प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt गन्ती १:१-३६:१३
  • गन्ती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गन्ती
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती

गन्ती

१ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्‍वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्‍नुभयो:+ २ “सम्पूर्ण इस्राएलीहरूको वंशअनुसार, बुबापट्टिको घरानाअनुसार अनि प्रत्येक पुरुषको नामअनुसार समुदायको एक-एक जनाको गणना लेओ।+ ३ तिमी र हारुनले इस्राएलको सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका+ सबैको नाम तिनीहरूको दल-दलअनुसार दर्ता गर्नू।”

४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्‍नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्‌।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्‌: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+ ६ सिमियोनको कुलबाट जुरिसद्दैको छोरा सेलुमिएल;+ ७ यहुदाको कुलबाट अम्मिनादाबको छोरा नहसोन;+ ८ इस्साकारको कुलबाट जुआरको छोरा नेथनेल;+ ९ जबुलुनको कुलबाट हेलोनको छोरा एलिआब;+ १० युसुफका छोराहरू: एप्रैमको कुलबाट+ अम्मिहुदको छोरा एलिसामा; मनस्सेको कुलबाट पदाजुरको छोरा गमलिएल; ११ बिन्यामिनको कुलबाट गिदोनिको छोरा अबिदान;+ १२ दानको कुलबाट अम्मिसद्‌दैको छोरा अहिएजेर;+ १३ असेरको कुलबाट ओक्रानको छोरा पागिएल;+ १४ गादको कुलबाट दुएलको छोरा एलियासाप;+ १५ नप्तालिको कुलबाट एनानको छोरा अहिरा।+ १६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्‌। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्‌।”+

१७ त्यसैले मोसा र हारुनले परमेश्‍वरले रोज्नुभएका यी पुरुषहरू लिए। १८ अनि तिनीहरूले इस्राएलीहरूको नामअनुसार, वंशअनुसार र बुबापट्टिको घरानाअनुसार २० वर्ष र सोभन्दा माथिका+ प्रत्येकको नाम दर्ता गर्न दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई भेला गराए। १९ तिनीहरूले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै गरे। यसरी मोसाले सिनै निर्जनभूमिमा इस्राएलीहरूको नाम दर्ता गरे।+

२० इस्राएलका जेठा छोरा रुबेनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २१ रुबेनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४६ हजार ५ सय थियो।

२२ सिमियोनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २३ सिमियोनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५९ हजार ३ सय थियो।

२४ गादका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २५ गादको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४५ हजार ६ सय ५० थियो।

२६ यहुदाका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २७ यहुदाको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ७४ हजार ६ सय थियो।

२८ इस्साकारका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २९ इस्साकारको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५४ हजार ४ सय थियो।

३० जबुलुनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३१ जबुलुनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५७ हजार ४ सय थियो।

३२ युसुफको छोरा एप्रैमका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३३ एप्रैमको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४० हजार ५ सय थियो।

३४ मनस्सेका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३५ मनस्सेको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ३२ हजार २ सय थियो।

३६ बिन्यामिनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३७ बिन्यामिनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ३५ हजार ४ सय थियो।

३८ दानका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३९ दानको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ६२ हजार ७ सय थियो।

४० असेरका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ४१ असेरको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४१ हजार ५ सय थियो।

४२ नप्तालिका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ४३ नप्तालिको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५३ हजार ४ सय थियो।

४४ यसरी मोसाले हारुन र इस्राएलका १२ जना कुलनायकसित मिलेर नाम दर्ता गरे। यी कुलनायकहरू आ-आफ्नो कुलका मुली थिए। ४५ सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४६ नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

४७ तर लेवीहरूको+ नाम तिनीहरूको बुबापट्टिको कुलअनुसार दर्ता गरिएन।+ ४८ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ४९ “लेविको कुलका पुरुषहरूको नाम दर्ता नगर्नू; अरू इस्राएलीहरूको गन्ती गर्दा तिनीहरूलाई सामेल नगर्नू।+ ५० तिमीले लेवीहरूलाई साक्षीपाटी*+ राखिएको वासस्थान,* त्यसका सबै सरसामान र त्यससित सम्बन्धित सबै काममाथि नियुक्‍त गर्नू।+ तिनीहरूले नै वासस्थान र त्यसका सरसामान बोकून्‌+ र त्यहाँ सेवा गरून्‌।+ अनि तिनीहरूले वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्‌।+ ५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्‌।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्‌। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्‌।+

५२ “अनि तीन-तीन वटा कुल+ मिलेर बनेका दलहरूलाई जुन-जुन ठाउँ दिइएको छ, त्यही-त्यही ठाउँमा* हरेक इस्राएलीले आफ्नो कुलअनुसार पाल टाँगोस्‌। ५३ इस्राएलीहरूको सारा समुदायमाथि मेरो क्रोध नदन्कियोस्‌ भनेर लेवीहरूले चाहिँ साक्षीपाटी राखिएको वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्‌+ अनि वासस्थानको हेरचाह गर्ने* जिम्मेवारी लेवीहरूले नै सम्हालून्‌।”+

५४ इस्राएलीहरूले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएबमोजिमै गरे। तिनीहरूले ठीक त्यसै गरे।

२ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २ “तीन-तीन कुलको दलअनुसार+ प्रत्येक इस्राएलीले आफ्नो कुललाई खटाइएको ठाउँमा, आफ्नो बुबापट्टिको घरानाको झन्डानजिकै* पाल टाँगून्‌। तिनीहरूले आ-आफ्नो पाल भेट हुने पालतर्फ* फर्काएर त्यसको चारैतिर टाँगून्‌।

३ “पूर्वतर्फ अर्थात्‌ सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्‌।+ ४ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ७४ हजार ६ सय थियो।+ ५ यहुदाको कुलको एकातिर इस्साकारको कुलले पाल टाँगोस्‌; इस्साकारको कुलका कुलनायक जुआरका छोरा नेथनेल हुन्‌।+ ६ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५४ हजार ४ सय थियो।+ ७ यहुदाको कुलको अर्कोतिर जबुलुनको कुलले पाल टाँगोस्‌; जबुलुनको कुलका कुलनायक हेलोनका छोरा एलिआब हुन्‌।+ ८ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५७ हजार ४ सय थियो।+

९ “यहुदाको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८६ हजार जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यही दलले सबैभन्दा पहिला यात्रा थालोस्‌।+

१० “दक्षिणतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व रुबेनको कुलले लिनेछ।+ रुबेनको कुलका कुलनायक सेदेउरका छोरा एलिसुर हुन्‌।+ ११ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४६ हजार ५ सय थियो।+ १२ रुबेनको कुलको एकातिर सिमियोनको कुलले पाल टाँगोस्‌; सिमियोनको कुलका कुलनायक जुरिसद्दैका छोरा सेलुमिएल हुन्‌।+ १३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५९ हजार ३ सय थियो।+ १४ रुबेनको कुलको अर्कोतिर गादको कुलले पाल टाँगोस्‌; गादको कुलका कुलनायक रुएलको छोरा एलियासाप हुन्‌।+ १५ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४५ हजार ६ सय ५० थियो।+

१६ “रुबेनको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५१ हजार ४ सय ५० जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले दोस्रो स्थानमा यात्रा थालोस्‌।+

१७ “भेट हुने पाल अर्को ठाउँमा सार्दा+ लेवीहरूका पालहरू अरू दलहरूका पालहरूको बीचमा होस्‌।

“तिनीहरूले तीन-तीन कुलको दलअनुसार तोकिएको ठाउँमा जुन क्रमअनुसार पाल टाँग्छन्‌, अर्को ठाउँमा सर्दा पनि त्यही क्रमअनुसार यात्रा गरून्‌।+

१८ “पश्‍चिमतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व एप्रैमको कुलले लिनेछ। एप्रैमको कुलका कुलनायक अम्मिहुदका छोरा एलिसामा हुन्‌।+ १९ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४० हजार ५ सय थियो।+ २० एप्रैमको कुलको एकातिर मनस्सेको कुलले+ पाल टाँगोस्‌; मनस्सेको कुलका कुलनायक पदाजुरका छोरा गमलिएल हुन्‌।+ २१ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ३२ हजार २ सय थियो।+ २२ एप्रैमको कुलको अर्कोतिर बिन्यामिनको कुलले पाल टाँगोस्‌; बिन्यामिनको कुलका कुलनायक गिदोनिका छोरा अबिदान हुन्‌।+ २३ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ३५ हजार ४ सय थियो।+

२४ “एप्रैमको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ८ हजार १ सय जनाको नाम दर्ता गरिएको थियो। इस्राएलीहरूले यात्रा गर्दा यस दलले तेस्रो स्थानमा यात्रा थालोस्‌।+

२५ “उत्तरतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व दानको कुलले लिनेछ। दानको कुलका कुलनायक अम्मिसद्‌दैका छोरा अहिएजेर हुन्‌।+ २६ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ६२ हजार ७ सय थियो।+ २७ दानको कुलको एकातिर असेरको कुलले पाल टाँगोस्‌; असेरको कुलका कुलनायक ओक्रानका छोरा पागिएल हुन्‌।+ २८ तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ४१ हजार ५ सय थियो।+ २९ दानको कुलको अर्कोतिर नप्तालिको कुलले पाल टाँगोस्‌; नप्तालिको कुलका कुलनायक एनानका छोरा अहिरा हुन्‌।+ ३० तिनको फौजमा नाम दर्ता गरिएकाहरूको सङ्‌ख्या ५३ हजार ४ सय थियो।+

३१ “दानको कुलले नेतृत्व लिने फौजमा जम्मा १ लाख ५७ हजार ६ सय जनाको नाम दर्ता गरिएको थियो। तीन-तीन कुलका दलहरूमध्ये यस दलले अन्तमा यात्रा थालोस्‌।”+

३२ आफ्नो बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका इस्राएलीहरू यी नै हुन्‌। इस्राएलीहरूको फौजमा नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+ ३३ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएबमोजिमै लेवीहरूको नाम अरू इस्राएलीहरूसँग+ दर्ता गरिएन।+ ३४ यहोवा परमेश्‍वरले मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, इस्राएलीहरूले ती सबै गरे। तिनीहरू आ-आफ्नो वंश र बुबापट्टिको घरानाअनुसार तीन-तीन कुलको दल+ मिलाएर पाल टाँग्ने र यात्रा थाल्ने गर्थे।+

३ यहोवा परमेश्‍वरले मोसासित सिनै डाँडामा+ कुरा गर्नुभएको समयमा हारुन र मोसाको वंशावली* विवरण। २ हारुनका छोराहरू यी हुन्‌: जेठो छोरा नादाब, त्यसपछि अबिहु,+ एलियाजार+ र इथामार।+ ३ हारुनका छोराहरू यी नै हुन्‌, जो पुजारीको रूपमा सेवा गर्न नियुक्‍त भए र अभिषेक गरिए।+ ४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्‍वरको सामुन्‍ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे।

५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्‌।+ ७ तिनीहरूले वासस्थानसित* सम्बन्धित सेवा चढाएर भेट हुने पालसामु* हारुन र सारा समुदायप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्‌। ८ तिनीहरूले भेट हुने पालको सबै सरसामानको रेखदेख गरून्‌+ र वासस्थानसित सम्बन्धित सबै काम गरेर इस्राएलीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्‌।+ ९ तिमीले लेवीहरू हारुन र तिनका छोराहरूलाई दिनू। तिनीहरू हारुनको सेवा गर्न इस्राएलीहरूको माझबाट अलग्गै छुट्ट्याइएकाहरू हुन्‌।+ १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्‌।”+

११ यहोवा परमेश्‍वरले मोसालाई थप यसो भन्‍नुभयो: १२ “हेर, मैले लेवीहरूलाई इस्राएलीहरूको हरेक पहिलो सन्तानको सट्टामा लिएको छु,+ त्यसैले लेवीहरू मेरा हुनेछन्‌। १३ किनकि गर्भको हरेक पहिलो सन्तान मेरै हुन्‌।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई प्रहार गरेको दिन+ इस्राएलका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो लागि छुट्ट्याएँ।+ तिनीहरू मेरै हुन्‌। म यहोवा हुँ।”

१४ यहोवा परमेश्‍वरले सिनै निर्जनभूमिमा+ मोसालाई अझै यसो भन्‍नुभयो: १५ “लेविका सन्तानको नाम तिनीहरूका बुबापट्टिको घराना र वंशअनुसार दर्ता गर। एक महिना र सोभन्दा माथिको उमेरका सबै पुरुषको नाम दर्ता गर।”+ १६ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले तिनीहरूको नाम दर्ता गरे। १७ लेविका छोराहरू यी हुन्‌: गेर्सोन, कोहात र मरारि।+

१८ गेर्सोनका छोराहरू यी हुन्‌: लिब्नि र सिमि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।

१९ कोहातका छोराहरू यी हुन्‌: अम्राम, इजहार, हेब्रोन र उज्जिएल।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।

२० मरारिका छोराहरू यी हुन्‌: महलि+ र मुसि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।

बुबापट्टिको घरानाअनुसार लेवीहरूका घरानाहरू यी नै थिए।

२१ गेर्सोनबाट लिब्निको घराना+ र सिमिको घराना आए। गेर्सोनीहरूका घराना यी नै थिए। २२ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्‌ख्या ७ हजार ५ सय थियो।+ २३ गेर्सोनीहरूका घरानाले पश्‍चिमतिर अर्थात्‌ वासस्थानको पछिल्तिर पाल टाँगे।+ २४ गेर्सोनीहरूका घरानाका कुलनायक लाएलका छोरा एलियासाप थिए। २५ गेर्सोनका सन्तानको+ जिम्मेवारी भेट हुने पालमा यी कुराहरूको रेखदेख गर्ने थियो:+ वासस्थान र त्यसलाई ढाक्ने पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका चोकका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै काम।

२७ कोहातबाट अम्राम, इजहार, हेब्रोन र उज्जिएलका घराना आए। कोहातीहरूका घराना यी नै थिए।+ २८ एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्‌ख्या ८ हजार ६ सय थियो। तिनीहरूको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नु थियो।+ २९ कोहातको घरानाले वासस्थानको दक्षिणतिर पाल टाँग्यो।+ ३० कोहातीहरूका घरानाका कुलनायक उज्जिएलका छोरा एलिसापान थिए।+ ३१ तिनीहरूको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: करारको सन्दुक,*+ टेबुल,+ पानस,+ वेदीहरू,+ पवित्र ठाउँमा सेवा चढाउन प्रयोग गरिने सरसामान,+ भित्री पर्दा+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+

३२ पुजारी हारुनका छोरा एलियाजार+ लेवीहरूका प्रमुख कुलनायक थिए। तिनको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नेहरूको निगरानी गर्ने थियो।

३३ मरारिबाट महलिको घराना र मुसिको घराना आए। मरारिहरूका घराना यी नै थिए।+ ३४ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्‌ख्या ६ हजार २ सय थियो।+ ३५ मरारिहरूका घरानाका कुलनायक अबिहेलका छोरा जुरिएल थिए। तिनीहरूले वासस्थानको उत्तरतिर पाल टाँगे।+ ३६ मरारिका सन्तानको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: वासस्थानको चौकोस,+ डन्डी,+ खामा,+ त्यसका चूलघर,* त्यहाँ भएका सबै सरसामान+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+ ३७ तिनीहरूले चोकको चारैतिरका खामाहरू र तिनका चूलघर,*+ पालको किला र डोरीको पनि रेखदेख गर्नुपर्थ्यो।

३८ मोसा, हारुन र तिनका छोराहरूले भेट हुने पालको अगाडि, वासस्थानको पूर्वतिर अर्थात्‌ सूर्योदय हुने दिशातिर पाल टाँगे। तिनीहरूले पवित्र स्थानको* रेखदेख गर्ने जिम्मेवारी पाएका थिए। इस्राएलीहरूका खातिर यो जिम्मेवारी पूरा गर्नु तिनीहरूको कर्तव्य थियो। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र ठाउँको नजिक आएमा उसलाई मारिने थियो।+

३९ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले घराना-घरानाअनुसार लेविको कुलको नाम दर्ता गर्दा एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्‌ख्या २२ हजार थियो।

४० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूका एक महिना र सोभन्दा माथिको उमेरका+ हरेक पहिलो सन्तान अर्थात्‌ जेठो छोराको नाम दर्ता गर्नू। तिनीहरूको गन्ती गरेर नामको सूची बनाउनू। ४१ इस्राएलीहरूको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूलाई मेरो लागि अलग्गै छुट्ट्याउनू+ अनि इस्राएलीहरूको घरपालुवा जनावरको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूको सबै घरपालुवा जनावरलाई अलग्गै छुट्ट्याउनू।+ म यहोवा हुँ।” ४२ अनि यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले इस्राएलीहरूका हरेक पहिलो सन्तानको नाम दर्ता गरे। ४३ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पहिलो सन्तानको सङ्‌ख्या २२ हजार २ सय ७३ थियो।

४४ यहोवा परमेश्‍वरले मोसालाई थप यसो भन्‍नुभयो: ४५ “इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा लेवीहरूलाई अलग्गै छुट्ट्याउनू; साथै इस्राएलीहरूको घरपालुवा जनावरको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूको घरपालुवा जनावरलाई अलग्गै छुट्ट्याउनू। लेवीहरू मेरा हुनेछन्‌। म यहोवा हुँ। ४६ लेवीहरूको सङ्‌ख्याभन्दा धेरै भएका इस्राएलीहरूका+ २७३ जना पहिलो सन्तानको फिरौतीको मोलस्वरूप+ ४७ प्रत्येक व्यक्‍तिको लागि पवित्र ठाउँको शेकेलअनुसार* पाँच शेकेल* लिनू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ।+ ४८ लेवीहरूको सङ्‌ख्याभन्दा धेरै भएका इस्राएलीहरूका पहिलो सन्तानको फिरौतीको मोलस्वरूप जति पैसा लिइन्छ, त्यो हारुन र तिनका छोराहरूलाई दिनू।” ४९ यसकारण लेवीहरूको सङ्‌ख्याभन्दा धेरै भएका इस्राएलीहरूका पहिलो सन्तानको निम्ति तिरिएको फिरौतीको पैसा मोसाले लिए। ५० पवित्र ठाउँको शेकेलअनुसार मोसाले इस्राएलीहरूका पहिलो सन्तानबाट १ हजार ३ सय ६५ शेकेल लिए। ५१ अनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ मोसाले फिरौतीको मोलस्वरूप जम्मा भएको पैसा हारुन र तिनका छोराहरूलाई दिए। यहोवा परमेश्‍वरले मोसालाई जस्तो आज्ञा दिनुभएको थियो, उनले त्यसै गरे।

४ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २ “लेविका सन्तानमध्ये कोहातीहरूको+ गणना तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेओ। ३ भेट हुने पालमा* सेवा गर्ने ३०+ देखि ५० वर्षसम्मका+ कोहाती पुरुषहरूको गन्ती गर्नू।+

४ “भेट हुने पालमा कोहातका सन्तानले गर्ने यी कामहरू+ अतिपवित्र छन्‌: ५ इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्दा हारुन र तिनका छोराहरू आएर साक्षीपाटी राखिएको सन्दुकसँगै* भएको पर्दा+ झिकून्‌ र त्यसले सन्दुकलाई+ छोपून्‌। ६ त्यसपछि तिनीहरूले त्यसलाई माथिबाट सिलको* छालाबाट बनाइएको पालले छोपून्‌ र त्यसलाई पूरै निलो रङ्‌गको कपडाले ढाकून्‌ अनि सन्दुक बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्‌।+

७ “तिनीहरूले भेटीको रोटी* राख्ने टेबुलमाथि+ एउटा निलो कपडा ओछ्याऊन्‌ र त्यसमा थाल, कचौरा अनि मद्यभेटी* चढाउने सुराही र प्यालाहरू राखून्‌;+ नियमित रूपमा चढाइने रोटीहरू+ पनि त्यही टेबुलमा राखून्‌। ८ त्यसपछि तिनीहरूले यी सबै थोकलाई सिन्दूरे रङ्‌गको कपडाले ढाकून्‌ र त्यसलाई माथिबाट सिलको छालाले छोपून्‌ अनि टेबुल बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्‌।+ ९ त्यसपछि तिनीहरूले एउटा निलो कपडा लेऊन्‌ अनि त्यसमा पानस,+ त्यसका दियोहरू,+ चिम्टाहरू, सलेदोदानीहरू*+ र दियो बालिरहन चाहिने तेलका भाँडाहरू पोको पारून्‌। १० तिनीहरूले पानस र सबै सरसामान सिलको छालामा पोको पारेर खटमा राखून्‌। ११ त्यसपछि तिनीहरूले सुनको वेदीमाथि+ निलो रङ्‌गको कपडा ओछ्याऊन्‌ र त्यसलाई माथिबाट सिलको छालाले छोपून्‌ अनि वेदी बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्‌।+ १२ पवित्र ठाउँमा निरन्तर सेवा चढाउँदा प्रयोग गरिने सबै सरसामान+ तिनीहरूले निलो कपडाले बेरून्‌ अनि त्यसलाई सिलको छालामा पोको पारेर खटमा राखून्‌।

१३ “तिनीहरूले वेदीबाट खरानी* हटाऊन्‌+ र वेदीमाथि बैजनी रङ्‌गको ऊनको कपडा ओछ्याऊन्‌। १४ अनि वेदीमा गरिने सेवासित सम्बन्धित यी सबै सरसामान त्यसमा राखून्‌: कोइला राख्ने भाँडाहरू, काँटाहरू, साबेलहरू र कचौराहरू।+ त्यसलाई माथिबाट सिलको छालाले छोपून्‌ अनि वेदी बोक्ने डन्डीहरूलाई त्यसको ठाउँमा हालून्‌।+

१५ “इस्राएलीहरूले अर्को ठाउँमा छाउनी सार्ने बेला हारुन र तिनका छोराहरूले पवित्र ठाउँ र त्यसका सबै सरसामान ढाकून्‌।+ त्यसपछि कोहातका सन्तान आएर ती सरसामान बोकून्‌।+ तर कोहातका सन्तानले पवित्र ठाउँमा भएको कुनै पनि सामान नछोऊन्‌ नत्र तिनीहरू मर्नेछन्‌।+ भेट हुने पालमा कोहातका सन्तानले पूरा गर्नुपर्ने जिम्मेवारी यी नै हुन्‌।

१६ “पुजारी हारुनका छोरा एलियाजारको+ जिम्मेवारी दियोमा हाल्ने तेल,+ सुगन्धित धूप,+ निरन्तर चढाउने अन्‍नभेटी अनि अभिषेक गर्ने तेलको+ रेखदेख गर्नु हो। पवित्र ठाउँ र त्यसमा भएका सबै कुरा अर्थात्‌ पूरै वासस्थान* र त्यसका सबै सरसामान तिनकै निगरानीमा रहून्‌।”

१७ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई अझै यसो भन्‍नुभयो: १८ “कोहातको घरानालाई+ लेवीहरूको बीचबाट नाश हुन नदेओ। १९ अतिपवित्र सरसामानहरू बोक्न जाँदा तिनीहरू मर्न नपरोस्‌ भनेर त्यसो गर्नू।+ हारुन र तिनका छोराहरू पवित्र ठाउँभित्र जाऊन्‌ अनि प्रत्येक कोहातीले के-के गर्नुपर्ने हो र के-के बोक्नुपर्ने हो, तिनीहरूलाई बताऊन्‌। २० कोहातका सन्तानले भित्र आएर पवित्र सरसामान एकछिन पनि नहेरून्‌ नत्र तिनीहरू मर्नेछन्‌।”+

२१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २२ “गेर्सोनका सन्तानको+ गणना तिनीहरूको बुबापट्टिको घरानाअनुसार र वंशअनुसार लेऊ। २३ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गर्नू। २४ गेर्सोनको घरानाले रेखदेख गर्नुपर्ने र बोक्नुपर्ने सामानहरू यी हुन्‌:+ २५ वासस्थानका कपडाहरू,+ भेट हुने पाल, त्यसमाथि भएको कपडा र सबैभन्दा माथि भएको सिलको छालाको पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका आँगनका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै सरसामान। यो नै तिनीहरूलाई दिइएको जिम्मेवारी हो। २७ गेर्सोनीहरूले+ गर्ने काम र तिनीहरूले बोक्ने सामानको निगरानी हारुन र तिनका छोराहरूले गरून्‌। यी कामहरूको जिम्मा तिनीहरूलाई सुम्पनू। २८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्‌+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्‌।+

२९ “मरारिका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गर। ३० भेट हुने पालमा सेवा गर्ने मरारिका सन्तानका ३० देखि ५० वर्षसम्मका पुरुषहरूको नाम दर्ता गर्नू। ३१ भेट हुने पालमा चढाइने सेवासित सम्बन्धित यी सरसामानहरू बोक्ने जिम्मेवारी तिनीहरूको हो:+ वासस्थानको चौकोस,+ डन्डी,+ खामा+ र त्यसका चूलघरहरू;*+ ३२ चोकको चारैतिरका खामा+ र त्यसका चौकोहरू,*+ पालको किला+ र डोरीहरू अनि यीसित सम्बन्धित सबै सरसामान। तिनीहरूले यी सामानसित सम्बन्धित सबै सेवा चढाऊन्‌। प्रत्येकले के-के बोक्नुपर्ने हो, सो तिनीहरूलाई अह्राउनू। ३३ भेट हुने पालमा मरारिको घरानाले+ गर्नुपर्ने काम यी नै हुन्‌ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्‌।”+

३४ तब मोसा, हारुन र इस्राएलका नाइकेहरूले+ कोहातका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ३५ तिनीहरूले भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका कोहाती पुरुषहरूको गन्ती गरे।+ ३६ तिनीहरूको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्‌ख्या २ हजार ७ सय ५० थियो।+ ३७ नाम दर्ता गरिएका कोहातीहरूको घराना यी नै हुन्‌, जो भेट हुने पालमा सेवा गर्थे। यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले तिनीहरूको नाम दर्ता गरे।+

३८ गेर्सोनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ३९ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गरियो। ४० तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्‌ख्या २ हजार ६ सय ३० थियो।+ ४१ नाम दर्ता गरिएका गेर्सोनीहरूका घराना यी नै हुन्‌, जो भेट हुने पालमा सेवा गर्थे। यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले तिनीहरूको नाम दर्ता गरे।+

४२ मरारिका सन्तानको नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४३ भेट हुने पालमा सेवा गर्ने मरारिका सन्तानका ३० देखि ५० वर्षसम्मका पुरुषहरूको गन्ती गरियो।+ ४४ तिनीहरूको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्‌ख्या ३ हजार २ सय थियो।+ ४५ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले नाम दर्ता गरेका मरारिका घराना यी नै हुन्‌।+

४६ मोसा, हारुन र इस्राएलका कुलनायकहरूले यी सबै लेवीको नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरे। ४७ तिनीहरू ३० देखि ५० वर्षसम्मका थिए अनि तिनीहरूलाई भेट हुने पालमा सेवा गर्ने र त्यहाँका सामानहरू बोक्ने जिम्मा दिइयो।+ ४८ नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्‌ख्या ८ हजार ५ सय ८० थियो।+ ४९ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिमै तिनीहरूको नाम दर्ता गरियो अनि तिनीहरू प्रत्येकले गर्नुपर्ने सेवा र बोक्नुपर्ने सामान तोकियो। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै तिनीहरूको नाम दर्ता गरियो।

५ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “कुष्ठरोग लागेको हरेक मानिस,+ धातु बगेको हरेक व्यक्‍ति+ र लास छोएर अशुद्ध भएको हरेक व्यक्‍तिलाई+ छाउनी बाहिर राख्नू भनेर इस्राएलीहरूलाई आज्ञा देऊ। ३ पुरुष होस्‌ या स्त्री, तिनीहरूलाई छाउनी बाहिर राख्नू। म तिमीहरूमाझ बास गर्ने भएकोले+ त्यस्ता व्यक्‍तिहरूले छाउनीलाई अशुद्ध नपारून्‌+ भनेर तिनीहरूलाई छाउनीबाहिर लैजानू।” ४ इस्राएलीहरूले त्यसै गरे र तिनीहरूलाई छाउनीबाट बाहिर लगे। यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएबमोजिमै इस्राएलीहरूले गरे।

५ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: ६ “इस्राएलीहरूलाई भन, ‘सङ्‌गी मानवविरुद्ध पाप गरेर कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्‍वरलाई विश्‍वासघात गऱ्‍यो भने ऊ दोषी ठहरिनेछ।+ ७ उसले* आफ्नो पाप स्विकारोस्‌+ अनि आफूले* गरेको अपराधको पूरा क्षतिपूर्ति तिरोस्‌ र त्यसको पाँच भागको एक भाग पनि देओस्‌;+ उसले जसको विरुद्धमा पाप गरेको हो, उसैलाई त्यो रकम तिरोस्‌। ८ तर त्यो व्यक्‍ति मऱ्‍यो र क्षतिपूर्ति बुझ्ने उसको नजिकको आफन्त कोही छैन भने दोषीले त्यो रकम यहोवा परमेश्‍वरलाई बुझाओस्‌ र त्यो पुजारीको भाग हुनेछ। साथै उसले प्रायश्‍चितको लागि जुन थुमा अर्पण गर्न ल्याउँछ, त्यसमाथि पनि पुजारीकै हक लाग्नेछ।+

९ “‘इस्राएलीहरूले पुजारीलाई दान गरेको सबै पवित्र थोक+ पुजारीकै हुनेछ।+ १० हरेक मानिसले पुजारीलाई दिन छुट्ट्याएको पवित्र थोक पुजारीकै हुनेछ। उसले जे-जति थोक पुजारीलाई दिन्छ, त्यो पुजारीकै हुनेछ।’”

११ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १२ “इस्राएलीहरूलाई भन, ‘यदि कसैकी पत्नी बरालिई र उसले आफ्नो पतिलाई विश्‍वासघात गरी १३ र परपुरुषले ऊसित यौनसम्बन्ध राख्यो+ तर यो कुरा उसको पतिलाई थाह भएन र गोप्य रह्‍यो अनि उसले आफूलाई बिटुलो पारेकी भए तापनि उसको विरुद्धमा साक्षी दिने कोही छैन र ऊ पक्राउ परेकी छैन भने यसो गर्नू: १४ आफ्नी पत्नी बिटुलिएकोले पतिले डाह र शङ्‌का गरेको होस्‌ अथवा पत्नी नबिटुलिए तापनि पतिले डाह र शङ्‌का गरेको होस्‌, १५ पतिले आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याओस्‌ र एक एपा* जौको पीठोको दस भागको एक भाग पनि सँगै ल्याओस्‌, जुन उसकी पत्नीको खातिर चढाइने भेटी हो। उसले पीठोमा तेल वा सेतो धूप* नमिसाओस्‌ किनभने यो डाहको मामिलामा चढाइने अन्‍नभेटी हो; यो अन्‍नभेटीले पापको सम्झना गराउनेछ।

१६ “‘पुजारीले त्यस स्त्रीलाई ल्याएर यहोवा परमेश्‍वरसामु उभ्याऊन्‌।+ १७ पुजारीले माटोको भाँडोमा शुद्ध पानी लेऊन्‌ अनि वासस्थानको* भुईँबाट अलिकता माटो लिएर त्यो पानीमा हालून्‌। १८ पुजारीले त्यस स्त्रीलाई यहोवा परमेश्‍वरसामु खडा गराऊन्‌ र उसको केश फुकाइदिएर उसको हातमा सम्झनास्वरूप अन्‍नभेटी अर्थात्‌ डाहको मामिलामा चढाइने अन्‍नभेटी राखिदेऊन्‌।+ पुजारीको हातमा भने सराप ल्याउने तीतो पानी होस्‌।+

१९ “‘त्यस स्त्रीलाई कसम खान लगाउन पुजारीले यसो भनून्‌: “यदि तिमीले आफ्नो पतिको अधीनमा छँदा+ कुनै परपुरुषसित यौनसम्बन्ध राखेकी छैनौ अनि सही बाटोबाट तर्केकी छैनौ र आफूलाई बिटुलो पारेकी छैनौ भने सराप ल्याउने त्यो तीतो पानीको असरबाट तिमी मुक्‍त हुनेछ्यौ। २० तर पति हुँदाहुँदै बरालिएर आफूलाई बिटुलो पारेकी छ्यौ र परपुरुषसित यौनसम्बन्ध राखेकी छ्यौ भने—”+ २१ तब त्यस स्त्रीलाई सरापको कसम खान लगाउन पुजारीले यसो भनून्‌: “यहोवा परमेश्‍वरले तिम्रो जाँघ* कुहिन* र पेट फुल्न दिएर यहोवाले तिमीलाई मानिसहरूमाझ सराप र धिक्कारको पात्र बनाऊन्‌। २२ सराप ल्याउने त्यो पानी तिम्रो भुँडीमा पसेर तिम्रो पेट फुल्नेछ अनि तिम्रो जाँघ कुहिनेछ।” यो सुनेपछि त्यस स्त्रीले “आमिन! आमिन!” भनोस्‌।

२३ “‘तब पुजारीले ती सरापहरू पुस्तकमा लेखून्‌ र त्यसलाई तीतो पानीले पखालून्‌। २४ पुजारीले सराप ल्याउने तीतो पानी त्यस स्त्रीलाई पिउन लगाऊन्‌ अनि त्यो पानी उसको शरीरमा पसेपछि उसले पीडा भोग्नेछे। २५ अनि पुजारीले त्यस स्त्रीको हातमा भएको डाहको मामिलामा चढाइने अन्‍नभेटी लेऊन्‌+ र यहोवा परमेश्‍वरसामु डोलाऊन्‌ अनि भेटीलाई वेदीनेर ल्याऊन्‌। २६ एक मुठी अन्‍नभेटी लिएर पुजारीले त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्‌;*+ त्यसपछि त्यस स्त्रीलाई तीतो पानी पिउन लगाऊन्‌। २७ उसले आफूलाई बिटुलो पारेकी छे र आफ्नो पतिलाई विश्‍वासघात गरेकी छे भने पुजारीले सराप ल्याउने पानी पिउन दिएपछि उसलाई पीडा हुनेछ, उसको पेट फुल्नेछ, जाँघ कुहिनेछ। अनि मानिसहरूले सराप्नुपर्दा उसलाई सम्झँदै सराप्नेछन्‌। २८ तर यदि उसले आफूलाई बिटुलो पारेकी छैन र ऊ चोखो छे भने यस्तो दुःखद परिणाम भोग्नुपर्नेछैन; उसले गर्भधारण गर्न र सन्तान जन्माउन सक्नेछे।

२९ “‘डाहसित सम्बन्धित नियम यो हो:+ आफ्नो पति हुँदाहुँदै कुनै स्त्रीले बरालिएर आफूलाई बिटुलो पारी ३० अथवा कुनै पुरुषले आफ्नी पत्नीले आफूलाई विश्‍वासघात गरेको शङ्‌का गर्छ वा डाह गर्छ भने उसले आफ्नी पत्नीलाई यहोवा परमेश्‍वरसामु खडा गराओस्‌। अनि पुजारीले यो नियमअनुसार त्यस स्त्रीलाई जे-जे गर्नुपर्ने हो, सो गरून्‌। ३१ तब त्यो पुरुष निर्दोष ठहरिनेछ तर पत्नी दोषी साबित भएमा उसले कुकर्मको परिणाम भोग्नेछे।’”

६ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन, ‘कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्‍वरको सेवा गर्न नाजिरी*+ जीवन बिताउने विशेष भाकल गर्छ भने ३ उसले दाखमद्य* र अरू कुनै किसिमको रक्सी नपिओस्‌। उसले दाखमद्यको वा अरू कुनै किसिमको रक्सीको सिर्का* नपिओस्‌।+ उसले अङ्‌गुरको रस, ताजा अङ्‌गुर वा किसमिस केही नखाओस्‌। ४ नाजिरी जीवन बिताएको समयभरि नै उसले अङ्‌गुरको बियाँ होस्‌ वा बोक्रा, केही नखाओस्‌।

५ “‘नाजिरी जीवन बिताउने भाकल गरेको समयभरि उसको शिरमा छुरा नलगाइयोस्‌।+ यहोवा परमेश्‍वरको लागि आफूलाई अलग पारेको समय पूरा नहोउन्जेल कपाल बढ्‌न दिएर ऊ पवित्र रहिरहोस्‌। ६ यहोवा परमेश्‍वरको लागि आफूलाई अलग पारेको समयभरि ऊ कुनै लासको* नजिक नजाओस्‌। ७ आफ्नो बुबा, आमा, दाजुभाइ अथवा दिदीबहिनीको मृत्यु भए तापनि उसले आफूलाई अशुद्ध नपारोस्‌+ किनकि ऊ नाजिरी भएको चिन्ह उसको शिरमा छ।

८ “‘नाजिरीको रूपमा जीवन बिताउन्जेल ऊ यहोवा परमेश्‍वरको सामुन्‍ने पवित्र होस्‌। ९ तर उसको छेउमा अचानक कोही मऱ्‍यो+ र उसले आफ्नो कपाल अर्थात्‌ परमेश्‍वरको लागि अलग भएको आफ्नो शिरको चिन्हलाई अशुद्ध पाऱ्‍यो भने शुद्धीकरणको दिनमा उसले कपाल खौरोस्‌।+ उसले सातौँ दिनमा कपाल खौरोस्‌। १० आठौँ दिनमा ऊ दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको* प्रवेशद्वारमा पुजारीकहाँ आओस्‌। ११ लासले गर्दा अशुद्ध भएकोले उसको पापको प्रायश्‍चितको लागि पुजारीले एउटा चरालाई पापभेटी* र अर्कोलाई अग्निभेटीको* रूपमा चढाऊन्‌।+ अनि त्यही दिन उसले आफूलाई चोख्याओस्‌ र आफ्नो शिरको कपाल फेरि बढ्‌न देओस्‌। १२ उसले फेरि आफूलाई यहोवा परमेश्‍वरको लागि अलग राखेर नाजिरी जीवन सुरु गरोस्‌ र दोषभेटी* चढाउन एक वर्षे थुमा ल्याओस्‌। उसले आफ्नो नाजिरी जीवनलाई अशुद्ध पारेकोले त्यसअघिका दिनहरूको गन्ती हुनेछैन।

१३ “‘नाजिरीहरूका लागि यो नियम लागू हुनेछ: उसको नाजिरी जीवन पूरा भएपछि+ उसलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याइयोस्‌। १४ त्यहाँ उसले यहोवा परमेश्‍वरलाई यी भेटीहरू चढाओस्‌: अग्निभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठो,+ पापभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठी,+ मेलबलिको* रूपमा एउटा निष्खोट थुमा,+ १५ तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी र तेल दलेको अखमिरा पापडी एक डालो। साथै अन्‍नभेटी+ र मद्यभेटी+ पनि सँगै ल्याओस्‌। १६ पुजारीले यी भेटीहरू यहोवा परमेश्‍वरसामु लैजाऊन्‌ र नाजिरी जीवन पूरा गर्नेको तर्फबाट पापभेटी र अग्निभेटी चढाऊन्‌। १७ तिनले यहोवा परमेश्‍वरलाई मेलबलिको रूपमा थुमा र त्यससँगै एक डालो अखमिरा रोटी पनि चढाऊन्‌। तिनले अन्‍नभेटी+ र मद्यभेटी पनि चढाऊन्‌।

१८ “‘अनि नाजिरी जीवन बिताउँदा बढेको कपाल उसले भेट हुने पालको प्रवेशद्वारमा खौरोस्‌+ र उसले आफ्नो काटिएको कपाल त्यस आगोमा हालोस्‌, जसमाथि मेलबलिको रूपमा चढाइएको जनावर जलिरहेको हुन्छ। १९ त्यसपछि पुजारीले थुमाको उसिनेको कुम,+ डालोबाट एउटा सेल आकारको अखमिरा रोटी र एउटा अखमिरा पापडी लेऊन्‌ र ती सबै त्यस नाजिरीको हातमा राखिदेऊन्‌, जसले नाजिरी जीवनको चिन्ह खौरिसकेको छ। २० अनि पुजारीले त्यसलाई डोलाउने भेटीको* रूपमा यहोवा परमेश्‍वरसामु डोलाऊन्‌।*+ यी सबै थोकका साथै डोलाउने भेटीको रूपमा चढाइएको जनावरको ह्‍याकुला र पुजारीको लागि छुट्ट्याइएको खुट्टा पुजारीलाई दिनू।+ त्यसपछि त्यस नाजिरीले मद्य पिउन सक्छ।

२१ “‘नाजिरी जीवन बिताउँछु भनेर भाकल गर्ने व्यक्‍तिले पूरा गर्नुपर्ने नियम यो हो:+ कुनै नाजिरीसित यहोवा परमेश्‍वरलाई चढाउनुपर्ने बाहेक थप भेटी चढाउने औकात छ र उसले त्यसो गर्ने भाकल पनि गर्छ भने उसले त्यो भाकल पूरा गर्नै पर्छ।’”

२२ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २३ “हारुन र तिनका छोराहरूलाई यसो भन, ‘तिमीहरूले इस्राएलीहरूलाई यस्तो आशिष्‌ दिनू:+

२४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌+ र तिमीहरूको रक्षा गरून्‌।

२५ यहोवा परमेश्‍वरको मुहार तिमीहरूमाथि चम्कोस्‌+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्‌।

२६ यहोवा परमेश्‍वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन्‌ र तिमीहरूलाई शान्ति देऊन्‌।”’+

२७ अनि पुजारीहरूले मेरो नाम लिएर इस्राएलीहरूलाई आशिष्‌ देऊन्‌+ र म ती इस्राएलीहरूलाई आशिष्‌ दिनेछु।”+

७ मोसाले जुन दिन वासस्थान* स्थापना गरेर सिद्‌ध्याए,+ त्यही दिन तिनले त्यसलाई अभिषेक गरे+ र चोख्याए। तिनले त्यहाँका सबै सरसामान, वेदी र त्यसमा प्रयोग हुने सबै सरसामान पनि अभिषेक गरे र चोख्याए।+ तिनले यी सबैलाई अभिषेक गरेर चोख्याएपछि+ २ बुबापट्टिको घरानाअनुसार इस्राएलीहरूका कुलनायकहरूले+ भेटी चढाए। यी कुलनायकहरूको निगरानीमा नाम दर्ता गर्ने काम भएको थियो। ३ तिनीहरूले यहोवा परमेश्‍वरको सामुन्‍ने छत भएको छ वटा गाडा र १२ वटा बहर ल्याए; दुई जना कुलनायकको तर्फबाट एउटा गाडा र एक जनाको तर्फबाट एउटा बहर। अनि तिनीहरूले ती भेटी वासस्थानसामु ल्याए। ४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ५ “तिनीहरूले ल्याएको भेटी स्विकार किनभने ती कुराहरू भेट हुने पालमा* चढाइने सेवाको निम्ति प्रयोग हुनेछन्‌। अनि तिमीले यी चिजहरू लेवीहरूलाई तिनीहरूको कामको आवश्‍यकताअनुसार बाँडिदिनू।”

६ त्यसैले मोसाले गाडाहरू र बहरहरू लिएर लेवीहरूलाई दिए। ७ तिनले गेर्सोनका सन्तानलाई तिनीहरूको कामको+ आवश्‍यकताअनुसार दुई वटा गाडा र चार वटा बहर दिए ८ अनि तिनले मरारिका सन्तानलाई तिनीहरूको कामको आवश्‍यकताअनुसार चार वटा गाडा र आठ वटा बहर दिए। मोसाले यी सबै चिज पुजारी हारुनका छोरा इथामारको निगरानीमा सुम्पे।+ ९ तर तिनले कोहातका सन्तानलाई केही पनि दिएनन्‌ किनभने तिनीहरूलाई पवित्र ठाउँमा सेवा गर्न खटाइएको थियो+ र तिनीहरूले पवित्र सरसामान आफ्नो काँधमा बोक्थे।+

१० वेदीलाई अभिषेक गरेर समर्पण* गरिएको+ दिनमै कुलनायकहरूले आ-आफ्नो भेटी ल्याए। जब कुलनायकहरूले आफ्नो भेटी वेदीको सामुन्‍ने ल्याए, ११ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्‌।”

१२ पहिलो दिन अम्मिनादाबका छोरा नहसोनले+ भेटी चढाए, जो यहुदाको कुलका थिए। १३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार*+ १३० शेकेल* तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ १४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; १५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ १६ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ १७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिनादाबका+ छोरा नहसोनले चढाएको भेटी यही थियो।

१८ दोस्रो दिन जुआरका छोरा नेथनेलले+ भेटी चढाए, जो इस्साकारको कुलका कुलनायक थिए। १९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ २० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; २१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ २२ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ २३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। जुआरको छोरा नेथनेलले चढाएको भेटी यही थियो।

२४ तेस्रो दिन हेलोनका छोरा एलिआब,+ जो जबुलुनको कुलका कुलनायक थिए, २५ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ २६ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; २७ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ २८ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ २९ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। हेलोनका छोरा एलिआबले+ चढाएको भेटी यही थियो।

३० चौथो दिन सेदेउरका छोरा एलिसुर,+ जो रुबेनको कुलका कुलनायक थिए, ३१ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ३२ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ३३ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ३४ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ३५ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। सेदेउरका छोरा एलिसुरले+ चढाएको भेटी यही थियो।

३६ पाँचौँ दिन जुरिसद्दैका छोरा सेलुमिएल,+ जो सिमियोनको कुलका कुलनायक थिए, ३७ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ३८ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ३९ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ४० पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ४१ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। जुरिसद्दैका छोरा सेलुमिएलले+ चढाएको भेटी यही थियो।

४२ छैटौँ दिन दुएलका छोरा एलियासाप,+ जो गादको कुलका कुलनायक थिए, ४३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ४४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ४५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ४६ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ४७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। दुएलका छोरा एलियासापले+ चढाएको भेटी यही थियो।

४८ सातौँ दिन अम्मिहुदका छोरा एलिसामा,+ जो एप्रैमको कुलका कुलनायक थिए, ४९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ५० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ५१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ५२ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ५३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिहुदको छोरा एलिसामाले+ चढाएको भेटी यही थियो।

५४ आठौँ दिन पदाजुरको छोरा गमलिएल,+ जो मनस्सेको कुलका कुलनायक थिए, ५५ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ५६ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ५७ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ५८ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ५९ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। पदाजुरका छोरा गमलिएलले+ चढाएको भेटी यही थियो।

६० नवौँ दिन गिदोनिका छोरा अबिदान,+ जो बिन्यामिनको कुलका कुलनायक थिए,+ ६१ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ६२ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ६३ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो+ ६४ पापभेटीको लागि बाख्राको एउटा पाठो;+ ६५ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। गिदोनिका छोरा अबिदानले+ चढाएको भेटी यही थियो।

६६ दसौँ दिन अम्मिसद्दैका छोरा अहिएजेर,+ जो दानको कुलका कुलनायक थिए, ६७ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ६८ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ६९ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ७० पापभेटीको लागि बाख्राको एउटा पाठो+ ७१ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। अम्मिसद्दैका छोरा अहिएजेरले+ चढाएको भेटी यही थियो।

७२ एघारौँ दिन ओक्रानका छोरा पागिएल,+ जो असेरको कुलका कुलनायक थिए, ७३ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ७४ दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ७५ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ७६ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ७७ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। ओक्रानका छोरा पागिएलले+ चढाएको भेटी यही थियो।

७८ बाह्रौँ दिन एनानका छोरा अहिरा,+ जो नप्तालिको कुलका कुलनायक थिए, ७९ तिनले यी भेटीहरू चढाए: पवित्र ठाउँको शेकेलअनुसार+ १३० शेकेल तौल भएको चाँदीको एउटा थाल र ७० शेकेल तौल भएको चाँदीको एउटा प्याला। यी दुवै भाँडाभरि अन्‍नभेटी चढाउन तेलमा मुछेको मसिनो पीठो थियो;+ ८० दस शेकेल तौल भएको सुनको एउटा कचौरा, जसमा धूप भरिएको थियो; ८१ अग्निभेटीको लागि एउटा बहर, एउटा थुमा र भेडाको एक वर्षे पाठो;+ ८२ पापभेटीको लागि बाख्राको एउटा पाठो+ ८३ अनि मेलबलिको+ लागि दुई वटा बहर, पाँच वटा थुमा, पाँच वटा बाख्रा र भेडाको पाँच वटा एक वर्षे पाठा। एनानका छोरा अहिराले+ चढाएको भेटी यही थियो।

८४ वेदीलाई अभिषेक गरेर समर्पण गरिएको दिन इस्राएलीहरूका कुलनायकहरूले यी भेटीहरू चढाए:+ चाँदीको १२ वटा थाल, चाँदीको १२ वटा प्याला, सुनको १२ वटा कचौरा।+ ८५ प्रत्येक चाँदीको थालको तौल १३० शेकेल र प्रत्येक चाँदीको प्यालाको तौल ७० शेकेल थियो। पवित्र ठाउँको शेकेलअनुसार+ चाँदीका सबै भाँडाकुँडाको जम्मा तौल २ हजार ४ सय शेकेल थियो; ८६ धूप भरिएको सुनको १२ वटा कचौरा, प्रत्येक कचौराको तौल पवित्र ठाउँको शेकेलअनुसार १० शेकेल थियो र सुनका यी कचौराहरूको जम्मा तौल १२० शेकेल थियो; ८७ अग्निभेटीको लागि १२ वटा बहर, १२ वटा थुमा, भेडाको १२ वटा एक वर्षे पाठा र त्यसको साथमा अन्‍नभेटी; पापभेटीको लागि बाख्राको १२ वटा पाठा ८८ अनि मेलबलिको लागि २४ वटा बहर, ६० वटा थुमा, ६० वटा बाख्रा र भेडाको ६० वटा एक वर्षे पाठा। वेदीलाई अभिषेक गरेपछि+ समर्पण गर्न चढाइएका भेटीहरू यी नै थिए।+

८९ मोसा परमेश्‍वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी* राखिएको सन्दुकको* ढकनीमाथिबाट आवाज आएको सुन्थे;+ ढकनीमा भएका दुई वटा करूबको*+ बीचबाट परमेश्‍वर तिनीसित कुरा गर्नुहुन्थ्यो।+

८ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “हारुनलाई यसो भन, ‘जब तिमी दियो बाल्छौ, तब सात वटा दियोले पानसको अघिल्तिर उज्यालो पारोस्‌।’”+ ३ हारुनले त्यसै गरे; यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै हारुनले पानसको अघिल्तिर उज्यालो हुनेगरि दियोहरू बाले।+ ४ पानसको बनौट यस्तो थियो: पानसको डन्डादेखि फूलसम्मको सम्पूर्ण भाग सुनलाई घनले पिटेर बनाइएको थियो।+ यहोवा परमेश्‍वरले मोसालाई दर्शनमा* देखाउनुभएको नमुनाअनुसारै पानस बनाइएको थियो।+

५ यहोवा परमेश्‍वरले मोसालाई फेरि यसो भन्‍नुभयो: ६ “इस्राएलीहरूको माझबाट लेवीहरूलाई अलग गर्नू र तिनीहरूलाई शुद्ध पार्नू।+ ७ तिनीहरूलाई यसरी शुद्ध पार्नू: तिनीहरूमाथि पापबाट शुद्ध पार्ने पानी छर्कनू र तिनीहरूले आफ्नो पूरै शरीरको रौँ खौरिऊन्‌, आफ्नो लुगा धोऊन्‌ र नुहाएर आफूलाई चोख्याऊन्‌।+ ८ त्यसपछि तिनीहरूले एउटा बहर+ र त्यससँगै चढाउने अन्‍नभेटीको+ लागि तेलमा मुछेको मसिनो पीठो लेऊन्‌। अनि तिमीले पापभेटी चढाउन अर्को एउटा बहर पनि ल्याउनू।+ ९ तिमीले लेवीहरूलाई भेट हुने पालको* सामुन्‍ने ल्याउनू र इस्राएलीहरूका सारा समुदायलाई भेला गराउनू।+ १० तिमीले लेवीहरूलाई यहोवा परमेश्‍वरसामु हाजिर गराउँदा इस्राएलीहरूले ती लेवीहरूमाथि आफ्नो हात राखून्‌।+ ११ अनि हारुनले यहोवा परमेश्‍वरसामु ती लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको+ रूपमा अर्पण गरून्‌ र लेवीहरूले यहोवा परमेश्‍वरको सेवा गर्न थालून्‌।+

१२ “त्यसपछि लेवीहरूले ती बहरहरूको टाउकोमा आफ्नो हात राखून्‌।+ अनि लेवीहरूले आफ्नो पापको प्रायश्‍चितको लागि तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाऊन्‌।+ १३ अनि लेवीहरूलाई हारुन र तिनका छोराहरूको सामुन्‍ने खडा गराउनू र ती लेवीहरूलाई डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरलाई अर्पण गर्नू। १४ तिमीले इस्राएलीहरूको माझबाट लेवीहरूलाई अलग गर्नू र ती लेवीहरू मेरा हुनेछन्‌।+ १५ त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न आऊन्‌। तिमीले तिनीहरूलाई शुद्ध पार्ने र डोलाउने भेटीको रूपमा अर्पण गर्ने तरिका यही हो। १६ तिमीले तिनीहरूलाई इस्राएलीहरूको माझबाट अलग पारेर मलाई अर्पण गरेका छौ। इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा म तिनीहरूलाई आफ्नो निम्ति अलग गर्नेछु।+ १७ इस्राएलीहरूको र तिनीहरूको जनावरको हरेक पहिलो सन्तान मेरै हुन्‌।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई मारेको दिन इस्राएलीहरूका पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो निम्ति अलग पारेँ।+ १८ इस्राएलीहरूका सबै पहिलो सन्तानको सट्टा म लेवीहरूलाई लिनेछु। १९ अनि लेवीहरूले इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा सेवा गरून्‌ र इस्राएलीहरूको पापको प्रायश्‍चित गरिदेऊन्‌+ भनेर म हारुन र तिनका छोराहरूको निम्ति लेवीहरूलाई उपहारस्वरूप सुम्पनेछु। यसले गर्दा इस्राएलीहरू पवित्र ठाउँको नजिक जानुपर्नेछैन र विपत्ति भोग्नुपर्नेछैन।”+

२० मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायले लेवीहरूलाई त्यसै गरे। यहोवा परमेश्‍वरले लेवीहरूको सन्दर्भमा जे-जे गर्नू भनी मोसालाई आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्यसै गरे। २१ त्यसैले लेवीहरूले आफूलाई चोख्याए र आफ्ना लुगाहरू धोए।+ त्यसपछि हारुनले यहोवा परमेश्‍वरसामु तिनीहरूलाई डोलाउने भेटीको रूपमा अर्पण गरे।+ अनि तिनीहरूलाई शुद्ध पार्न हारुनले तिनीहरूको पापको प्रायश्‍चित गरिदिए।+ २२ त्यसपछि हारुन र तिनका छोराहरूको निगरानीमा सेवा चढाउन लेवीहरू भेट हुने पालभित्र गए। यहोवा परमेश्‍वरले लेवीहरूको सन्दर्भमा जे-जे गर्नू भनी मोसालाई आज्ञा गर्नुभएको थियो, तिनीहरूलाई त्यसै गरियो।

२३ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २४ “लेवीहरूले पालन गर्नुपर्ने नियम यही हो: भेट हुने पालमा सेवा गर्नेहरूको समूहमा २५ वर्ष र सोभन्दा माथिका पुरुषहरू सामेल होऊन्‌। २५ तर ५० वर्ष नाघेपछि भने तिनीहरूले अवकाश पाऊन्‌ र त्यहाँ सेवा नगरून्‌। २६ भेट हुने पालमा जिम्मेवारी पूरा गरिरहेका आफ्ना भाइहरूलाई तिनीहरूले सघाउन त सक्छन्‌ तर त्यहाँ सेवा गर्न भने पाउनेछैनन्‌। लेवीहरू र तिनीहरूको जिम्मेवारीको सन्दर्भमा यसै गर्नू।”+

९ इस्राएलीहरू मिश्रबाट निस्केर आएको दोस्रो वर्षको पहिलो महिनामा सिनै निर्जनभूमिमा छँदा यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो:+ २ “तोकिएकै समयमा+ इस्राएलीहरूले निस्तार चाड* मनाऊन्‌।+ ३ तोकिएकै समयमा अर्थात्‌ यसै महिनाको १४ औँ दिनको साँझ* यो चाड मनाउनू। यो चाड यसको सबै विधिविधानअनुसारै मनाउनू।”+

४ त्यसैले मोसाले इस्राएलीहरूलाई निस्तार चाड मनाउने आज्ञा दिए। ५ अनि तिनीहरूले पहिलो महिनाको १४ औँ दिनको साँझ सिनै निर्जनभूमिमा निस्तार चाड मनाए। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले गरे।

६ लास छोएर अशुद्ध भएको कारण केही मानिसले त्यो दिन निस्तार चाड मनाउन सकेनन्‌।+ त्यसैले तिनीहरू त्यही दिन मोसा र हारुनकहाँ आए।+ ७ अनि तिनलाई भने: “हुनत लास छोएकोले हामी अशुद्ध भएका छौँ तर हामी तोकिएकै समयमा अरू इस्राएलीहरूसँगै यहोवा परमेश्‍वरलाई निस्तार चाडको बलिदान चढाउन चाहन्छौँ। त्यसैले तपाईँ नै भन्‍नुहोस्‌, हामीले के गर्नुपर्छ?”+ ८ यो सुनेपछि मोसाले तिनीहरूलाई भने: “तिमीहरू यहीँ पर्खिराख! यहोवा परमेश्‍वरले तिमीहरूको विषयमा के भन्‍नुहुन्छ, म उहाँलाई सोधेर आउँछु।”+

९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १० “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूको भावी सन्तानमध्ये कोही लास छोएर अशुद्ध भयो+ वा कतै टाढा गयो भने पनि उसले यहोवा परमेश्‍वरको लागि निस्तार चाड मनाओस्‌। ११ उसले दोस्रो महिनाको १४ औँ दिनको साँझ यो चाड मनाओस्‌।+ उसले खमिर* नहालेको रोटी र तीते सागसित निस्तार चाडको बलिदान खाओस्‌।+ १२ उसले त्यस बलिको कुनै पनि भाग बिहानसम्म रहन नदेओस्‌+ र त्यसको एउटै हड्डी नभाँचोस्‌।+ उसले सबै कुरा निस्तार चाडको विधिविधानअनुसारै गरोस्‌। १३ तर ऊ शुद्ध थियो र कतै टाढा गएको थिएन तैपनि उसले निस्तार चाड मनाउन हेलचेक्य्राइँ गऱ्‍यो र तोकिएको समयमा यहोवा परमेश्‍वरलाई बलिदान चढाएन भने उसलाई समुदायबाट हटाउनू।*+ उसले आफ्नो पापको नतिजा भोगोस्‌।

१४ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गरिरहेको छ भने उसले पनि यहोवा परमेश्‍वरको लागि निस्तार चाड मनाओस्‌।+ उसले निस्तार चाडको विधिविधानअनुसारै चाड मनाओस्‌।+ विदेशी र स्वदेशी दुवैको लागि एउटै नियम लागू हुनेछ।’”+

१५ वासस्थान* अर्थात्‌ साक्षीपाटी राखिएको पाल स्थापना गरिएको दिन+ यसलाई बादलले ढाक्यो तर साँझ परेपछि भने त्यो बादल वासस्थानमाथि आगोजस्तो देखियो र बिहानसम्मै रह्‍यो।+ १६ त्यहाँ सधैँ यस्तो हुन्थ्यो: वासस्थानलाई दिउँसो बादलले ढाक्थ्यो र राती भने त्यो बादल आगोजस्तो देखिन्थ्यो।+ १७ जब त्यो बादल वासस्थानबाट माथि उठ्‌थ्यो, तब इस्राएलीहरू तुरुन्तै आफ्नो यात्रा अघि बढाउँथे।+ अनि जहाँ गएर त्यो बादल अडिन्थ्यो, इस्राएलीहरू त्यहीँ पाल टाँगेर बस्थे।+ १८ यहोवा परमेश्‍वरकै आज्ञामा इस्राएलीहरू यात्रा अघि बढाउँथे र यहोवा परमेश्‍वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे।+ वासस्थानमाथि बादल रहुन्जेल तिनीहरू यात्रा थाल्दैनथे। १९ वासस्थानमाथि धेरै दिनसम्म बादल रहँदा पनि इस्राएलीहरू यहोवा परमेश्‍वरको आज्ञा मान्दै यात्रा अघि बढाउँदैनथे।+ २० कहिलेकाहीँ वासस्थानमाथि केही दिनसम्म बादल रहिरहन्थ्यो। यहोवा परमेश्‍वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे र यहोवा परमेश्‍वरकै आज्ञामा तिनीहरू यात्रा अघि बढाउँथे। २१ कहिलेकाहीँ साँझदेखि बिहानसम्म मात्र बादल रहन्थ्यो अनि बादल बिहान माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे। दिउँसो होस्‌ वा राती, बादल माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे।+ २२ वासस्थानमाथि दुई दिन, एक महिना वा त्योभन्दा जति लामो समयसम्म बादल रहन्थ्यो, त्यतिन्जेल इस्राएलीहरू पाल टाँगेर बस्थे र यात्रा अघि बढाउँदैनथे। तर बादल माथि उठेपछि तिनीहरू यात्रा अघि बढाउँथे। २३ यहोवा परमेश्‍वरकै आज्ञामा तिनीहरू पाल टाँगेर बस्थे र यहोवा परमेश्‍वरकै आज्ञामा तिनीहरू यात्रा अघि बढाउँथे। यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएबमोजिमै तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरे।

१० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “तिमीले दुई वटा बिगुल बनाउनू।+ ती बिगुलहरू चाँदीलाई घनले पिटेर बनाउनू। मानिसहरूलाई एक ठाउँमा भेला गराउन र छाउनी अर्को ठाउँमा सार्ने सङ्‌केत दिन बिगुल फुक्नू। ३ दुवै बिगुल फुक्दा सारा समुदाय भेट हुने पालको* प्रवेशद्वारअगाडि तिमीकहाँ भेला होऊन्‌।+ ४ एउटा मात्र बिगुल फुक्दा इस्राएलका कुलनायकहरू अर्थात्‌ हजार-हजारका नाइकेहरू मात्र तिमीकहाँ भेला होऊन्‌।+

५ “सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्दा पूर्वपट्टिको छाउनीमा भएकाहरूले+ आफ्नो यात्रा थालून्‌। ६ अनि दोस्रो चोटि सानो-ठूलो आवाज निस्कनेगरि बिगुल फुक्दा दक्षिणपट्टिको छाउनीमा भएकाहरूले+ आफ्नो यात्रा थालून्‌। प्रत्येक दललाई यात्रा थाल्ने सङ्‌केत दिन हरेक चोटि यसरी नै बिगुल फुक्नू।

७ “सारा समुदायलाई एक ठाउँमा भेला गराउन बिगुलहरू फुक्नू+ तर आवाज सानो-ठूलो निस्कनेगरि नफुक्नू। ८ हारुनका छोराहरू अर्थात्‌ पुजारीहरूले बिगुल फुकून्‌।+ बिगुल फुक्ने यो नियम तिम्रो लागि र तिम्रो पुस्तौँपुस्तासम्मको लागि रहोस्‌।

९ “आफ्नै देशमा शत्रुहरूले थिचोमिचो गरेकोले तिनीहरूसित लडाइँ गर्नुपऱ्‍यो भने युद्धको बिगुल फुक्नू।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ र तिमीहरूलाई शत्रुहरूको हातबाट बचाउनुहुनेछ।

१० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात्‌ चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”+

११ दोस्रो वर्षको दोस्रो महिनाको २० औँ दिन+ साक्षीपाटी* राखिएको वासस्थानमाथिबाट* बादल उठ्‌यो।+ १२ यो देखेपछि इस्राएलीहरू सिनै निर्जनभूमिबाट प्रस्थान गरे; उनीहरूले जुन क्रमअनुसार यात्रा थाल्नुपर्थ्यो,+ त्यसैअनुसार थाले र पारान भनिने निर्जनभूमिमा बादल नअडिएसम्म आफ्नो यात्रा रोकेनन्‌।+ १३ यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको आज्ञा मानेर उनीहरूले गरेको पहिलो यात्रा यही थियो।+

१४ तीन-तीन कुलको दलअनुसार सबैभन्दा पहिला यहुदाको दलले यात्रा थाल्यो; यसको नेतृत्व अम्मिनादाबका छोरा नहसोनले गरे।+ १५ इस्साकारको कुलको नेतृत्व जुआरका छोरा नेथनेलले गरे।+ १६ जबुलुनको कुलको नेतृत्व हेलोनका छोरा एलिआबले गरे।+

१७ वासस्थानलाई खोलखाल गरिसकेपछि+ गेर्सोनका सन्तान+ र मरारिका सन्तानले+ वासस्थानका सरसामान बोकेर यात्रा थाले।

१८ त्यसपछि तीन-तीन कुलको दलअनुसार रुबेनको दलले यात्रा थाल्यो; यसको नेतृत्व सेदेउरका छोरा एलिसुरले गरे।+ १९ सिमियोनको कुलको नेतृत्व जुरिसद्दैका छोरा सेलुमिएलले गरे।+ २० गादको कुलको नेतृत्व दुएलका छोरा एलियासापले गरे।+

२१ त्यसपछि पवित्र स्थानको* सरसामान बोकेर कोहातीहरूले आफ्नो यात्रा थाले।+ तिनीहरू पुगुन्जेलसम्म वासस्थान खडा गरिसकेको हुनुपर्थ्यो।

२२ त्यसपछि तीन-तीन कुलको दलअनुसार एप्रैमको दलले यात्रा थाल्यो; यसको नेतृत्व अम्मिहुदका छोरा एलिसामाले गरे।+ २३ मनस्सेको कुलको नेतृत्व पदाजुरका छोरा गमलिएलले गरे।+ २४ बिन्यामिनको कुलको नेतृत्व गिदोनिका छोरा अबिदानले गरे।+

२५ अन्तमा तीन-तीन कुलको दलअनुसार दानको दलले यात्रा थाल्यो; तिनीहरू आफूअगाडिका सबै दलको रक्षा गर्न सबैभन्दा पछाडि थिए। यसको नेतृत्व अम्मिसद्‌दैका छोरा अहिएजेरले गरे।+ २६ असेरको कुलको नेतृत्व ओक्रानका छोरा पागिएलले गरे।+ २७ नप्तालिको कुलको नेतृत्व एनानका छोरा अहिराले गरे।+ २८ इस्राएलीहरू र तिनीहरूको दलले यही क्रमअनुसार यात्रा गर्थे।+

२९ तब मोसाले आफ्नो ससुरा मिद्यानी रुएलको*+ छोरा होबाबलाई यसो भने: “‘म यो ठाउँ तिमीहरूलाई दिन्छु’ भनेर यहोवा परमेश्‍वरले भन्‍नुभएको ठाउँमा हामी जाँदै छौँ।+ हामीसँगै आउनुहोस्‌+ र हामी तपाईँको भलो गर्नेछौँ किनभने यहोवा परमेश्‍वरले इस्राएलीहरूको निम्ति असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ।”+ ३० तर होबाबले मोसालाई भने: “अहँ, म आउँदिनँ। म आफ्नै देश अनि कुटुम्बकहाँ फर्कनेछु।” ३१ तब मोसाले भने: “कृपया हामीलाई छोडेर नजानुहोस्‌ किनभने निर्जनभूमिमा कहाँ पाल टाँग्नुपर्छ, त्यो तपाईँलाई थाह छ। तपाईँ हाम्रो अघिअघि हिँडेर हामीलाई बाटो देखाइदिनुहोस्‌। ३२ तपाईँ हामीसित आउनुभयो भने+ यहोवा परमेश्‍वरले हाम्रो निम्ति जे-जे असल कुरा दिनुहुन्छ, त्यो तपाईँसित पनि बाँड्‌नेछौँ।”

३३ तब इस्राएलीहरू यहोवा परमेश्‍वरको डाँडाबाट हिँडे+ र तीन दिनसम्म यात्रा गरे। इस्राएलीहरूको निम्ति आराम गर्ने ठाउँ खोज्न यहोवा परमेश्‍वरको करारको सन्दुक*+ बोक्नेहरू तीन दिनसम्मै तिनीहरूको अघिअघि हिँडे।+ ३४ तिनीहरूले यात्रा सुरु गर्दा यहोवा परमेश्‍वरको बादल+ दिउँसो तिनीहरूको अघिअघि हुन्थ्यो।

३५ करारको सन्दुकलाई अर्को ठाउँमा सार्नुपर्दा मोसा यसो भन्थे: “हे यहोवा, उठ्‌नुहोस्‌!+ तपाईँका शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌ र तपाईँलाई घृणा गर्नेहरू तपाईँको सामनेबाट भागून्‌।” ३६ अनि करारको सन्दुक बिसाउँदा तिनी यसो भन्थे: “हे यहोवा, हजारौँ-हजार इस्राएलीकहाँ फर्कनुहोस्‌!”+

११ अब मानिसहरूले यहोवा परमेश्‍वरसामु साह्रै गनगन गर्न थाले। यस्तो गनगन सुनेपछि यहोवा परमेश्‍वरलाई असाध्यै रिस उठ्‌यो। अनि यहोवा परमेश्‍वरले आगो बर्साउनुभयो, जसले गर्दा छाउनीको छेउछाउतिर भएका कोही-कोही भस्म भए। २ मानिसहरूले मोसालाई गुहार्न थालेपछि तिनले यहोवा परमेश्‍वरलाई उत्कट बिन्ती गरे;+ त्यसपछि आगो निभ्यो। ३ त्यसैले त्यो ठाउँको नाम तबेरह* राखियो किनभने त्यहाँ तिनीहरूमाथि यहोवा परमेश्‍वरको आगो बर्सेको थियो।+

४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्‍न थाले: “हामीलाई कसले मासु खान देला?+ ५ मिश्रमा छँदा सित्तैँमा खान पाइरहेको माछा हामी झलझली सम्झन्छौँ। त्यहाँ काँक्रो, खरबुजा, प्याज र लसुनको कुनै अभाव थिएन!+ ६ तर अहिले त हामी सुक्दै गइरहेका छौँ। यहाँ मन्‍नबाहेक* अरू केही छैन।”+

७ मन्‍न+ धनियाँको दानाजस्तो+ थियो र यो गोकुल धूपको* चोपजस्तै देखिन्थ्यो। ८ मानिसहरू यताउता छरिएर मन्‍न जम्मा गर्थे अनि त्यसलाई जाँतोमा पिँध्थे वा ओखलमा कुट्‌थे। त्यसपछि त्यसलाई खड्‌कुँलाहरूमा हालेर उमाल्थे वा गोलो रोटीजस्तो बनाउँथे।+ यसको स्वाद तेलमा पकाएको गुलियो रोटीजस्तो हुन्थ्यो। ९ राती छाउनीमा शीत झर्दा मन्‍न पनि सँगसँगै झर्थ्यो।+

१० मोसाले मानिसहरू आ-आफ्नो परिवारसहित आएर तिनको पालको प्रवेशद्वारमा रोइरहेको सुने। यो देखेर यहोवा परमेश्‍वर असाध्यै रिसाउनुभयो+ अनि मोसा पनि एकदमै खिन्‍न भए। ११ तब मोसाले यहोवा परमेश्‍वरलाई भने: “तपाईँ आफ्नो सेवकलाई किन दुःख दिनुहुन्छ? तपाईँलाई अप्रसन्‍न तुल्याउन मैले त्यस्तो के गरेँ, जसले गर्दा तपाईँ मलाई यी मानिसहरूको बोझ बोक्न लगाउनुहुन्छ?+ १२ के म यिनीहरूको आमा हुँ र? के मैले यिनीहरूलाई जन्माएको हुँ र? यिनीहरूका पुर्खाहरूलाई तपाईँले जुन देश दिन्छु भनेर शपथ खानुभएको थियो,+ त्यहाँसम्म यिनीहरूलाई ‘सुसारेले दूधे बालकलाई आफ्नो छातीमा बोकेजस्तै बोकेर लैजाऊ’ भनेर किन भन्‍नुहुन्छ? १३ मानिसहरू मकहाँ आएर ‘हामीलाई मासु खान दिनुहोस्‌!’ भनेर रोइकराइ गरिरहेका छन्‌। तर मैले यत्रो मानिसहरूलाई कहाँबाट मासु ल्याएर दिने? १४ अब म एक्लैले यी मानिसहरूको बोझ बोक्न सक्दिनँ; मलाई असह्‍य भइसक्यो।+ १५ तपाईँले मसित यस्तै व्यवहार गर्ने हो भने बिन्ती छ बरु मलाई मार्नुहोस्‌।+ तर तपाईँको निगाह पाएको छु भने योभन्दा धेरै दुर्दशा देख्न नपरोस्‌।”

१६ यो सुनेपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ। १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन्‌ र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+ १८ तिमीले मानिसहरूलाई यसो भन्‍नू, ‘भोलिको लागि आफूलाई तयार पार;+ तिमीहरूले मासु खान पाउनेछौ किनभने तिमीहरूले रोइकराइ गरेर जे-जे भन्यौ, त्यो यहोवा परमेश्‍वरले सुन्‍नुभएको छ।+ तिमीहरू यसो भनेर करायौ: “हामीलाई कसले मासु खान देला? बरु मिश्रमै हाम्रो अवस्था राम्रो थियो!”+ यहोवा परमेश्‍वरले तिमीहरूलाई अवश्‍य मासु दिनुहुनेछ र तिमीहरूले खान पाउनेछौ।+ १९ तिमीहरूले १ दिन, २ दिन, ५ दिन, १० दिन वा २० दिन होइन २० तर पूरै महिनाभरि मासु खानेछौ, वाक्क नहोउन्जेल* खानेछौ; यहाँसम्म कि तिमीहरूलाई त्यो देखेर घिन लाग्नेछ+ किनभने तिमीहरूले आफ्नो माझमा हुनुहुने यहोवा परमेश्‍वरलाई तिरस्कार गरेर यसो भन्दै रोइकराइ गऱ्‍यौ: “हामीले बेकारमा मिश्र छोडेर आयौँ!”’”+

२१ तब मोसाले भने: “यहाँ पुरुषहरू नै ६ लाख छन्‌+ तर तपाईँ भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई मासु खान दिनेछु र तिनीहरूले अघाउन्जेल पूरै महिनाभरि मासु खानेछन्‌!’ २२ यहाँ भएका सबै भेडाबाख्रा र गाईवस्तु काटे पनि सबैलाई पुग्ला र? अथवा समुद्रमा भएका सबै माछा मारे पनि सबैलाई भाग पुग्ला र?”

२३ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “के यहोवाको हात छोटो छ र?+ मैले भनेको कुरा पूरा गर्छु कि गर्दिनँ, अब तिमीले देख्नेछौ।”

२४ अनि मोसा त्यहाँबाट गए र यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले नाइकेहरूको माझबाट ७० जना पुरुष छाने र तिनीहरूलाई पालको वरिपरि उभिन लगाए।+ २५ तब यहोवा परमेश्‍वरले बादलमा ओर्लेर+ तिनीसित कुरा गर्नुभयो+ अनि उहाँले मोसामा भएको पवित्र शक्‍ति+ अलिकता लिएर ती ७० जना नाइकेमा राखिदिनुभयो। पवित्र शक्‍ति बास गर्नेबित्तिकै तिनीहरूले भविष्यवक्‍ताको रूपमा काम गरे+ तर त्यसपछि भने गरेनन्‌।

२६ तर एल्दाद र मदाद नाम गरेका दुई जना पुरुष भने छाउनीमै बसिरहे। तिनीहरू भेट हुने पालमा नगए पनि तिनीहरूमा पवित्र शक्‍तिले बास गऱ्‍यो किनभने तिनीहरू छानिएकाहरूमध्येका थिए। त्यसैले तिनीहरूले छाउनीमै भविष्यवक्‍ताको रूपमा काम गर्न थाले। २७ यो देखेर एक जना युवक मोसाकहाँ दौडँदै आए र यो खबर सुनाए: “एल्दाद र मदादले छाउनीमा भविष्यवक्‍ताको रूपमा काम गर्दै छन्‌!” २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्‌!”+ २९ तर मोसाले तिनलाई भने: “के तिमी मेरो खातिर डाह गर्दै छौ? म त चाहन्छु, यहोवा परमेश्‍वरले आफ्ना सबै सेवकलाई पवित्र शक्‍ति देऊन्‌ अनि यहोवा परमेश्‍वरका सबै सेवक नै भविष्यवक्‍ता होऊन्‌!” ३० पछि मोसा इस्राएलका नाइकेहरूसँगै छाउनीमा फर्के।

३१ त्यसपछि यहोवा परमेश्‍वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो। ३२ तब मानिसहरूले त्यस दिनभरि र रातभरि सुत्दै नसुती चराहरू बटुले। त्यसको भोलिपल्ट पनि दिनभरि नै तिनीहरूले चराहरू बटुलिरहे। कसैले पनि १० होमेरभन्दा* कम बटुलेन; त्यसपछि तिनीहरूले त्यसलाई छाउनीको चारैतिर सुकाए। ३३ तर मासु मानिसहरूको मुखैमा छँदा, तिनीहरूले चपाउन नपाउँदै यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि दन्क्यो अनि यहोवा परमेश्‍वरले थुप्रै मानिसलाई मार्नुभयो।+

३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे। ३५ अनि मानिसहरू किब्रोथ-हत्तावाहबाट हजेरोथतिर लागे र त्यहीँ बसे।+

१२ मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+ २ तिनीहरूले यसो भने: “यहोवा परमेश्‍वरले मोसामार्फत मात्र बोल्नुभएको छ र? के उहाँले हामीमार्फत पनि बोल्नुभएको छैन र?”+ यो कुरा यहोवा परमेश्‍वरले सुनिरहनुभएको थियो।+ ३ मोसा पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस थिए।+

४ यहोवा परमेश्‍वरले तुरुन्तै मोसा, हारुन र मरियमलाई यसो भन्‍नुभयो: “तिमीहरू तीनै जना भेट हुने पालमा* जाओ।” अनि तिनीहरू सबै त्यहाँ गए। ५ अनि यहोवा परमेश्‍वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए। ६ त्यसपछि उहाँले भन्‍नुभयो: “कृपया मेरो कुरा सुन। तिमीहरूमाझ यहोवा परमेश्‍वरको कोही भविष्यवक्‍ता भएको भए म ऊसित दर्शनमा* प्रकट हुने थिएँ + र सपनामा कुरा गर्ने थिएँ।+ ७ तर मेरो सेवक मोसासित भने म त्यसरी कुरा गर्दिनँ। मैले इस्राएलीहरूको सारा घराना नै तिनको जिम्मामा सुम्पेको छु।+ ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्‍वरलाई प्रत्यक्ष देख्छन्‌। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्‍यौ?”

९ यसकारण यहोवा परमेश्‍वरको क्रोध तिनीहरूमाथि दन्क्यो र उहाँ त्यहाँबाट जानुभयो। १० भेट हुने पालमाथि भएको बादल त्यहाँबाट हट्‌यो र हेर! कुष्ठरोग लागेर मरियम हिउँजस्तै सेती भइन्‌।+ त्यसपछि हारुनले मरियमतिर फर्केर हेर्दा उनलाई कुष्ठरोग लागिसकेको थियो।+ ११ यो देख्नेबित्तिकै हारुनले मोसालाई भने: “हे प्रभु! बिन्ती छ, कृपया हामीलाई यो पापको सजाय नदिनुहोस्‌। हामीले एकदमै मूर्ख काम गऱ्‍यौँ। १२ दिदीलाई आमाको गर्भमै मरेर कुहिसकेको बच्चाको जस्तो अवस्थामा नछोड्‌नुहोस्‌!” १३ अनि मोसाले यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “हे परमेश्‍वर, बिन्ती छ, दिदीलाई निको पारिदिनुहोस्‌! कृपया निको पारिदिनुहोस्‌!”+

१४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यदि मरियमलाई उनको बुबाले अनुहारमै थुकेको भए के सात दिनसम्म उनको बेइज्जत हुने थिएन र? त्यसैले सात दिनसम्म उनलाई छाउनीबाहिर एक्लै राख्नू।+ त्यसपछि मात्र उनलाई छाउनीमा ल्याउनू।” १५ त्यसैले मरियमलाई सात दिनसम्म छाउनीबाहिर एक्लै राखियो+ अनि उनलाई छाउनीमा नफर्काउन्जेल मानिसहरूले यात्रा अघि बढाएनन्‌। १६ त्यसपछि मानिसहरू हजेरोथबाट हिँडे+ र पारान भनिने निर्जनभूमिमा पाल टाँगे।+

१३ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा जासुसहरू पठाउनू। हरेक कुलबाट त्यस कुलका कुलनायकलाई छान्‍नू।”+

३ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै मोसाले तिनीहरूलाई पारान निर्जनभूमिबाट+ कनान पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका नाइके थिए। ४ तिनीहरूका नाम यी नै हुन्‌: रुबेनको कुलबाट जक्कुरको छोरा साम्मुअ; ५ सिमियोनको कुलबाट होरिको छोरा सापात; ६ यहुदाको कुलबाट यपुन्‍नेको छोरा कालेब;+ ७ इस्साकारको कुलबाट युसुफको छोरा इगाल; ८ एप्रैमको कुलबाट नुनको छोरा होसिया;+ ९ बिन्यामिनको कुलबाट रफुको छोरा पल्ति; १० जबुलुनको कुलबाट सोदिको छोरा गाद्दिएल; ११ युसुफको कुल+ अर्थात्‌ मनस्सेको कुलबाट+ सुसिको छोरा गाद्दि; १२ दानको कुलबाट गेमल्लिको छोरा अम्मिएल; १३ असेरको कुलबाट माइकलको छोरा सिथर; १४ नप्तालिको कुलबाट बोफ्सिको छोरा नहबि; १५ गादको कुलबाट माकिको छोरा गुएल। १६ मोसाले कनान देशमा जासुसी गर्न पठाएका पुरुषहरूका नाम यी नै हुन्‌। मोसाले नुनको छोरा होसियाको नाम यहोसु* राखे।+

१७ मोसाले तिनीहरूलाई कनान देशको जासुसी गर्न पठाउँदा यसो भने: “तिमीहरू यहाँबाट नेगेबतिर जानू अनि त्यसपछि पहाडी इलाकातिर उक्लनू।+ १८ त्यो देश कस्तो छ,+ त्यहाँ बस्ने मानिसहरू बलिया छन्‌ कि कमजोर, धेरै छन्‌ कि थोरै १९ अनि त्यो देश राम्रो छ कि छैन, त्यहाँका मानिसहरू बसोबास गरिरहेका सहरहरू खुला छन्‌ कि पर्खालले घेरिएका छन्‌, त्यो पत्ता लगाउनू। २० अनि त्यहाँको जमिन उर्वर छ कि बाँझो,+ त्यहाँ रूखहरू छन्‌ कि छैनन्‌, त्यो पनि हेरेर आउनू। तिमीहरू साहसी हुनू+ अनि त्यहाँको केही उब्जनी लिएर आउनू।” त्यो अङ्‌गुरको पहिलो फसलको समय थियो।+

२१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे। २२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो। २३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्‌गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्‌याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्‌याए।+ २४ तिनीहरूले त्यो ठाउँको नाम एस्कोल* बेँसी राखे+ किनकि ती इस्राएलीहरूले त्यहाँ अङ्‌गुरको झुप्पा काटेका थिए।

२५ तिनीहरू त्यो देशको सबै कुरा जाँचबुझ गरेर ४० दिनपछि फर्के।+ २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्‌, त्यहाँबाट ल्याएको फल!+ २८ तर त्यहाँका मानिसहरू एकदमै बलिया रहेछन्‌। त्यहाँका सहरहरू पर्खालले घेरिएका र एकदम ठूलठूला रहेछन्‌। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।+ २९ अमालेकीहरू+ नेगेबमा+ अनि हित्ती, यबुसी+ र एमोरीहरूचाहिँ+ पहाडी इलाकामा बस्दा रहेछन्‌। कनानीहरू + भने समुद्रको छेउछाउमा र यर्दन नदीको किनारमा बस्दा रहेछन्‌।”+

३० तब कालेबले मोसासामु उभिरहेका मानिसहरूलाई यसो भन्दै शान्त पार्न खोजे: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्‍य विजयी हुनेछौँ।”+ ३१ तर तिनीसँगै गएका पुरुषहरूले भने: “हामी तिनीहरूसित लड्‌न सक्दैनौँ किनभने तिनीहरू हामीभन्दा धेरै बलिया छन्‌।”+ ३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्‌।+ ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात्‌ नपिलका सन्तान हुन्‌। तिनीहरूको अगाडि त हामी फट्‌याङ्‌ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्‌।”

१४ तब त्यहाँ भेला भएका सबै मानिसले हल्लीखल्ली गर्न थाले अनि तिनीहरू रातभरि ठूलठूलो स्वरले रोइरहे।+ २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+ ४ तिनीहरूले एकअर्कालाई यसो समेत भने: “अब हामी एक जना नाइके छानौँ र मिश्र फर्कौँ!”+

५ यो सुनेर मोसा र हारुन इस्राएलीहरूको सारा समुदायको अगाडि भुईँमा घोप्टो परे। ६ अनि कनान देशको अवस्था बुझ्न गएका जासुसहरूमध्ये नुनको छोरा यहोसु+ र यपुन्‍नेको छोरा कालेबले+ दुःखी हुँदै आफ्नो लुगा च्याते। ७ अनि तिनीहरूले इस्राएलीहरूका सारा समुदायलाई यसो भने: “हामीले जाँचबुझ गर्न गएको देश राम्रो छ, एकदम राम्रो छ!+ ८ यहोवा परमेश्‍वर हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यो देशसम्म अवश्‍य पुऱ्‍याउनुहुनेछ, दूध र मह बग्ने त्यो देश हामीलाई पक्कै दिनुहुनेछ।+ ९ तर तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा नहोओ अनि त्यहाँका मानिसहरूसित नडराओ+ किनभने हामी उनीहरूलाई सजिलै हराउन सक्छौँ।* उनीहरूको सुरक्षा गर्ने कोही छैन तर हाम्रो साथमा यहोवा परमेश्‍वर हुनुहुन्छ।+ त्यसैले उनीहरूसित नडराओ।”

१० तर सारा समुदायले तिनीहरूलाई ढुङ्‌गाले हानेर मार्ने सल्लाह गऱ्‍यो।+ तब भेट हुने पालमा* सारा इस्राएलीसामु यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो।+

११ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्‌?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्‍वास गर्दैनन्‌?+ १२ महामारी ल्याएर म यिनीहरूलाई नाश गर्नेछु अनि तिमीबाटै यिनीहरूभन्दा ठूलो र शक्‍तिशाली राष्ट्र बनाउनेछु।”+

१३ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “यदि तपाईँले यसो गर्नुभयो भने यो कुरा मिश्रीहरूको कानमा पुग्नेछ, जसको माझबाट तपाईँले यी मानिसहरूलाई आफ्नो शक्‍तिद्वारा छुटाएर ल्याउनुभएको थियो।+ १४ अनि यो कुरा तिनीहरूले कनान देशका बासिन्दाहरूलाई सुनाउनेछन्‌। हे यहोवा, तपाईँ यी मानिसहरूको साथमा हुनुहुन्छ+ र तपाईँ यिनीहरूसित आमनेसामने प्रकट हुनुभएको छ+ भनेर तिनीहरूले सुनेका छन्‌। तपाईँ यहोवा परमेश्‍वर हुनुहुन्छ र यिनीहरूमाथि तपाईँको बादल खडा हुन्छ अनि तपाईँ दिउँसो बादलको खामोमा र राती आगोको खामोमा यिनीहरूको अघिअघि जानुहुन्छ भनेर पनि तिनीहरूले सुनेका छन्‌।+ १५ तपाईँले यिनीहरूलाई एकै प्रहारमा* नाश गर्नुभयो भने तपाईँको ख्यातिबारे सुनेका राष्ट्रहरूले यसो भन्‍नेछन्‌: १६ ‘यहोवाले यी मानिसहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। त्यसैले उहाँले यिनीहरूलाई यस निर्जनभूमिमा मार्नुभयो।’+ १७ त्यसैले हे यहोवा, बिन्ती छ, आफ्नो प्रतिज्ञाअनुसारै आफ्नो महान्‌ शक्‍ति प्रकट गर्नुहोस्‌ किनभने तपाईँले यसो भन्‍नुभएको थियो: १८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌नुहुन्‍न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+ १९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्‌।”+

२० तब यहोवा परमेश्‍वरले भन्‍नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+ २१ तर यो कुरा नबिर्स, म यहोवा आफ्नै कसम खाएर भन्छु, सारा पृथ्वी मेरो महिमाले भरिनेछ।+ २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्‌।+ २३ मैले यिनीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देश यिनीहरूमध्ये कसैले पनि देख्न पाउनेछैन। मेरो अनादर गर्ने कसैले पनि त्यो देश देख्न पाउनेछैन।+ २४ तर मेरो सेवक कालेबले+ फरक मनोभाव देखाएकोले र पूरा तनमनले मेरो आज्ञा पालन गरेकोले तिनी गएको देश म तिनलाई पक्कै दिनेछु र तिनका सन्तानले त्यो देश अधिकार गर्नेछन्‌।+ २५ अमालेकी र कनानीहरू+ बेँसीमा बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर लाग।”+

२६ त्यसपछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २७ “यस दुष्ट समुदायले कहिलेसम्म मविरुद्ध गनगन गरिरहने?+ यी इस्राएलीहरूले मविरुद्ध गरेको गनगन मैले सुनेको छु।+ २८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+ २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+ ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+

३१ “‘“अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन्‌ भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु+ र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्‌।+ ३२ तर तिमीहरूको लासचाहिँ यही निर्जनभूमिमा छोडिनेछ। ३३ अनि तिमीहरू विश्‍वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्‍तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+ ३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।

३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्‌।+ ३६ ती जासुसहरू खतम गरिनेछन्‌, जसलाई मोसाले त्यस देशबारे जाँचबुझ गर्न पठाए र जसले सुनाएको नराम्रो खबरले गर्दा सारा समुदायले परमेश्‍वरविरुद्ध गनगन गरे।+ ३७ हो, त्यो देशबारे जाँचबुझ गरेर नराम्रो खबर ल्याउने ती पुरुषहरूले सजाय भोग्नेछन्‌ र तिनीहरू यहोवा परमेश्‍वरकै सामने मर्नेछन्‌।+ ३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्‍नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्‌।”’”+

३९ मोसाले यी सबै कुरा इस्राएलीहरूलाई सुनाउँदा तिनीहरूले असाध्यै बिलौना गर्न थाले। ४० यति मात्र होइन, तिनीहरू बिहान सबेरै उठे अनि पहाडको टुप्पोतिर उक्लन लागे। तिनीहरूले एकअर्कालाई यसो भने: “हामीले पाप गरेका छौँ तर अब हामी यहोवा परमेश्‍वरले भन्‍नुभएको ठाउँमा जान तयार छौँ।”+ ४१ यो सुनेपछि मोसाले भने: “तिमीहरू किन यहोवा परमेश्‍वरले भन्दै नभन्‍नुभएको कुरा गर्न अघि सर्छौ? तिमीहरू कुनै हालतमा सफल हुनेछैनौ। ४२ तिमीहरू त्यहाँ नजाओ किनभने यहोवा परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्‍न; तिमीहरूलाई शत्रुहरूले परास्त गर्नेछन्‌।+ ४३ त्यहाँ तिमीहरूले अमालेकी र कनानीहरूसित लड्‌नुपर्नेछ+ र तिनीहरूले तिमीहरूलाई तरबारले खतम गर्नेछन्‌। तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा भएकोले यहोवाले तिमीहरूलाई साथ दिनुहुनेछैन।”+

४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्‍यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्‌।+ ४५ तब त्यस पहाडमा बसोबास गर्ने अमालेकी र कनानीहरूले तल ओर्लेर तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई खेदेर होर्माहसम्म पुऱ्‍याए।+

१५ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ+ ३ अनि यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर+ आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा जनावर लिएर त्यसलाई यहोवा परमेश्‍वरको निम्ति आगोमा बलि चढाउँछौ—चाहे त्यो अग्निभेटी,+ विशेष भाकलको बलि, स्वैच्छिकभेटी+ वा विभिन्‍न चाडपर्वमा चढाइने भेटी+ होस्‌— ४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि यहोवा परमेश्‍वरलाई चढाउनू। ५ तिमीहरूले अग्निभेटी चढाउँदा वा भेडाको पाठो बलि चढाउँदा मद्यभेटी पनि चढाउनू। यसको लागि एक चौथाइ हिन दाखमद्य* ल्याउनू।+ ६ अथवा तिमीहरूले थुमाको बलि चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई एक तिहाइ हिन तेलमा मुछेर अन्‍नभेटी चढाउनू। ७ अनि यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर एक तिहाइ हिन दाखमद्यचाहिँ मद्यभेटीको रूपमा चढाउनू।

८ “‘तर अग्निभेटीको लागि,+ विशेष भाकलको बलिको लागि+ वा मेलबलिको लागि+ यहोवा परमेश्‍वरलाई बहर चढाउने हो भने ९ यसको साथमा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई आधा हिन तेलमा मुछेर अन्‍नभेटी पनि चढाउनू।+ १० साथै यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर मद्यभेटीको रूपमा आधा हिन दाखमद्य आगोमा खन्याउनू।+ ११ बहर, थुमा, भेडाको पाठो वा बाख्रो बलि चढाउँदा तिमीहरूले यसै गर्नू। १२ तिमीहरूले जति वटा बलि चढाए पनि प्रत्येक बलिको निम्ति यसै गर्नू। १३ यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर आगोमा बलि चढाउँदा हरेक इस्राएलीले यसै गरोस्‌।

१४ “‘यदि तिमीहरूमाझ बसोबास गरिरहेको कुनै विदेशी अथवा तिमीहरूमाझ वर्षौँदेखि बसोबास गरिरहेको कुनै व्यक्‍ति यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर आगोमा बलि चढाउन चाहन्छ भने तिमीहरू जसो गर्छौ, उसले पनि त्यसै गरोस्‌।+ १५ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम होस्‌। तिमीहरूको पुस्तौँपुस्तासम्म यही नियम लागू होस्‌। यहोवा परमेश्‍वरको नजरमा विदेशीहरू पनि तिमीहरूसरह होऊन्‌।+ १६ तिमीहरूको निम्ति र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति एउटै नियम लागू हुनेछ र दुवैले एउटै फैसला पालन गर्नुपर्नेछ।’”

१७ यहोवा परमेश्‍वरले मोसालाई अझ भन्‍नुभयो: १८ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ १९ र त्यहाँको उब्जनी खान्छौ,+ तब तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति भेटी चढाउनू। २० तिमीहरूले आफ्नो पहिलो उब्जनीको खस्रो पीठोबाट सेल आकारको रोटी बनाएर भेटी चढाउनू।+ तिमीहरू खलाबाट ल्याइएको अन्‍न जसरी चढाउँछौ, यसलाई पनि त्यसरी नै चढाउनू। २१ तिमीहरूले पहिलो उब्जनीबाट खस्रो पीठोको रोटी यसरी नै पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।

२२ “‘यदि तिमीहरूले कुनै गल्ती गऱ्‍यौ र यहोवा परमेश्‍वरले मोसालाई दिनुभएका यी सबै आज्ञा पालन गर्न चुक्यौ २३ अर्थात्‌ यहोवा परमेश्‍वरका ती सबै आज्ञा, जुन यहोवाले तिमीहरूलाई मोसामार्फत दिनुभएको दिनदेखि नै लागू भयो र तिमीहरूपछिका पुस्तौँपुस्तालाई पनि लागू हुनेछ, ती पालन गर्न चुक्यौ २४ अनि यो गल्ती अनजानमा भयो र समुदायलाई यसबारे थाह छैन तर पछि थाह भयो भने पूरै समुदायले अग्निभेटीको रूपमा एउटा बहर चढाओस्‌ र त्यो यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना होस्‌। साथै समुदायले अन्‍नभेटी र मद्यभेटी पनि चढाओस्‌। यी सबै भेटी तिनीहरूले नियमित प्रक्रियाअनुरूपै चढाऊन्‌।+ यसबाहेक तिनीहरूले पापभेटीको लागि बाख्राको एउटा पाठो पनि चढाऊन्‌।+ २५ पुजारीले इस्राएलीहरूको सारा समुदायको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र तिनीहरूले क्षमा पाउनेछन्‌+ किनकि तिनीहरूले जानाजानी गल्ती गरेका थिएनन्‌। साथै तिनीहरूले यहोवा परमेश्‍वरसामु आगोमा भेटी चढाए र आफ्नो गल्तीको लागि यहोवा परमेश्‍वरसामु पापभेटी चढाए। २६ अनजानमा त्यो गल्ती भएको हुँदा इस्राएलीहरूको सारा समुदाय र तिनीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूलाई क्षमा दिइनेछ।

२७ “‘कुनै व्यक्‍तिले अनजानमा पाप गऱ्‍यो भने उसले पापभेटीस्वरूप बाख्राको एक वर्षे पाठी चढाओस्‌।+ २८ अनि अनजानमा पाप गर्ने त्यस व्यक्‍तिको लागि पुजारीले यहोवा परमेश्‍वरसामु पापको प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाओस्‌।+ २९ अनजानमा पाप गर्ने व्यक्‍ति चाहे इस्राएली होस्‌ वा तिनीहरूमाझ बसोबास गरिरहेको विदेशी, दुवैलाई एउटै नियम लागू होस्‌।+

३० “‘तर कुनै इस्राएली वा विदेशीले जानाजानी पाप गऱ्‍यो भने+ उसले यहोवा परमेश्‍वरको निन्दा गरेको हुन्छ र उसलाई समुदायबाट हटाउनै पर्छ।* ३१ यहोवा परमेश्‍वरको वचन तिरस्कार गरेकोले र उहाँको आज्ञा तोडेकोले उसलाई समुदायबाट हटाउनै पर्छ।+ उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+

३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+ ३३ दाउरा बटुलिरहेको त्यस व्यक्‍तिलाई तिनीहरूले मोसा, हारुन र सारा समुदायसामु ल्याए। ३४ त्यस व्यक्‍तिलाई के गर्नुपर्छ भन्‍नेबारे स्पष्ट नियम नभएकोले तिनीहरूले उसलाई हिरासतमा राखे।+

३५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्‌गाले हानेर मारोस्‌।”+ ३६ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै सारा समुदायले उसलाई छाउनीबाहिर लगे र ढुङ्‌गाले हानेर मारे।

३७ यहोवा परमेश्‍वरले मोसालाई अझ भन्‍नुभयो: ३८ “इस्राएलीहरूलाई आफ्नो लुगाको किनारमा फुर्का बनाउन र फुर्काको माथिपट्टि निलो धागोको फित्ता गाँस्न भन्‍नू।+ यो नियम तिनीहरूले पुस्तौँपुस्तासम्म पालन गरून्‌। ३९ ‘तिमीहरूको लुगामा फुर्का हुनै पर्छ किनकि ती फुर्का देख्दा तिमीहरूले यहोवा परमेश्‍वरका सबै आज्ञा सम्झनेछौ र ती पालन गर्नेछौ।+ आफ्नो मन र आँखाको अभिलाषाको पछि नलाग नत्र तिमीहरू वेश्‍यावृत्तिमा लाग्नेछौ।*+ ४० तिमीहरूले मेरा सबै आज्ञा सम्झन र पालन गर्न सक अनि तिमीहरू आफ्ना परमेश्‍वरको निम्ति पवित्र हुन सक भनेर मैले फुर्का हाल्ने यो नियम दिएको हुँ।+ ४१ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। म तिमीहरूका परमेश्‍वर हुँ भनी साबित गर्न मैले नै तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएको हुँ।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”+

१६ त्यसपछि लेविको पनाति,+ कोहातको नाति,+ इजहारको छोरा+ कोरहले+ रुबेनको कुलका+ एलिआबका छोराहरू+ दातान र अबिराम अनि पेलेथको छोरा ओनलाई आफ्नो पक्षमा लिए। २ अनि तिनीहरू मोसाविरुद्ध खडा भए। अरू २५० जना इस्राएली पुरुषले पनि तिनीहरूलाई साथ दिए। ती पुरुषहरू इस्राएलका कुलनायक, समुदायबाट चुनिएका र गण्यमान्य मानिस थिए। ३ तिनीहरूले मोसा र हारुनविरुद्ध खडा भएर यसो भने:+ “अब त अति भयो! यो पूरै समुदाय पवित्र छ,+ यहाँ भएका प्रत्येक व्यक्‍ति पवित्र छन्‌ अनि यहोवा परमेश्‍वर तिनीहरूको माझमा हुनुहुन्छ।+ त्यसकारण तपाईँहरू किन आफूलाई यहोवाका यी मानिसहरूभन्दा माथि उचाल्नुहुन्छ?”

४ यो सुन्‍नेबित्तिकै मोसा भुईँमा घोप्टो परे। ५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्‍वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ। ६ ए कोरह र तिनका सबै समर्थक हो,+ तिमीहरूले धुपौरो लिनू,+ ७ त्यसमा कोइला भर्नू र भोलि यहोवा परमेश्‍वरसामु त्यसमाथि धूप राख्नू। यहोवा परमेश्‍वरले जसलाई रोज्नुहुन्छ,+ ऊ नै पवित्र व्यक्‍ति हो। ए लेविका सन्तान हो,+ तिमीहरूले सीमा नाघेका छौ!”

८ त्यसपछि मोसाले कोरहलाई भने: “ए लेविका सन्तान हो, बिन्ती! मेरो कुरा सुन। ९ वासस्थानसित* सम्बन्धित कामकुरा गर्न र पूरै समुदायको अगाडि खडा भएर उनीहरूको सेवा गर्न+ इस्राएलका परमेश्‍वर यहोवाले तिमीहरूलाई समुदायबाट अलग्गै छुट्ट्याउनुभएको छ+ अनि तिमीहरूले उहाँसामु जाने सुअवसर पाएका छौ। के तिमीहरू यसलाई सानो कुरा ठान्छौ? १० अनि उहाँले तिमी र तिम्रा दाजुभाइ अर्थात्‌ लेविका सन्तानलाई उहाँको नजिक आउन दिनुभएको छ। के तिमी पुजारी पद पनि हडप्न चाहन्छौ?+ ११ तिमी र तिम्रा समर्थकहरू वास्तवमा यहोवा परमेश्‍वरविरुद्ध खडा भइरहेका छौ। जहाँसम्म हारुनको कुरा छ, ऊ को हो र तिमीहरू उसको विरुद्ध गनगन गर्छौ?”+

१२ पछि मोसाले एलिआबका छोराहरू दातान र अबिरामलाई+ बोलाउन लगाए तर तिनीहरूले यस्तो जवाफ दिए: “अहँ, हामी आउँदैनौँ! १३ हामीलाई दूध र मह बग्ने देशबाट निकालेर तपाईँले यो के गर्न खोज्नुभएको? हामीलाई यस निर्जनभूमिमा मार्न चाहनुहुन्छ?+ त्यतिले मात्र नपुगेर के तपाईँ हाम्रो राजा पनि बन्‍न खोज्दै हुनुहुन्छ? १४ तपाईँले हामीलाई दूध र मह बग्ने त्यस्तो कुनै देशमा लैजानुभएको पनि छैन+ अनि हामीले पैतृक सम्पत्तिको रूपमा खेतबारी र अङ्‌गुर बगान पनि पाएका छैनौँ। के तपाईँ ती मानिसहरूको आँखामा छारो हाल्न खोज्दै हुनुहुन्छ? हामी तपाईँकहाँ आउँदैनौँ!”

१५ यो सुनेर मोसा एकदमै रिसाए र तिनले यहोवा परमेश्‍वरलाई भने: “यिनीहरूको अन्‍नभेटी नस्विकार्नुहोस्‌। मैले यिनीहरूको एउटै गधा लिएको छैनँ न त यिनीहरूमध्ये कसैको हानि नै गरेको छु।”+

१६ त्यसपछि मोसाले कोरहलाई भने: “तिमी र तिम्रा समर्थकहरू भोलि यहोवा परमेश्‍वरसामु हाजिर हुनू; हारुन पनि त्यहाँ आऊन्‌। १७ प्रत्येकले आ-आफ्नो धुपौरो ल्याएर त्यसमा धूप राख्नू; तिमी र हारुनका साथै तिम्रा २५० जना समर्थक आ-आफ्नो धुपौरो लिएर यहोवा परमेश्‍वरसामु आउनू।” १८ त्यसैले तिनीहरू प्रत्येकले आ-आफ्नो धुपौरो लिएर त्यसमा कोइला भरे र त्यसमाथि धूप हाले अनि मोसा र हारुनसँगै भेट हुने पालको* प्रवेशद्वारमा उभिए। १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्‍वरको महिमा पूरै समुदायसामु देखा पऱ्‍यो।+

२० तब यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २१ “यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्‍वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+

२३ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २४ “सारा समुदायलाई भन, ‘कोरह, दातान र अबिरामको पालबाट पर हट।’”+

२५ अनि मोसा उठेर दातान र अबिरामकहाँ गए र इस्राएलका नाइकेहरू+ पनि तिनीसँगै गए। २६ मोसाले सारा समुदायलाई यसो भने: “कृपया यी दुष्ट मानिसहरूको पालबाट पर हट अनि यिनीहरूको कुनै पनि कुरा नछोओ नत्र यिनीहरूको पापले गर्दा तिमीहरू पनि यिनीहरूसँगै भस्म हुनेछौ।” २७ यो सुन्‍नेबित्तिकै कोरह, दातान र अबिरामको पालको छेउछाउमा भएका मानिसहरू पर हटे अनि दातान र अबिराम बाहिर निस्के र आफ्ना पत्नी र बालबच्चासँगै आ-आफ्नो पालको प्रवेशद्वारमा उभिए।

२८ अनि मोसाले भने: “मैले जे-जे गरेँ, ती सबै आफ्नै तर्फबाट गरेको होइनँ तर यहोवा परमेश्‍वरले नै त्यसो गर्न मलाई पठाउनुभएको हो भनेर अब तिमीहरूले यसबाट थाह पाउनेछौ: २९ यदि यिनीहरूको मृत्यु अरू मानिसको जसरी नै भयो र यिनीहरूले अरू मानिसले जस्तै सजाय भोगे भने यहोवा परमेश्‍वरले मलाई पठाउनुभएको होइन।+ ३० तर यहोवा परमेश्‍वरले केही अनौठो काम गर्नुभयो र जमिन फाटेर* यिनीहरू जिउँदै चिहानमा* पुरिए र यिनीहरूका सबै थोक जमिनले निल्यो भने यिनीहरूले यहोवा परमेश्‍वरको अनादर गरेका रहेछन्‌ भनेर तिमीहरूले थाह पाउनू।”

३१ मोसाले यी कुरा भन्‍नेबित्तिकै ती मानिसहरू उभिरहेको जमिन फाट्‌यो।+ ३२ अनि जमिनले आफ्नो मुख खोलेर तिनीहरू र तिनीहरूको घरपरिवारका साथै कोरहका समर्थकहरू+ र तिनीहरूका सबै थोक निल्यो। ३३ यसरी जमिन फाटेर तिनीहरू र तिनीहरूको पछि लाग्ने सबै जिउँदै चिहानमा* पुरिए र जमिन फेरि जोडियो। अनि इस्राएलीहरूको माझबाट तिनीहरूको नामोनिसान मेटियो।+ ३४ तिनीहरू चिच्याएको सुनेर वरपरका इस्राएलीहरू यसो भन्दै भागाभाग गर्न थाले: “भागौँ! नत्र यो जमिनले हामीलाई पनि निल्ला!” ३५ त्यसपछि यहोवा परमेश्‍वरले आगो बर्साउनुभयो+ र धूप चढाइरहेका २५० जना भस्म भए।+

३६ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ३७ “पुजारी हारुनका छोरा एलियाजारलाई आगोबाट धुपौराहरू झिक्न लगाउनू+ किनभने ती पवित्र छन्‌। अनि त्यसको खरानी अलि टाढा लगेर छर्न लगाउनू। ३८ पाप गरेकोले आफ्नो ज्यान गुमाउनुपरेका पुरुषहरूको धुपौरो लिएर मसिना पाताहरू बनाउनू र त्यसले वेदीलाई+ मोहोर्नू; ती धुपौराहरू यहोवा परमेश्‍वरलाई चढाइएकोले पवित्र छन्‌। यो सारा इस्राएलीहरूको निम्ति एउटा चिन्ह होस्‌।”+ ३९ तब पुजारी एलियाजारले आगोले भस्म भएका पुरुषहरूले चढाएका तामाका धुपौराहरू लिए र त्यसलाई पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाए। ४० यहोवा परमेश्‍वरले मोसामार्फत तिनलाई जे भन्‍नुभएको थियो, तिनले त्यसै गरे। हारुनको सन्तानबाहेक अरू कसैले* यहोवा परमेश्‍वरसामु धूप बाल्नु हुँदैन+ अनि कोही पनि कोरह र तिनका समर्थकहरूजस्तो हुनु हुँदैन+ भनेर इस्राएलीहरूका लागि यो चेतावनी थियो।

४१ त्यसको भोलिपल्टै इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनविरुद्ध यसो भन्दै गनगन गर्न थाले:+ “तपाईँहरू दुई जनाले गर्दा यहोवाका जनहरू मर्नुपऱ्‍यो।” ४२ मोसा र हारुनविरुद्ध खडा हुन इस्राएलीहरूको सारा समुदाय एक ठाउँमा भेला भएर भेट हुने पालतिर फर्कँदा बादलले पाललाई ढाक्यो र यहोवा परमेश्‍वरको महिमा प्रकट हुन थाल्यो।+

४३ तब मोसा र हारुन भेट हुने पालअगाडि गए।+ ४४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ४५ “तिमीहरू यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+ यो सुन्‍नेबित्तिकै तिनीहरू दुवै जना भुईँमा घोप्टो परे।+ ४६ तब मोसाले हारुनलाई भने: “धुपौरो लिएर त्यसमा वेदीबाट कोइला भर्नुहोस्‌+ र त्यसमाथि धूप राख्नुहोस्‌। त्यसपछि तुरुन्तै सारा समुदायकहाँ गएर तिनीहरूको निम्ति प्रायश्‍चित गरिदिनुहोस्‌+ किनभने यहोवा परमेश्‍वरको क्रोध दन्किसकेको छ। उहाँले तिनीहरूमाथि विपत्ति ल्याइसक्नुभएको छ!” ४७ हारुनले मोसाले भनेझैँ गरे; तिनी धुपौरो लिएर तुरुन्तै समुदायकहाँ दौडेर गए। अनि हेर! विपत्ति सुरु भइसकेको थियो। त्यसैले तिनले धुपौरोमा धूप राखे र मानिसहरूको निम्ति प्रायश्‍चित गर्न थाले। ४८ तिनी जिउँदा र मुर्दाहरूको बीचमा उभिरहे; अन्तमा विपत्ति थामियो। ४९ कोरहको पछि लागेकोले मरेकाहरूबाहेक यस विपत्तिमा मर्नेहरूको सङ्‌ख्या १४ हजार ७ सय थियो। ५० विपत्ति थामिएपछि हारुन मोसालाई भेट्‌न भेट हुने पालको प्रवेशद्वारमा फर्के।

१७ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई भनेर तिनीहरूको प्रत्येक कुलको कुलनायकबाट एक-एक वटा लौरो लिनू। यसरी सबै कुलको गरेर जम्मा १२ वटा लौरा होस्‌। अनि हरेक कुलनायकको लौरोमा तिनकै नाम लेख्नू।+ ३ लेविको कुलको लौरोमा चाहिँ हारुनको नाम लेख्नू किनभने प्रत्येक कुलनायकको लागि एउटा लौरो हुनेछ। ४ ती लौराहरू भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकअगाडि* राख्नू,+ जहाँ म सधैँजसो तिमीसामु प्रकट हुन्छु।+ ५ म जसलाई रोज्छु,+ तिनको लौरोमा कोपिला लाग्नेछ अनि मविरुद्ध+ र तिमीविरुद्ध+ गनगन गर्ने इस्राएलीहरूको मुख म बन्द गरिदिनेछु।”

६ अनि मोसाले यो कुरा इस्राएलीहरूलाई सुनाएपछि सबै कुलनायकले तिनलाई आ-आफ्नो लौरो दिए। प्रत्येक कुलको कुलनायकको निम्ति एउटा लौरो थियो। यसरी जम्मा १२ वटा लौरा भयो र त्यसमा हारुनको लौरो पनि थियो। ७ त्यसपछि मोसाले ती लौराहरू यहोवा परमेश्‍वरसामु साक्षीपाटी राखिएको पालमा राखे।

८ भोलिपल्ट मोसा साक्षीपाटी राखिएको पालभित्र जाँदा लेविको कुलको तर्फबाट राखिएको हारुनको लौरोमा कोपिला लागेको थियो अनि त्यसमा फूल फुलिरहेको थियो र कागजी बदाम पनि पाकिरहेको थियो। ९ मोसाले यहोवा परमेश्‍वरको सामनेबाट ती लौराहरू लिएर इस्राएलीहरूको समुदायकहाँ लगे। तिनीहरूले ती लौराहरू हेरे अनि प्रत्येकले आ-आफ्नो लौरो लिए।

१० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनको लौरो+ फेरि साक्षीपाटी राखिएको सन्दुकअगाडि राखिदेऊ र यो लौरो विद्रोह गर्नेहरूका+ लागि चिन्ह होस्‌।+ त्यसपछि तिनीहरूले मविरुद्ध गनगन गर्न बन्द गर्नेछन्‌ र तिनीहरू मर्नुपर्नेछैन।” ११ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरिहाले। तिनलाई जसो भनिएको थियो, तिनले त्यसै गरे।

१२ तब इस्राएलीहरूले मोसालाई भने: “अब हामी पक्कै मर्नेछौँ, हामी कुनै हालतमा बच्नेछैनौँ, हाम्रो नामोनिसान मेटिनेछ! १३ यहोवा परमेश्‍वरको वासस्थानको* नजिक आउने जोसुकै पनि मारिनेछ!+ के अब हामी सबै मर्ने नै भयौँ त?”+

१८ त्यसपछि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: “कसैले पवित्र स्थानसम्बन्धी* नियम तोडेमा तिमी, तिम्रा छोराहरू र तिम्रो बुबापट्टिको घराना जबाफदेही हुनेछौ।+ अनि कसैले पुजारी पदको अवहेलना गरेमा तिमी र तिम्रा छोराहरू जबाफदेही हुनेछौ।+ २ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात्‌ लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ ३ तिमीले सुम्पेका कामहरू र पालको सबै जिम्मेवारी तिनीहरूले पूरा गरून्‌।+ तर तिनीहरू पवित्र ठाउँका सामग्रीहरू र वेदीको नजिक भने नआऊन्‌ नत्र तिमी पनि तिनीहरूसँगै मर्नेछौ।+ ४ तिनीहरूले तिमीसँगै मिलेर भेट हुने पालको तथा यससित सम्बन्धित सबै कामको रेखदेख गरून्‌। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* तिम्रो नजिक नआओस्‌।+ ५ तिमीले पवित्र ठाउँ+ र वेदीप्रतिको+ जिम्मेवारी पूरा गर्नू; यसो गरेमा इस्राएलका मानिसहरूमाथि मेरो क्रोध अझ दन्किनेछैन।+ ६ तिम्रा दाजुभाइ अर्थात्‌ लेवीहरूलाई इस्राएलीहरूको माझबाट रोजेर मैले तिमीलाई उपहारस्वरूप दिएको छु।+ तिनीहरूले भेट हुने पालमा सेवा गरून्‌ भनेर तिनीहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरिएका छन्‌।+ ७ पुजारीको रूपमा वेदी र पर्दाभित्र* गरिने सबै काम सम्हाल्ने जिम्मा तिमी र तिम्रा छोराहरूकै हो+ र तिमीहरूले ती सबै जिम्मेवारी पूरा गर्नू।+ मैले तिमीहरूलाई उपहारस्वरूप पुजारीको काम सुम्पेको छु। लेवीहरूबाहेक अरू कोही मानिस पवित्र स्थानको नजिक आएमा ऊ मारियोस्‌।”+

८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+ ९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्‌: अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्‍नू। १० तिमीहरूले यसलाई एकदमै पवित्र ठाउँमा खानू।+ सबै पुरुषले त्यो खाऊन्‌। तिमीहरूले यसलाई पवित्र ठान्‍नू।+ ११ यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।+

१२ “तिनीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्‍न अर्थात्‌ तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+ १३ तिनीहरूले आफ्नो उब्जनीबाट यहोवा परमेश्‍वरकहाँ ल्याएका फल तिमीहरूका होऊन्‌।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।

१४ “इस्राएलमा जे-जे परमेश्‍वरलाई अर्पण गरिन्छ,* ती सबै तिमीहरूकै होस्‌।+

१५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात्‌ जसलाई तिनीहरू यहोवा परमेश्‍वरसामु अर्पण गर्छन्‌, ती तिमीहरूकै होऊन्‌। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+ १६ एक महिना वा सोभन्दा माथिकाहरूलाई छुटाउन पवित्र ठाउँको शेकेलअनुसार* चाँदीको पाँच शेकेल* छुटकाराको मोलस्वरूप तिर्नू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ। १७ पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्‌। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर बोसोचाहिँ आगोमा जलाउनू।+ १८ मासुचाहिँ तिमीहरूले लिनू। डोलाउने भेटीको ह्‍याकुला र दाहिने खुट्टा लिएझैँ यो पनि तिमीहरूले लिनू।+ १९ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्‍वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”

२० यहोवा परमेश्‍वरले हारुनलाई अझै भन्‍नुभयो: “इस्राएलमा तिमीले कुनै पैतृक सम्पत्ति पाउनेछैनौ अनि जग्गाजमिनको कुनै हिस्सा पनि पाउनेछैनौ।+ इस्राएलीहरूमाझ तिम्रो हिस्सा र तिम्रो अंश म नै हुँ।+

२१ “भेट हुने पालमा सेवा गरेबापत मैले लेविका सन्तानलाई अंशस्वरूप इस्राएलमा सबै थोकको दशांश* दिएको छु।+ २२ अब उप्रान्त इस्राएलीहरू भेट हुने पालको नजिक नआऊन्‌ नत्र तिनीहरू पापको दोषी हुनेछन्‌ र मर्नेछन्‌। २३ लेवीहरूले नै भेट हुने पालमा सेवा गरून्‌ र मानिसहरूले पवित्र ठाउँसम्बन्धी नियम तोडेमा त्यसको दोषी लेवीहरू नै होऊन्‌।+ इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌।+ यो नियम तिनीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ। २४ इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌’+ भनेर मैले तिनीहरूलाई भनेको छु।”

२५ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २६ “लेवीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्नो अंशस्वरूप दशांश पाउनेछौ+ अनि तिमीहरूले त्यसको दशांश यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।+ २७ त्यस भेटीलाई तिमीहरूकै खलाको अन्‍न+ वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। २८ यसरी इस्राएलीहरूबाट पाएको दशांशबाट तिमीहरूले पनि यहोवा परमेश्‍वरलाई भेटी चढाउन सक्नेछौ। अनि यहोवा परमेश्‍वरलाई चढाइएको त्यो भेटीचाहिँ पुजारी हारुनलाई दिनू। २९ तिमीहरूले पाएको उपहारमध्ये सर्वोत्तमचाहिँ पवित्र भेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउनू।’+

३० “तिमीले लेवीहरूलाई यसो पनि भन्‍नू, ‘तिमीहरूले सर्वोत्तम थोक चढाउँदा त्यसलाई तिमीहरूकै खलाको अन्‍न वा तिमीहरूकै कोलबाट निस्केको दाखमद्य वा तेलजस्तै ठानिनेछ। ३१ तिमी र तिम्रो घरानाले यसलाई जुनसुकै ठाउँमा खान सक्छौ किनकि यो तिमीहरूले भेट हुने पालमा सेवा गरेबापत पाएको ज्याला हो।+ ३२ तिमीहरूले आफूले पाएको भेटीबाट सर्वोत्तम थोक चढाएमा तिमीहरू पापको दोषी हुनेछैनौ। इस्राएलीहरूले चढाएको पवित्र भेटीलाई तिमीहरूले अशुद्ध नपार नत्र तिमीहरू मर्नेछौ।’”+

१९ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई फेरि यसो भन्‍नुभयो: २ “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ: ‘इस्राएलीहरूलाई कुनै खोट नभएको+ र जुवा नलगाइएको रातो गाई तिमीहरूकहाँ ल्याउन लगाओ। ३ तिमीहरूले त्यो गाई पुजारी एलियाजारलाई दिनू र तिनले त्यसलाई छाउनीबाहिर लानेछन्‌ अनि तिनकै अगाडि त्यो मारियोस्‌। ४ त्यसपछि पुजारी एलियाजारले त्यसको अलिकता रगतमा आफ्नो औँला चोपेर सीधै भेट हुने पालको* अगिल्तिर सात पल्ट छर्कून्‌।+ ५ त्यसपछि तिनकै आँखाअगाडि त्यो गाई जलाइयोस्‌। त्यसको छाला, मासु, रगत र गोबर सँगै जलाइयोस्‌।+ ६ अनि पुजारीले देवदारको हाँगा, हिसप*+ र सिन्दूरे रङ्‌गको कपडा लिएर ती सबैलाई गाई जलिरहेको आगोमा फालिदेऊन्‌। ७ अनि पुजारीले आफ्नो लुगा धोऊन्‌ र नुहाऊन्‌। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्‌। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्‌।

८ “‘गाई जलाउनेले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌; ऊ साँझसम्म अशुद्ध रहोस्‌।

९ “‘एक जना शुद्ध मानिसले त्यो गाईको खरानी बटुलेर+ छाउनीबाहिर सफा ठाउँमा राखोस्‌। चोख्याउने पानी तयार पार्न इस्राएलीहरूले त्यो खरानी राखिराखून्‌।+ यो पापभेटी हो। १० गाईको खरानी बटुल्नेले आफ्नो लुगा धोओस्‌ र साँझसम्म अशुद्ध रहोस्‌।

“‘इस्राएलीहरू र तिनीहरूमाझ बसोबास गर्ने विदेशीका लागि यो नियम सधैँ लागू हुनेछ।+ ११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+ १२ तेस्रो दिन उसले चोख्याउने पानीले आफूलाई चोख्याओस्‌ अनि ऊ सातौँ दिनमा शुद्ध हुनेछ। तर तेस्रो दिन उसले आफूलाई चोख्याएन भने सातौँ दिनमा ऊ शुद्ध हुनेछैन। १३ जसले कुनै मान्छेको लास छुन्छ र आफूलाई चोख्याउँदैन, उसले यहोवा परमेश्‍वरको वासस्थानलाई* अशुद्ध पार्छ।+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्धै रहनेछ।+ उसको अशुद्धता हट्‌नेछैन।

१४ “‘कोही मानिस पालभित्र मऱ्‍यो भने यो नियम लागू हुनेछ: पालभित्र छिर्ने र पालभित्र हुनेहरू सात दिनसम्म अशुद्ध रहनेछन्‌। १५ ढकनी नलगाइएको सबै खुला भाँडा अशुद्ध हुनेछ।+ १६ यदि खुला मैदानमा छँदा कसैले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएमा ऊ सात दिनसम्म अशुद्ध हुनेछ।+ १७ यसरी अशुद्ध भएको मानिसको निम्ति तिनीहरूले पापभेटीको रूपमा जलाइएको गाईको अलिकता खरानी भाँडोमा लेऊन्‌ र त्यसमा खोलाको पानी खन्याऊन्‌। १८ त्यसपछि एक जना शुद्ध मानिसले+ यो पानीमा हिसप चोपोस्‌+ अनि यो पानी लिएर मानिस मरेको पाल, त्यहाँ भएका सबै भाँडाकुँडा र त्यतिखेर पालभित्र भएका मानिसहरूमाथि छर्कोस्‌। साथै त्यो मानिसमाथि पनि छर्कोस्‌, जसले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएको थियो। १९ तेस्रो र सातौँ दिनमा शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि यो पानी छर्कोस्‌ अनि सातौँ दिनमा उसको पाप हटाएर उसलाई शुद्ध पारोस्‌।+ त्यसपछि उसले आफ्नो लुगा धोओस्‌, नुहाओस्‌ अनि साँझ ऊ शुद्ध हुनेछ।

२० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्‍वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।

२१ “‘यो नियम तिनीहरूलाई सधैँ लागू हुनेछ: चोख्याउने पानी छर्कने मानिसले+ आफ्नो लुगा धोओस्‌ अनि जसले त्यो चोख्याउने पानी छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ। २२ अशुद्ध मानिसले छोएको जुनसुकै कुरा अशुद्ध हुनेछ अनि जसले त्यो अशुद्ध कुरा छुन्छ, ऊ पनि साँझसम्म अशुद्ध हुनेछ।’”+

२० अनि पहिलो महिनामा इस्राएलीहरूको सारा समुदाय जिन निर्जनभूमिमा आइपुग्यो र तिनीहरू कादेसमा बसोबास गर्न थाले।+ त्यहाँ मरियमको मृत्यु भयो+ र उनलाई त्यहीँ गाडियो।

२ त्यहाँ पानी थिएन;+ त्यसैले मानिसहरू मोसा र हारुनको विरोध गर्न भेला भए। ३ मानिसहरूले मोसालाई यसरी कचकच गर्न थाले:+ “हाम्रा दाजुभाइहरू यहोवा परमेश्‍वरसामु मर्दा हामी पनि त्यहीँ मरेको भए हुन्थ्यो! ४ अब हामी र हाम्रा गाईवस्तु यहीँ मर्ने भयौँ। यहोवा परमेश्‍वरको समुदायलाई यसरी मार्न तपाईँले हामीलाई किन यस निर्जनभूमिमा ल्याउनुभयो?+ ५ तपाईँले हामीलाई मिश्रबाट निकालेर यस्तो नराम्रो ठाउँमा किन ल्याउनुभयो?+ यहाँ अन्‍न, अन्जिर, अङ्‌गुर, अनार केही छैन; यहाँ पिउने पानीधरि छैन।”+ ६ तब मोसा र हारुन मानिसहरूको सामनेबाट भेट हुने पालको* प्रवेशद्वारमा आए र भुईँमा घोप्टो परे। अनि यहोवा परमेश्‍वरको महिमा तिनीहरूकहाँ देखा पऱ्‍यो।+

७ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ८ “तिम्रो लौरो लेऊ अनि तिमी र तिम्रो दाइ हारुन मिलेर सारा समुदायलाई भेला गर। त्यसपछि तिनीहरूकै आँखाअगाडि त्यस पहरालाई आज्ञा देऊ र त्यसबाट पानी निस्कनेछ। यसरी पहराबाट पानी निकालेपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुलाई पानी पिउन देऊ।”+

९ तब यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले उहाँकै सामुन्‍ने लौरो लिए।+ १० अनि मोसा र हारुनले त्यस पहराअगाडि सारा समुदायलाई भेला गराए। त्यसपछि मोसाले तिनीहरूलाई भने: “हे विद्रोहीहरू हो, सुन! के हामीले यस पहराबाट तिमीहरूको लागि पानी निकालिदिनुपऱ्‍यो?”+ ११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+

१२ पछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: “तिमीहरूले ममाथि विश्‍वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+ १३ यसैलाई मरिबाको* पानी भनिन्छ।+ त्यहाँ इस्राएलीहरूले यहोवा परमेश्‍वरसित झगडा गरेका थिए अनि उहाँले तिनीहरूसामु आफ्नो नाम उच्च पार्नुभएको थियो।

१४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ। १५ हाम्रा पुर्खाहरू मिश्र गए+ र हामी पनि वर्षौँसम्म* त्यहीँ बस्यौँ।+ अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई दुःख दिए।+ १६ असह्‍य भएपछि हामीले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यौँ+ अनि उहाँले हाम्रो पुकारा सुनेर एक जना स्वर्गदूत पठाउनुभयो+ र हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो। यसरी हामी तपाईँहरूको सिमानानजिकै भएको इलाका कादेस आइपुगेका छौँ। १७ त्यसैले बिन्ती छ, हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्‌। हामी तपाईँहरूको खेत वा अङ्‌गुर बगानतिर पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी दाहिने-देब्रे कतै नलागेर ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।’”+

१८ तर एदोमका राजाले यस्तो खबर पठाए: “तिमीहरू हाम्रो इलाका भएर जान पाउँदैनौ। त्यसो गऱ्‍यौ भने तिमीहरूविरुद्ध म तरबार उठाउनेछु।” १९ यो सुनेपछि इस्राएलीहरूले यस्तो जवाफ दिए: “हामीलाई मूलबाटो भएर जान दिनुहोस्‌। हामी र हाम्रा गाईवस्तुले तपाईँको पानी खायौँ भने त्यसको क्षतिपूर्ति तिर्नेछौँ।+ हामीलाई अरू केही चाहिँदैन, त्यो बाटो भएर हिँड्‌न मात्र दिनुहोस्‌।”+ २० तर तिनले अझै पनि यसो भने: “तिमीहरू जान पाउँदैनौ।”+ अनि एदोमका राजा आफ्नो ठूलो र शक्‍तिशाली सेना लिएर तिनीहरूलाई आक्रमण गर्न निस्के। २१ यसरी एदोमका राजाले इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिएनन्‌। त्यसैले इस्राएलीहरू अर्कै बाटो लागे।+

२२ इस्राएलीहरूको सारा समुदाय कादेसबाट यात्रा गरेर होर डाँडा आइपुग्यो।+ २३ तब एदोमको सिमानामा अवस्थित होर डाँडामा यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २४ “हारुन आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछन्‌।+ तिनी मैले इस्राएलीहरूलाई दिने देशमा जान पाउनेछैनन्‌ किनभने मरिबाको पानीको सन्दर्भमा तिमीहरू दुवै जनाले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ।+ २५ हारुन र तिनको छोरा एलियाजारलाई लिएर होर डाँडामा आऊ। २६ हारुनले लगाएको पुजारीको पोसाक फुकालेर+ तिनको छोरा एलियाजारलाई+ लगाइदेऊ; हारुन यहीँ मर्नेछन्‌।”*

२७ त्यसैले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे। तिनीहरू सारा समुदायले देख्नेगरि होर डाँडा उक्ले। २८ तब मोसाले हारुनको पोसाक फुकालेर तिनको छोरा एलियाजारलाई लगाइदिए। त्यसपछि डाँडाको टुप्पोमा हारुनको मृत्यु भयो।+ अनि मोसा र एलियाजार डाँडाबाट तल ओर्ले। २९ हारुनको मृत्यु भएको थाह पाएपछि इस्राएलीहरूको सारा समुदायले तिनको निम्ति ३० दिनसम्म शोक मनाए।+

२१ अरादका कनानी राजा,+ जो नेगेबमा बस्थे, तिनले इस्राएलीहरू अथारिमको बाटो भएर आउँदै छन्‌ भन्‍ने खबर पाएपछि इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूमध्ये केहीलाई कैदी बनाएर लगे। २ त्यसैले इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई यस्तो भाकल गरे: “यदि तपाईँले यी मानिसहरू हाम्रो हातमा सुम्पनुभयो भने हामी यिनीहरूको सहरलाई नाश गरेरै छोड्‌नेछौँ।” ३ यहोवा परमेश्‍वरले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो र कनानीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। अनि इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई सर्वनाश गरे। त्यसकारण इस्राएलीहरूले त्यस ठाउँको नाम होर्माह* राखे।+

४ त्यसपछि तिनीहरू होर डाँडाबाट लाल समुद्रको बाटो हुँदै अघि बढे।+ एदोमीहरूको इलाकामा नछिरी त्यसको किनारैकिनार जान तिनीहरूले यो बाटो रोजेका थिए।+ तर यात्रा गर्दा-गर्दा मानिसहरू हैरान भए। ५ अनि मानिसहरूले परमेश्‍वर र मोसाविरुद्ध यसरी गनगन गर्न थाले:+ “तपाईँले हामीलाई मिश्रबाट निकालेर किन यस निर्जनभूमिमा मार्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ न त पिउने पानी छ;+ यो तुच्छ रोटी खाँदा-खाँदा हामीलाई वाक्कै लागिसक्यो।”+ ६ तब यहोवा परमेश्‍वरले मानिसहरूमाझ विषालु सर्पहरू पठाउनुभयो र ती सर्पहरूले डसेर थुप्रै इस्राएली मरे।+

७ अनि मानिसहरूले मोसाकहाँ आएर भने: “हामीले यहोवा परमेश्‍वर र तपाईँविरुद्ध बोलेर पाप गऱ्‍यौँ।+ हाम्रो माझबाट यी सर्पहरू हटाउन यहोवा परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्‌।” अनि मोसाले मानिसहरूको तर्फबाट परमेश्‍वरलाई बिन्ती गरे।+ ८ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “विषालु सर्पको एउटा मूर्ति बनाएर त्यसलाई खामोमा झुण्ड्‌याउनू। कसैलाई सर्पले डसेमा उसले त्यस मूर्तिलाई हेरोस्‌ र ऊ बच्नेछ।” ९ त्यसैले मोसाले तुरुन्तै गएर तामाको एउटा सर्प+ बनाए र त्यसलाई खामोमा झुण्ड्‌याए।+ सर्पले डसेको कसैले तामाको सर्पलाई हेरेमा ऊ बाँच्थ्यो।+

१० त्यसपछि इस्राएलीहरूले यात्रा अघि बढाए र ओबोथमा पाल टाँगे।+ ११ अनि ओबोथबाट निस्केपछि तिनीहरूले इये-अबारिम अर्थात्‌ मोआबको अगाडि पर्ने पूर्वतिरको निर्जनभूमिमा पाल टाँगे।+ १२ त्यहाँबाट निस्केपछि तिनीहरूले जेरेद बेँसीमा* पाल टाँगे।+ १३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ। १४ त्यसैकारण यहोवा परमेश्‍वरका युद्धहरूको पुस्तकमा यी ठाउँहरूबारे लेखिएको छ: “सुफाहको वाहेब र अर्नोनका बेँसीहरू* १५ अनि अर्नोनका बेँसीहरूको ओरालो, जुन अरको बस्ती हुँदै मोआबको सिमानासम्म पुगेको छ।”

१६ त्यहाँबाट तिनीहरू बेर भन्‍ने ठाउँमा गए। यहोवा परमेश्‍वरले मोसालाई “सबै मानिसलाई भेला गर र म तिनीहरूलाई पानी दिनेछु” भन्‍नुभएको इनार त्यहीँ थियो।

१७ त्यतिबेला इस्राएलीहरूले यस्तो गीत गाए:

“ए इनार, फुटेर निस्की!—मानिसहरू हो, यसको लागि गीत गाओ!

१८ यो त्यही इनार हो, जसलाई मुखियाहरूले, हो ठूलाबडा मानिसहरूले खने,

कप्तानको लौरो र आ-आफ्ना लौराहरूले खने।”

त्यसपछि इस्राएलीहरू त्यस निर्जनभूमिबाट मात्तानाह गए। १९ अनि तिनीहरू मात्तानाहबाट नाहलिएल र नाहलिएलबाट बामोथ गए।+ २० अनि तिनीहरू बामोथबाट मोआबको इलाकामा* पर्ने+ पिस्गाहको मास्तिर+ भएको फाँटमा गए जहाँबाट यसिमोन* देख्न सकिन्छ।+

२१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्‍नू भनेर सन्देशवाहकहरू पठाए:+ २२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्‌। हामी तपाईँहरूको खेत वा अङ्‌गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+ २३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्‌। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+ २४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन्‌ किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।

२५ यसरी इस्राएलीहरूले एमोरीहरूको सबै सहर+ कब्जा गरे अनि तिनीहरू हेस्बोन र त्यसवरपरका सहरहरूलगायत सबै सहरमा बसोबास गर्न थाले। २६ हेस्बोन एमोरीहरूका राजा सिहोनको सहर थियो, जसले मोआबका राजासित युद्ध गरेर अर्नोनसम्मको सबै इलाका लिएका थिए। २७ त्यही घटनापछि अरूको खिल्ली उडाउन प्रयोग गरिने यस्तो भनाइ सुरु भयो:

“हेस्बोन आओ हेस्बोन,

सिहोनको यो सहर बसालौँ र बलियो पारौँ।

२८ हेस्बोनबाट आगो दन्क्यो, सिहोनको यो सहरबाट आगोको ज्वाला निस्क्यो।

यसले मोआबको अरलाई, अर्नोनका अग्ला थानहरूका* मालिकहरूलाई खरानी बनाइदियो।

२९ ए मोआब, धिक्कार छ तिमीलाई! ए केमोसका+ मानिसहरू हो, तिमीहरू सर्वनाश हुनेछौ!

तिमीहरू आफ्ना छोराहरूलाई भगुवा बनाउँछौ अनि छोरीहरूलाई कैदी बनाएर एमोरीहरूका राजा सिहोनको हातमा सुम्पन्छौ।

३० आओ, हामी तिनीहरूलाई आक्रमण गरौँ;

हेस्बोनचाहिँ दिबोनसम्मै नाश हुनेछ;+

त्यसलाई नोफाहसम्मै उजाड पारौँ;

दनदनी बलेको आगो मेदेबासम्मै फैलनेछ।”+

३१ यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गर्न थाले। ३२ अनि मोसाले याजेरको जासुसी गर्न केही जासुसहरू पठाए।+ तिनीहरूले याजेरवरपरका सहरहरू कब्जा गरे अनि त्यहाँका एमोरीहरूलाई धपाए। ३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ ३४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिनीसित नडराऊ+ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पनेछु।+ तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्‍यौ, तिनलाई पनि त्यसै गर्नेछौ।”+ ३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्‌।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+

२२ त्यसपछि इस्राएलीहरू त्यहाँबाट हिँडे र तिनीहरूले मोआबको मरुभूमिमा अर्थात्‌ यर्दन नदीको किनारामा पाल टाँगे। यर्दन नदीको पारिपट्टिचाहिँ यरिहो सहर थियो।+ २ इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए, त्यसबारे जिप्पोरका छोरा बालाकले सुनेका थिए।+ ३ अनि इस्राएलीहरूको सङ्‌ख्या धेरै भएकोले मोआबका मानिसहरू डराए; भनौँ भने तिनीहरू डरले मुर्छा परे।+ ४ त्यसैले मोआबका मानिसहरूले मिद्यानका नाइकेहरूलाई यसो भने:+ “गोरुले चउरको घाँस स्वाहा पारेझैँ यस समुदायले हाम्रो वरपरका ठाउँहरूलाई स्वाहा पार्नेछ।”

त्यतिबेला जिप्पोरका छोरा बालाक मोआबका राजा थिए। ५ तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्‌। ६ यिनीहरू मभन्दा शक्‍तिशाली छन्‌। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष्‌ दिनुहुन्छ, तिनीहरूलाई आशिष्‌ लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।”

७ त्यसैले मोआबका नाइकेहरू अनि मिद्यानका नाइकेहरू सराप दिएबापत* बालामलाई+ तिर्नुपर्ने रकम लिएर बालामकहाँ गए र उनलाई राजा बालाकको सन्देश सुनाए। ८ बालामले तिनीहरूलाई यसो भने: “आज राती यहीँ बस्नुहोस्‌। यहोवा परमेश्‍वरले मलाई के-के भन्‍नुहुन्छ, म तपाईँहरूलाई पछि बताउँछु।” त्यसैले मोआबबाट आएका मानिसहरू त्यो दिन बालामकहाँ नै बसे।

९ त्यसपछि परमेश्‍वर बालामकहाँ आउनुभयो र सोध्नुभयो:+ “तिमीसँगै बसेका यी मानिसहरू को हुन्‌?” १० बालामले साँचो परमेश्‍वरलाई यस्तो जवाफ दिए: “यिनीहरूलाई जिप्पोरका छोरा, मोआबका राजा बालाकले पठाएका हुन्‌। यिनीहरूले मकहाँ यस्तो सन्देश ल्याएका छन्‌, ११ ‘हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी ढाक्न लागिसके। त्यसैले यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु।’” १२ तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो: “तिमी तिनीहरूसित कदापि नजानू। अनि ती मानिसहरूलाई नसराप्नू किनभने तिनीहरू मेरो आशिष्‌ पाएका मानिसहरू हुन्‌।”+

१३ बिहान उठेर बालामले मोआबबाट आएका बालाकका भारदारहरूलाई यसो भने: “तपाईँहरू फर्कनुभए हुन्छ। यहोवा परमेश्‍वरले मलाई तपाईँहरूसित नजानू भन्‍नुभयो।” १४ त्यसैले मोआबका भारदारहरू फर्के र राजा बालाकलाई यस्तो खबर सुनाए: “बालाम हामीसित आउन मानेनन्‌।”

१५ तर राजा बालाकले पहिलेभन्दा पनि धेरै अनि अझै उच्च दर्जाका भारदारहरू बालामकहाँ पठाए। १६ तिनीहरूले बालामकहाँ आएर यसो भने: “जिप्पोरका छोरा बालाकले यसो भन्‍नुभएको छ, ‘कृपया जसरी भए पनि आउनुहोस्‌। तपाईँलाई कुनै कुराले नअल्झाओस्‌। १७ म तपाईँलाई ठूलो इनाम दिएर सम्मान गर्नेछु। तपाईँ जे भन्‍नुहुन्छ, म त्यही गर्नेछु। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।’” १८ तर बालामले बालाकका ती सेवकहरूलाई यसो भने: “राजाले मलाई सुनचाँदीले भरिएको आफ्नो महल नै दिनुभए पनि मेरा परमेश्‍वर यहोवाले नगर्नू भन्‍नुभएको कुरा म गर्न सक्दिनँ, चाहे त्यो सानो होस्‌ या ठूलो।+ १९ तर आज राती कृपया तपाईँहरू यहीँ बस्नुहोस्‌। यहोवा परमेश्‍वरले के भन्‍नुहुन्छ, म हेर्छु।”+

२० त्यसपछि परमेश्‍वर राती बालामकहाँ आउनुभयो र भन्‍नुभयो: “यी मानिसहरू तिमीलाई बोलाउन आएका हुन्‌ भने तिनीहरूसँगै जाऊ। तर म जे भन्छु, ती कुराहरू मात्र बोल।”+ २१ त्यसैले बालाम भोलिपल्ट बिहान उठे र गधामा* काठी कसेर मोआबबाट आएका ती भारदारहरूसँगै गए।+

२२ तर बालाम ती मानिसहरूसित गएकोले यहोवा परमेश्‍वरको क्रोध दन्क्यो अनि उहाँका एक जना स्वर्गदूत आएर उनको बाटो छेके। बालाम आफ्नो गधामाथि थिए अनि उनका दुई जना सहयोगी पनि उनीसँगै थिए। २३ यहोवा परमेश्‍वरको स्वर्गदूत हातमा तरबार लिएर बाटोमा उभिरहेको देखेपछि गधा खेततिर भाग्न खोज्यो। तर फेरि बाटोमा फर्काउन बालामले त्यसलाई पिट्‌न थाले। २४ त्यसपछि यहोवा परमेश्‍वरको स्वर्गदूत दुई वटा अङ्‌गुर बगानको बीचमा भएको साँघुरो बाटोमा गएर उभिए। त्यस बाटोको दुवैतिर ढुङ्‌गाको पर्खाल थियो। २५ यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि गधा पर्खालमा ढेसिन थाल्यो अनि बालामको खुट्टा पर्खालमा चेपियो। त्यसैले बालामले गधालाई फेरि पिट्‌न थाले।

२६ त्यसपछि यहोवा परमेश्‍वरको स्वर्गदूत अलि अगाडि बढे र दायाँबायाँ फर्कन नमिल्ने साँघुरो ठाउँमा गएर उभिए। २७ यहोवा परमेश्‍वरको स्वर्गदूतलाई देखेपछि यस पटक भने त्यो गधा थचक्क बस्यो। त्यसैले बालाम रिसले चूर भए र गधालाई फेरि लौरोले पिट्‌न थाले। २८ आखिरमा यहोवा परमेश्‍वरले त्यो गधालाई बोल्न लगाउनुभयो।+ त्यसले बालामलाई भन्यो: “मैले तपाईँको के बिगारेको छु र मलाई यसरी तीन-तीन चोटि पिट्‌नुहुन्छ?”+ २९ बालामले गधालाई भने: “तैँले मेरो खिल्ली उडाइस्‌। मेरो हातमा तरबार भएको भए तँलाई टुक्राटुक्रा पारिदिन्थेँ!” ३० त्यसपछि गधाले बालामलाई भन्यो: “आजको दिनसम्म तपाईँलाई बोकेर हिँड्‌ने गधा म नै होइनँ र? यसभन्दा अघि मैले कहिल्यै यस्तो गरेको थिएँ र?” बालामले भने: “अहँ, थिइनस्‌।” ३१ त्यसपछि यहोवा परमेश्‍वरले बालामको आँखा खोलिदिनुभयो।+ अनि तिनले यहोवा परमेश्‍वरको स्वर्गदूत हातमा तरबार लिएर बाटोमा उभिरहेको देखे। स्वर्गदूतलाई देख्नेबित्तिकै तिनी शिर निहुराएर घोप्टो परे।

३२ यहोवा परमेश्‍वरको स्वर्गदूतले बालामलाई भने: “यो गधालाई किन तीन-तीन चोटि हिर्कायौ? हेर, तिमीलाई रोक्ने त म हुँ! किनकि तिमी मेरो इच्छाविपरीत काम गर्न जाँदै छौ।+ ३३ यो गधा मलाई देखेर अहिलेसम्म तीन चोटि तर्क्यो+ र तिमी बाँच्यौ। नत्र त म तिमीलाई मारिसक्थेँ अनि तिम्रो गधालाई चाहिँ जिउँदै छोड्‌थेँ।” ३४ बालामले यहोवाका स्वर्गदूतलाई यसो भने: “मैले पाप गरेँ। तपाईँ मलाई भेट्‌न बाटोमा उभिरहनुभएको छ भनेर मलाई थाहै भएन। मैले गर्न लागेको काम तपाईँलाई ठीक लाग्दैन भने म यहीँबाट फर्कन्छु।” ३५ तर यहोवाका स्वर्गदूतले बालामलाई भने: “तिमी यी मानिसहरूसित जान त जाऊ तर म जे भन्छु, त्यही मात्र बोल।” त्यसपछि बालाम बालाकका भारदारहरूसित गए।

३६ बालाम आएको सुन्‍नेबित्तिकै बालाक उनलाई भेट्‌न मोआबको त्यस सहरमा गए, जुन मोआबको सिमानामा भएको अर्नोन नदीको किनारामा पर्थ्यो। ३७ बालाकले बालामलाई भने: “मैले पहिला बोलाउन पठाउँदाखेरि किन नआउनुभएको? मैले तपाईँलाई इनाम दिएर सम्मान गर्न सक्दिनँ जस्तो लाग्यो कि कसो?”+ ३८ बालामले भने: “हेर्नुहोस्‌, म तपाईँकहाँ आएको छु तर म आफ्नो इच्छाले केही बोल्न सक्दिनँ। परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, म त्यही मात्र बोल्न सक्छु।”+

३९ त्यसपछि बालाम बालाकसितै गए अनि तिनीहरू किर्यथ-हुजोथ भन्‍ने ठाउँमा आइपुगे। ४० त्यहाँ बालाकले बहरहरू र भेडाहरूको बलि चढाए अनि केही भाग बालामलाई र केहीचाहिँ बालामलाई लिन गएका भारदारहरूलाई दिए। ४१ भोलिपल्ट बिहान बालाक बालामलाई लिएर बामोथ-बाआलतिर उक्ले। त्यहाँबाट इस्राएलीहरूको पूरै समुदायलाई देख्न सकिन्थ्यो।+

२३ त्यसपछि बालामले बालाकलाई यसो भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्‌+ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्‌।” २ बालाकले तुरुन्तै बालामले भनेझैँ गरे। त्यसपछि बालाक र बालाम दुवै मिलेर प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+ ३ अनि बालामले बालाकलाई यसो भने: “तपाईँ यहीँ अग्निभेटी अगाडि बस्दै गर्नुहोस्‌। मचाहिँ एकछिनमा आउँछु। सायद यहोवा परमेश्‍वर मकहाँ आउनुहुनेछ र मलाई केही भन्‍नुहुनेछ। उहाँले मलाई जे-जे भन्‍नुहुन्छ, आएर तपाईँलाई सुनाउँछु।” त्यसपछि बालाम एउटा उजाड डाँडामाथि उक्ले।

४ अनि परमेश्‍वर बालामकहाँ देखा पर्नुभयो+ र बालामले उहाँलाई यसो भने: “मैले लहरै सात वटा वेदी खडा गरेँ र प्रत्येकमा एक-एक वटा बहर र थुमा चढाएँ।” ५ तब यहोवा परमेश्‍वरले बालामको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्‍नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।” ६ त्यसैले बालाम त्यहाँबाट फर्के। त्यतिबेला बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उभिरहेका थिए। ७ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

“मोआबका राजा बालाकले मलाई अरामदेखि बोलाए,+

पूर्वका डाँडाहरूदेखि ल्याएर तिनले मलाई भने:

‘आउनुहोस्‌ र याकुबलाई सराप दिनुहोस्‌।

यहाँ आएर इस्राएलविरुद्ध बोल्नुहोस्‌।’+

 ८ जसलाई यहोवा परमेश्‍वरले सराप्नुभएको छैन, तिनीहरूलाई मैले कसरी सराप्ने?

जसलाई उहाँले विरोध गर्नुभएको छैन, तिनीहरूविरुद्ध मैले कसरी बोल्ने?+

 ९ चट्टानमाथिबाट मैले तिनीहरूलाई हेरेँ,

डाँडाहरूबाट मैले तिनीहरूलाई नियालेँ,

तिनीहरूको समुदाय अलग्गै बस्छ;+

तिनीहरू आफूलाई अरू जातिहरूसित गन्दैनन्‌।+

१० धुलोसरि अनगिन्ती याकुबका सन्तानलाई कसले गन्‍न सक्छ र?+

इस्राएलको एक चौथाइ भागलाई समेत कसले गन्ती गर्न सक्छ र?

मेरो मृत्यु इमानदार मानिसहरूको जस्तो होस्‌,

मेरो अन्त्य पनि तिनीहरूको जस्तै होस्‌।”

११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष्‌ पो दिनुभयो।”+ १२ बालामले यस्तो जवाफ दिए: “यहोवा परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, मैले त्यही बोल्नुपरेन र?”+

१३ तब बालाकले बालामलाई भने: “कृपया आउनुहोस्‌, अब अर्को ठाउँमा जाऔँ। त्यहाँबाट तिनीहरू सबैलाई त देख्न सकिँदैन तर केहीलाई भने देख्न सकिन्छ। त्यहीँबाट तिनीहरूलाई सराप दिनुहोस्‌।”+ १४ त्यसैले बालाकले बालामलाई पिस्गाहको टाकुरामा+ भएको जोफिमको मैदानमा लगे। त्यहाँ तिनले सात वटा वेदी बनाए र प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+ १५ अनि बालामले बालाकलाई भने: “म त्यहाँ परमेश्‍वरसित कुरा गरेर आउँछु। तपाईँ यहीँ अग्निभेटीअगाडि बस्दै गर्नुहोस्‌।” १६ तब यहोवा परमेश्‍वर बालामकहाँ देखा पर्नुभयो अनि उनको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्‍नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।” १७ त्यसैले बालाम फर्केर बालाककहाँ आए। बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उनलाई नै पर्खिरहेका थिए। बालाकले बालामलाई सोधे: “यहोवाले के भन्‍नुभयो त?” १८ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

“उठ बालाक, मेरो कुरा सुन।

हे जिप्पोरका छोरा, मेरो कुरामा ध्यान देऊ।

१९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

२० हेर्नुहोस्‌, मलाई त परमेश्‍वरले आशिष्‌ दिन अह्राउनुभएको छ;

उहाँले आशिष्‌ दिइसक्नुभयो;+ म त्यो कसरी उल्टाउन सक्छु र?+

२१ याकुबलाई कसैले टुनामुना गरेको परमेश्‍वर सहन सक्नुहुन्‍न

अनि उहाँ इस्राएलविरुद्ध कुनै विपत्ति आइपर्न दिनुहुन्‍न।

यहोवा तिनीहरूका परमेश्‍वर तिनीहरूसित हुनुहुन्छ,+

तिनीहरू उहाँलाई आफ्नो राजा मानेर उहाँको जयजयकार गर्छन्‌।

२२ परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ।+

उहाँ तिनीहरूका लागि जङ्‌गली साँढेको सिङसरह हुनुहुन्छ।+

२३ कुनै अपशकुनले याकुबलाई छुन सक्दैन,+

कुनै तन्त्रमन्त्रले इस्राएललाई छुन सक्दैन।+

अब याकुब र इस्राएलबारे यसो भनिनेछ:

‘हेर त, परमेश्‍वरले कत्ति ठूलो काम गर्नुभएको छ!’

२४ यी मानिसहरू सिंहझैँ खडा हुन्छन्‌,

सिंहझैँ तिनीहरू जुरुक्क उठ्‌छन्‌।+

आफ्नो सिकार नखाएसम्म तिनीहरू पल्टँदैनन्‌

सिकारको रगत नपिएसम्म ढल्कँदैनन्‌।”

२५ त्यसपछि बालाकले बालामलाई भने: “तपाईँ तिनीहरूलाई सराप दिन सक्नुहुन्‍न भने नदिनुहोस्‌ तर तिनीहरूलाई आशिष्‌ पनि नदिनुहोस्‌।” २६ बालामले बालाकलाई यस्तो जवाफ दिए: “‘यहोवा परमेश्‍वरले जे भन्‍नुहुन्छ, मैले त्यही गर्नुपर्छ’ भनेर तपाईँलाई पहिल्यै भनेको थिइनँ र?”+

२७ बालाकले बालामलाई भने: “कृपया मसँगै आउनुहोस्‌, म तपाईँलाई अर्को एउटा ठाउँमा लैजान्छु। साँचो परमेश्‍वरले तपाईँलाई त्यहाँबाट चाहिँ तिनीहरूलाई सराप्ने अनुमति दिनुहुन्छ कि?”+ २८ त्यसैले बालाकले बालामलाई पोअर डाँडाको टाकुरामा लगे, जहाँबाट यसिमोन* देख्न सकिन्छ।+ २९ अनि बालामले बालाकलाई भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्‌ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्‌।”+ ३० बालाकले बालामले भनेझैँ गरे। तिनले प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।

२४ यहोवा परमेश्‍वर इस्राएलीहरूलाई आशिष्‌ दिन चाहनुहुन्छ भनी बुझेपछि बालाम इस्राएलीहरूलाई विनाश गर्नको लागि शकुन हेर्न अन्त कतै गएनन्‌।+ बरु उनले आफ्नो नजर निर्जनभूमितिर लगाए। २ जब बालामले इस्राएलीहरू आ-आफ्नो कुलअनुसार पाल टाँगेर बसेको देखे,+ तब परमेश्‍वरको शक्‍ति उनमा आयो।+ ३ त्यसपछि उनले यस्तो सन्देश सुनाए:+

“बेअरको छोरा बालामको सन्देश,

यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,

 ४ जसले परमेश्‍वरको वचन सुनेको छ,

जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दा

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको दर्शन* देखेको छ:+

 ५ हे याकुब, तिम्रो पाल कत्ति राम्रो!

हे इस्राएल, तिम्रो निवासस्थान कत्ति सुन्दर!+

 ६ टाढा-टाढासम्म फैलिएको बेँसीजस्तो,*+

नदीछेउमा भएको बगैँचाजस्तो,

यहोवाले रोप्नुभएको अगरुको बोटजस्तो,*

पानीनेर लगाइएको देवदारको रूखजस्तो।

 ७ उसका दुवै भाँडाबाट पानी भरिएर पोखिन्छ,+

उसको बिउ* प्रशस्त पानी भएको ठाउँमा छरिन्छ।

उसको राजा+ अगागको राजाभन्दा महान्‌ हुनेछ,+

उसको राज्य समृद्ध हुनेछ।+

 ८ परमेश्‍वरले उसलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ;

उहाँ उसको लागि जङ्‌गली साँढेको सिङसरह हुनुहुन्छ।

उसले आफूमाथि अत्याचार गर्ने राष्ट्रहरूलाई च्यातचुत पार्छ,+

उनीहरूको हड्डी कऱ्‍यामकुरुम चपाउँछ अनि काँड हानेर उनीहरूलाई धुजाधुजा पार्छ।

 ९ ऊ सिंहजस्तै ढल्किरहेको छ,

उसलाई उठाउने कसको आँट?

तिमीलाई आशिष्‌ दिने आशिषित्‌ हुन्छन्‌,

तिमीलाई सराप्ने श्रापित हुन्छन्‌।”+

१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष्‌ दिनुभयो। ११ अब तपाईँ यहाँबाट गइहाल्नुहोस्‌! तपाईँलाई प्रशस्त इनाम दिएर सम्मान गरूँला+ भन्‍ने सोचेको थिएँ तर हेर्नुहोस्‌, यहोवाले तपाईँलाई सम्मान पाउनदेखि रोक्नुभएको छ।”

१२ तब बालामले बालाकलाई भने: “मैले तपाईँका सन्देशवाहकहरूलाई पहिल्यै भनेको थिइनँ र: १३ ‘बालाकले मलाई सुनचाँदीले भरिएको आफ्नो महलै दिनुभए पनि यहोवा परमेश्‍वरले नगर्नू भन्‍नुभएको कुरा म गर्न सक्दिनँ; आफ्नो इच्छाअनुसार म केही गर्न सक्दिनँ, चाहे त्यो असल होस्‌ या खराब। यहोवा परमेश्‍वरले जे बोल्न भन्‍नुहुन्छ, म त्यही मात्र बोल्छु।’+ १४ अब म आफ्ना मानिसहरूकहाँ फर्कन्छु। तर जानुभन्दा अगाडि यी मानिसहरूले भविष्यमा* तपाईँका मानिसहरूलाई के गर्नेछन्‌ भनेर बताउँछु।” १५ त्यसपछि तिनले यस्तो सन्देश सुनाए:+

“बेअरको छोरा बालामको सन्देश,

यस्तो मानिसको सन्देश, जसको आँखा खोलिएको छ,+

१६ जसले परमेश्‍वरको वचन सुनेको छ,

जसले सर्वोच्च परमेश्‍वरले दिनुहुने ज्ञान पाएको छ।

जसले आफ्नो आँखा खुल्लै राखेर घोप्टो पर्दा

सर्वशक्‍तिमान्‌ परमेश्‍वरको दर्शन देखेको छ:

१७ म उहाँलाई देख्नेछु तर अहिले होइन;

म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।

याकुबबाट एउटा तारा उदाउनेछ,+

इस्राएलबाट+ एउटा राजदण्ड उठ्‌नेछ।+

उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+

खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।

१८ इस्राएलले ठूलो बहादुरी देखाउँदा

एदोम उसको कब्जामा पर्नेछ,+

उसको शत्रु सेइर+ उसको अधीनमा हुनेछ।+

१९ याकुबबाट जो निस्कन्छ, उसले शत्रुलाई परास्त गर्नेछ+

अनि उसले सहरबाट भागेर बाँचेकाहरूलाई नाश गर्नेछ।”

२० अमालेकलाई देखेपछि बालामले अझै यस्तो सन्देश सुनाए:

“सबै राष्ट्रमध्ये अमालेक पहिलो थियो,+

तर अन्तमा त्यसको पनि नामोनिसान रहनेछैन।”+

२१ केनीहरूलाई+ देखेपछि तिनले फेरि यसो भने:

“तिम्रो निवासस्थान सुरक्षित छ, तिम्रो निवास चट्टानमा बसालिएको छ।

२२ तर कसैले केनीहरूलाई* जलाएर खरानी बनाउनेछ।

त्यो दिन चाँडै आउँदै छ, जब तिमीलाई अस्सेरियाले कैद गरेर लानेछ।”

२३ बालामले अझै यसो भने:

“हाय! परमेश्‍वरले त्यसो गर्नुहुँदा को बच्न सक्छ र?

२४ कित्तिमका तटबाट जहाजहरू आउनेछन्‌,+

तिनीहरूले अस्सेरियालाई सास्ती दिनेछन्‌,+

एबेरलाई पनि सास्ती दिनेछन्‌,

तर अन्तमा तिनीहरू पनि सर्वनाश हुनेछन्‌।”

२५ त्यसपछि बालाम+ उठेर आफ्नो बाटो लागे। अनि बालाक पनि आफ्नो बाटो लागे।

२५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध* राख्न थाले।+ २ ती स्त्रीहरूले आफ्ना देवताहरूलाई बलि चढाउँदा इस्राएलका मानिसहरूलाई निम्तो दिए+ अनि इस्राएलीहरूले पनि बलि चढाएको कुरा खान थाले र मोआबीहरूको देवतालाई दण्डवत्‌ गर्न थाले।+ ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो। ४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूका अगुवाहरूलाई लगेर मार। अनि तिनीहरूलाई यहोवासामु चर्को घाममा झुन्ड्‌याइदेऊ ताकि यहोवाको भयानक रिस इस्राएलीहरूबाट हटोस्‌।” ५ त्यसपछि मोसाले इस्राएलका न्यायकर्ताहरूलाई यसो भने:+ “तिमीहरूको समूहमा ज-जसले पोअरको बाआल देवताको पूजा गरे, ती सबैलाई मार।”+

६ इस्राएलीहरू भेट हुने पालको* प्रवेशद्वारमा रोइरहेका थिए। त्यसैबेला एक जना इस्राएलीले मोसा र सारा समुदायकै अगाडि एक जना मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।+ ७ यो देखेपछि पुजारी हारुनका नाति, एलियाजारका छोरा पिनहास+ तुरुन्तै समुदायको बीचबाट उठे र तिनले आफ्नो हातमा एउटा भाला लिए। ८ त्यसपछि तिनी त्यस इस्राएली पुरुषको पछिपछि पालभित्र गए अनि त्यस इस्राएली पुरुषलाई र त्यस स्त्रीलाई उसको भुँडीमा वारपार हुनेगरि भाला रोपिदिए। त्यसपछि इस्राएलीहरूको माझबाट विपत्ति हट्‌यो।+ ९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+

१० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ११ “पुजारी हारुनको नाति अर्थात्‌ एलियाजारको छोरा पिनहासले+ इस्राएलीहरूको माझबाट मेरो क्रोध हटाइदिएका छन्‌। मानिसहरू मविरुद्ध खडा हुँदा तिनले त्यसलाई पटक्कै सहेनन्‌।+ यदि तिनले त्यसो नगरेको भए मानिसहरूले अरू कसैको उपासना गर्थे र म इस्राएलीहरूलाई नाश गर्ने थिएँ किनकि मबाहेक अरू कसैको भक्‍ति गरिएको म सहन्‍नँ।+ १२ त्यसकारण पिनहासले मेरो अनुमोदन पाएका छन्‌ भनेर देखाउन म तिनीसित एउटा करार बाँध्छु। १३ तिनले आफ्ना परमेश्‍वरविरुद्ध खडा हुनेहरूलाई पटक्कै नसहेकोले+ र इस्राएलीहरूको पापको लागि प्रायश्‍चित गरेकोले म तिनीसित यो करार बाँध्छु: अबदेखि तिनी र तिनका सन्तानले सधैँको निम्ति पुजारीको रूपमा सेवा गर्नेछन्‌।”+

१४ त्यस मिद्यानी स्त्रीसँगै मारिने इस्राएली पुरुषको नाम जिम्रि थियो। तिनी सालुका छोरा थिए अनि सिमियोनको कुलको एउटा घरानाका नाइके थिए। १५ त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो।+ उनी मिद्यानको एउटा घरानाका नाइके जुरकी छोरी थिइन्‌।+

१६ पछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+ १८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात्‌ मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”

२६ विपत्ति रोकिएपछि+ यहोवा परमेश्‍वरले मोसालाई र पुजारी हारुनको छोरा एलियाजारलाई यसो भन्‍नुभयो: २ “सम्पूर्ण इस्राएलीमध्ये सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ। तिनीहरूलाई बुबापट्टिको घरानाअनुसार गन्ती गर्नू।”+ ३ त्यतिखेर इस्राएलीहरू यरिहो सहरको+ वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए।+ यही ठाउँमा हुँदा मोसा र पुजारी एलियाजारले+ मानिसहरूलाई यसो भने: ४ “यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ।”+

मिश्रबाट निस्केर आएका इस्राएलका सन्तान यी नै थिए: ५ इस्राएलको जेठो छोरा रुबेनका+ सन्तान:+ हानोकबाट हानोकीहरूको घराना; पल्लुबाट पल्लुईहरूको घराना; ६ हेस्रोनबाट हेस्रोनीहरूको घराना; कर्मिबाट कर्मीहरूको घराना। ७ रुबेनीहरूका घरानाहरू यी नै थिए। रुबेनका सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४३ हजार ७ सय ३० थियो।+

८ पल्लुका छोरा एलिआब थिए। ९ अनि एलिआबका छोराहरू नमुएल, दातान र अबिराम थिए। यिनीहरू तिनै दातान र अबिराम थिए, जो इस्राएली समुदायबाट चुनिएका थिए। अनि कोरहको दलसित+ मिसिएर मोसा र हारुनसँग झगडा गरेर+ यहोवा परमेश्‍वरविरुद्ध उठ्‌नेहरू पनि यिनीहरू नै थिए।+

१० त्यसबेला धर्तीले आफ्नो मुख बाएर तिनीहरूलाई निल्यो। साथै कोरहचाहिँ स्वर्गबाट वर्षेको आगोले गर्दा आफ्ना २५० जना समर्थकसँगसँगै भस्म भए।+ यसरी तिनीहरू चेतावनीमूलक उदाहरण बने।+ ११ तर त्यतिबेला कोरहका छोराहरू भने मरेनन्‌।+

१२ सिमियोनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: नमुएलबाट नमुएलीहरूको घराना; यामिनबाट यामिनीहरूको घराना; याकिनबाट याकिनीहरूको घराना; १३ जेरहबाट जेरहीहरूको घराना; सावलबाट सावलीहरूको घराना; १४ सिमियोनीहरूका घरानाहरू यी नै थिए। सिमियोनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या २२ हजार २ सय थियो।+

१५ गादका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: जिफोनबाट जिफोनीहरूको घराना; हाग्गिबाट हाग्गीहरूको घराना; सुनिबाट सुनीहरूको घराना; १६ ओज्निबाट ओज्नीहरूको घराना; एरिबाट एरीहरूको घराना; १७ अरोदबाट अरोदीहरूको घराना; अरेलिबाट अरेलीहरूको घराना। १८ गादका छोराहरूका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४० हजार ५ सय थियो।+

१९ यहुदाका छोराहरूको+ नाम एर र ओनान थियो।+ तर एर र ओनान कनान देशमै मरे।+ २० यहुदाका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सेलहबाट+ सेलनीहरूको घराना; पेरेजबाट+ पेरेजीहरूको घराना; जेरहबाट+ जेरहीहरूको घराना। २१ पेरेजका छोराहरू: हेस्रोनबाट+ हेस्रोनीहरूको घराना; हामुलबाट+ हामुलीहरूको घराना। २२ यहुदाबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ७६ हजार ५ सय थियो।+

२३ इस्साकारका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: तोलाबाट+ तोलाईहरूको घराना; पुवाबाट पुनीहरूको घराना; २४ यासुबबाट यासुबीहरूको घराना; सिम्रोनबाट सिम्रोनीहरूको घराना। २५ इस्साकारबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६४ हजार ३ सय थियो।+

२६ जबुलुनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सिरेदबाट सिरेदीहरूको घराना; एलोनबाट एलोनीहरूको घराना; याहलेलबाट याहलेलीहरूको घराना। २७ जबुलुनीहरूका घरानाहरू यी नै थिए। जबुलुनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६० हजार ५ सय थियो।+

२८ युसुफका छोराहरू+ मनस्से र एप्रैमबाट निस्केका घरानाहरू यी नै थिए:+ २९ मनस्सेका छोराहरू:+ माकिरबाट+ माकिरीहरूको घराना निस्क्यो। माकिरबाट गिलादको जन्म भयो+ अनि गिलादबाट गिलादीहरूको घराना निस्क्यो। ३० गिलादका छोराहरू यी थिए: इएजेरबाट इएजेरीहरूको घराना; हेलेकबाट हेलेकीहरूको घराना; ३१ अस्रिएलबाट अस्रिएलीहरूको घराना; सकेमबाट सकेमीहरूको घराना; ३२ सेमिदाबाट सेमिदीहरूको घराना; हेपेरबाट हेपेरीहरूको घराना। ३३ तर हेपेरका छोरा सलोफादका भने छोराहरू थिएनन्‌। तिनका छोरीहरू मात्र थिए।+ तिनीहरूको नाम महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थियो।+ ३४ मनस्सेबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ५२ हजार ७ सय थियो।+

३५ एप्रैमका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सुतेलहबाट+ सुतेलहीहरूको घराना; बेकेरबाट बेकेरीहरूको घराना; तहानबाट तहानीहरूको घराना। ३६ अनि सुतेलहको छोरा एरानबाट चाहिँ एरानीहरूको घराना निस्क्यो। ३७ एप्रैमका छोराहरूबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ३२ हजार ५ सय थियो।+ युसुफका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए।

३८ बिन्यामिनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: बेलाबाट+ बेलीहरूको घराना; अस्बेलबाट अस्बेलीहरूको घराना; अहिरामबाट अहिरामीहरूको घराना; ३९ सेपुपामबाट सेपुपामीहरूको घराना; हुपामबाट हुपामीहरूको घराना। ४० बेलाका छोराहरूको नाम अर्द र नामान थियो।+ अर्दबाट अर्दीहरूको घराना र नामानबाट नामानीहरूको घराना निस्क्यो। ४१ बिन्यामिनका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४५ हजार ६ सय थियो।+

४२ दानको छोरा+ सुहामबाट सुहामीहरूको घराना निस्क्यो। दानको सन्तानबाट निस्केका घराना तिनीहरू नै थिए। ४३ सुहामीहरूका घरानाहरूबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ६४ हजार ४ सय थियो।+

४४ असेरका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: इम्नाहबाट इम्नाहीहरूको घराना; इस्विबाट इस्वीहरूको घराना; बरियाहबाट बरियाहीहरूको घराना; ४५ बरियाहका छोराहरू हेबेरबाट हेबेरीहरूको घराना अनि मल्किएलबाट मल्किएलीहरूको घराना निस्क्यो। ४६ असेरकी छोरीको नाम सेरा थियो। ४७ असेरका छोराहरूबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ५३ हजार ४ सय थियो।+

४८ नप्तालिका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: याहसिलबाट याहसिलीहरूको घराना; गुनिबाट गुनीहरूको घराना; ४९ यसेरबाट यसेरीहरूको घराना; सिल्लेमबाट सिल्लेमीहरूको घराना। ५० नप्तालिबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ४५ हजार ४ सय थियो।+

५१ इस्राएलीहरूमाझ नाम दर्ता हुनेहरूको जम्मा सङ्‌ख्या ६ लाख १ हजार ७ सय ३० थियो।+

५२ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ५३ “यो सूची हेरेर* प्रत्येक कुललाई पैतृक सम्पत्तिको रूपमा कति जमिन पर्छ, त्यो भाग लगाउनू।+ ५४ ठूलो समूहले जमिनको ठूलै भाग पाओस्‌ र सानो समूहले सानै भाग पाओस्‌।+ दर्ता भएकाहरूको सङ्‌ख्याअनुसारै प्रत्येक समूहलाई जमिन भाग लगाएर दिनू। ५५ जमिन भाग लगाउँदा गोला हालेर बाँड्‌नू।+ हरेकले आफ्नो कुललाई गोलामा परेको भागबाटै आ-आफ्नो हक लाग्ने भाग पाऊन्‌। ५६ यसरी गोला हालेर नै जमिन बाँडियोस्‌ अनि समूह ठूलो-सानो कत्रो छ, त्यसैको आधारमा प्रत्येकले आफ्नो हक लाग्ने जमिन पाओस्‌।”

५७ अनि नाम दर्ता भएका लेवीहरूका घरानाहरू यी नै थिए:+ गेर्सोनबाट गेर्सोनीहरूको घराना; कोहातबाट+ कोहातीहरूको घराना; मरारिबाट मरारीहरूको घराना। ५८ यिनीहरू सबै लेवीहरूका घराना थिए: लिब्नीहरूको घराना;+ हेब्रोनीहरूको घराना;+ महलीहरूको घराना;+ मुसीहरूको घराना;+ कोरहीहरूको घराना।+

कोहातबाट अम्रामको जन्म भयो।+ ५९ अम्रामकी पत्नीको नाम योकेबेद थियो।+ तिनी मिश्र देशमा लेविबाट जन्मेकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारुन, मोसा र उनीहरूकी दिदी मरियमलाई जन्माइन्‌।+ ६० हारुनबाट नादाब, अबिहु, एलियाजार र इथामार जन्मिए।+ ६१ तर नादाब र अबिहु भने यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो बालेकोले मरे।+

६२ लेविको कुलबाट दर्ता हुनेहरूमा एक महिना वा सोभन्दा माथिका २३ हजार पुरुष थिए।+ तिनीहरूको नाम इस्राएलका अरू कुलसित दर्ता गरिएन+ किनकि तिनीहरूलाई अरू कुललाई जस्तो पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन दिइने थिएन।+

६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्‌।+ ६५ किनकि यहोवा परमेश्‍वरले तिनीहरूबारे यसो भन्‍नुभएको थियो: “तिनीहरू निर्जनभूमिमै मर्नेछन्‌।”+ त्यसकारण त्यहाँ यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक एक जना पनि बाँकी थिएन।+

२७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए। २ सलोफादका छोरीहरू भेट हुने पालको* ढोकामा गए अनि मोसा, पुजारी एलियाजार, कुलनायकहरू+ र सबै समुदायसामु उभिएर यसो भने: ३ “हाम्रो बुबा निर्जनभूमिमा मर्नुभयो तर उहाँ कोरहलाई साथ दिएर यहोवाको विद्रोह गर्ने मानिसहरूको समूहमा हुनुहुन्‍नथ्यो।+ उहाँ त आफ्नै पापको कारण मर्नुभयो अनि उहाँका छोराहरू पनि छैनन्‌। ४ छोरा छैन भन्दैमा उहाँको नाम आफ्नो कुलबाट किन मेटिने? त्यसैले हाम्रो बुबाका दाजुभाइहरूसँगै हामीलाई पनि पुर्ख्यौली सम्पत्ति दिनुहोस्‌।” ५ तब मोसाले तिनीहरूको मामिला यहोवा परमेश्‍वरसामु ल्याए।+

६ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ७ “सलोफादका छोरीहरूको कुरा सही हो। तिनीहरूका बुबाका दाजुभाइहरूसँगै तिनीहरूलाई पनि पुर्ख्यौली सम्पत्तिस्वरूप जग्गाजमिन बाँडिदिनू अनि तिनीहरूलाई बुबाको हकवाला बनाउनू।+ ८ अनि इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै मानिसको छोरा नजन्मिई ऊ मऱ्‍यो भने छोरीलाई उसको हकवाला बनाउनू। ९ उसका छोरीहरू पनि छैनन्‌ भने उसको दाजुभाइलाई उसको हकवाला बनाउनू। १० उसका दाजुभाइ पनि छैनन्‌ भने उसको बुबाका दाजुभाइलाई उसको हकवाला बनाउनू। ११ अनि उसको बुबाका दाजुभाइ पनि छैनन्‌ भने रगतको नाता पर्ने उसको सबैभन्दा नजिकको नातेदारलाई उसको हकवाला बनाउनू अनि त्यसले उसको सम्पत्तिमाथि अधिकार गरोस्‌। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो फैसला इस्राएलीहरूको निम्ति एउटा नियम हुनेछ।’”

१२ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “अबारिमको यस डाँडामा+ उक्ल अनि त्यहाँबाट मैले इस्राएलीहरूलाई दिने देश हेर।+ १३ त्यो हेरिसकेपछि तिमी पनि तिम्रो दाइ हारुनझैँ+ आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।+ १४ किनभने जिन निर्जनभूमिमा इस्राएली समुदायले मसित झगडा गर्दा तिमीले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ र मैले मानिसहरूको लागि पानीको प्रबन्ध गरिदिँदा तिमीले मानिसहरूसामु मलाई पवित्र ठहराएनौ।”+ (यो मरिबाको पानी हो,+ जुन जिन निर्जनभूमिमा+ भएको कादेसमा+ पर्छ।)

१५ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: १६ “सारा मानिसलाई जीवन दिनुहुने हे यहोवा परमेश्‍वर! यस समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्‌, १७ जो यी मानिसहरूका अगुवा हुनेछन्‌ र जसले यी मानिसहरूलाई हरेक कामकुरामा डोऱ्‍याउनेछन्‌। नत्र त यहोवा परमेश्‍वरको समुदाय गोठालो नभएको भेडाजस्तो हुनेछ।” १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+ १९ तिनलाई पुजारी एलियाजार र सारा समुदायसामु उभ्याउनू अनि सबैको अघि अगुवा नियुक्‍त गर्नू।+ २० सारा इस्राएलीले तिनको कुरा सुनून्‌+ भनेर तिमीले तिनलाई आफ्नो केही अधिकार* सुम्पनू।+ २१ कुनै विषयमा परमेश्‍वरको विचार बुझ्नुपऱ्‍यो भने तिनी पुजारी एलियाजारकहाँ आउनेछन्‌। अनि पुजारी एलियाजार तिनको तर्फबाट यहोवा परमेश्‍वरसामु जानेछन्‌ र ऊरीमको* सहायताले परमेश्‍वरको निर्णय पत्ता लगाउनेछन्‌।+ अनि उहाँले जे आदेश दिनुहुन्छ, सबैले त्यो पालन गर्नेछन्‌। यहोसु, तिनीसँग भएका सबै इस्राएली र पूरै समुदायले त्यो आज्ञा पालन गर्नेछन्‌।”

२२ यहोवा परमेश्‍वरले भन्‍नुभएबमोजिमै मोसाले गरे। मोसाले यहोसुलाई लगेर पुजारी एलियाजार र सारा समुदायसामु उभ्याए। २३ अनि यहोवा परमेश्‍वरले निर्देशन दिनुभएबमोजिमै+ मोसाले यहोसुमाथि आफ्नो हात राखे र तिनलाई अगुवा नियुक्‍त गरे।+

२८ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यस्तो आज्ञा देऊ, ‘मलाई चढाउने भेटी अर्थात्‌ मेरो भोजन तिमीहरूले तोकिएकै समयमा चढाउनू।+ तिमीहरूले त्यसलाई आगोमा जलाउनू र त्यसबाट मलाई मन पर्ने* मीठो बास्ना निस्कनेछ।’

३ “अनि तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ। ४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि चढाउनू।+ ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ। ७ साथै तिमीहरूले मद्यभेटीको रूपमा प्रत्येक पाठोसँग एक चौथाइ हिन मद्य चढाउनू।+ यहोवा परमेश्‍वरको लागि मद्यभेटीको रूपमा यसलाई पवित्र ठाउँमा खन्याउनू। ८ अनि दोस्रो पाठोचाहिँ साँझमा चढाउनू। बिहान चढाएको जस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।+

९ “‘तर विश्रामदिनमा*+ भने भेडाको एक वर्षे दुई वटा निष्खोट पाठा चढाउनू। अनि यो सँगसँगै एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी र मद्यभेटी पनि चढाउनू। १० यो दिनहुँ चढाइने अग्निभेटी र मद्यभेटीको अलावा विश्रामदिनमा चढाइने अग्निभेटी हो।+

११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्‌। १२ अनि प्रत्येक बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ थुमा चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ १३ भेडाको प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने यो अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ १४ अनि प्रत्येक बहर चढाउँदा आधा हिन दाखमद्य,*+ थुमा चढाउँदा एक तिहाइ हिन दाखमद्य+ र भेडाको प्रत्येक पाठो चढाउँदा एक चौथाइ हिन दाखमद्य मद्यभेटीको रूपमा चढाउनू।+ तिमीहरूले हरेक वर्ष महिनैपिच्छे चढाउनुपर्ने अग्निभेटी यी नै हुन्‌। १५ यहोवा परमेश्‍वरलाई दिनहुँ चढाउने अग्निभेटी र मद्यभेटीको अलावा पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू।

१६ “‘पहिलो महिनाको १४ औँ दिन तिमीहरूले यहोवा परमेश्‍वरको लागि निस्तार चाड* मनाउनू।+ १७ यही महिनाको १५ औँ दिन तिमीहरूले एउटा चाड मनाउनू अनि सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ १८ यो चाडको पहिलो दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कडा परिश्रम गर्नुपर्ने कुनै काम नगर्नू। १९ अनि दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा आगोमा जलाएर अग्निभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ २० बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू।+ अनि थुमा चढाउँदा चाहिँ दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। २१ साथै भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। २२ अनि पापको प्रायश्‍चित गर्न पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू। २३ तिमीहरूले बिहानैपिच्छे चढाउने अग्निभेटीको अलावा यी भेटीहरू पनि चढाउनू। २४ तिमीहरूले यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कने भोजन* यसरी नै सात दिनसम्म प्रत्येक दिन आगोमा चढाउनू। नियमित रूपमा चढाइने अग्निभेटी र मद्यभेटीको अलावा तिमीहरूले यी भेटीहरू पनि चढाउनू। २५ सातौँ दिन एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+

२६ “‘उब्जनीको पहिलो फल चढाउने दिन+ अर्थात्‌ कटनीको चाड* मनाउने दिन+ यहोवा परमेश्‍वरलाई नयाँ अन्‍नभेटी चढाउँदा एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ २७ यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना आओस्‌ भनेर अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू।+ २८ साथै प्रत्येक बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। अनि थुमा चढाउँदा चाहिँ दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। २९ भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। ३० अनि पापको प्रायश्‍चित गर्न बाख्राको एउटा पाठो पनि सँगै चढाउनू।+ ३१ नियमित रूपमा चढाइने अग्निभेटी र त्यससँगै चढाउने अन्‍नभेटीको अलावा तिमीहरूले यी भेटीहरू पनि चढाउनू। तिमीहरूले चढाउने जनावरहरू निष्खोट हुनुपर्छ+ र यी जनावरहरू चढाउँदा मद्यभेटी पनि सँगै चढाउनू।

२९ “‘सातौँ महिनाको पहिलो दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ त्यो दिन बिगुल फुक्ने दिन हो।+ २ त्यो दिन तिमीहरूले एउटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ। यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना आओस्‌ भनेर ती अग्निभेटी चढाउनू। ३ बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। थुमा चढाउँदा दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। ४ भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। ५ अनि पापको प्रायश्‍चित गर्न पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू। ६ तिमीहरूले हरेक महिना चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी+ र मद्यभेटी अनि नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी+ र मद्यभेटीको+ अलावा यी भेटीहरू पनि चढाउनू। यी भेटीहरू नियमित प्रक्रियाअनुरूपै चढाउनू। तिमीहरूले त्यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ।

७ “‘अनि सातौँ महिनाको दसौँ दिन तिमीहरूले पवित्र सभा राख्नू।+ त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।* त्यो दिन कुनै काम नगर्नू।+ ८ त्यो दिन तिमीहरूले एउटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ यहोवा परमेश्‍वरको निम्ति चढाइने ती अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। ९ बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। थुमा चढाउँदा दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। १० भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। ११ साथै पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि चढाउनू। तिमीहरूले पापको प्रायश्‍चित गर्न चढाउने पापभेटी+ अनि नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।

१२ “‘सातौँ महिनाको १५ औँ दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू। सात दिनसम्म तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति एउटा चाड मनाउनू।+ १३ अनि १३ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने ती अग्निभेटीबाट+ निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। १४ तिमीहरूले १३ वटा बहरमध्ये प्रत्येक बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। अनि दुई वटा थुमामध्ये प्रत्येक थुमा चढाउँदा दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। १५ साथै भेडाको १४ वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि सँगै चढाउनू। १६ साथै पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

१७ “‘दोस्रो दिन तिमीहरूले १२ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ १८ अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। १९ साथै पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

२० “‘तेस्रो दिन तिमीहरूले ११ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ २१ अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। २२ साथै पापभेटीको रूपमा एउटा बाख्रा पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

२३ “‘चौथो दिन तिमीहरूले १० वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ २४ अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। २५ साथै पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

२६ “‘पाँचौँ दिन तिमीहरूले ९ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ २७ अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। २८ साथै पापभेटीको रूपमा एउटा बाख्रा पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

२९ “‘छैटौँ दिन तिमीहरूले ८ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ ३० अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। ३१ साथै पापभेटीको रूपमा एउटा बाख्रा पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

३२ “‘सातौँ दिन तिमीहरूले ७ वटा बहर, २ वटा थुमा र भेडाको १४ वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ ३३ अनि बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। ३४ साथै पापभेटीको रूपमा एउटा बाख्रा पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

३५ “‘आठौँ दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ ३६ त्यो दिन तिमीहरूले एउटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने ती अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। ३७ बहर, थुमा र भेडाको पाठाको सङ्‌ख्याको आधारमा त्यससँगै चढाउनुपर्ने अन्‍नभेटी र मद्यभेटी पनि तयार पार्नू र त्यसलाई नियमित प्रक्रियाअनुरूपै चढाउनू। ३८ साथै पापभेटीको रूपमा एउटा बाख्रा पनि चढाउनू। तिमीहरूले नियमित रूपमा चढाउने अग्निभेटी अनि त्यससँगसँगै चढाउने अन्‍नभेटी र मद्यभेटीको अलावा यी भेटीहरू पनि चढाउनू।+

३९ “‘तिमीहरूले ऋतुअनुसार विभिन्‍न चाडपर्व+ मनाउँदा यहोवा परमेश्‍वरको लागि यी सबै भेटी चढाउनू। तिमीहरूले भाकलभेटी*+ र स्वैच्छिकभेटीको+ रूपमा चढाउने अग्निभेटी,+ अन्‍नभेटी,+ मद्यभेटी+ र मेलबलिको+ अलावा यी सबै भेटी चढाउनू।’” ४० यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले इस्राएलीहरूलाई बताए।

३० त्यसपछि मोसाले इस्राएलका कुलहरूका नाइकेहरूलाई यसो भने:+ “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ: २ यदि कुनै मानिसले यहोवा परमेश्‍वरसित कुनै भाकल गऱ्‍यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्‍यो भने उसले आफ्नो वचन पूरा गरोस्‌।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+

३ “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान केटीले यहोवा परमेश्‍वरसित कुनै भाकल गरी अथवा शपथ खाएर कुनै कुरा त्याग गर्ने भाकल गरी ४ अनि उसको बुबाले उसले गरेको भाकलबारे थाह पायो र उसलाई कुनै रोकटोक गरेन भने उसले आफ्नो भाकल पूरा गर्नुपर्छ। उसले जे-जस्तो भाकल गरेको हो, त्यो सब जसरी भए पनि पूरा गर्नै पर्छ। ५ तर उसले गरेको भाकलबारे थाह पाएपछि बुबाले रोकटोक गऱ्‍यो भने उसले त्यो भाकल पूरा गर्नुपर्दैन। उसको बुबाले रोक लगाएकोले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ।+

६ “यदि उसले परमेश्‍वरसित भाकल गरिसकेपछि वा सोचविचारै नगरी कुनै कुरा त्याग गर्ने वाचा गरिसकेपछि विवाह गरी ७ अनि उसको पतिले उसले गरेको भाकलबारे थाह पायो र थाह पाएको दिन कुनै रोकटोक गरेन भने उसले जे-जस्तो भाकल गरेको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्छ। ८ तर उसले गरेको भाकल वा सोचविचारै नगरी गरेको वाचा पतिलाई स्वीकार्य छैन भने जुन दिन पतिले त्यस भाकलबारे थाह पाउँछ, त्यसै दिन पतिले त्यो रद्द गर्न सक्छ।+ पतिले त्यो भाकल रद्द गरिदिएको हुनाले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ।

९ “तर यदि कुनै विधवा वा सम्बन्धविच्छेद भएकी स्त्रीले भाकल गरी भने उसले आफूले गरेको सबै भाकल जसरी भए पनि पूरा गर्नै पर्छ।

१० “पतिसित बसिरहेकी स्त्रीले यहोवा परमेश्‍वरसित कुनै भाकल गरी अथवा शपथ खाएर कुनै कुरा त्याग गर्ने भाकल गरी ११ अनि उसको पतिले उसले गरेको भाकलबारे थाह पायो र कुनै रोकटोक गरेन भने उसले आफ्नो भाकल पूरा गर्नुपर्छ। उसले जे-जस्तो भाकल गरेको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्छ। १२ तर उसले गरेको भाकलबारे थाह पाएको दिन पतिले उसको भाकल रद्द गऱ्‍यो भने उसले त्यो भाकल पूरा गर्नुपर्दैन।+ पतिले उसको भाकल रद्द गरेकोले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ। १३ कुनै स्त्रीले परमेश्‍वरसित गरेको भाकललाई अथवा शपथ खाएर कुनै कुरा त्याग गर्छु भनेर गरेको भाकललाई कायम राख्ने वा रद्द गर्ने अधिकार उसको पतिसित हुनेछ। १४ तर यदि पतिले आफ्नी पत्नीको भाकलबारे थाह पाइसकेपछि पनि लामो समयसम्म केही रोकटोक गरेन भने पतिले त्यस भाकललाई कायमै राखिरहेको हुन्छ। उसले परमेश्‍वरसित गरेको भाकलबारे वा कुनै कुरा त्याग गर्छु भनेर गरेको भाकलबारे जुन दिन उसको पतिले थाह पाउँछ, त्यस दिन उसको पतिले केही रोकटोक नगरेको हुनाले ती सबै भाकल कायमै रहनेछ। १५ तर भाकलबारे थाह पाएको केही दिनपछि उसको पतिले उसको भाकल रद्द गरेमा त्यस स्त्रीको गल्तीको सजाय उसको पतिले भोग्नेछ।+

१६ “पतिपत्नीको विषयमा अनि बुबा र बुबाको घरमा बसिरहेकी उसकी जवान छोरीको विषयमा यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञा यही हो।”

३१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूको खातिर मिद्यानीहरूसित बदला लेऊ।+ त्यसपछि तिमी पनि आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।”+

३ मोसाले मानिसहरूलाई भने: “मिद्यानीहरूसित युद्ध गर्न र यहोवा परमेश्‍वरको तर्फबाट उनीहरूसित बदला लिन तिमीहरूमाझ भएका मानिसहरूलाई हतियार भिर्न लगाएर तम्तयार पार। ४ इस्राएलको हरेक कुलबाट एक-एक हजार मानिसलाई युद्धमा पठाउनू।” ५ त्यसकारण लाखौँको सङ्‌ख्यामा रहेका+ इस्राएलीहरूको हरेक कुलबाट एक-एक हजारको हिसाबले १२ हजार मानिसले हातहतियार भिरे र युद्ध गर्न तम्तयार भए।

६ त्यसपछि मोसाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए। पुजारी एलियाजारका छोरा पिनहास पनि तिनीहरूसँगै गए।+ तिनले पवित्र भाँडाकुँडा र युद्धको सङ्‌केत दिने बिगुलहरू पनि आफूसितै लगे।+ ७ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले मिद्यानीहरूसित युद्ध गरे अनि पुरुषहरूजति सबैलाई मारे। ८ त्यसबाहेक तिनीहरूले मिद्यानका पाँचै जना राजा अर्थात्‌ एबि, रेकेम, जुर, हुर र रेबालाई मारे। बेअरका छोरा बालामलाई पनि तिनीहरूले तरबारले मारे।+ ९ तिनीहरूले मिद्यानी स्त्रीहरू र बालबच्चाहरूलाई चाहिँ बन्दी बनाएर लगे। साथै मिद्यानीहरूका घरपालुवा जनावर, अरू वस्तुभाउ र उनीहरूका सबै धनसम्पत्ति लिए। १० अनि तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहर र छाउनीहरू* जलाइदिए। ११ तिनीहरूले मानिस, वस्तुभाउ र मिद्यानीहरूबाट लुटेका सारा माल लिए। १२ अनि तिनीहरूले ती मिद्यानी कैदीहरू, उनीहरूका वस्तुभाउ र लुटको माल मोसा, पुजारी एलियाजार र इस्राएलीहरूको समुदायसामु ल्याए। त्यसबेला तिनीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा+ थिए।

१३ त्यसपछि मोसा, पुजारी एलियाजार र इस्राएलीहरूको समुदायका कुलनायकहरू तिनीहरूलाई भेट्‌न छाउनीबाहिर आए। १४ तर युद्धबाट फर्केका सेनाका नाइकेहरू अर्थात्‌ हजार-हजार र सय-सय सैनिकका चुनिएका नाइकेहरूसित मोसा रिसाए। १५ मोसाले तिनीहरूलाई सोधे: “के तिमीहरूले सबै स्त्रीलाई जिउँदै छोड्‌यौ? १६ बालामको सल्लाह सुनेर पोअरमा+ इस्राएलीहरूलाई यहोवा परमेश्‍वरसित विश्‍वासघात गर्न लगाउने स्त्रीहरू तिनीहरू नै होइनन्‌ र?+ तिनीहरूले गर्दा नै यहोवा परमेश्‍वरको समुदायमाथि विपत्ति आएको थियो।+ १७ अब बालबच्चामध्ये छोराजतिलाई मार अनि पुरुषसित सहवास गरेका स्त्रीहरूलाई पनि मार। १८ तर पुरुषसित सहवास नगरेका कन्ये केटीहरूलाई चाहिँ जीवितै छोड।+ १९ अनि तिमीहरू सात दिनसम्म छाउनीबाहिर पाल टाँगेर बस्नू। तिमीहरूमध्ये ज-जसले कसैलाई मारेका छौ वा कसैको लास छोएका छौ,+ तिनीहरूले तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पारून्‌+ र तिमीहरूले बन्दी बनाएकाहरूले पनि आफैलाई शुद्ध पारून्‌। २० साथै तिमीहरूले सबै लुगाफाटालाई र छाला, बाख्राको भुत्ला वा काठबाट बनाइएका सबै कुरालाई शुद्ध पार्नू।”

२१ त्यसपछि पुजारी एलियाजारले युद्धमा गएका मानिसहरूलाई यसो भने: “यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञामा यस्तो भनिएको छ, २२ ‘सुन, चाँदी, तामा, फलाम, टिन र सिसा २३ अथवा आगोले नष्ट नहुने सबै कुरालाई आगोमा हालेर शुद्ध पार्नू। अनि त्यसलाई चोख्याउने पानीले पनि शुद्ध गर्नू।+ आगोले नष्ट हुने कुराहरूलाई चाहिँ पानीले शुद्ध पार्नू। २४ अनि तिमीहरूले सातौँ दिनमा आफ्नो लुगा धुनू र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीमा आउन सक्छौ।’”+

२५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २६ “तिमी, पुजारी एलियाजार र बुबापट्टिको घरानाअनुसार छानिएका नाइकेहरू मिलेर युद्धबाट ल्याएका सबै कुराको सूचि तयार पार्नू; तिमीहरूले बन्दी बनाएर ल्याएका मानिसहरू र जनावरहरूको गन्ती गर्नू। २७ युद्धबाट ल्याएका सबै कुरालाई दुई भाग लगाउनू। एउटा भाग युद्ध लडेका मानिसहरूको लागि अनि अर्को भाग बाँकी समुदायको लागि।+ २८ युद्धमा भाग लिएका सिपाहीहरूबाट तिमीहरूले यहोवा परमेश्‍वरको लागि कर उठाउनू। तिनीहरूलाई परेको भागबाट हरेक ५०० मानिस, गाईवस्तु, गधा र भेडाबाख्रामध्ये एउटा-एउटाचाहिँ परमेश्‍वरको लागि छुट्ट्याउनू। २९ अनि सिपाहीहरूलाई दिइने आधा भागबाट उठेको कर यहोवा परमेश्‍वरलाई चढाइने भेटीको रूपमा पुजारी एलियाजारलाई दिनू।+ ३० इस्राएलीहरूको बाँकी समुदायलाई दिइएको आधा भागबाट चाहिँ हरेक ५० मानिस, गाईवस्तु, गधा, भेडाबाख्रा र अन्य घरपालुवा जनावरमध्ये एउटा-एउटा छुट्ट्याएर यहोवा परमेश्‍वरको वासस्थानको* हेरविचार गर्ने+ लेवीहरूलाई दिनू।”+

३१ तब मोसा र पुजारी एलियाजारले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै गरे। ३२ सिपाहीहरूले युद्धमा लुटेका धनमालबाट बाँकी रहेका कुराहरू यी थिए: ६ लाख ७५ हजार भेडाबाख्रा, ३३ ७२ हजार गाईवस्तु, ३४ र ६१ हजार गधा। ३५ कुनै पुरुषसित सहवास नगरेका स्त्रीहरूको+ सङ्‌ख्या ३२ हजार थियो। ३६ युद्धमा लडेका सिपाहीहरूलाई लुटको मालबाट आधा हिस्सा दिइयो र तिनीहरूको भागमा ३ लाख ३७ हजार ५ सय भेडाबाख्रा पऱ्‍यो। ३७ ती भेडाबाख्राबाट ६७५ वटालाई यहोवा परमेश्‍वरको निम्ति करस्वरूप छुट्ट्याइयो। ३८ अनि तिनीहरूको भागमा ३६ हजार गाईवस्तु पऱ्‍यो र त्यसबाट ७२ वटालाई यहोवा परमेश्‍वरको निम्ति करस्वरूप छुट्ट्याइयो। ३९ तिनीहरूको भागमा ३० हजार ५ सय गधा पऱ्‍यो र त्यसबाट ६१ वटालाई यहोवा परमेश्‍वरको निम्ति करस्वरूप छुट्ट्याइयो। ४० साथै तिनीहरूको भागमा १६ हजार मानिस परे र तिनीहरूबाट ३२ जनालाई यहोवा परमेश्‍वरको निम्ति करस्वरूप छुट्ट्याइयो। ४१ अनि यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै कर यहोवा परमेश्‍वरको निम्ति भेटीस्वरूप पुजारी एलियाजारलाई दिए।+

४२ मोसाले युद्ध लडेका पुरुषहरूलाई तिनीहरूको भाग दिएपछि बाँकी इस्राएलीहरूलाई लुटको मालबाट दिएको आधा भाग यी थिए: ४३ ३ लाख ३७ हजार ५ सय भेडाबाख्रा, ४४ ३६ हजार गाईवस्तु, ४५ ३० हजार ५ सय गधा ४६ र १६ हजार मानिस। ४७ अनि यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै तिनले इस्राएलीहरूको बाँकी समुदायलाई दिइएको आधा भागबाट हरेक ५० मानिस तथा जनावरमध्ये एउटा-एउटा छुट्ट्याएर यहोवा परमेश्‍वरको वासस्थानको हेरविचार गर्ने+ लेवीहरूलाई दिए।+

४८ अनि सेनाका नाइकेहरू अर्थात्‌ हजार-हजार र सय-सय सैनिकका चुनिएका नाइकेहरू मोसाकहाँ आए+ ४९ र तिनीहरूले मोसालाई भने: “मालिक, हामीले हाम्रो अधीनमा भएका सिपाहीहरूको गन्ती गऱ्‍यौँ। हाम्रो एउटा मान्छे पनि कम भएको छैन।+ ५० त्यसैले हामी सबै जना आ-आफूले ल्याएका सुनका गहनाहरू यहोवा परमेश्‍वरलाई भेटीको रूपमा चढाउन चाहन्छौँ। पाउजु, चुरा, छापऔँठी, कुण्डल र अरू गहना भेटीस्वरूप चढाएर हामी यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गर्न चाहन्छौँ।”

५१ त्यसैले मोसा र पुजारी एलियाजारले तिनीहरूले दिएका सुनका सबै गरगहना स्वीकार गरे। ५२ हजार-हजार र सय-सय सैनिकका नाइकेहरूले यहोवा परमेश्‍वरलाई चढाएका सबै सुनको तौल १६ हजार ७ सय ५० शेकेल* थियो। ५३ युद्धमा भाग लिएका प्रत्येक सिपाहीले युद्धबाट केही न केही सामान ल्याएका थिए। ५४ मोसा र पुजारी एलियाजारले हजार-हजार र सय-सय सैनिकका नाइकेहरूले दिएका सबै सुन लिए र त्यसलाई यहोवा परमेश्‍वरसामु इस्राएलीहरूको निम्ति सम्झनाको चिन्ह होस्‌ भनेर भेट हुने पालमा* ल्याए।

३२ रुबेनका सन्तान+ र गादका सन्तानसित+ बथानका बथान वस्तुभाउ थिए। तिनीहरूले याजेर+ र गिलादको इलाका वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो रहेछ भनी देखे। २ त्यसैले गाद र रुबेनका सन्तानले मोसा, पुजारी एलियाजार अनि समुदायका कुलनायकहरूकहाँ आएर यसो भने: ३ “अतारोथ, दिबोन, याजेर, निम्राह, हेस्बोन,+ एलालेह, सिबाम, नेबो+ र बेओन+ ४ अर्थात्‌ यहोवा परमेश्‍वरले इस्राएली समुदायसामु जित्नुभएको इलाका+ वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो छ अनि हामीसित बथानका बथान वस्तुभाउ छन्‌।”+ ५ तिनीहरूले अझै यसो भने: “यदि हामीले तपाईँहरूको निगाह पाएका छौँ भने यी इलाकाहरू हामीलाई दिनुहोस्‌; हामीलाई यर्दनपारि नलैजानुहोस्‌।”

६ त्यसपछि मोसाले गाद र रुबेनका सन्तानलाई यसो भने: “तिमीहरूका दाजुभाइहरू युद्ध लड्‌न जाँदा के तिमीहरूचाहिँ यहीँ बसिरहन्छौ? ७ तिमीहरू किन इस्राएलीहरूलाई निराश बनाउँछौ? तिमीहरूले गर्दा इस्राएलीहरूले आफ्नो हौसला गुमाउनेछन्‌ र यहोवा परमेश्‍वरले दिन लाग्नुभएको देशमा जान इन्कार गर्नेछन्‌। ८ मैले तिमीहरूका पुर्खालाई कादेस-बर्नेबाट कनान देशको जासुसी गर्न पठाउँदा तिनीहरूले पनि त्यसै गरेका थिए।+ ९ एस्कोल बेँसीमा*+ पुगेर कनान देश हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई साह्रै निराश बनाउने खबर सुनाए र यहोवा परमेश्‍वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देशमा जानदेखि उनीहरूलाई रोके।+ १० त्यो दिन यहोवा परमेश्‍वरको क्रोध दन्कियो र उहाँले यस्तो शपथ खानुभयो:+ ११ ‘मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा+ मिश्रबाट आएका २० वर्ष र सोभन्दा माथिका कोही पनि जान पाउने छैनन्‌+ किनकि तिनीहरूले मलाई आफ्नो सारा हृदयले पछ्याएनन्‌। १२ केनाजवंशी यपुन्‍नेको छोरा कालेब+ र नुनको छोरा यहोसु+ मात्र त्यहाँ जान पाउनेछन्‌ किनकि तिनीहरूले मात्र यहोवालाई आफ्नो सारा हृदयले पछ्याए।’+ १३ त्यतिबेला यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+ १४ हे पापीहरू हो! तिमीहरू पनि आफ्ना पुर्खाहरूकै चालमा हिँड्‌दै छौ। तिमीहरूले गर्दा सारा इस्राएलीहरूविरुद्ध यहोवा परमेश्‍वरको क्रोध झनै दन्कनेछ। १५ तिमीहरू उहाँको मार्गबाट तर्कियौ भने उहाँले सारा इस्राएलीहरूलाई फेरि निर्जनभूमिमै भौँतारिन लगाउनुहुनेछ र तिमीहरूको कारणले तिनीहरू सबैमाथि विनाश आइपर्नेछ।”

१६ गाद र रुबेनका सन्तानले फेरि मोसाकहाँ आएर यसो भने: “हामीलाई यहीँ नै हाम्रा भेडाबाख्राको लागि ढुङ्‌गाको खोर र हाम्रा छोराछोरी बस्नका लागि सहर बनाउन दिनुहोस्‌। १७ तर युद्धको लागि भने हामी सधैँ तम्तयार रहनेछौँ;+ सबै इस्राएलीले आ-आफ्नो अधिकारको भाग नपाउन्जेल हामी तिनीहरूको अघिअघि जानेछौँ। हाम्रा छोराछोरीचाहिँ यहीँ पर्खालले घेरिएका सहरहरूमा बसेर वरपरका बासिन्दाहरूदेखि सुरक्षित रहनेछन्‌। १८ प्रत्येक इस्राएलीले आफ्नो पैतृक सम्पत्ति नपाउन्जेल हामी आफ्नो घर फर्कनेछैनौँ।+ १९ हामी यर्दनपारि अधिकार गर्नलाई कुनै ठाउँ लिनेछैनौँ किनकि यहीँ, यर्दनको पूर्वपट्टि नै हाम्रो पैतृक सम्पत्ति हुनेछ।”+

२० मोसाले तिनीहरूलाई यस्तो जवाफ दिए: “त्यसो हो भने तिमीहरू युद्ध गर्नलाई यहोवा परमेश्‍वरको सामने हतियार भिरेर तम्तयार होऊ।+ २१ तिमीहरू सबै जना आ-आफ्नो हतियार भिरेर यहोवा परमेश्‍वरसामु यर्दनपारि जाओ र उहाँले आफ्ना शत्रुहरूलाई नखेदेसम्म तिनीहरूसित युद्ध गरिरहो।+ २२ यहोवा परमेश्‍वरसामु इस्राएलीहरूले अधिकार गर्नुपर्ने सबै ठाउँ अधिकार गरिसकेपछि+ तिमीहरू फर्कन सक्छौ।+ त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वर र इस्राएलीहरूको अगाडि तिमीहरू दोषी ठहरिनेछैनौ र यो ठाउँ यहोवा परमेश्‍वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुनेछ।+ २३ तर तिमीहरूले त्यसो गरेनौ भने यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका हुनेछौ र तिमीहरूले आफ्नो पापको नतिजा भोग्नुपर्नेछ। २४ तिमीहरूले आफ्ना छोराछोरीका लागि सहरहरू र भेडाबाख्राको लागि खोरहरू बनाउन सक्छौ।+ तर तिमीहरूले आफ्नो वाचा जसरी भए पनि पूरा गर्नै पर्छ।”

२५ त्यसपछि गाद र रुबेनका सन्तानले मोसालाई यसो भने: “मालिक, हामी हजुरको आज्ञाबमोजिमै गर्नेछौँ। २६ हाम्रा छोराछोरी, पत्नीहरू, भेडाबाख्रा र हाम्रा सबै घरपालुवा जनावरलाई हामी गिलादका सहरहरूमै छोड्‌नेछौँ।+ २७ तर हाम्रा सबै मानिसचाहिँ हजुरले आज्ञा गर्नुभएबमोजिमै हतियार भिरेर तम्तयार हुनेछौँ + र यहोवा परमेश्‍वरसामु युद्ध गर्नलाई यर्दनपारि जानेछौँ।”

२८ त्यसपछि मोसाले पुजारी एलियाजार, नुनको छोरा यहोसु र इस्राएलको कुलबाट बुबापट्टिको घरानाअनुसार छानिएका नाइकेहरूलाई एउटा आज्ञा दिए। २९ मोसाले तिनीहरूलाई भने: “यदि गाद र रुबेनका सन्तान तिमीहरूसँगसँगै यर्दनपारि गए, तिनीहरू प्रत्येकले हतियार भिरेर यहोवा परमेश्‍वरसामु युद्ध गरे अनि तिमीहरूले त्यहाँका भूमिहरू अधिकार गऱ्‍यौ भने तिनीहरूलाई गिलादका सहरहरू अधिकार गर्न दिनू।+ ३० तर तिनीहरूले हतियार भिरेनन्‌ र यर्दनपारि गएनन्‌ भने तिनीहरू पनि तिमीहरूसँगै कनान देशमा बस्नेछन्‌।”

३१ यो सुनेपछि गाद र रुबेनका सन्तानले यसो भने: “यहोवा परमेश्‍वरले हामीलाई जे भन्‍नुभएको छ, हामी त्यही गर्नेछौँ। ३२ हामी यहोवा परमेश्‍वरसामु आ-आफ्नो हतियार भिर्नेछौँ र यर्दनपारि कनान देशमा जानेछौँ।+ तर हाम्रो अधिकारको भागचाहिँ यर्दनवारि नै हुनेछ।” ३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।

३४ गादका सन्तानले दिबोन,+ अतारोथ+ र अरोएर+ निर्माण गर्नुका साथै ३५ अत्रोथ-सोफान, याजेर,+ योगबेहा,+ ३६ बेथ-निम्राह+ र बेथ-हारान+ नाम गरेका पर्खालले घेरिएका सहरहरू पनि बनाए र भेडाबाख्राका लागि ढुङ्‌गाका खोरहरू पनि बनाए। ३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ ३८ नेबो,+ बाआल-मोन+ (यी नामहरू पछि परिवर्तन गरियो) र सिब्माह नामका सहरहरू निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूलाई नयाँ नाम दिन थाले।

३९ मनस्सेका छोरा माकिरका सन्तानले+ गिलादमाथि आक्रमण गरे अनि त्यसलाई कब्जा गरेर त्यहाँ भएका एमोरीहरूलाई धपाए। ४० त्यसैले मोसाले गिलादको इलाका मनस्सेका छोरा माकिरका सन्तानलाई दिए र तिनीहरू त्यहाँ बस्न लागे।+ ४१ मनस्सेकै सन्तान याइरले एमोरीहरूका गाउँहरू* कब्जा गरे र त्यसलाई हव्वोथ-याइर* भन्‍ने नाम दिए।+ ४२ नोबहले चाहिँ केथान र त्यसवरपरका सहरहरूलाई आक्रमण गरेर कब्जा गरे अनि त्यसलाई आफ्नै नाम नोबह दिए।

३३ मिश्रबाट निस्केपछि+ इस्राएलीहरूले मोसा र हारुनको निर्देशनबमोजिम+ दल-दल बनाएर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै यात्रा गरे। २ तिनीहरूले यात्राको दौडान कहाँ-कहाँ पाल टाँगे, मोसाले यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै त्यसको रेकर्ड राखे। इस्राएलीहरूले एकपछि अर्को गर्दै यात्रा गरेका ठाउँहरू यी थिए:+ ३ तिनीहरू पहिलो महिनाको १५ औँ दिन+ रामसेसबाट निस्के।+ हो, तिनीहरू निस्तार चाडको*+ भोलिपल्ट नै मिश्रीहरूको आँखाकै सामुन्‍ने त्यहाँबाट निर्धक्क भई हिँडे। ४ त्यतिबेला मिश्रीहरूचाहिँ यहोवा परमेश्‍वरले मार्नुभएका आ-आफ्नो पहिलो सन्तानलाई गाडिरहेका थिए।+ किनभने यहोवा परमेश्‍वरले तिनीहरूका देवताहरूलाई दण्ड दिनुभएको थियो।+

५ रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोथमा पाल टाँगे।+ ६ सुक्कोथबाट हिँडेपछि तिनीहरूले निर्जनभूमिको छेउमा पर्ने एथाममा पाल टाँगे।+ ७ एथामबाट हिँडेपछि तिनीहरू फर्केर बाआल-जेफोनअगाडि+ रहेको पिहाहिरोथ भन्‍ने ठाउँमा आए अनि मिग्दोलनजिकै+ पाल टाँगे। ८ पिहाहिरोथबाट निस्केपछि तिनीहरू समुद्रको बीचको सुक्खा जमिनबाट+ हिँडेर एथाम+ भनिने निर्जनभूमितिर लागे।+ त्यहाँ तिनीहरूले तीन दिनसम्म यात्रा गरे र मारा भन्‍ने ठाउँमा+ पुगेपछि पाल टाँगे।

९ माराबाट हिँडेपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। त्यसैले तिनीहरूले त्यहीँ पाल टाँगे।+ १० एलिमबाट हिँडेपछि तिनीहरूले लाल समुद्रनजिकै पाल टाँगे। ११ लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सिन निर्जनभूमिमा पाल टाँगे।+ १२ सिन निर्जनभूमिबाट हिँडेपछि तिनीहरूले दोफ्काहमा पाल टाँगे। १३ दोफ्काहबाट हिँडेपछि तिनीहरूले अलुसमा पाल टाँगे। १४ अलुसबाट हिँडेपछि तिनीहरूले रेफिदिममा पाल टाँगे।+ त्यहाँ मानिसहरूका लागि पिउने पानी थिएन। १५ रेफिदिमबाट हिँडेपछि तिनीहरूले सिनै निर्जनभूमिमा पाल टाँगे।+

१६ सिनै निर्जनभूमिबाट हिँडेपछि तिनीहरूले किब्रोथ-हत्तावाह भन्‍ने ठाउँमा पाल टाँगे।+ १७ किब्रोथ-हत्तावाहबाट हिँडेपछि तिनीहरूले हजेरोथमा पाल टाँगे।+ १८ हजेरोथबाट हिँडेपछि तिनीहरूले रिथ्माहमा पाल टाँगे। १९ रिथ्माहबाट हिँडेपछि तिनीहरूले रिम्मोन-पेरेजमा पाल टाँगे। २० रिम्मोन-पेरेजबाट हिँडेपछि तिनीहरूले लिब्नाहमा पाल टाँगे। २१ लिब्नाहबाट हिँडेपछि तिनीहरूले रिस्साहमा पाल टाँगे। २२ रिस्साहबाट हिँडेपछि तिनीहरूले केहेलाथाहमा पाल टाँगे। २३ केहेलाथाहबाट हिँडेपछि तिनीहरूले सेफेर डाँडामा पाल टाँगे।

२४ सेफेर डाँडाबाट हिँडेपछि तिनीहरूले हारादाहमा पाल टाँगे। २५ हारादाहबाट हिँडेपछि तिनीहरूले मखेलोथमा पाल टाँगे। २६ मखेलोथबाट हिँडेपछि तिनीहरूले तहथमा पाल टाँगे।+ २७ तहथबाट हिँडेपछि तिनीहरूले तेरहमा पाल टाँगे। २८ तेरहबाट हिँडेपछि तिनीहरूले मिथ्काहमा पाल टाँगे। २९ मिथ्काहबाट हिँडेपछि तिनीहरूले हास्मोनाहमा पाल टाँगे। ३० हास्मोनाहबाट हिँडेपछि तिनीहरूले मोसेरोथमा पाल टाँगे। ३१ मोसेरोथबाट हिँडेपछि तिनीहरूले बेने-याकानमा पाल टाँगे।+ ३२ बेने-याकानबाट हिँडेपछि तिनीहरूले होर-हगिदगादमा पाल टाँगे। ३३ होर-हगिदगादबाट हिँडेपछि तिनीहरूले योत्बाथाहमा पाल टाँगे।+ ३४ योत्बाथाहबाट हिँडेपछि तिनीहरूले अब्रोनाहमा पाल टाँगे। ३५ अब्रोनाहबाट हिँडेपछि तिनीहरूले एज्योन-गेबेरमा पाल टाँगे।+ ३६ एज्योन-गेबेरबाट हिँडेपछि तिनीहरूले जिन निर्जनभूमि+ अर्थात्‌ कादेसमा पाल टाँगे।

३७ कादेसबाट हिँडेपछि तिनीहरू एदोम देशको सिमानामा पर्ने होर डाँडामा आइपुगे+ र त्यहीँ पाल टाँगे। ३८ अनि यहोवा परमेश्‍वरको आज्ञाबमोजिम हारुन होर डाँडामा उक्ले र त्यहीँ तिनको मृत्यु भयो। यो घटना इस्राएलीहरू मिश्रबाट निस्केको ४० औँ वर्षको पाँचौँ महिनाको पहिलो दिन भएको थियो।+ ३९ होर डाँडामा मृत्यु हुँदा हारुन १२३ वर्षका थिए।

४० त्यतिबेला अरादका कनानी राजाले+ इस्राएलीहरू कनान देशतिर आउँदै छन्‌ भन्‍ने खबर पाए; ती राजा कनानको नेगेबमा बस्थे।

४१ पछि इस्राएलीहरू होर डाँडाबाट+ हिँडे र जाल्मोनाहमा पुगेर पाल टाँगे। ४२ जाल्मोनाहबाट हिँडेपछि तिनीहरूले पुनोनमा पाल टाँगे। ४३ पुनोनबाट हिँडेपछि तिनीहरूले ओबोथमा पाल टाँगे।+ ४४ ओबोथबाट हिँडेपछि तिनीहरूले मोआबको सिमानामा पर्ने इये-अबारिममा पाल टाँगे।+ ४५ इयिमबाट* हिँडेपछि तिनीहरूले दिबोन-गादमा पाल टाँगे।+ ४६ दिबोन-गादबाट हिँडेपछि तिनीहरूले अल्मोन-दिब्लाथैममा पाल टाँगे। ४७ अल्मोन-दिब्लाथैमबाट हिँडेपछि तिनीहरूले नेबोको अगाडि+ अबारिमका डाँडाहरूमा+ पाल टाँगे। ४८ अबारिमका डाँडाहरूबाट हिँडेपछि तिनीहरूले यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा पाल टाँगे।+ ४९ तिनीहरूले यर्दन नदीको किनारमा भएको मोआबको मरुभूमिमा बेथ-यसिमोथदेखि लिएर हाबिल-सित्तिमसम्मै पाल टाँगे।+

५० यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: ५१ “इस्राएलीहरूलाई भन, ‘तिमीहरू यर्दन नदी तरेर कनान देश जाँदै छौ।+ ५२ तिमीहरूले त्यहाँका बासिन्दाहरूलाई धपाउनू; ढुङ्‌गाबाट अनि धातुबाट बनेका+ तिनीहरूका मूर्तिहरूलाई टुक्राटुक्रा पार्नू+ अनि तिनीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनू।+ ५३ त्यसपछि तिमीहरूले त्यो देश कब्जा गर्नेछौ र त्यहीँ बसोबास गर्नेछौ किनभने म तिमीहरूलाई त्यो देश पक्कै दिनेछु।+ ५४ सबै घरानालाई जमिन भाग लगाउनुअघि तिमीहरूले गोला हाल्नू।+ ठूलो समूहले पैतृक सम्पत्तिको रूपमा जमिनको ठूलै भाग पाओस्‌ र सानो समूहले सानै भाग पाओस्‌।+ गोलाकै आधारमा सबैले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछन्‌। तिमीहरूको बुबाको कुलअनुसारै तिमीहरूले आ-आफ्नो पैतृक सम्पत्ति पाउनेछौ।+

५५ “‘तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने+ तिनीहरू तिमीहरूको आँखाको छेस्को र शरीरलाई घोच्ने काँडा हुनेछन्‌; तिनीहरूले तिमीहरूलाई सताउनुसम्म सताउनेछन्‌।+ ५६ अनि मैले तिनीहरूलाई जे गर्छु भनेर सोचेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु।’”+

३४ यहोवा परमेश्‍वरले मोसालाई अझ यसो भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+

३ “‘दक्षिणतर्फ तिमीहरूको सिमाना एदोमको छेउमा भएको जिन निर्जनभूमिबाट सुरु हुनेछ र दक्षिणी भागको पूर्वतिरको सिमानाचाहिँ खारा समुद्रको* पुछारबाट सुरु हुनेछ।+ ४ त्यसपछि तिमीहरूको सिमाना मोडिएर अक्रब्बिमको उकालो हुँदै+ जिनसम्म पुग्नेछ र कादेस-बर्नेको दक्षिणी भागमा गएर+ त्यसको अन्त हुनेछ। त्यसपछि हजर-अद्दर हुँदै+ अज्मोनसम्म पुग्नेछ। ५ फेरि अज्मोनबाट मिश्रको वादीतर्फ* मोडिनेछ र महासागरसम्मै* पुग्नेछ।+

६ “‘पश्‍चिमतर्फ तिमीहरूको सिमाना महासागरको किनारा हुनेछ। पश्‍चिमतर्फको सिमाना यही हुनेछ।+

७ “‘उत्तरतर्फको सिमानाचाहिँ यस्तो हुनेछ: तिमीहरूले महासागरदेखि होर डाँडासम्म आफ्नो सिमाना तोक्नू। ८ फेरि होर डाँडाबाट लेबो-हमाथसम्म* आफ्नो सिमाना तोक्नू।+ त्यसपछि तिमीहरूको सिमाना जेदादसम्म पुऱ्‍याउनू।+ ९ अनि त्यो सिमाना जिफ्रोनबाट हजर-एनानमा गएर टुङ्‌गिनेछ।+ उत्तरतर्फको सिमाना यही हुनेछ।

१० “‘पूर्वतिर चाहिँ हजर-एनानदेखि सेफामसम्म आफ्नो सिमाना तोक्नू। ११ त्यो सिमाना सेफामदेखि ऐइनको पूर्वतिर पर्ने रिब्लाहसम्म पुग्नेछ। त्यसपछि यो सिमाना तलतिर झरेर किन्‍नरेथ समुद्रको* पूर्वपट्टिको भिर हुँदै अगाडि बढ्‌नेछ।+ १२ त्यसपछि त्यो सिमाना यर्दन नदी हुँदै खारा समुद्रसम्म पुग्नेछ।+ तिमीहरूको देशको चारैतिरको सिमाना यही हुनेछ।’”+

१३ मोसाले इस्राएलीहरूलाई यसो भने: “यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै तिमीहरूले साढे नौ वटा कुललाई गोला हालेर+ भाग लगाउनुपर्ने देश यही हो। १४ किनकि रुबेन र गादको कुलले आफ्नो बुबापट्टिको घरानाअनुसार अनि मनस्सेको आधा कुलले पनि आफ्नो पैतृक सम्पत्ति पहिल्यै लिइसकेका छन्‌।+ १५ यिनीहरूले यरिहोनजिकै भएको यर्दन नदीको पूर्वपट्टि अर्थात्‌ सूर्योदय हुने दिशातिरको भाग पैतृक सम्पत्तिको रूपमा पहिल्यै पाइसकेका छन्‌।”+

१६ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १७ “पुजारी एलियाजार+ र नुनको छोरा यहोसुले+ तिमीहरूले अधिकार गर्ने देश तिमीहरूलाई बाँडिदिनेछन्‌। १८ अनि तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउने देश बाँड्‌ने काममा सघाउन प्रत्येक कुलबाट एक-एक जना कुलनायक छान्‍नू।+ १९ तिनीहरूका नाम यी नै हुन्‌: यहुदाको कुलबाट+ यपुन्‍नेका छोरा कालेब;+ २० सिमियोनको कुलबाट+ अम्मिहुदका छोरा सेमुएल; २१ बिन्यामिनको कुलबाट+ किस्लोनका छोरा एलिदाद; २२ दानको कुलबाट+ योगलिका छोरा कुलनायक बुक्कि; २३ युसुफका छोरा+ मनस्सेको कुलबाट+ एपोदका छोरा कुलनायक हान्‍निएल; २४ एप्रैमको कुलबाट+ सिप्तानका छोरा कुलनायक केमुएल; २५ जबुलुनको कुलबाट+ पर्नाकका छोरा कुलनायक एलिसापान; २६ इस्साकारको कुलबाट+ अज्जानका छोरा कुलनायक पल्तिएल; २७ असेरको कुलबाट+ सेलोमिका छोरा कुलनायक अहिहुद; २८ नप्तालिको कुलबाट+ अम्मिहुदका छोरा कुलनायक पदहेल।” २९ कनान देश इस्राएलीहरूलाई बाँडिदिन यहोवा परमेश्‍वरले नियुक्‍त गर्नुभएका मानिसहरू यी नै हुन्‌।+

३५ यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा+ यहोवा परमेश्‍वरले मोसालाई अझ यसो भन्‍नुभयो: २ “आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागबाट लेवीहरूको लागि केही सहरहरू छुट्ट्याउनू+ र सहरको वरपर भएको चरन पनि उनीहरूलाई दिनू भनी इस्राएलीहरूलाई आज्ञा देऊ।+ ३ ती सहरहरूमा लेवीहरू बसोबास गरून्‌ र वरपरको चरनचाहिँ उनीहरूले आफ्ना वस्तुभाउ र अरू जनावरका लागि अनि ती पशुहरूको निम्ति चाहिने सरसामान राख्नका लागि प्रयोग गरून्‌। ४ इस्राएलीहरूले लेवीहरूलाई दिने चरन सहरको चारैतिरको पर्खालदेखि १ हजार हात* फैलिएको होस्‌। ५ तिमीहरूले सहरको पर्खालबाहिर पूर्वतिर २ हजार हात, दक्षिणतिर २ हजार हात, पश्‍चिमतिर २ हजार हात र उत्तरतिर २ हजार हात नाप्नू। लेवीहरूले पाउने चरनको नाप यस्तै होस्‌ र त्यसको बीचमा चाहिँ सहर होस्‌।

६ तिमीहरूले लेवीहरूलाई छ वटा सहर शरणनगरको रूपमा दिनू।+ कसैलाई मार्ने व्यक्‍तिले त्यहाँ गएर शरण लिन सक्नेछ।+ त्यसबाहेक लेवीहरूलाई अरू ४२ वटा सहर पनि दिनू। ७ यसरी तिमीहरूले लेवीहरूलाई जम्मा ४८ वटा सहर र त्यहाँका चरनहरू पनि दिनू।+ ८ आफूले पाउने भागबाट छुट्ट्याएर तिमीहरूले लेवीहरूलाई यी सहरहरू दिनू।+ जसको समूह ठूलो छ, त्यसबाट धेरै र जसको समूह सानो छ, त्यसबाट थोरै सहर छुट्ट्याउनू।+ आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागअनुसारै प्रत्येक कुलले लेवीहरूलाई दिनको लागि केही सहरहरू छुट्ट्याऊन्‌।”

९ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १० “इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरू यर्दन नदी पार गरेर कनान देश जानेछौ।+ ११ तिमीहरूले शरणनगरहरू रोज्दा अनजानमा कसैलाई मार्ने व्यक्‍ति भागेर जान सजिलो हुने सहरहरू रोज्नू।+ १२ ती सहरहरू रगतको साटो फेर्ने व्यक्‍तिबाट शरण लिने ठाउँ होस्‌+ ताकि हत्याको आरोप लागेको व्यक्‍तिबारे समुदायसामु फैसला नहोउन्जेल उसलाई कसैले नमारोस्‌।+ १३ तिमीहरूले दिने ती छ वटा शरणनगर यसैको निम्ति प्रयोग गरिनेछ। १४ छ वटा शरणनगरमध्ये तीन वटा यर्दन नदीको वारिपट्टि+ र तीन वटा पारिपट्टि अर्थात्‌ कनान देशमा होस्‌।+ १५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+

१६ “‘तर यदि कसैले फलामको कुनै चिजले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ।+ १७ अनि यदि कसैले ढुङ्‌गाले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ। १८ साथै यदि कसैले काठको कुनै चिजले हिर्काएर कसैलाई माऱ्‍यो भने ऊ हत्यारा हो। उसलाई मार्नै पर्छ।

१९ “‘रगतको साटो फेर्ने व्यक्‍तिले नै त्यस हत्यारालाई मारोस्‌। त्यसलाई भेट्‌नेबित्तिकै उसले त्यसलाई मारोस्‌। २० यदि कसैले मनमा घृणाको भाव राखेर कसैलाई धकेल्यो वा खराब मनसायले* कसैमाथि कुनै कुरा फ्याँक्यो र त्यो व्यक्‍ति मऱ्‍यो भने+ २१ अथवा घृणाको भाव राखेर कसैलाई हातले हिर्काउँदा त्यो व्यक्‍ति मऱ्‍यो भने त्यसलाई प्रहार गर्ने व्यक्‍तिलाई मार्नै पर्छ। त्यो हत्यारा हो। रगतको साटो फेर्ने व्यक्‍तिले त्यसलाई भेट्‌नेबित्तिकै मारोस्‌।

२२ “‘तर यदि कसैले घृणाको भाव नराखी भुलवश कुनै व्यक्‍तिलाई धकेल्दा त्यो व्यक्‍ति मऱ्‍यो अथवा खराब मनसाय नराखी* त्यसमाथि कुनै कुरा फ्याँक्दा त्यो व्यक्‍ति मऱ्‍यो भने+ २३ अथवा यदि कुनै व्यक्‍तिले कसैलाई देखेको छैन अनि ढुङ्‌गा फ्याँक्दा वा गुल्टाउँदा भुलवश त्यो ढुङ्‌गाले त्यस व्यक्‍तिलाई लाग्यो र त्यो व्यक्‍ति मऱ्‍यो अनि ऊ मर्ने व्यक्‍तिको शत्रु होइन वा उसले मर्ने व्यक्‍तिको कुभलो चिताएको थिएन भने २४ समुदायले यी निर्देशनहरू पछ्याउँदै मान्छे मार्ने व्यक्‍ति र रगतको साटो फेर्ने व्यक्‍तिको बीचमा न्याय गरिदेओस्‌।+ २५ अनजानमा मान्छे मार्ने व्यक्‍तिलाई समुदायले रगतको साटो फेर्ने व्यक्‍तिको हातबाट बचाओस्‌ र ऊ भागेर गएको शरणनगरमै उसलाई फर्काइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यहीँ बसोस्‌।+

२६ “‘तर यदि मान्छे मार्ने व्यक्‍ति आफू भागेर गएको शरणनगरको सिमानाभन्दा बाहिर जान्छ २७ र त्यति नै बेला रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई भेट्टाउँछ र मार्छ भने रगतको साटो फेर्ने व्यक्‍ति रक्‍तदोषी हुनेछैन। २८ किनभने प्रधानपुजारीको मृत्यु नहोउन्जेल मान्छे मार्ने त्यो व्यक्‍ति त्यस शरणनगरबाहिर निस्कनु हुँदैन थियो। तर प्रधानपुजारीको मृत्यु भइसकेपछि भने ऊ आफ्नो ठाउँमा फर्कन सक्छ।+ २९ तिमीहरू जुन ठाउँमा बसोबास गरे पनि तिमीहरू र तिमीहरूको आउने पुस्ताका लागि यी नियमहरू सधैँ लागू हुनेछन्‌।

३० “‘यदि कुनै व्यक्‍तिले कसैलाई मारेमा र साक्षीहरूको बयानको आधारमा+ ऊ हत्यारा ठहरिएमा उसलाई मृत्युदण्ड दिनू।+ तर एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई पनि मृत्युदण्ड नदिनू। ३१ मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्‌नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।+ ३२ अनि शरणनगरमा भागेर गएको व्यक्‍तिलाई पनि छुटकाराको मोल लिएर नछोड्‌नू ताकि प्रधानपुजारीको मृत्यु हुनुअघि नै ऊ आफ्नो ठाउँमा फर्कन नपाओस्‌।

३३ “‘तिमीहरूले आफू बसेको ठाउँलाई दूषित नपार्नू किनभने रक्‍तपातले भूमिलाई दूषित पार्छ।+ हत्याराको रगतले बाहेक अरू कुनै पनि कुराले त्यस भूमिमा बगाइएको रगतको निम्ति प्रायश्‍चित गर्न सकिँदैन।+ ३४ तिमीहरूले आफू बस्ने देशलाई दूषित नपार्नू किनभने तिमीहरू जहाँ बस्छौँ, म त्यहीँ हुन्छु; म यहोवा इस्राएलीहरूको माझमा बास गर्छु।’”+

३६ गिलाद, जो युसुफको घरानाका मनस्सेका नाति अनि माकिरका छोरा थिए,+ तिनको वंशका नाइकेहरू मोसा र इस्राएलका कुलनायकहरूकहाँ आए। २ अनि तिनीहरूले यसो भने: “सबै इस्राएलीलाई तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाउने जमिन तिनीहरूको कुलअनुसार गोला हालेर बाँडिदिनू+ भनी यहोवा परमेश्‍वरले हजुरलाई आज्ञा दिनुभएको थियो अनि हाम्रा दाइ सलोफादको पैतृक सम्पत्ति तिनका छोरीहरूलाई बाँडिदिनू भनेर पनि यहोवा परमेश्‍वरले भन्‍नुभएको थियो।+ ३ तर तिनीहरूले अर्कै कुलका पुरुषहरूसित विवाह गरे भने तिनीहरूको पैतृक सम्पत्ति ती पुरुषहरूको कुलले पाउनेछ। अनि गोला हालेर पैतृक सम्पत्तिको रूपमा हामीलाई दिइएको जमिन हाम्रो कुलले गुमाउनुपर्नेछ। ४ साथै इस्राएलीहरूको स्वर्णवर्ष+ आएपछि ती स्त्रीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूले विवाह गरेर गएको कुलले सदाको लागि पाउनेछ। यसरी तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको भाग हाम्रा पितापुर्खाको कुलबाट गुम्नेछ।”

५ यहोवा परमेश्‍वरको आदेश पाइसकेपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “युसुफको सन्तानको कुलले भनेको कुरा ठीकै हो। ६ त्यसैले यहोवा परमेश्‍वरले सलोफादका छोरीहरूलाई यस्तो आज्ञा दिनुभएको छ: ‘तिनीहरूले आफ्नो इच्छाअनुसार जोकोहीसँग पनि विवाह गर्न पाउँछन्‌ तर तिनीहरूले विवाह गर्ने पुरुष तिनीहरूकै बुबाको कुलको कुनै परिवारबाट हुनुपर्छ। ७ इस्राएलीहरूको एउटा कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन अर्को कुलमा नजाओस्‌। इस्राएलीहरूको हरेक कुलले पाएको पैतृक सम्पत्ति तिनीहरूको बुबाकै कुलमा रहोस्‌। ८ इस्राएली कुलहरूमा पैतृक सम्पत्ति पाउने छोरीमान्छेले पछि आफ्नै बुबाको कुलको पुरुषसित विवाह गरोस्‌।+ यसरी हरेक इस्राएली कुलले आफ्नो बुबाको कुलको पैतृक सम्पत्ति सुरक्षित राख्न सक्नेछ। ९ एउटा कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन अर्को कुलमा नजाओस्‌। किनभने इस्राएलका हरेक कुलले आफ्नो पैतृक सम्पत्ति आफ्नै कुलभित्र राख्नुपर्छ।’”

१० सलोफादका छोरीहरूले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै गरे।+ ११ सलोफादका छोरीहरू+ महलाह, तिर्जाह, होग्लाह, मिल्काह र नुहले आफ्नो बुबाका दाजुभाइका छोराहरूसितै विवाह गरे। १२ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूको बुबाकै कुलमा रहोस्‌ भनेर तिनीहरूले युसुफको छोरा मनस्सेका सन्तानका परिवारभित्रै विवाह गरे।

१३ यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा छँदा+ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मोसामार्फत दिनुभएको आज्ञा तथा सुनाउनुभएको फैसला यी नै हुन्‌।

वा “इजिप्टबाट।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराई।” अर्थात्‌, गैर-लेवी।

वा “आफ्नो कुलको झन्डानजिकै।”

वा “वासस्थानमा पहरा दिने; सेवा गर्ने।”

वा “चिन्हनजिकै।”

शब्दावली हेर्नुहोस्‌।

शा., “पुस्ता।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराई।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराई।” अर्थात्‌, गैर-लेवी।

वा “पवित्र शेकेलअनुसार।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकसँगै।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

समुद्रमा पाइने स्तनपायी जीव।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

बलिसकेको सलेदो राख्ने भाँडो।

वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

खामो अड्‌याइने आधार।

शा., “तिनीहरूले।”

शा., “तिनीहरूले।”

एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले प्रजनन अङ्‌गहरूलाई जनाएको हुनुपर्छ।

यसले प्रजनन क्षमता गुमाउनुलाई जनाएको हुनुपर्छ।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

हिब्रू भाषामा नाजिर। यसको अर्थ हो, “अलग पारिएको व्यक्‍ति; समर्पित व्यक्‍ति; छुट्ट्याइएको व्यक्‍ति।”

अङ्‌गुरबाट बनेको रक्सी।

वा “भिनेगर।”

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “घुमाऊन्‌।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “उद्‌घाटन।”

वा “पवित्र शेकेलअनुसार।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकको।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “मार्नू।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, यिथ्रोको।

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “बलेको।” अर्थात्‌, ज्वाला।

यसले तिनीहरूमाझ भएका गैर-इस्राएलीहरूको समूहलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

मसिना पात र ससाना फूल हुने एक किसिमको रूख।

शब्दावली हेर्नुहोस्‌।

शा., “त्यो तिमीहरूको नाकको प्वालबाट ननिस्कुन्जेल।”

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक होमेर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यसको अर्थ हो, “लालचीहरूलाई गाडेको ठाउँ।”

वा “इथियोपियाली।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

वा “हमाथ छिर्ने ठाउँनजिकै।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

यसको अर्थ हो, “अङ्‌गुरको झुप्पा।”

शब्दावली हेर्नुहोस्‌।

शा., “किनभने उनीहरू हाम्रो लागि रोटी हुन्‌।”

शब्दावली हेर्नुहोस्‌।

शा., “चिन्ह देखाए।”

शा., “एक जना मानिसलाई मारेझैँ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “तिमीहरूले वेश्‍यावृत्ति गरेकोले।”

वा “मसित दुस्मनी राख्दा।”

शब्दावली हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

वा “मार्नै पर्छ।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “जमिनले मुख बाएर।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराईले।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकअगाडि।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराई” अर्थात्‌ जो मानिस हारुनको परिवारको होइन।

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

यसले ती सबै कुरालाई जनाउँछ, जुन फेरि फिर्ता लिन नसक्नेगरि र मोल तिरेर छुटाउन नमिल्नेगरि परमेश्‍वरको निम्ति अर्पण गरेर पवित्र तुल्याइन्थ्यो।

वा “पवित्र शेकेलअनुसार।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

अर्थात्‌, सधैँ रहने र कहिल्यै परिवर्तन नहुने करार।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मार्नै पर्छ।”

वा “मार्नै पर्छ।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “झगडा।”

शा., “धेरै दिन।”

शा., “यहीँ मर्नेछन्‌ र पुर्खाहरूसित मिल्नेछन्‌।”

यसको अर्थ हो, “नाश गर्न सुम्पिइएको।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “वादीहरू।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शा., “खेतमा।”

वा सम्भवतः “मरुभूमि; निर्जनभूमि।”

शब्दावली हेर्नुहोस्‌।

वा “देश।”

वा “जोखना हेरेबापत।”

शा., “गधैनीमा।”

वा “पछुताउने।”

वा सम्भवतः “मरुभूमि; निर्जनभूमि।”

शब्दावली हेर्नुहोस्‌।

वा “वादीजस्तो।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

वा “सन्तान।”

वा “अन्तको दिनमा।”

शा., “केनलाई।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “यो सूचीमा दिइएको नामको सङ्‌ख्याअनुसारै।”

शब्दावली हेर्नुहोस्‌।

वा “गरिमा।”

शब्दावली हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “रोटी।”

शब्दावली हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

साधारणतया “दुःख मनाउनू” भन्‍ने पदावलीले उपवास बस्ने वा अन्य तरिकामा आफूलाई इन्कार गर्ने कुरालाई जनाउँछ भन्‍ने मान्यता छ।

शब्दावली हेर्नुहोस्‌।

वा “पर्खालले घेरिएका छाउनीहरू।”

शब्दावली हेर्नुहोस्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “पालहरू भएका बस्तीहरू।”

यसको अर्थ हो, “याइरका गाउँहरू।”

शब्दावली हेर्नुहोस्‌।

यो इये-अबारिमको छोटो नाम हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, मृतसागरको।

वा “बेँसीतर्फ।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

अर्थात्‌, भूमध्यसागरसम्मै।

वा “हमाथ छिर्ने ठाउँनजिकै।”

अर्थात्‌, गनेसरेत तालको वा गालिल समुद्रको।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “ढुकेर बसेर।”

शा., “ढुकेर नबसी।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने