प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • राजा नबुकद्‌नेजरलाई सपनाले गर्दा छटपटी हुन्छ (१-४)

      • कुनै पनि बुद्धिमान्‌ मानिसले सपना बताउन सक्दैन (५-१३)

      • दानिएल परमेश्‍वरसित मदत माग्छन्‌ (१४-१८)

      • रहस्य प्रकट गरिदिनुभएकोमा परमेश्‍वरको प्रशंसा (१९-२३)

      • राजाले देखेको सपना दानिएलले बताउँछन्‌ (२४-३५)

      • सपनाको अर्थ (३६-४५)

        • परमेश्‍वरको राज्यको ढुङ्‌गाले मूर्तिलाई चकनाचुर पारिदिन्छ (४४, ४५)

      • राजाले दानिएलको सम्मान गर्छन्‌ (४६-४९)

दानिएल २:१

मार्जिनल रेफरेन्स

  • +दा ४:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. १९

    दानियलको भविष्यवाणी, पृ. ४६-४८

दानिएल २:२

फुटनोट

  • *

    अर्थात्‌, जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरूलाई।

मार्जिनल रेफरेन्स

  • +दा ४:६, ७; ५:७, ८

दानिएल २:४

फुटनोट

  • *

    दा २:४ख देखि ७:२८ सम्म सुरुमा अरामी भाषामा लेखिएको थियो।

मार्जिनल रेफरेन्स

  • +२रा १८:२६; एज्रा ४:७; यसै ३६:११

दानिएल २:५

फुटनोट

  • *

    वा सम्भवतः “फोहोरको डङ्‌गुर; गोबरको थुप्रो।”

दानिएल २:६

मार्जिनल रेफरेन्स

  • +दा २:४८; ५:१६, २९

दानिएल २:१२

मार्जिनल रेफरेन्स

  • +दा २:२४

दानिएल २:१५

मार्जिनल रेफरेन्स

  • +दा २:९

दानिएल २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. ३

दानिएल २:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +दा २:२८

दानिएल २:२०

फुटनोट

  • *

    वा “युगौँयुगसम्म।”

मार्जिनल रेफरेन्स

  • +१इ २९:११; अय्यु १२:१३; भज १४७:५; यर्मि ३२:१७-१९

दानिएल २:२१

मार्जिनल रेफरेन्स

  • +प्रे १:७
  • +१स २:७, ८; भज ७५:७; यर्मि २७:५; दा ४:१७
  • +हित २:६; उप २:२६; या १:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२२, पृ. १५-१६

    प्रहरीधरहरा,

    ९/१५/१९९८, पृ. ११-१२

दानिएल २:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:३; १कोरि. २:१०
  • +भज १३९:१२; हिब्रू ४:१३
  • +भज ३६:९; ११२:४

दानिएल २:२३

मार्जिनल रेफरेन्स

  • +दा १:१७; २:२८

दानिएल २:२४

मार्जिनल रेफरेन्स

  • +दा २:१२, १४

दानिएल २:२५

मार्जिनल रेफरेन्स

  • +दा १:३, ६

दानिएल २:२६

मार्जिनल रेफरेन्स

  • +दा १:७
  • +उत्प ४१:१५

दानिएल २:२७

मार्जिनल रेफरेन्स

  • +दा २:१०, ११

दानिएल २:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ४०:८; दा १:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ४८-४९

दानिएल २:३०

मार्जिनल रेफरेन्स

  • +दा २:४७

दानिएल २:३२

मार्जिनल रेफरेन्स

  • +दा २:३७, ३८; ७:४
  • +दा ५:२८; ७:५; ८:३, २०
  • +दा २:३९; ७:६; ८:५, २१

दानिएल २:३३

फुटनोट

  • *

    वा “भट्टीमा पोलिएको (साँचोमा ढालिएको) माटोले।”

मार्जिनल रेफरेन्स

  • +दा ७:७, १९
  • +दा २:४०-४२

दानिएल २:३४

मार्जिनल रेफरेन्स

  • +दा २:४४, ४५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ६०-६२

दानिएल २:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ६०-६२

दानिएल २:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि २८:१४; दा ५:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ५०-५१

दानिएल २:३८

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:५-७
  • +दा २:३२; ४:२०-२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ५०-५१

दानिएल २:३९

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१; यर्मि ५१:२८, २९; दा ५:२८
  • +दा ७:६; ८:५, २१; ११:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००७, पृ. १९

    दानियलको भविष्यवाणी, पृ. ५१-५५

दानिएल २:४०

मार्जिनल रेफरेन्स

  • +दा २:३३; ७:१९, २३
  • +दा ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ५५-५७

दानिएल २:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. १०-११

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. १५-१६

    दानियलको भविष्यवाणी, पृ. ५७-६०

दानिएल २:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. १०-११

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. १६, १९

    दानियलको भविष्यवाणी, पृ. ५७-६०

दानिएल २:४३

फुटनोट

  • *

    अर्थात्‌, आम मानिसहरूसित।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२३, पृ. १०-११

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ५-६

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. १६, १९

    दानियलको भविष्यवाणी, पृ. ५७-६०

दानिएल २:४४

फुटनोट

  • *

    वा “कुनै जातिको।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; भज २:६; मत्ति ६:१०; लुका २२:२९; युह १८:३६; प्रका ११:१५; २०:६
  • +२स ७:१३; यसै ९:७; दा ७:१३, १४
  • +दा ४:१७; ७:२७
  • +भज २:७-९; ११०:५, ६; प्रका १९:१५
  • +दा ४:३४; लुका १:३१-३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    सिकाउँछ, पृ. ८७-८८

    बाइबलले सिकाउँछ, पृ. ८१

    प्रहरीधरहरा,

    ९/१५/२०१२, पृ. ७

    ८/१५/२०१२, पृ. ३०

    ६/१५/२०१२, पृ. १७

    १०/१५/२००१, पृ. ६

    परमेश्‍वरको उपासना, पृ. ९१

    दानियलको भविष्यवाणी, पृ. ६०-६२

    जीवनको उद्देश्‍य, पृ. २६-२७

दानिएल २:४५

मार्जिनल रेफरेन्स

  • +दा २:३४, ३५
  • +उत्प ४१:२८; दा २:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. ६०-६२

दानिएल २:४७

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:३९; दा १:१७; २:२८; ४:९

दानिएल २:४८

मार्जिनल रेफरेन्स

  • +दा २:६; ५:१६, २९

दानिएल २:४९

मार्जिनल रेफरेन्स

  • +दा १:७

अरू

दानि. २:१दा ४:४, ५
दानि. २:२दा ४:६, ७; ५:७, ८
दानि. २:४२रा १८:२६; एज्रा ४:७; यसै ३६:११
दानि. २:६दा २:४८; ५:१६, २९
दानि. २:१२दा २:२४
दानि. २:१५दा २:९
दानि. २:१९दा २:२८
दानि. २:२०१इ २९:११; अय्यु १२:१३; भज १४७:५; यर्मि ३२:१७-१९
दानि. २:२१प्रे १:७
दानि. २:२११स २:७, ८; भज ७५:७; यर्मि २७:५; दा ४:१७
दानि. २:२१हित २:६; उप २:२६; या १:५
दानि. २:२२यर्मि ३३:३; १कोरि. २:१०
दानि. २:२२भज १३९:१२; हिब्रू ४:१३
दानि. २:२२भज ३६:९; ११२:४
दानि. २:२३दा १:१७; २:२८
दानि. २:२४दा २:१२, १४
दानि. २:२५दा १:३, ६
दानि. २:२६दा १:७
दानि. २:२६उत्प ४१:१५
दानि. २:२७दा २:१०, ११
दानि. २:२८उत्प ४०:८; दा १:१७
दानि. २:३०दा २:४७
दानि. २:३२दा २:३७, ३८; ७:४
दानि. २:३२दा ५:२८; ७:५; ८:३, २०
दानि. २:३२दा २:३९; ७:६; ८:५, २१
दानि. २:३३दा ७:७, १९
दानि. २:३३दा २:४०-४२
दानि. २:३४दा २:४४, ४५
दानि. २:३७यर्मि २८:१४; दा ५:१८
दानि. २:३८यर्मि २७:५-७
दानि. २:३८दा २:३२; ४:२०-२२
दानि. २:३९यसै ४५:१; यर्मि ५१:२८, २९; दा ५:२८
दानि. २:३९दा ७:६; ८:५, २१; ११:३
दानि. २:४०दा २:३३; ७:१९, २३
दानि. २:४०दा ७:७
दानि. २:४४उत्प ४९:१०; भज २:६; मत्ति ६:१०; लुका २२:२९; युह १८:३६; प्रका ११:१५; २०:६
दानि. २:४४२स ७:१३; यसै ९:७; दा ७:१३, १४
दानि. २:४४दा ४:१७; ७:२७
दानि. २:४४भज २:७-९; ११०:५, ६; प्रका १९:१५
दानि. २:४४दा ४:३४; लुका १:३१-३३
दानि. २:४५दा २:३४, ३५
दानि. २:४५उत्प ४१:२८; दा २:२८
दानि. २:४७उत्प ४१:३९; दा १:१७; २:२८; ४:९
दानि. २:४८दा २:६; ५:१६, २९
दानि. २:४९दा १:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल २:१-४९

दानिएल

२ राजा नबुकद्‌नेजरले आफ्नो शासनको दोस्रो वर्षमा सपनाहरू देखे। ती सपनाहरूले गर्दा तिनलाई साह्रै छटपटी भयो+ र तिनी निदाउनै सकेनन्‌। २ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन्‌ भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+ ३ तब राजाले तिनीहरूलाई भने: “मैले एउटा सपना देखेँ। त्यो सपना के थियो भनेर जान्‍न मलाई छटपटी भइरहेको छ।” ४ कल्दियालीहरूले राजालाई अरामी भाषामा*+ यस्तो जवाफ दिए: “महाराज अमर रहून्‌! हजुरले देख्नुभएको सपना आफ्ना दासहरूलाई बताउनुहोस्‌ र हामी हजुरलाई त्यसको अर्थ बताउनेछौँ।”

५ अनि राजाले कल्दियालीहरूलाई भने: “यो मेरो अन्तिम फैसला हो: तिमीहरूले मलाई मेरो सपना र त्यसको अर्थ बताएनौ भने तिमीहरूलाई टुक्राटुक्रा पारिनेछ र तिमीहरूको घर दिसा-पिसाब गर्ने ठाउँ* हुनेछ। ६ तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायौ भने तिमीहरूले मबाट उपहार, इनाम र मानसम्मान पाउनेछौ।+ त्यसैले मलाई सपना र त्यसको अर्थ बताओ।”

७ तिनीहरूले राजालाई फेरि यस्तो जवाफ दिए: “हजुरले देख्नुभएको सपना आफ्ना दासहरूलाई बताउनुहोस्‌ र हामी हजुरलाई त्यसको अर्थ बताउनेछौँ।”

८ अनि राजाले यस्तो जवाफ दिए: “मलाई राम्ररी थाह छ, यो मेरो अन्तिम फैसला हो भन्‍ने थाह पाएर तिमीहरू आलेटाले गरिरहेका छौ। ९ मैले देखेको सपना तिमीहरूले बताएनौ भने तिमीहरू सबैले एउटै सजाय पाउनेछौ। तर मैले आफ्नो मन बदल्छु भन्ठान्दै तिमीहरू झूटो र छली कुरा गरेर मलाई अलमल्याउन खोज्दै छौ। पहिला मलाई मेरो सपना बताओ अनि तिमीहरूले त्यसको अर्थ बताउन सक्छौ भनेर मलाई थाह हुनेछ।”

१० कल्दियालीहरूले राजालाई यस्तो जवाफ दिए: “राजाको माग पूरा गर्न सक्ने मानिस यस संसारमा कोही छैन। किनकि आजसम्म कुनै पनि महान्‌ राजा वा शासकले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू वा कल्दियालीहरूसित यस्तो किसिमको माग गर्नुभएको छैन। ११ राजाले माग गर्नुभएको कुरा गाह्रो छ। देवताहरूबाहेक अरू कसैले पनि हजुरलाई यो कुरा बताउन सक्दैन। तर यहाँ हामीमाझ कुनै पनि देवता छैनन्‌।”

१२ यो सुनेर राजा रिसले आगो हुँदै उठे अनि बेबिलोनमा भएका सबै बुद्धिमान्‌ मानिसलाई नाश गर्ने हुकुम गरे।+ १३ जब राजाको हुकुम जारी भयो, तब सबै बुद्धिमान्‌ मानिसलाई मार्ने तयारी गरियो। अनि दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूको खोजी गरियो।

१४ तब दानिएलले राजाका अङ्‌गरक्षकका कप्तान अरयोकसित सुझबुझ चलाउँदै र बडो होसियार हुँदै कुरा गरे। अरयोक बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई मार्न निस्केका थिए। १५ दानिएलले कप्तान अरयोकलाई यसो भनेर सोधे: “राजाले किन यत्ति कठोर आदेश दिनुभएको रहेछ?” अनि अरयोकले दानिएललाई सबै कुरा बताए।+ १६ तब दानिएल राजाकहाँ गए र राजाले देखेको सपनाको अर्थ बताउन केही समय पाऊँ भनी बिन्ती गरे।

१७ त्यसपछि दानिएल आफ्नो घर फर्के र आफ्ना साथीहरू हानन्याह, मिसाएल र अजर्याहलाई सबै कुरा बताए। १८ बेबिलोनका बुद्धिमान्‌ मानिसहरूसँगै आफू र आफ्ना साथीहरू मारिनु नपरोस्‌ भनेर यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्‍वरलाई बिन्ती गर्नू भनी दानिएलले आफ्ना साथीहरूलाई अनुरोध गरे।

१९ तब परमेश्‍वरले राती दर्शनमा* दानिएललाई सपनाको रहस्य खोलिदिनुभयो।+ अनि तिनले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे। २० तिनले यसो भने:

“परमेश्‍वरको नामको सदा* प्रशंसा होस्‌

किनकि बुद्धि र पराक्रम उहाँकै हुन्‌।+

२१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+

उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+

बुद्धिमान्‌लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+

२२ उहाँले गहिरा-गहिरा कुराहरू अनि गुप्त कुराहरू प्रकट गर्नुहुन्छ,+

अन्धकारमा लुकेको कुरा उहाँ जान्‍नुहुन्छ+

अनि ज्योतिले उहाँमा बास गर्छ।+

२३ हे मेरा पुर्खाहरूका परमेश्‍वर! म तपाईँलाई धन्यवाद चढाउँछु, तपाईँको प्रशंसा गर्छु

किनकि तपाईँले मलाई बुद्धि र शक्‍ति दिनुभएको छ।

अनि हामीले तपाईँसित मागेको कुरा अहिले मलाई प्रकट गरिदिनुभएको छ;

राजाले जान्‍न चाहेको कुरा तपाईँले हामीलाई बताइदिनुभएको छ।”+

२४ त्यसपछि दानिएल अरयोककहाँ गए, जसलाई राजाले बेबिलोनका सबै बुद्धिमान्‌ मानिसलाई नाश गर्न नियुक्‍त गरेका थिए।+ दानिएलले तिनलाई भने: “बेबिलोनको कुनै पनि बुद्धिमान्‌ मानिसलाई नाश नगर्नुहोस्‌। मलाई राजाकहाँ लिएर जानुहोस्‌ र म उहाँलाई सपनाको अर्थ बताउनेछु।”

२५ अरयोकले दानिएललाई तुरुन्तै राजाकहाँ लिएर गए र राजालाई यसो भने: “यहुदाबाट कैद गरेर ल्याइएका मानिसहरूमध्ये मैले एक जना यस्तो मानिस फेला पारेँ,+ जसले राजाले देख्नुभएको सपनाको अर्थ बताउन सक्छ।” २६ तब राजाले दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनलाई यसो भने: “मैले देखेको सपना र त्यसको अर्थ तिमी मलाई साँच्चै बताउन सक्छौ?”+ २७ दानिएलले राजालाई यस्तो जवाफ दिए: “राजाले जान्‍न खोज्नुभएको रहस्य कुनै पनि बुद्धिमान्‌ मानिस, तन्त्रमन्त्र गर्ने मानिस, जादुगर वा ज्योतिषीले बताउन सक्दैन।+ २८ तर स्वर्गमा एक जना परमेश्‍वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्‌:

२९ “हे महाराज, ओछ्यानमा ढल्किरहेको बेला हजुरले भविष्यमा के हुने हो भनी सोच्न थाल्नुभयो। अनि रहस्य खोल्नुहुने परमेश्‍वरले भविष्यमा हुने कुरा हजुरलाई प्रकट गर्नुभयो। ३० तर म संसारको सबैभन्दा बुद्धिमान्‌ मानिस भएकोले मलाई यो रहस्य प्रकट गरिएको होइन बरु राजाले सपनाको अर्थ बुझून्‌ अनि आफ्नो मनको कुरा राजालाई थाह होस्‌ भनेर यो प्रकट गरिएको हो।+

३१ “हे महाराज, हजुरले सपनामा एउटा अत्यन्तै विशाल मूर्ति देख्नुभयो। हजुरको अगाडि खडा भएको त्यो मूर्ति विशाल र एकदमै चहकिलो थियो। त्यसको रूप भयङ्‌कर थियो। ३२ त्यस मूर्तिको टाउको निखुर सुनको थियो,+ त्यसको छाती र हात चाँदीको थियो+ अनि त्यसको पेट र तिघ्रा तामाको थियो।+ ३३ त्यसका गोडाहरू फलामका थिए+ र त्यसका पाउहरू भने केही भाग फलाम र केही भाग माटोले* बनेका थिए।+ ३४ हजुरले त्यसलाई हेरिरहनुभएको बेला एउटा ढुङ्‌गा काटियो तर कसैको हातले होइन। त्यो ढुङ्‌गा फलाम र माटो मिसिएर बनेको त्यस मूर्तिका पाउहरूमा बजारियो र त्यसलाई धुलोपिठो पारिदियो।+ ३५ तब फलाम, माटो, तामा, चाँदी र सुन सबै धुलोपिठो भयो र सुक्खा मौसममा खलाको भुस उडाएझैँ हावाले ती सबै उडाएर लग्यो र त्यस मूर्तिको नामोनिसान मेटियो। तर त्यसमा बजारिएको ढुङ्‌गाचाहिँ बढ्‌दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।

३६ “हजुरले देख्नुभएको सपना यही हो। अब हामी हजुरलाई यसको अर्थ बताउनेछौँ। ३७ हे महाराज, राजाहरूका पनि राजा! जसलाई स्वर्गका परमेश्‍वरले राज्य,+ पराक्रम, शक्‍ति र महिमा दिनुभएको छ; ३८ जसको हातमा उहाँले पृथ्वीभरिका मानिसहरू, जमिनका पशुहरू र आकाशका चराचुरुङ्‌गीहरू सुम्पिनुभएको छ अनि जसलाई ती सबैमाथि शासक नियुक्‍त गर्नुभएको छ,+ हजुर नै त्यो सुनको टाउको हुनुहुन्छ।+

३९ “तर हजुरपछि अर्को राज्य खडा हुनेछ,+ जुन हजुरको भन्दा कमजोर हुनेछ। त्यसपछि अर्को एउटा राज्य खडा हुनेछ, जुन तामाको हुनेछ र त्यसले सारा पृथ्वीभरि शासन गर्नेछ।+

४० “त्यसपछि चौथो राज्यचाहिँ फलामजस्तै बलियो हुनेछ।+ जसरी फलामले सबै कुरालाई चकनाचुर पारेर नष्ट गरिदिन्छ, त्यसरी नै त्यस राज्यले पनि पहिलेका ती सबै राज्यलाई चकनाचुर पारिदिनेछ, हो, धुलोपिठो पारिदिनेछ।+

४१ “अनि जसरी त्यस मूर्तिका खुट्टाहरू र औँलाहरू केही भाग कुमालेको माटो र केही भाग फलाम मिसिएर बनेको हजुरले देख्नुभयो, त्यसरी नै त्यो राज्य पनि विभाजित हुनेछ। तर त्यो केही मात्रामा फलामजस्तो कडा हुनेछ किनभने हजुरले देख्नुभएझैँ त्यो फलाम र गिलो माटो मिसिएर बनेको थियो। ४२ अनि जसरी खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए, त्यसरी नै त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ। ४३ जसरी फलाम गिलो माटोसित मिसिएको हजुरले देख्नुभयो, त्यसरी नै यस राज्यको केही भाग मानिसहरूसित* मिल्नेछ। तर जसरी फलाम र माटो आपसमा टाँसिँदैन, त्यसरी नै यिनीहरू पनि आपसमा टाँसिँनेछैनन्‌।

४४ “ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ,+ जुन कहिल्यै नाश हुनेछैन।+ अनि त्यो राज्य अरू कसैको* हातमा दिइनेछैन।+ त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।+ अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।+ ४५ हजुरले सपनामा देख्नुभएअनुसारै यो हुनेछ। हजुरले पहाडबाट कसैको हातले नकाटीकनै एउटा ढुङ्‌गा आएको देख्नुभएको थियो। अनि त्यस ढुङ्‌गाले फलाम, तामा, माटो, चाँदी र सुनलाई धुलोपिठो पारेको थियो।+ भविष्यमा हुने कुरा महान्‌ परमेश्‍वरले हजुरलाई प्रकट गर्नुभएको छ।+ यो सपना सत्य हो र यसको अर्थ पनि भरपर्दो छ।”

४६ तब राजा नबुकद्‌नेजरले भुईँसम्मै घोप्टो परेर दानिएललाई दण्डवत्‌ गरे र तिनको सम्मान गरे। अनि राजाले तिनलाई उपहार दिन र तिनको अगाडि धूप बाल्न हुकुम दिए। ४७ अनि राजाले दानिएललाई भने: “साँच्चै, तिम्रा परमेश्‍वर ईश्‍वरहरूको पनि ईश्‍वर, राजाहरूको पनि प्रभु र रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुँदो रहेछ। त्यसैले तिमीले यो रहस्य खोल्न सक्यौ।”+ ४८ तब राजाले दानिएलको पदोन्‍नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्‍त गरे+ र त्यहाँका सबै बुद्धिमान्‌ मानिसका प्रमुख अधिकृत बनाए। ४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्‌नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने