प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • आज्ञा पालन गर्दा आशिष्‌ (१-१४)

      • आज्ञा उल्लङ्‌घन गर्दा सराप (१५-६८)

व्यवस्था २८:१

मार्जिनल रेफरेन्स

  • +व्य २६:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. २६

व्यवस्था २८:२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३, ४; हित १०:२२; यसै १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२०१०, पृ. २६-२७

    ९/१/२०१०, पृ. ११

    ९/१५/२००१, पृ. १०

व्यवस्था २८:३

मार्जिनल रेफरेन्स

  • +व्य ११:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९६, पृ. १५

व्यवस्था २८:४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:९; व्य ७:१३; भज १२७:३; १२८:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९६, पृ. १५-१६

व्यवस्था २८:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२५; व्य २६:२

व्यवस्था २८:७

मार्जिनल रेफरेन्स

  • +व्य ३२:३०; यहो १०:११
  • +व्य ७:२३; २इ १४:१३

व्यवस्था २८:८

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१०; हित ३:९, १०; मला ३:१०

व्यवस्था २८:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:६
  • +व्य ७:६

व्यवस्था २८:१०

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०; दा ९:१९; प्रे १५:१७
  • +गन २२:३; व्य ११:२५; यहो ५:१

व्यवस्था २८:११

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८
  • +व्य ३०:९; भज ६५:९

व्यवस्था २८:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४; व्य ११:१४
  • +व्य १५:६

व्यवस्था २८:१३

मार्जिनल रेफरेन्स

  • +१रा ४:२१

व्यवस्था २८:१४

मार्जिनल रेफरेन्स

  • +लेवी १९:४; व्य ५:३२; यहो १:७; यसै ३०:२१

व्यवस्था २८:१५

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१६, १७; दा ९:११

व्यवस्था २८:१६

मार्जिनल रेफरेन्स

  • +१रा १७:१

व्यवस्था २८:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६; व्य २६:२

व्यवस्था २८:१८

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२०, २२; वि २:११, १९; ४:१०

व्यवस्था २८:२०

फुटनोट

  • *

    शा., “मलाई।”

मार्जिनल रेफरेन्स

  • +यहो २३:१६

व्यवस्था २८:२१

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२५; यर्मि २४:१०

व्यवस्था २८:२२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१६
  • +लेवी २६:३३
  • +आमो ४:९

व्यवस्था २८:२३

फुटनोट

  • *

    शा., “तिमीहरूको शिरमाथिको आकाश तामाजस्तो र तिमीहरूमुनिको जमिन फलामजस्तो हुनेछ।”

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१९; व्य ११:१७; १रा १७:१

व्यवस्था २८:२५

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१४, १७; १स ४:१०
  • +यर्मि २९:१८; लुका २१:२४

व्यवस्था २८:२६

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:३३

व्यवस्था २८:२७

फुटनोट

  • *

    वा “पाइल्स।”

व्यवस्था २८:२८

फुटनोट

  • *

    वा “तिमीहरूको मनलाई दोधारमा पारिदिनुहुनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:११

व्यवस्था २८:२९

मार्जिनल रेफरेन्स

  • +यसै ५९:१०
  • +न्याय ३:१४; ६:१-५; नहे ९:२७

व्यवस्था २८:३०

मार्जिनल रेफरेन्स

  • +यसै ५:९; वि ५:२
  • +आमो ५:११; मिका ६:१५

व्यवस्था २८:३२

मार्जिनल रेफरेन्स

  • +२इ २९:९

व्यवस्था २८:३३

मार्जिनल रेफरेन्स

  • +नहे ९:३७; यसै १:७

व्यवस्था २८:३६

मार्जिनल रेफरेन्स

  • +२रा १७:६; २५:७; २इ ३३:११; ३६:५, ६
  • +यर्मि १६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ७१-७२

व्यवस्था २८:३७

फुटनोट

  • *

    शा., “तिमीहरू उखानको पात्र हुनेछौ।”

मार्जिनल रेफरेन्स

  • +१रा ९:८; २इ ७:२०; यर्मि २४:९; २५:९

व्यवस्था २८:३८

मार्जिनल रेफरेन्स

  • +यसै ५:१०; हाग्गै १:६

व्यवस्था २८:३९

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +सप १:१३

व्यवस्था २८:४१

मार्जिनल रेफरेन्स

  • +२रा २४:१४; यर्मि ५२:१५, ३०

व्यवस्था २८:४२

फुटनोट

  • *

    वा “भुनभुनाउने किराले।”

व्यवस्था २८:४४

मार्जिनल रेफरेन्स

  • +हित २२:७
  • +एज्रा ९:७

व्यवस्था २८:४५

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५; २९:२७
  • +व्य ११:२६-२८; २रा १७:२०; यर्मि २४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/१९९५, पृ. १५-१६

व्यवस्था २८:४६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:११

व्यवस्था २८:४७

मार्जिनल रेफरेन्स

  • +व्य १२:७; नहे ९:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/१९९५, पृ. १५-१६

व्यवस्था २८:४८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४४:२७
  • +२इ १२:८, ९; यर्मि ५:१९

व्यवस्था २८:४९

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:२२; हब १:६
  • +यर्मि ५:१५
  • +यर्मि ४:१३; होसे ८:१

व्यवस्था २८:५०

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७; यसै ४७:६; लुका १९:४४

व्यवस्था २८:५१

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६; यर्मि १५:१३

व्यवस्था २८:५२

मार्जिनल रेफरेन्स

  • +२रा १७:५; २५:१; लुका १९:४३

व्यवस्था २८:५३

मार्जिनल रेफरेन्स

  • +२रा ६:२८; वि ४:१०; इज ५:१०

व्यवस्था २८:५५

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:६

व्यवस्था २८:५६

मार्जिनल रेफरेन्स

  • +वि ४:५

व्यवस्था २८:५८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:७; व्य ३१:२६
  • +प्रस्थ ३:१५; ६:३; २०:२; भज ८३:१८; ११३:३; यसै ४२:८
  • +व्य १०:१७; भज ९९:३

व्यवस्था २८:५९

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२१; दा ९:१२

व्यवस्था २८:६२

मार्जिनल रेफरेन्स

  • +व्य ४:२७; १०:२२

व्यवस्था २८:६४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; नहे १:८; लुका २१:२४
  • +व्य ४:२७, २८

व्यवस्था २८:६५

मार्जिनल रेफरेन्स

  • +आमो ९:४
  • +इज १२:१९
  • +लेवी २६:१६, ३६

अरू

व्यव. २८:१व्य २६:१८, १९
व्यव. २८:२लेवी २६:३, ४; हित १०:२२; यसै १:१९
व्यव. २८:३व्य ११:१४
व्यव. २८:४लेवी २६:९; व्य ७:१३; भज १२७:३; १२८:३
व्यव. २८:५प्रस्थ २३:२५; व्य २६:२
व्यव. २८:७व्य ३२:३०; यहो १०:११
व्यव. २८:७व्य ७:२३; २इ १४:१३
व्यव. २८:८लेवी २६:१०; हित ३:९, १०; मला ३:१०
व्यव. २८:९प्रस्थ १९:६
व्यव. २८:९व्य ७:६
व्यव. २८:१०यसै ४३:१०; दा ९:१९; प्रे १५:१७
व्यव. २८:१०गन २२:३; व्य ११:२५; यहो ५:१
व्यव. २८:११उत्प १५:१८
व्यव. २८:११व्य ३०:९; भज ६५:९
व्यव. २८:१२लेवी २६:४; व्य ११:१४
व्यव. २८:१२व्य १५:६
व्यव. २८:१३१रा ४:२१
व्यव. २८:१४लेवी १९:४; व्य ५:३२; यहो १:७; यसै ३०:२१
व्यव. २८:१५लेवी २६:१६, १७; दा ९:११
व्यव. २८:१६१रा १७:१
व्यव. २८:१७लेवी २६:२६; व्य २६:२
व्यव. २८:१८लेवी २६:२०, २२; वि २:११, १९; ४:१०
व्यव. २८:२०यहो २३:१६
व्यव. २८:२१लेवी २६:२५; यर्मि २४:१०
व्यव. २८:२२लेवी २६:१६
व्यव. २८:२२लेवी २६:३३
व्यव. २८:२२आमो ४:९
व्यव. २८:२३लेवी २६:१९; व्य ११:१७; १रा १७:१
व्यव. २८:२५लेवी २६:१४, १७; १स ४:१०
व्यव. २८:२५यर्मि २९:१८; लुका २१:२४
व्यव. २८:२६यर्मि ७:३३
व्यव. २८:२८प्रस्थ ४:११
व्यव. २८:२९यसै ५९:१०
व्यव. २८:२९न्याय ३:१४; ६:१-५; नहे ९:२७
व्यव. २८:३०यसै ५:९; वि ५:२
व्यव. २८:३०आमो ५:११; मिका ६:१५
व्यव. २८:३२२इ २९:९
व्यव. २८:३३नहे ९:३७; यसै १:७
व्यव. २८:३६२रा १७:६; २५:७; २इ ३३:११; ३६:५, ६
व्यव. २८:३६यर्मि १६:१३
व्यव. २८:३७१रा ९:८; २इ ७:२०; यर्मि २४:९; २५:९
व्यव. २८:३८यसै ५:१०; हाग्गै १:६
व्यव. २८:३९सप १:१३
व्यव. २८:४१२रा २४:१४; यर्मि ५२:१५, ३०
व्यव. २८:४४हित २२:७
व्यव. २८:४४एज्रा ९:७
व्यव. २८:४५व्य २८:१५; २९:२७
व्यव. २८:४५व्य ११:२६-२८; २रा १७:२०; यर्मि २४:१०
व्यव. २८:४६१कोरि. १०:११
व्यव. २८:४७व्य १२:७; नहे ९:३५
व्यव. २८:४८यर्मि ४४:२७
व्यव. २८:४८२इ १२:८, ९; यर्मि ५:१९
व्यव. २८:४९यर्मि ६:२२; हब १:६
व्यव. २८:४९यर्मि ५:१५
व्यव. २८:४९यर्मि ४:१३; होसे ८:१
व्यव. २८:५०२इ ३६:१७; यसै ४७:६; लुका १९:४४
व्यव. २८:५१लेवी २६:२६; यर्मि १५:१३
व्यव. २८:५२२रा १७:५; २५:१; लुका १९:४३
व्यव. २८:५३२रा ६:२८; वि ४:१०; इज ५:१०
व्यव. २८:५५यर्मि ५२:६
व्यव. २८:५६वि ४:५
व्यव. २८:५८प्रस्थ २४:७; व्य ३१:२६
व्यव. २८:५८प्रस्थ ३:१५; ६:३; २०:२; भज ८३:१८; ११३:३; यसै ४२:८
व्यव. २८:५८व्य १०:१७; भज ९९:३
व्यव. २८:५९लेवी २६:२१; दा ९:१२
व्यव. २८:६२व्य ४:२७; १०:२२
व्यव. २८:६४लेवी २६:३३; नहे १:८; लुका २१:२४
व्यव. २८:६४व्य ४:२७, २८
व्यव. २८:६५आमो ९:४
व्यव. २८:६५इज १२:१९
व्यव. २८:६५लेवी २६:१६, ३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
  • ६५
  • ६६
  • ६७
  • ६८
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २८:१-६८

व्यवस्था

२८ “आज मैले तिमीहरूलाई दिएको यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू होसियार भई एक-एक पालन गऱ्‍यौ र उहाँको कुरा सुन्यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस पृथ्वीका अरू सबै जातिभन्दा अवश्‍य उच्च पार्नुहुनेछ।+ २ यहोवा परमेश्‍वरको कुरा मानिरह्‍यौ भने तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष्‌ पाउनेछौ:+

३ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू आशिषित्‌ हुनेछौ।+

४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष्‌ पर्नेछ।+

५ “तिमीहरूको डालो र पीठो मुछ्‌ने भाँडोमाथि आशिष्‌ पर्नेछ।+

६ “जहाँ गए पनि अनि जुन काम गरे पनि तिमीहरू आशिषित्‌ हुनेछौ।

७ “तिमीहरूविरुद्ध खडा हुने शत्रुहरूलाई यहोवा परमेश्‍वरले तिमीहरूकै सामने परास्त गर्नुहुनेछ।+ तिनीहरूले एक ठाउँबाट आक्रमण गर्नेछन्‌ तर सात ठाउँतिर भागेर जानेछन्‌।+ ८ यहोवा परमेश्‍वरले तिमीहरूको भण्डारमा र तिमीहरूले गर्ने जुनसुकै काममा प्रशस्त आशिष्‌ बर्सोस्‌ भनी हुकुम गर्नुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निश्‍चय नै प्रशस्त आशिष्‌ बर्साउनुहुनेछ। ९ यदि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवाको आज्ञा पालन गरिरह्‍यौ र उहाँको मार्गमा हिँड्‌न छोडेनौ भने यहोवा परमेश्‍वरले आफूले शपथ खाएझैँ+ तिमीहरूलाई आफ्नो पवित्र जन बनाउनुहुनेछ।+ १० यहोवा परमेश्‍वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्‍नेछन्‌+ र तिमीहरूको डर मान्‍नेछन्‌।+

११ “यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा+ यहोवाले तिमीहरूलाई धेरै छोराछोरी, बथानका बथान भेडाबाख्रा र वस्तुभाउ अनि प्रशस्त उब्जनी दिनुहुनेछ।+ १२ यहोवा परमेश्‍वरले आफ्नो विशाल भण्डार अर्थात्‌ आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष्‌ दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+ १३ आज मैले तिमीहरूलाई दिएको यहोवा परमेश्‍वरका आज्ञाहरू सधैँ पालन गरिरह्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई सबै जातिभन्दा उच्च पार्नुहुनेछ,+ कहिल्यै तुच्छ पार्नुहुनेछैन। तिमीहरू सधैँ अरूभन्दा अगाडि हुनेछौ, कहिल्यै पछाडि पर्नेछैनौ। १४ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्न नछोड; ती आज्ञाहरूबाट दायाँबायाँ लागेर तिमीहरूले अरू देवतालाई नपुज।+

१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

१६ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू श्रापित हुनेछौ।+

१७ “तिमीहरूको डालो र पीठो मुछ्‌ने भाँडोमाथि सराप पर्नेछ।+

१८ “तिमीहरूका छोराछोरी, तिमीहरूको उब्जनी, तिमीहरूका बाछाबाछी अनि तिमीहरूका पाठापाठीमाथि सराप पर्नेछ।+

१९ “जहाँ गए पनि र जुन काम गरे पनि तिमीहरू श्रापित हुनेछौ।

२० “तिमीहरूले खराब काम गरिरह्‍यौ र उहाँलाई* त्याग्यौ भने तिमीहरूले जुन काम गरे पनि यहोवा परमेश्‍वरले सराप दिनुहुनेछ; उहाँले तिमीहरूको कामलाई गोलमाल गरिदिनुहुनेछ र असफल तुल्याइदिनुहुनेछ अनि उहाँले तिमीहरूलाई छिट्टै नाश गर्नुहुनेछ।+ २१ तिमीहरू अहिले जुन देश अधिकार गर्न जान लागेका छौ, त्यहाँबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म यहोवा परमेश्‍वरले तिमीहरूमाझ महामारी पठाउनुहुनेछ।+ २२ यहोवा परमेश्‍वरले तिमीहरूमाझ क्षयरोग, निस्लोट ज्वरो,+ सुन्‍निने रोग र विषम ज्वरो फैलाउनुहुनेछ। अनि शत्रुहरूले तिमीहरूलाई तरबारले आक्रमण गर्नेछन्‌,+ लु चलेर तिमीहरूको बालीनाली सखाप हुनेछ र जताततै बोटबिरुवामा ढुसी लाग्नेछ।+ तिमीहरू नाश नभएसम्म यस्ता विपत्तिहरूले तिमीहरूलाई छोड्‌नेछैन। २३ आकाशबाट एक थोपा पानी पर्नेछैन र तिमीहरूको जमिन पटपट फुट्‌नेछ।*+ २४ तिमीहरू नाश नभएसम्म यहोवा परमेश्‍वरले आकाशबाट धुलो र बालुवा बर्साउनुहुनेछ। २५ यहोवा परमेश्‍वरले तिमीहरूलाई शत्रुहरूसामु हार खुवाउनुहुनेछ।+ तिमीहरूले शत्रुहरूलाई एक ठाउँबाट आक्रमण गर्नेछौ तर सात ठाउँतिर भागेर जानेछौ। तिमीहरूको हालत देखेर पृथ्वीका सबै जाति डराउनेछन्‌।+ २६ तिमीहरूको लास आकाशका चराचुरुङ्‌गी र जमिनका पशुहरूको आहार हुनेछन्‌ र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+

२७ “यहोवा परमेश्‍वरले मिश्रीहरूलाई जस्तै तिमीहरूलाई पनि पिलो, अल्काई,* घाउखटिरा अनि दादले सताउनुहुनेछ र तिमीहरू निको हुनेछैनौ। २८ यहोवा परमेश्‍वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+ २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+ ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्‌नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्‌गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+ ३१ तिमीहरूको बहर तिमीहरूकै आँखाअगाडि काटिनेछ तर तिमीहरूले त्यसको एक चोक्टा मासु पनि खान पाउनेछैनौ। तिमीहरूको गधा तिमीहरूकै आँखाअगाडि चोरिनेछ तर त्यो तिमीहरूले फिर्ता पाउनेछैनौ। तिमीहरूको भेडा शत्रुहरूले लैजानेछन्‌ तर तिमीहरूलाई मदत गर्न त्यहाँ कोही हुनेछैन। ३२ तिमीहरूका छोराछोरीलाई तिमीहरूकै आँखाअगाडि अरू मानिसले लैजानेछन्‌।+ तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछ। तर तिमीहरूले केही गर्न सक्नेछैनौ। ३३ तिमीहरूले चिन्दै नचिनेका मानिसहरू आएर तिमीहरूको सबै उब्जनी र खानेकुरा खाइदिनेछन्‌;+ तिमीहरू सधैँ ठगिनेछौ र थिचोमिचोमा पर्नेछौ। ३४ आफ्नै आँखाअगाडि यी सब देखेर तिमीहरू पागल हुनेछौ।

३५ “यहोवा परमेश्‍वरले तिमीहरूका घुँडाहरू र गोडाहरूमा डरलाग्दो अनि निको नहुने पिलो निकालिदिनुहुनेछ; त्यो तिमीहरूको शिरदेखि पैतालासम्म फैलनेछ। ३६ यहोवा परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्‌गाका देवतालाई पुज्नेछौ।+ ३७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ धपाउनुहुनेछ, त्यहाँ-त्यहाँ तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌। तिनीहरूले तिमीहरूको खिल्ली उडाउनेछन्‌ र तिमीहरू हाँसोको पात्र हुनेछौ।*+

३८ “तिमीहरूले खेतमा धेरै बिउ छर्नेछौ तर थोरै मात्र बाली भित्र्याउनेछौ+ किनभने सलहले तिमीहरूको बाली स्वाहा पार्नेछ। ३९ तिमीहरूले अङ्‌गुरको बगान लगाउनेछौ, त्यसलाई गोडमेल गर्नेछौ तर एक दाना अङ्‌गुर पनि टिप्न पाउनेछैनौ र एक थोपो दाखमद्य* पनि चाख्न पाउनेछैनौ+ किनभने तिमीहरूको बगान किराले सखाप पार्नेछ। ४० तिमीहरूको देशमा जैतुनका रूखहरू हुनेछन्‌ तर तिमीहरूले त्यसको तेल घस्न पाउनेछैनौ किनभने पाक्नुअघि नै जैतुन झरिसकेको हुनेछ। ४१ तिमीहरूले छोराछोरी जन्माउनेछौ तर तिनीहरू तिमीहरूसँग रहनेछैनन्‌ किनभने तिनीहरूलाई बन्दी बनाएर लगिनेछ।+ ४२ तिमीहरूका रूख र बालीनालीमा हुलका हुल किराले* आक्रमण गर्नेछन्‌ र सबैलाई स्वाहा पार्नेछन्‌। ४३ तिमीहरूमाझ बस्ने विदेशीहरूको दिनप्रतिदिन उन्‍नति हुनेछ तर तिमीहरूको भने झन्‌झनै दुर्गति हुनेछ। ४४ विदेशीहरूले तिमीहरूलाई ऋण दिनेछन्‌ तर तिमीहरूले उनीहरूलाई ऋण दिन सक्नेछैनौ।+ उनीहरू सधैँ तिमीहरूभन्दा अगाडि हुनेछन्‌ तर तिमीहरूचाहिँ पछाडि पर्नेछौ।+

४५ “तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन नगरेर अनि उहाँको नियमअनुसार नचलेर उहाँको कुरा सुनेनौ भने यी सबै सराप+ तिमीहरूमाथि निश्‍चय नै आइपर्नेछ र तिमीहरूको नामोनिसान नमेटिउन्जेल त्यसले तिमीहरूलाई छोड्‌नेछैन।+ ४६ यी सरापहरू तिमीहरू र तिमीहरूका सन्तानलाई पनि लाग्नेछ र त्यो सदाको लागि चिन्ह र चेतावनी हुनेछ।+ ४७ किनकि तिमीहरूसँग सबै कुरा प्रशस्त भएको बेला तिमीहरूले रमाउँदै खुसीसित यहोवा तिमीहरूका परमेश्‍वरको सेवा गरेनौ।+ ४८ त्यसैले यहोवा परमेश्‍वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।

४९ “यहोवा परमेश्‍वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+ ५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+ ५१ तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरूले सबै बाछाबाछी र पाठापाठी खाइदिनेछन्‌ अनि तिमीहरूको उब्जनी सखाप पारिदिनेछन्‌। तिमीहरू सबै नाश नभएसम्म तिनीहरूले एक गेडो अन्‍न पनि छोड्‌नेछैनन्‌, नयाँ रक्सी र तेलको एक थोपो पनि बाँकी राख्नेछैनन्‌, एउटा पनि बाछाबाछी वा पाठापाठी छोड्‌नेछैनन्‌।+ ५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्‌। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्‌। हो, यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्‌।+ ५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।

५४ “तिमीहरूबीच सबैभन्दा दयालु र कमलो मन भएको पुरुषले समेत आफ्नै दाजुभाइ, आफूले असाध्यै माया गर्ने पत्नी र बाँकी रहेका आफ्ना छोराछोरी कसैलाई दया देखाउनेछैन। ५५ आफूले खाइरहेको आफ्नै छोराछोरीको मासुसमेत उसले तिनीहरूसँग बाँडचुँड गर्नेछैन किनभने घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले ऊसँग खानको लागि केही बाँकी हुनेछैन।+ ५६ त्यसैगरि आफ्नो पैतालाले भुईँमा टेक्ने समेत आँट नगर्ने तिमीहरूका सुकुमारी र कमलो मनकी स्त्रीले पनि+ आफ्नो प्यारो पति अनि छोराछोरीलाई समेत दया देखाउनेछैन। ५७ घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले उसले आफूले भर्खर जन्माएको बच्चा र सालनालसमेत लुकेर खान्छे।

५८ “यदि तिमीहरूले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा होसियार भई पालन गरेनौ+ र यहोवा+ तिमीहरूका परमेश्‍वरको महिमित र श्रद्धा जगाउने नामको डर मानेनौ भने+ ५९ यहोवा परमेश्‍वरले तिमीहरूमाथि र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्ति र भयानक रोगहरू ल्याउनुहुनेछ।+ तिमीहरूको लागि त्यो असह्‍य हुनेछ र त्यो हतपती थामिनेछैन। ६० तिमीहरू मिश्रमा जुन रोगबिमारदेखि डराउँथ्यौ, ती नै रोगबिमार उहाँले तिमीहरूलाई लगाइदिनुहुनेछ, त्यसले तिमीहरूलाई छोड्‌नेछैन। ६१ यति मात्र होइन, व्यवस्थाको यस पुस्तकमा नलेखिएका अरू थुप्रै रोगबिमार र विपत्ति यहोवा परमेश्‍वरले तिमीहरूमाथि ल्याउनुहुनेछ। तिमीहरूको नामोनिसान नमेटिएसम्म यस्ता कुराहरूले तिमीहरूलाई छोड्‌नेछैन। ६२ तिमीहरू आकाशका ताराजत्तिकै असङ्‌ख्य भए पनि त्यतिबेला मुठीभर मात्र बाँकी रहनेछौ+ किनभने तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ।

६३ “जसरी यहोवा परमेश्‍वर तिमीहरूको वृद्धि गराउँदा र फलिफाप गराउँदा खुसी हुनुभएको थियो, त्यसरी नै तिमीहरूलाई नाश गर्दा र तिमीहरूको नामोनिसान मेटाउँदा पनि यहोवा परमेश्‍वर खुसी हुनुहुनेछ। तिमीहरू जुन देश अधिकार गर्न गइरहेका छौ, त्यहाँबाट उहाँले तिमीहरूलाई उखेलिदिनुहुनेछ।

६४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्‌गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+ ६५ ती जातिहरूबीच रहँदा तिमीहरू शान्तसित बस्न सक्नेछैनौ,+ तिमीहरूले आफ्नो खुट्टा बिसाउने ठाउँ पाउनेछैनौ। यहोवा परमेश्‍वरले तिमीहरूको मन चिन्ताले भरिदिनुहुनेछ,+ त्यहाँबाट छुटकारा पाउने बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछन्‌ र तिमीहरूलाई निराशाले छोप्नेछ।+ ६६ तिमीहरूको जीवन जोखिममा पर्नेछ, तिमीहरू दिनरात डरैडरमा बाँच्नेछौ; आफ्नो जीवन रहला कि नरहला भनेर तिमीहरू सधैँ चिन्तामा डुब्नेछौ। ६७ मनमा डरैडर भएकोले र देखेको कुराले त्रसित भएकोले तिमीहरूले बिहान यसो भन्‍नेछौ: ‘कहिले साँझ पर्ला!’ अनि साँझचाहिँ यसो भन्‍नेछौ: ‘कहिले बिहान होला!’ ६८ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जहाजमा हालेर फेरि त्यही बाटोबाट मिश्र फर्काएर लैजानुहुनेछ, जुन बाटोबारे मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूले यो बाटो भएर फेरि कहिल्यै यात्रा गर्नेछैनौ।’ अनि मिश्रमा तिमीहरूले आफैलाई दासदासी बनाएर शत्रुहरूको हातमा बेच्न खोज्नेछौ तर तिमीहरूलाई किन्‍ने कोही हुनेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने