैदी थुनामा थियो। १७ त्यसैले तिनीहरू भेला भएको बेला पिलातसले तिनीहरूलाई सोधे: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्‍त गरिदिऊँ कि ख्रिष्ट भनिने येसुलाई?” १८ किनकि ईर्ष्याले जलेर तिनीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर पिलातसलाई थाह थियो। १९ यसबाहेक तिनी न्यायासनमा बसिरहेका बेला तिनकी पत्नीले यस्तो खबर पठाइन्‌: “त्यस धर्मी मानिसलाई केही नगर्नुहोस्‌। किनकि उसको कारण डरलाग्दो सपना देखेकोले आज मलाई निकै गाह्रो भयो।” २० तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बरब्बालाई छोडिदिने+ र येसुलाई चाहिँ मार्ने माग गर्न भीडलाई उक्साए।+ २१ राज्यपालले तिनीहरूलाई फेरि एक चोटि सोधे: “मैले यी दुईमध्ये कसलाई मुक्‍त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए: “बरब्बालाई।” २२ पिलातसले तिनीहरूलाई भने: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ २३ तिनले भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+

२४ आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झन्‌ उत्तेजित हुन थालेको देखेर पिलातसले पानी लिए र भीडले देख्नेगरि आफ्नो हात धुँदै यसो भने: “म यस मानिसको रगतको दोषबाट मुक्‍त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” २५ तिनको कुरा सुनेर सबै मानिसले यसो भने: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्‌।”+ २६ त्यसपछि तिनले बरब्बालाई मुक्‍त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

२७ तब राज्यपालका सिपाहीहरूले येसुलाई राज्यपालको निवासमा लगे र सेनाको पूरै टुकडी बोलाएर उहाँलाई घेरा हाल्न लगाए।+ २८ अनि उहाँको लुगा फुकालिदिएर तिनीहरूले उहाँलाई चहकिलो रातो रङ्‌गको अलखा* लगाइदिए+ २९ अनि काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र उहाँको दाहिने हातमा नर्कट थमाइदिए। त्यसपछि उहाँसामु घुँडा टेकेर तिनीहरूले यसो भन्दै उहाँलाई गिज्याए: “हे यहुदीहरूका राजा, प्रणाम!”* ३० तिनीहरूले उहाँलाई थुके+ अनि नर्कट लिएर उहाँको शिरमा हिर्काउन थाले। ३१ उहाँलाई गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको अलखा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+

३२ बाटोमा जाँदै गर्दा तिनीहरूले सिमोन नाम गरेको साइरेनीवासीलाई भेटे। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+ ३३ त्यसपछि तिनीहरू गलगथा भन्‍ने ठाउँमा पुगे, जसको अर्थ हो, खप्पर स्थान।+ ३४ अनि तिनीहरूले उहाँलाई तीतो* मिसाइएको दाखमद्य* पिउन दिए।+ तर चाखेपछि उहाँले पिउन मान्‍नुभएन। ३५ उहाँलाई खम्बामा टाँगिसकेपछि तिनीहरूले गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ ३६ अनि तिनीहरू त्यहाँ उहाँलाई पहरा दिँदै बसे। ३७ साथै तिनीहरूले एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यो यहुदीहरूको राजा येसु हो।”+

३८ त्यतिखेर उहाँसँगै दुई जना डाँकुलाई पनि खम्बामा टाँगिएको थियो; एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+ ३९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ ४० यसो भने: “मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन,+ लौ आफैलाई बचाएर देखा! तँ परमेश्‍वरको छोरा होस्‌ भने यातनाको खम्बाबाट* ओर्लेर आइज!”+ ४१ मुख्य पुजारीहरूका साथै शास्त्रीहरू अनि धर्मगुरुहरूले पनि यसो भन्दै उहाँको ठट्टा गरे:+ ४२ “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि;+ यो अब यातनाको खम्बाबाट* ओर्लेर आओस्‌, त्यसपछि हामी यसलाई पत्याऔँला। ४३ यसले परमेश्‍वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्‌+ किनकि यसले ‘म परमेश्‍वरको छोरा हुँ’ भन्थ्यो।”+ ४४ उहाँसँगै खम्बामा टाँगिएका डाँकुहरूले समेत त्यसरी नै उहाँको गिल्ला गरिरहेका थिए।+

४५ तब छैटौँ घडीदेखि* नवौँ घडीसम्म* सारा देशभरि अन्धकार छायो।+ ४६ अनि नवौँ घडीतिर येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ४७ यो सुनेर त्यहाँ उभिरहेका कसै-कसैले यसो भन्‍न थाले: “यो मानिसले एलियालाई बोलाउँदै छ।”+ ४८ तब तिनीहरूमध्ये एक जना तुरुन्तै दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो अनि उहाँलाई पिउन दियो।+ ४९ तर बाँकीले चाहिँ यसो भने: “होस्‌, छोडिदेऊ! एलिया यसलाई बचाउन आउँछन्‌ कि आउँदैनन्‌, हेरौँ न।” ५० अनि फेरि ठूलो स्वरले चिच्याएपछि येसुले अन्तिम सास लिनुभयो।+

५१ तब हेर! मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो+ अनि भूकम्प गयो र चट्टानहरूमा धाँजा फाट्‌यो। ५२ अनि चिहानहरू उघ्रिए र मृत्युको चिर निद्रामा परेका थुप्रै पवित्र जनको लास बाहिर निस्क्यो। ५३ अनि धेरैले ती देखे। (तब केही व्यक्‍तिहरू, जो त्यतिखेर चिहानको छेउछाउमा थिए, तिनीहरू येसु फेरि जीवित हुनुभएपछि पवित्र सहरभित्र पसे।) ५४ जब सैनिक अफिसर र तिनीसँगै येसुलाई पहरा दिइरहेका अरू मानिसहरूले भूकम्पका साथै अन्य घटनाहरू देखे, तब तिनीहरू असाध्यै डराए अनि यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।”+

५५ येसुको सेवासुसार गर्न गालिलबाट उहाँसँगै आएका थुप्रै स्त्रीले पनि टाढैबाट हेरिरहेका थिए।+ ५६ ती स्त्रीहरूमध्ये मरियम मग्दलिनी, याकुब र योसिकी आमा मरियम अनि याकुब र युहन्‍नाकी आमा* पनि थिए।+

५७ अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिस, जो येसुको चेला बनेका थिए,+ तिनी साँझ पर्नै लाग्दा ५८ पिलातसकहाँ गए अनि येसुको शव मागे+ र पिलातसले त्यो दिने हुकुम गरे।+ ५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए। ६१ तर मरियम मग्दलिनी र अर्की मरियम भने त्यहीँ चिहानअगाडि बसिरहे।+

६२ अर्को दिन अर्थात्‌ तयारीको दिनको* भोलिपल्ट+ मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भएर ६३ यसो भने: “हजुर, त्यस ठगाहाले आफू जिउँदो छँदा ‘म तीन दिनपछि ब्युँतनेछु’ भनेको हामीलाई याद छ।+ ६४ त्यसैले तेस्रो दिनसम्म त्यसको चिहानमा पहरा दिने हुकुम गर्नुहोस्‌। नत्र त त्यसका चेलाहरू गएर त्यसको लास चोरेर लैजालान्‌+ र ‘उहाँ मृत्युबाट ब्युँतनुभयो’ भनेर मानिसहरूलाई भन्लान्‌। त्यसो भयो भने त्यसको पछिल्लो ठगीले पुऱ्‍याउने नोक्सानी पहिलोको भन्दा चर्को हुनेछ।” ६५ पिलातसले तिनीहरूलाई भने: “तिमीहरू सिपाहीहरू लिएर जाओ र त्यसको सुरक्षा गर्न तिमीहरू जे गर्न सक्छौ, सो गर।” ६६ तब तिनीहरू गए अनि एउटा ठूलो ढुङ्‌गाले चिहानको मुख राम्ररी बन्द गर्नुका साथै पहरा राखेर चिहानको सुरक्षा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने