व्यवस्था
१ यर्दन नजिकैको निर्जनभूमिमा छँदा मोसाले इस्राएलीहरूसँग कुरा गरे। यो निर्जनभूमि सुफको अगिल्तिर अनि पारान, तोफेल, लाबान, हजेरोथ र दिजाहाबको बीचमा पर्थ्यो। २ (सेइर डाँडा हुँदै होरेबबाट कादेस-बर्नेसम्म जान ११ दिन लाग्छ।)+ ३ चालीसौँ वर्षको+ एघारौँ महिनाको पहिलो दिन मोसाले इस्राएलीहरूलाई यहोवा परमेश्वरले जे-जे भन्नू भनेर आज्ञा दिनुभएको थियो, ती सबै बताए। ४ यो कुरा मोसाले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई+ हराइसकेपछि अनि अस्तारोथमा बस्ने बासानका राजा ओगलाई+ एद्रईमा हराइसकेपछिको हो।+ ५ यर्दनको इलाकानजिकै मोआब देशमा छँदा मोसाले इस्राएलीहरूलाई व्यवस्थाबारे यी कुराहरू बताए:+
६ “यहोवा हाम्रा परमेश्वरले हामीलाई होरेबमा यसो भन्नुभएको थियो, ‘तिमीहरू यो पहाडी इलाकामा बसेको धेरै भइसक्यो।+ ७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+ ८ हेर, मैले यी ठाउँहरू तिमीहरूसामु राखिदिएको छु। जाओ! यहोवा परमेश्वरले तिमीहरूका पितापुर्खा अब्राहाम, इसहाक+ र याकुबसित+ तिनीहरू र तिनीहरूका सन्तानलाई दिन्छु भनेर कसम खानुभएको देश अधिकार गर।’+
९ “मैले त्यतिबेला तिमीहरूलाई यसो भनेको थिएँ, ‘म एक्लैले तिमीहरूलाई डोऱ्याउन सक्दिनँ।+ १० यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको वृद्धि गराउनुभएको छ र अहिले तिमीहरू आकाशका ताराजत्तिकै असङ्ख्य भएका छौ।+ ११ यहोवा तिमीहरूका पितापुर्खाका परमेश्वरले तिमीहरूलाई अझै हजार गुणा बढाऊन्+ र तिमीहरूसित प्रतिज्ञा गरेझैँ उहाँले तिमीहरूलाई आशिष् देऊन्।+ १२ म एक्लैले कसरी तिमीहरूको बोझ बोक्नु? कसरी तिमीहरूको समस्या समाधान गर्नु? अनि कसरी तिमीहरूको झगडाको छिनोफानो गर्नु?+ १३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुष छान्नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+ १४ यो सुनेर तिमीहरूले यसो भनेका थियौ, ‘तपाईँको कुरा एकदम ठीक हो।’ १५ त्यसैले मैले तिमीहरूको कुलका नाइकेहरूमध्येबाट बुद्धिमान्, समझदार अनि अनुभवी पुरुषहरू लिएँ र तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्त गरेँ अनि तिनीहरूलाई तिमीहरूको कुलको अफिसर बनाएँ।+
१६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस् वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+ १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्नू।+ तिमीहरूले परमेश्वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+ १८ तिमीहरूले के-के गर्नुपर्छ, मैले त्यतिबेला सबै निर्देशन दिएको थिएँ।
१९ “अनि यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी होरेबबाट अघि बढ्यौँ र त्यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर लाग्यौँ।+ हामी विशाल र भयानक निर्जनभूमिको बाटो भएर गयौँ,+ जुन तिमीहरूले पनि देखेका थियौ। अनि अन्तमा हामी कादेस-बर्ने आइपुग्यौँ।+ २० त्यसपछि मैले तिमीहरूलाई भनेँ, ‘तिमीहरू एमोरीहरूको पहाडी इलाकामा आइपुगेका छौ। यो इलाका हाम्रा परमेश्वर यहोवाले हामीलाई दिनुहुनेछ। २१ हेर, तिमीहरूका परमेश्वर यहोवाले त्यो देश तिमीहरूको हातमा दिनुभएको छ। त्यसैले तिमीहरूका पितापुर्खाका परमेश्वर यहोवाले भन्नुभएझैँ गएर त्यो देश अधिकार गर।+ तिमीहरू भयभीत नहोओ, कसैसित नडराओ।’
२२ “तर तिमीहरू सबैले मकहाँ आएर यसो भन्यौ, ‘हामी जानुअघि त्यस देशबारे बुझ्न केही मानिस पठाऔँ। त्यसो गऱ्यौँ भने हामी कुन-कुन बाटो भएर जाँदा ठीक हुन्छ अनि हामीले कस्तो-कस्तो सहरको सामना गर्नुपर्ने हो, त्यो थाह पाउनेछौँ।’+ २३ मलाई तिमीहरूको कुरा ठीक लाग्यो। त्यसैले मैले हरेक कुलबाट एक-एक जना गरी १२ जना पुरुष छानेँ।+ २४ तिनीहरू पहाडी इलाकातिर लागे+ र एस्कोल बेँसीमा* पुगे अनि त्यस देशको सुराकी गरे। २५ तिनीहरूले त्यहाँबाट केही फलफूल लिएर आए र हामीलाई यस्तो खबर सुनाए, ‘यहोवा हाम्रा परमेश्वरले हामीलाई दिन लाग्नुभएको देश एकदमै राम्रो छ।’+ २६ तर तिमीहरू त्यस देशमा जान मानेनौ र यहोवा तिमीहरूका परमेश्वरले दिनुभएको आज्ञा उल्लङ्घन गऱ्यौ।+ २७ तिमीहरूले आ-आफ्नो पालमा बसेर यसो भन्दै गनगन गरिरह्यौ, ‘यहोवा परमेश्वर हामीलाई घृणा गर्नुहुन्छ। त्यसैले त उहाँले हामीलाई एमोरीहरूको हातमा सुम्पन र नाश गर्न मिश्रबाट* छुटाएर यहाँ ल्याउनुभयो। २८ हाय, हामी कस्तो ठाउँमा जाँदै छौँ! त्यो देश हेरेर आउनेहरूले हामीलाई यसो भनेर हतोत्साहित बनाए,+ “त्यहाँका मानिसहरू हामीभन्दा एकदमै बलिया अनि अग्ला रहेछन्। त्यहाँका सहरहरू एकदम ठूलठूला रहेछन् अनि आकाशै छुने पर्खालले घेरिएका रहेछन्।+ हामीले त्यहाँ अनाकीहरू पनि देख्यौँ।”’+
२९ “त्यसैले मैले तिमीहरूलाई भनेँ, ‘तिनीहरूदेखि भयभीत नहोओ अनि नडराओ।+ ३० यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्नुहुनेछ,+ जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्नुभएको थियो।+ ३१ यहोवा तिमीहरूका परमेश्वरले निर्जनभूमिमा कसरी तिमीहरूको ख्याल राख्नुभयो, त्यो तिमीहरूले देखेका छौ। तिमीहरू जहाँ-जहाँ गयौ, त्यहाँ-त्यहाँ बुबाले आफ्नो छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई बोक्नुभयो र यस ठाउँसम्म ल्याउनुभयो।’ ३२ यति हुँदाहुँदै पनि तिमीहरूले आफ्ना परमेश्वर यहोवामा विश्वास गरेनौ।+ ३३ तिमीहरूलाई डोऱ्याउन उहाँ तिमीहरूको अघिअघि जानुहुन्थ्यो र तिमीहरूले कहाँ पाल टाँग्दा राम्रो हुन्छ, त्यो ठाउँ छान्नुहुन्थ्यो। दिउँसो बादलको खामोमा अनि राती आगोको खामोमा प्रकट भएर उहाँले तिमीहरूलाई बाटो देखाउनुहुन्थ्यो।+
३४ “त्यसबेला तिमीहरूले जे-जे भन्दै थियौ, ती सब यहोवा परमेश्वरले सुन्नुभयो र उहाँ साह्रै क्रोधित हुनुभयो अनि यस्तो शपथ खानुभयो,+ ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्नेका छोरा कालेबले भने देख्न पाउनेछन्। तिनले आफ्नो सारा हृदयले* यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+ ३७ (तिमीहरूले गर्दा यहोवा परमेश्वर मसित पनि रिसाउनुभयो र यसो भन्नुभयो, “तिमी पनि त्यस देशमा जान पाउनेछैनौ।+ ३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्,+ तिनीचाहिँ त्यस देशमा जानेछन्।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्।”) ३९ साथै तिमीहरूका छोराछोरी, जो बन्दी बनाएर लगिनेछन्+ भनेर तिमीहरूले भनेका थियौ र तिमीहरूका छोराहरू, जो अहिले सही अनि गलत छुट्ट्याउन सक्दैनन्, तिनीहरू नै त्यस देशमा जानेछन् र म तिनीहरूलाई त्यस देशको हकदार बनाउनेछु।+ ४० तर तिमीहरूचाहिँ फर्क र लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर लाग।’+
४१ “तब तिमीहरूले मलाई यसो भन्यौ, ‘हामीले यहोवा परमेश्वरको आज्ञा नमानेर पाप गऱ्यौँ। अब हामी यहोवा परमेश्वरको आज्ञा मान्नेछौँ र ती शत्रुहरूसित लडाइँ गर्नेछौँ।’ त्यसैले तिमीहरू सबैले आ-आफ्नो हतियार भिऱ्यौ। तिमीहरूले पहाडतिर गएर तिनीहरूसित लडाइँ गर्न सजिलो हुन्छ भन्ठानेका थियौ।+ ४२ तर यहोवा परमेश्वरले मलाई यसो भन्नुभयो, ‘इस्राएलीहरूलाई भन: “तिमीहरू तिनीहरूसित लडाइँ गर्न नजाओ किनभने म तिमीहरूलाई साथ दिनेछैनँ।+ यदि तिमीहरू लडाइँ गर्न गयौ भने तिमीहरू हार्नेछौ।”’ ४३ मैले तिमीहरूलाई परमेश्वरको यो कुरा बताएको थिएँ तर तिमीहरूले सुनेनौ। उल्टै तिमीहरू यहोवा परमेश्वरले दिनुभएको आज्ञाविपरीत चल्यौ र अटेरी भएर पहाडतिर गयौ। ४४ अनि त्यस पहाडी इलाकामा बस्ने एमोरीहरू तिमीहरूमाथि जाइलागे र मौरीको हुलले खेदेझैँ तिमीहरूलाई खेदे अनि सेइरदेखि होर्माहसम्मै तिमीहरूलाई तितरबितर पारिदिए। ४५ त्यसैले तिमीहरू फर्क्यौ र यहोवा परमेश्वरसामु रोइकराइ गर्न थाल्यौ तर यहोवा परमेश्वरले तिमीहरूको कुरा सुन्नुभएन न त तिमीहरूतर्फ ध्यान नै दिनुभयो। ४६ त्यसैले तिमीहरू लामो समयसम्म कादेसमै बस्नुपऱ्यो।
२ “यहोवा परमेश्वरले मलाई भन्नुभएझैँ हामी त्यहाँबाट लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर मोडियौँ।+ हामीले कैयौँ दिनसम्म सेइर डाँडावरपरको इलाकामै यात्रा गरिरह्यौँ। २ त्यसपछि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ३ ‘तिमीहरूले यस डाँडाको इलाकामा यात्रा गरेको कैयौँ दिन भइसक्यो। अब यहाँबाट उत्तरतिर लाग। ४ तिमीले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनू: “अब तिमीहरू तिमीहरूकै दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको+ सिमाना हुँदै जानेछौ। तिनीहरू तिमीहरूदेखि डराउनेछन्।+ त्यसैले यो कुरामा एकदमै विचार पुऱ्याउनू। ५ तिमीहरूले तिनीहरूसित निहुँ नखोज्नू। म तिमीहरूलाई त्यहाँ एक पाइलो टेक्ने जमिनसमेत दिन्नँ किनभने मैले सेइर डाँडा एसावलाई दिइसकेको छु।+ ६ तिमीहरूले पैसा तिरेर मात्रै त्यहाँको खानेकुरा खानू र पानी पिउनू।+ ७ किनकि अहिलेसम्म तिमीहरूले गरेका सबै काममा यहोवा तिमीहरूका परमेश्वरले आशिष् दिनुभएको छ। तिमीहरूले यो विशाल निर्जनभूमिमा कसरी यात्रा गऱ्यौ, त्यो कुरा उहाँले राम्ररी बुझ्नुभएको छ। यी ४० वर्षसम्म यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई साथ दिनुभयो। त्यसैले तिमीहरूलाई कुनै कुराको अभाव भएन।”’+ ८ तब हामी हाम्रा दाजुभाइ, एसावका सन्तान+ बसिरहेको देश सेइरको छेउ-छेउ हुँदै गयौँ। हामी अराबाह, एलाथ र एज्योन-गेबेरतिर गएनौँ।+
“त्यसपछि हामी मोडिएर मोआबको निर्जनभूमि हुँदै अघि बढ्यौँ।+ ९ अनि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीहरूले मोआबीहरूसित निहुँ नखोज्नू वा तिनीहरूसित लडाइँ नगर्नू। म तिमीहरूलाई तिनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ किनभने मैले अर सहर लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा दिइसकेको छु।+ १० (पहिला त्यहाँ एमीहरू बस्थे।+ तिनीहरू अनाकीहरूजस्तै बलिया, अग्ला र सङ्ख्यामा पनि धेरै थिए। ११ रेफाईहरू+ पनि अनाकीहरूजस्तै देखिन्थे।+ मोआबीहरू तिनीहरूलाई एमीहरू भन्थे। १२ पहिला-पहिला होरीहरू+ सेइर डाँडामा बस्थे। तर एसावका सन्तानले आक्रमण गरेर तिनीहरूलाई नाश गरिदिए र त्यहाँ बसोबास गर्न थाले।+ यसरी नै इस्राएलीहरूले पनि त्यस देशलाई कब्जा गर्नेछन्, जुन देशमाथि तिनीहरूकै अधिकार छ किनकि यहोवा परमेश्वरले त्यो देश तिनीहरूलाई अवश्य दिनुहुनेछ।) १३ अब जाओ, जेरेद बेँसी* पार गर।’ त्यसैले हामीले जेरेद बेँसी पार गऱ्यौँ।+ १४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+ १५ इस्राएलीहरूको छाउनीबाट त्यो पुस्ता नाश नहोउन्जेल यहोवा परमेश्वरको हात तिनीहरूविरुद्ध उठिरह्यो।+
१६ “लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बित्नेबित्तिकै+ १७ यहोवा परमेश्वरले मलाई फेरि यसो भन्नुभयो, १८ ‘आज तिमीहरू मोआबको अर इलाका हुँदै जानू। १९ तिमीहरू अम्मोनीहरूको इलाकानजिकै पुग्दा तिनीहरूलाई दुःख नदिनू वा तिनीहरूलाई रिस नउठाउनू। किनभने म तिमीहरूलाई अम्मोनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ। मैले लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा त्यो इलाका दिइसकेको छु।+ २० यसलाई पहिला रेफाईहरूको इलाका ठानिन्थ्यो।+ (पहिला-पहिला रेफाईहरू त्यहाँ बस्थे र अम्मोनीहरू तिनीहरूलाई जामजुम्मीहरू भन्थे। २१ तिनीहरू अनाकीहरूजस्तै बलिया, अग्ला र सङ्ख्यामा पनि धेरै थिए।+ तर यहोवा परमेश्वरले तिनीहरूलाई अम्मोनीहरूको सामने नाश गरिदिनुभयो। यसरी अम्मोनीहरू तिनीहरूलाई धपाएर त्यहाँ बसोबास गर्न थाले। २२ अहिले सेइरमा बसोबास गरिरहेका एसावका सन्तानलाई+ पनि उहाँले त्यसैगरि त्यो इलाका दिनुभएको थियो। उहाँले होरी जातिका मानिसहरूलाई एसावका सन्तानको सामने नाश गरिदिनुभयो।+ अनि तिनीहरू होरीहरूलाई सेइरबाट धपाएर अहिलेसम्म त्यहीँ बसोबास गरिरहेका छन्। २३ अव्वीहरूलाई पनि त्यस्तै भएको थियो। तिनीहरूको बस्ती गाजासम्म फैलिएको थियो।+ तर काफ्तोरबाट*+ काफ्तोरीहरू आएर तिनीहरूलाई धपाए र आफै बसोबास गर्न थाले।)
२४ “‘अब जाओ, अर्नोन बेँसी* पार गर।+ हेस्बोनका एमोरी राजा सिहोनलाई मैले तिमीहरूको हातमा सुम्पिदिएको छु।+ त्यसैले तिनीसित युद्ध गर र तिनको देश कब्जा गर्दै जाओ। २५ आजदेखि म पृथ्वीमा भएका सबै मानिसको मनमा डर पैदा गरिदिनेछु; तिमीहरूबारे सुन्नेबित्तिकै तिनीहरूको होसहवास उड्नेछ। तिनीहरूमाझ खैलाबैला मच्चिनेछ र तिनीहरू डरले थरथर काँप्नेछन्।’*+
२६ “त्यसपछि मैले केदेमोथ निर्जनभूमिबाट+ हेस्बोनका राजा सिहोनकहाँ यस्तो शान्ति-सन्देश पठाएँ:+ २७ ‘मलाई तपाईँको देश भएर जान दिनुहोस्। म दायाँबायाँ नलागी मूलबाटो हुँदै फटाफट जानेछु।+ २८ म पैसा तिरेर मात्र तपाईँको ठाउँको खाना खानेछु र पानी पिउनेछु। मलाई तपाईँको देशको बाटो भएर जाने अनुमति मात्र दिनुहोस्। २९ सेइरमा बस्ने एसावका सन्तानले र अरमा बस्ने मोआबीहरूले हामीलाई त्यसैगरि जान दिएका थिए। त्यसैले यहोवा हाम्रा परमेश्वरले हामीलाई दिन लाग्नुभएको देशमा जान यर्दनपारि नपुगुन्जेल हामीलाई तपाईँको देश हुँदै जान दिनुहोस्।’ ३० तर हेस्बोनका राजा सिहोनले हामीलाई जान दिएनन्। यहोवा परमेश्वरले तिनको हृदय कठोर हुन दिनुभयो र तिनले आफ्नै कुरामा जिद्दी गरिरहे।+ परमेश्वरले ती राजालाई तिमीहरूको हातमा सुम्पिन त्यसो हुन दिनुभएको थियो र नभन्दै त्यस्तै भयो।+
३१ “त्यसपछि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘हेर मैले राजा सिहोन र तिनको देश तिमीहरूको हातमा दिएको छु। तिनको देशमाथि अधिकार गर्न सुरु गर।’+ ३२ जब राजा सिहोन आफ्ना सबै मानिस लिएर हामीसँग युद्ध गर्न याहजमा आए,+ ३३ तब यहोवा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। हामीले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई परास्त गऱ्यौँ। ३४ त्यसबेला हामीले तिनका सबै सहर कब्जा गऱ्यौँ र नाश गऱ्यौँ। हामीले पुरुष, स्त्री र केटाकेटी सबैलाई माऱ्यौँ; एक जनालाई पनि बाँकी राखेनौँ।+ ३५ सहरहरू कब्जा गर्दा हामीले आफ्नो निम्ति त्यहाँका मालसामान र वस्तुभाउ मात्र लियौँ। ३६ अर्नोन बेँसीको किनारामा भएको अरोएर सहरदेखि+ (त्यस बेँसीमा भएको सहरसमेत) गिलादसम्म हामीले नजितेको कुनै सहर थिएन। यहोवा हाम्रा परमेश्वरले ती सबै सहर हाम्रो हातमा सुम्पिदिनुभएको थियो।+ ३७ तर तिमीहरू अम्मोनीहरूको इलाकातिर अर्थात् याब्बोक बेँसीको+ किनारा र पहाडी इलाकाका सहरहरूतिर गएनौ।+ अनि यहोवा हाम्रा परमेश्वरले नजानू भन्नुभएको अरू कुनै ठाउँमा पनि गएनौ।
३ “त्यसपछि हामी मोडियौँ र बासान मार्ग हुँदै गयौँ। अनि बासानका राजा ओग हामीसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ २ तब यहोवा परमेश्वरले मलाई भन्नुभयो: ‘तिनीसित नडराऊ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पिनेछु। तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्यौ, तिनलाई पनि त्यसै गर्नेछौ।’ ३ त्यसपछि यहोवा हाम्रा परमेश्वरले बासानका राजा ओग र तिनका सबै मानिसलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनका मानिसहरूलाई माऱ्यौँ, कसैलाई पनि बाँकी राखेनौँ। ४ हामीले तिनका सबै सहर कब्जा गऱ्यौँ। बासानका राजा ओगको अधिकारमा भएको अर्गोब इलाकाका ६० वटा सहर हामीले कब्जा गऱ्यौँ।+ हामीले कब्जा गर्न बाँकी सहर एउटै थिएन। ५ यी सबै सहरलाई मूलढोकाहरू र गजबारहरू भएको ठूलठूला पर्खालले घेरेको थियो। अनि यी सहरहरूनजिकै अरू थुप्रै साना सहर पनि थिए। ६ हामीले ती सबै नाश गऱ्यौँ।+ हामीले तिनीहरूलाई हेस्बोनका राजा सिहोनलाई गरेझैँ गऱ्यौँ। त्यहाँका सबै सहरलाई नाश गऱ्यौँ; पुरुष, स्त्री, केटाकेटी कसैलाई पनि बाँकी राखेनौँ।+ ७ तर हामीले वस्तुभाउ र मालसामानचाहिँ सबै लियौँ।
८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।) १० हामीले पठारमा* भएका सबै सहर, गिलादका सबै इलाका अनि सालेकाह र एद्रईसम्म+ फैलिएको बासानको सम्पूर्ण इलाका लियौँ। सालेकाह र एद्रई ओगको राज्य बासानका सहरहरू थिए। ११ रेफाई जातिमध्ये बासानका राजा ओग मात्र बाँकी थिए। तिनको अरथी* फलामले* बनेको थियो। त्यो अरथी अझ पनि इम्मोनीहरूको सहर राब्बाहमै छ। मानक नापअनुसार त्यस अरथीको लम्बाइ नौ हात* र चौडाइ चार हात थियो। १२ त्यतिबेला हामीले अर्नोन बेँसीनजिकै रहेको अरोएरको+ इलाकादेखि गिलादको आधाजति पहाडी इलाका कब्जा गऱ्यौँ अनि ती इलाकाका सहरहरू मैले रुबेन र गादको कुललाई दिएँ।+ १३ गिलादको बाँकी इलाका अनि राजा ओगले शासन गर्ने बासानको सम्पूर्ण इलाकाचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ।+ बासानमा पर्ने अर्गोबको पूरै इलाका रेफाईहरूको देश भनेर चिनिन्थ्यो।
१४ “मनस्सेका सन्तान याइरले+ अर्गोबका सबै इलाका लिए।+ त्यो इलाका गेसुरीहरू र माकाथीहरूको सिमानासम्म फैलिएको थियो।+ अनि तिनले बासानका ती गाउँहरूको नाम फेरेर आफ्नै नाममा हव्वोथ-याइर* राखे।+ आजसम्मै ती गाउँहरू यही नामले चिनिन्छन्। १५ मैले गिलादको इलाका माकिरलाई दिएँ।+ १६ मैले रुबेन र गादको कुललाई+ गिलाददेखि अर्नोन बेँसीको बीचसम्मको इलाका दिएँ र त्यहीँ सिमाना तोकिदिएँ। साथै अझै टाढा अम्मोनीहरूको सिमाना पर्ने याब्बोक बेँसीसम्मको इलाका पनि तिनीहरूलाई दिएँ। १७ अनि अराबाह, यर्दन नदी अनि त्यसको किनारा अर्थात् किन्नरेथदेखि अराबाह समुद्रसम्मको इलाका पनि मैले तिनीहरूलाई नै दिएँ। अराबाह समुद्रलाई खारा समुद्र* पनि भनिन्छ, जुन पूर्वतिर रहेको पिस्गाहको फेदमा पर्छ।+
१८ “अनि मैले तिनीहरूलाई यस्तो आज्ञा दिएँ: ‘यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ। तिमीहरूमध्ये बहादुर पुरुषहरूले आ-आफ्नो हातहतियार भिर अनि तिम्रा इस्राएली दाजुभाइको अघिअघि पारि जाओ।+ १९ तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ मात्र (मलाई थाह छ, तिमीहरूका वस्तुभाउ धेरै छन्) मैले दिएको इलाकामा बसून्। २० तर यहोवा परमेश्वरले तिमीहरूलाई जस्तै तिम्रा दाजुभाइलाई पनि विश्राम दिनुभएपछि अनि यहोवा तिमीहरूका परमेश्वरले यर्दनपारिको देश तिनीहरूको अधिकारमा दिनुभएपछि तिमीहरू आ-आफ्नो अधिकारमा पर्ने इलाकामा फर्कन सक्छौ र त्यहीँ बसोबास गर्न सक्छौ।’+
२१ “तब मैले यहोसुलाई यस्तो आज्ञा दिएँ:+ ‘यहोवा तिम्रा परमेश्वरले ती दुई राजालाई के गर्नुभयो, त्यो तिमी आफैले देख्यौ। अब तिमीहरू नदी पार गरेर जान लागेको ठाउँका सबै राज्यलाई पनि यहोवा परमेश्वरले त्यसै गर्नुहुनेछ।+ २२ तिनीहरूसित नडराऊ किनभने यहोवा तिम्रा परमेश्वरले तिम्रो तर्फबाट लड्नुहुनेछ।’+
२३ “त्यसबेला मैले यहोवा परमेश्वरलाई यसो भनेर बिन्ती गरेको थिएँ, २४ ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्तिशाली काम गर्ने ईश्वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+ २५ बिन्ती छ, मलाई यर्दनपारि भएको त्यो असल देश हेर्न दिनुहोस्। त्यो सुन्दर पहाडी इलाका अनि लेबनान मैले देख्न पाऊँ।’+ २६ तर तिमीहरूले गर्दा यहोवा परमेश्वर मसित अझै पनि रिसाइरहनुभएको थियो+ अनि उहाँले मेरो कुरा सुन्नुभएन। बरु यहोवाले मलाई भन्नुभयो, ‘बस्, भयो! मसित यस विषयमा फेरि कुरा नगर। २७ पिस्गाहको टुप्पोमा जाऊ+ अनि त्यो देश कस्तो रहेछ भनेर पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर आफ्नै आँखाले हेर। किनभने तिमी यर्दनपारि जानेछैनौ।+ २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्याउनेछन्+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्।’ २९ हामी बेथ-पोअरको अगाडि पर्ने बेँसीमा छँदा यी सबै घटना घटेका थिए।+
४ “अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेको नीतिनियम र विधिविधानमा ध्यान देओ र ती पालन गर। यसो गऱ्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूका पितापुर्खाका परमेश्वर यहोवाले दिनुहुने देशमा तिमीहरूले अधिकार गर्नेछौ। २ मैले तिमीहरूलाई दिएको आज्ञामा न केही थप्नू न त केही घटाउनू।+ तिमीहरूले यहोवा आफ्ना परमेश्वरका सबै आज्ञा पालन गर्नू।
३ “यहोवा परमेश्वरले पोअरको बाआल देवता पुज्नेहरूलाई के गर्नुभयो, तिमीहरू आफैले देख्यौ; तिमीहरूको समूहमा जो-जो पोअरको बाआल देवताको पछि लागे, ती सबैलाई यहोवा तिमीहरूका परमेश्वरले नाश गर्नुभयो।+ ४ तर तिमीहरूमध्ये ज-जसले आफ्ना परमेश्वर यहोवालाई त्यागेका छैनौ, तिमीहरू आजसम्मै जीवित छौ। ५ हेर, यहोवा मेरा परमेश्वरले भन्नुभएझैँ मैले तिमीहरूलाई नीतिनियम र विधिविधान सिकाएको छु;+ तिमीहरूले अधिकार गर्ने देशमा ती पालन गर्नू। ६ तिमीहरूले होसियार भई ती एकएक पालन गर्नू।+ त्यसो गऱ्यौ भने तिमीहरू बुद्धिमान्+ र समझदार+ कहलिनेछौ। ती नीतिनियमबारे सुन्ने अरू जातिहरूले पनि यसो भन्नेछन्, ‘यो महान् जाति साँच्चै बुद्धिमान् र समझदार छ।’+ ७ हाम्रो पुकारा सधैँ सुन्नुहुने यहोवा हाम्रा परमेश्वर हामीसित जति घनिष्ठ हुनुहुन्छ, अर्को कुनचाहिँ ठूलो जातिले त्यति घनिष्ठ ईश्वर पाएको छ र?+ ८ आज मैले तिमीहरूलाई दिन लागेको व्यवस्थाजस्तै असल नियम र विधिविधान पाउने अर्को कुन ठूलो जाति छ र?+
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+ १० तिमीहरू होरेबमा तिमीहरूका परमेश्वर यहोवासामु उभिएको दिन यहोवा परमेश्वरले मलाई यसो भन्नुभएको थियो, ‘मानिसहरूलाई मेरो नजिक भेला गर र म तिनीहरूलाई मेरो वचन सुनाउनेछु।+ तब तिनीहरूले जीवनभर मेरो डर मान्न सिक्नेछन्+ र यो कुरा तिनीहरूले आफ्ना सन्तानलाई पनि सिकाउनेछन्।’+
११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+ १२ यहोवा परमेश्वर आगोको बीचबाट तिमीहरूसँग बोल्न थाल्नुभयो।+ तिमीहरूले आवाज मात्र सुन्यौ,+ त्यहाँ कुनै आकृति देखेनौ।+ १३ त्यसपछि उहाँले तिमीहरूलाई आफ्नो करार+ अर्थात् दस आज्ञा*+ सुनाउनुभयो र तिमीहरूलाई ती पालन गर्ने आदेश दिनुभयो। पछि उहाँले ती आज्ञाहरू ढुङ्गाका दुई वटा पाटीमा लेख्नुभयो।+ १४ अनि तिमीहरूले अधिकार गर्ने देशमा पालन गर्नुपर्ने नीतिनियम र विधिविधान तिमीहरूलाई सिकाउन यहोवा परमेश्वरले मलाई त्यसबेला आज्ञा दिनुभयो।
१५ “यहोवा परमेश्वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+ १७ न पृथ्वीका कुनै पशुको न आकाशका कुनै चराचुरुङ्गीको+ १८ न जमिनमा घस्रने कुनै जन्तुको न पानीमा हुने कुनै माछाको।+ १९ अनि तिमीहरूले आकाशमा सूर्य, चन्द्र र ताराहरू देख्दा आकाशका सारा सेनादेखि* आकर्षित भएर तिनीहरूलाई नढोग्नू र नपुज्नू।+ यहोवा तिमीहरूका परमेश्वरले आकाशमुनि भएका सबै मानिसको निम्ति यी दिनुभएको हो। २० यहोवा परमेश्वरले तिमीहरूलाई मिश्रबाट, फलाम गाल्ने भट्टीजस्तो ठाउँबाट निकालेर ल्याउनुभयो र आफ्नो निज धन बनाउनुभयो।+ हो, अहिले तिमीहरू उहाँकै निज धन हौ।
२१ “तिमीहरूले गर्दा यहोवा परमेश्वर मसित रिसाउनुभयो।+ अनि म यर्दनपारि जान पाउँदिनँ अनि तिमीहरूका परमेश्वर यहोवाले तिमीहरूलाई दिन लाग्नुभएको त्यो असल देशमा म पस्न पाउँदिनँ भनेर उहाँले कसम खानुभयो।+ २२ अब यसै ठाउँमा मेरो मृत्यु हुनेछ; म यर्दनपारि जान पाउँदिनँ+ तर तिमीहरू भने यर्दनपारि जानेछौ र त्यो असल भूमि अधिकार गर्नेछौ। २३ तब तिमीहरू होसियार हुनू, यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएको करार नबिर्सनू+ र यहोवा तिमीहरूका परमेश्वरले निषेध गर्नुभएको कुनै कुराको मूर्ति नबनाउनू।+ २४ किनकि यहोवा तिमीहरूका परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+
२५ “तिमीहरूका छोराछोरी र नातिनातिना भएपछि अनि तिमीहरू त्यस देशमा बसेको धेरै समय बितिसकेपछि यदि तिमीहरू भ्रष्ट भयौ र तिमीहरूले मूर्तिहरू बनायौ+ अनि यहोवा तिमीहरूका परमेश्वरको नजरमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने+ २६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+ २७ यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+ २८ त्यहाँ तिमीहरूले मानिसको हातले बनाएका काठ र ढुङ्गाका देवताहरू पुज्नेछौ।+ ती देवताहरूले न देख्न सक्छन् न सुन्न सक्छन् न खान सक्छन् न त सुँघ्न नै सक्छन्।
२९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+ ३० पछि जब तिमीहरूमाथि ठूलो विपत्ति आइपर्नेछ र यी सबै कुरा भोग्नेछौ, तब तिमीहरू यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्कनेछौ र उहाँको कुरा सुन्नेछौ।+ ३१ यहोवा तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन, तिमीहरूको अस्तित्व मेटिन दिनुहुनेछैन अनि तिमीहरूका पितापुर्खासित जुन करार बाँध्नुभएको थियो, त्यसलाई बिर्सनुहुनेछैन।+
३२ “परमेश्वरले पृथ्वीमा मानिस बनाउनुभएको समयदेखि यता उहिले-उहिलेका दिनहरू सम्झ। पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म सोधिहेर। के यस्तो अचम्मलाग्दो कुरा पहिला कहिल्यै भएको थियो? के यस्तो घटना पहिला कहिल्यै सुनिएको थियो?+ ३३ दनदनी बलिरहेको आगोबाट परमेश्वरले बोल्नुभएको सुनेर पनि जीवित रहन सकेको तिमीहरूजस्तो जाति अरू कुन छ र?+ ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्नुभयो,+ आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो? ३५ यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो। ३६ तिमीहरूलाई सुधार्न उहाँले तिमीहरूसित स्वर्गबाट बोल्नुभयो। अनि पृथ्वीमा तिमीहरूले दनदनी बलिरहेको उहाँको आगो देख्यौ र त्यस आगोबाट उहाँको आवाज सुन्यौ।+
३७ “उहाँ तिमीहरूका पितापुर्खालाई धेरै माया गर्नुहुन्थ्यो र उहाँले तिनीहरूका सन्तानलाई रोज्नुभयो।+ त्यसैले उहाँले आफ्नै निगरानीमा महान् शक्ति चलाएर तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुभयो। ३८ तिमीहरूकै सामु उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र तिनीहरूको इलाका तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो, जुन तिमीहरूले अहिले पाएका छौ।+ ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्वर छैन।+ ४० आज मैले तिमीहरूलाई दिएका उहाँका नीतिनियम र आज्ञाहरू तिमीहरूले पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरू र तिमीहरूका सन्तानको भलो हुनेछ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”+
४१ त्यसबेला मोसाले यर्दनको पूर्वपट्टि तीन वटा सहर छुट्ट्याए।+ ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्तिको ज्यान गयो र त्यस व्यक्तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस् र त्यहीँ बसोस्।+ ४३ ती तीन सहर हुन्: रुबेनको कुलको लागि पठारमा* भएको निर्जनभूमिको बेजेर सहर,+ गादको कुलको लागि गिलादको रामोथ सहर+ र मनस्सेको कुलको लागि+ बासानको गोलान सहर।+
४४ मोसाले इस्राएलीहरूलाई दिएको व्यवस्था यही हो।+ ४५ मोसाले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि यी सम्झौटा, नीतिनियम र विधिविधान+ ४६ यर्दनको इलाकामा अर्थात् बेथ-पोअरको पारिपट्टिको बेँसीमा,+ एमोरीहरूका राजा सिहोनको देशमा दिएका थिए। मिश्रबाट निस्केर आएपछि मोसा र इस्राएलीहरूले हेस्बोनमा+ बसिरहेका सिहोनलाई हराएका थिए।+ ४७ इस्राएलीहरूले तिनको देश र बासानका राजा ओगको देश अधिकार गरे।+ यी दुई एमोरी राजाले शासन गर्ने इलाका यर्दनको पूर्वपट्टि पर्थ्यो। ४८ तिनीहरूको इलाका अर्नोन बेँसीको* किनारामा भएको अरोएरदेखि+ सिओन अर्थात् हर्मोन डाँडासम्म+ ४९ अनि यर्दनको पूर्वतिर पर्ने अराबाहको पूरै इलाकादेखि पिस्गाहको फेदमा पर्ने अराबाह समुद्रसम्म* फैलिएको थियो।+
५ अनि मोसाले सबै इस्राएलीलाई बोलाएर यसो भने: “हे इस्राएली हो, मैले आज तिमीहरूलाई बताउन लागेको नीतिनियम र विधिविधान सुन। ती नीतिनियम र विधिविधानबारे सिक र ती होसियार भई पालन गर। २ यहोवा हाम्रा परमेश्वरले हामीसित होरेबमा एउटा करार गर्नुभएको थियो।+ ३ यहोवा परमेश्वरले त्यो करार हाम्रा पुर्खासित होइन तर हामीसित, हो अहिले यहाँ जीवित रहेका हामी सबैसित गर्नुभएको थियो। ४ यहोवा परमेश्वरले त्यस डाँडामा आगोको बीचबाट तिमीहरूसित आमनेसामने कुरा गर्नुभएको थियो।+ ५ त्यसबेला म तिमीहरूलाई यहोवा परमेश्वरको सन्देश सुनाउन यहोवा परमेश्वर र तिमीहरूको बीचमा उभिएको थिएँ+ किनभने तिमीहरू डाँडामा आगो बलेको देखेर डराएका थियौ र त्यहाँ उक्लेका थिएनौ।+ तब उहाँले यसो भन्नुभयो:
६ “‘तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्वर हुँ।+ ७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्नू।+
८ “‘तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू;+ माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू। ९ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।+ १० तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम* देखाउनेछु।
११ “‘तिमीहरूले यहोवा आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्वरले सजाय नदिई छोड्नुहुन्न।+
१२ “‘यहोवा परमेश्वरले भन्नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ १३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १४ तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्।+ १५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्रामदिन मान्ने आज्ञा दिनुभयो।
१६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+
१७ “‘तिमीहरूले हत्या नगर्नू।+
१८ “‘तिमीहरूले व्यभिचार* नगर्नू।+
१९ “‘तिमीहरूले चोरी नगर्नू।+
२० “‘तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+
२१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+
२२ “तिमीहरूको पूरै समुदायसित डाँडामा आगोबाट बोल्नुहुँदा यहोवा परमेश्वरले यी आज्ञाहरू* दिनुभएको थियो। त्यसबेला त्यस ठाउँलाई बाक्लो बादलले ढाकेको थियो अनि त्यहाँ घोर अन्धकार छाएको थियो+ र उहाँले तिमीहरू सबैसित ठूलो स्वरमा कुरा गर्नुभएको थियो। उहाँले यी आज्ञाहरूमा अरू केही थप्नुभएन। अनि उहाँले यी आज्ञाहरू ढुङ्गाका दुई वटा पाटीमा लेख्नुभयो र मलाई दिनुभयो।+
२३ “डाँडामा आगो बलिरहेको थियो।+ अनि घोर अन्धकारबाट तिमीहरूले परमेश्वरको स्वर सुन्नेबित्तिकै तिमीहरूका कुलहरूका अगुवाहरू र नाइकेहरू मकहाँ आए। २४ त्यसपछि तिमीहरूले भन्यौ, ‘यहोवा हाम्रा परमेश्वरले हामीलाई आफ्नो महानता र महिमा देखाउनुभएको छ अनि हामीले आगोको बीचबाट उहाँको स्वर सुन्यौँ।+ आज हामीले थाह पायौँ, परमेश्वर मानिसहरूसित बोल्नुहुन्छ र उहाँको स्वर सुने पनि मानिसहरू जीवित रहन सक्छन्।+ २५ तर यस भयानक आगोले हामीलाई भस्म गर्न सक्छ; हामी मर्न चाहँदैनौँ। यदि हामीले यहोवा परमेश्वरको स्वर सुनिरह्यौँ भने त हामी पक्कै मर्नेछौँ। २६ यसरी जीवित परमेश्वरले आगोको बीचबाट बोलेको सुनेर पनि जीवित रहने हामीजस्तो मानिस अरू को होला र? २७ अब यहोवा हाम्रा परमेश्वर के-के भन्नुहुन्छ, त्यो सुन्न तपाईँ नै उहाँको नजिक जानुहोस्। अनि यहोवा हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्नेछौँ र त्यसैअनुसार गर्नेछौँ।’+
२८ “यहोवा परमेश्वरले तिमीहरूले भनेका सबै कुरा सुन्नुभयो। त्यसैले यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘यी मानिसहरूले तिमीलाई भनेका कुरा मैले सुनेँ। तिनीहरूको कुरा ठीक हो।+ २९ यदि तिनीहरूले मनैदेखि मेरो डर मानिरहे+ र मेरा सबै आज्ञा पालन गरिरहे भने+ तिनीहरूको अनि तिनीहरूका सन्तानको सधैँ भलो हुनेछ।+ ३० जाऊ, तिनीहरूलाई “आ-आफ्नो पालमा फर्क” भन। ३१ तर तिमीचाहिँ मेरो नजिकै बस। म तिमीलाई मेरा सबै आज्ञा, नीतिनियम र विधिविधान बताउनेछु। त्यसपछि गएर तिमीले ती सबै कुरा इस्राएलीहरूलाई सिकाउनू। अनि मैले तिनीहरूको अधिकारमा दिन लागेको देशमा तिनीहरूले ती पालन गरून्।’ ३२ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जे-जे आज्ञा दिनुभएको छ, ती तिमीहरूले होसियारीसाथ पालन गर्नू।+ तिमीहरू त्यसबाट दायाँबायाँ नलाग्नू;+ ३३ यहोवा परमेश्वरले देखाउनुभएको बाटोमा मात्र हिँड्नू।+ यसो गऱ्यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ र त्यहाँ तिमीहरूको फलिफाप हुनेछ।+
६ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू। २ त्यसो गऱ्यौ भने तिमीहरूले अनि तिमीहरूका छोरानातिले जीवनभर यहोवा तिमीहरूका परमेश्वरको भय मान्न सक्नेछौ अनि मैले तिमीहरूलाई आज्ञा गरेका उहाँका सबै नियम तथा आज्ञा पालन गर्न सक्नेछौ।+ अनि तिमीहरू सबै दीर्घायु हुनेछौ।+ ३ हे इस्राएली हो, यी सबै कुरा ध्यान दिएर सुन र होसियार भई पालन गर। त्यसो गऱ्यौ भने यहोवा तिमीहरूका पितापुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने त्यस देशमा तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सङ्ख्यामा पनि बढ्दै जानेछौ।
४ “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।+ ५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+ ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+ ८ यी आज्ञाहरूलाई सम्झिरहन तिमीहरूले त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ ९ यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरका मूलढोकाहरूमा लेख्नू।
१० “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११ तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्नै परेन; तिमीहरूले अङ्गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १२ तब होसियार रहनू! तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा परमेश्वरलाई नबिर्सनू।+ १३ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+ १४ तिमीहरू अरू देवीदेवताको पछि नलाग्नू, वरपरका मानिसहरूको कुनै पनि देवीदेवताको पछि नलाग्नू।+ १५ किनभने तिमीहरूमाझ हुनुहुने तिमीहरूका परमेश्वर यहोवा उहाँबाहेक अरू कसैको भक्ति गरिएको सहनुहुन्न।+ तिमीहरू अरू देवीदेवताको पछि लाग्यौ भने यहोवाको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले तिमीहरूलाई यस धर्तीबाट मेटाइदिनुहुनेछ।+
१६ “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+ १७ यहोवा तिमीहरूका परमेश्वरले दिनुभएका आज्ञा, सम्झौटा र नीतिनियम तिमीहरूले होसियार भई पालन गर्नू। १८ तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे सही र असल छ, त्यही मात्र गर्नू। त्यसो गऱ्यौ भने तिमीहरूको फलिफाप हुनेछ र यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको असल देशमा तिमीहरू पस्न पाउनेछौ र त्यसलाई अधिकार गर्नेछौ।+ १९ यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुलाई आफ्नो सामनेबाट धपाउनेछौ।+
२० “भविष्यमा तिमीहरूका छोराहरूले, ‘यहोवा हाम्रा परमेश्वरले यी सम्झौटा, नीतिनियम र विधिविधान किन दिनुभयो’ भनेर सोधे भने २१ तिमीहरूले यसो भन्नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो। २२ यहोवा परमेश्वरले मिश्रमा ठूलठूला चिन्ह र चमत्कार गर्नुभयो,+ जसले गर्दा मिश्र, फारो र तिनको पूरै घराना नाश भए। ती सबै हामीले आफ्नै आँखाले देख्यौँ।+ २३ त्यसपछि उहाँले हामीलाई त्यहाँबाट छुटाउनुभयो र हाम्रा पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको यस देशमा ल्याउनुभयो।+ २४ त्यसपछि यहोवा परमेश्वरले हामीलाई यी सबै नीतिनियम पालन गर्न र यहोवा हाम्रा परमेश्वरको डर मान्न आदेश दिनुभयो। हाम्रो सधैँ भलो होस्+ र हामी जीवित रहन सकौँ+ भनेर उहाँले त्यसो गर्नुभयो अनि हेर! अहिले त्यस्तै भइरहेको छ। २५ उहाँले भन्नुभएझैँ हामीले यी सबै कुरा होसियार भई पालन गऱ्यौँ भने र यहोवा हाम्रा परमेश्वरप्रति* आज्ञाकारी भयौँ भने हामी उहाँको नजरमा धर्मी* ठहरिनेछौँ।’+
७ “जब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्ख्यामा तिमीहरूभन्दा धेरै छन् र शक्तिशाली पनि छन्।+ २ तैपनि यहोवा परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ र तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ तिमीहरूले तिनीहरूको नामोनिसान मेटिदिनू।+ तिनीहरूसित कुनै करार नबाँध्नू र तिनीहरूलाई फिटिक्कै दयामाया नदेखाउनू।+ ३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन् र उनीहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजानेछन्।+ त्यसपछि यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+
५ “बरु तिमीहरूले यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका पवित्र थामहरू* काटेर ढालिदिनू+ र तिनीहरूका पवित्र खामाहरू* टुक्राटुक्रा पारिदिनू।+ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ ६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+
७ “तिमीहरू अरू जातिको तुलनामा धेरै भएकोले यहोवा परमेश्वरले तिमीहरूलाई माया गर्नुभएको र तिमीहरूलाई छान्नुभएको होइन।+ किनभने त्यसबेला त तिमीहरू अरू जातिभन्दा एकदमै थोरै थियौ।+ ८ यहोवा परमेश्वरले आफ्नो शक्तिशाली हात प्रयोग गरेर तिमीहरूलाई दासत्वको घर—मिश्रबाट र फारोको हातबाट छुटाउनुभयो।+ किनकि यहोवा परमेश्वर तिमीहरूलाई माया गर्नुहुन्छ र तिमीहरूका पुर्खाहरूसँग खाएको शपथ उहाँले पूरा गर्नुभएको छ।+ ९ तिमीहरूलाई थाहै छ, यहोवा तिमीहरूका परमेश्वर नै साँचो र विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। उहाँलाई माया गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूसित बाँधेको करार उहाँ हजारौँ-हजार पुस्तासम्म पूरा गर्नुहुन्छ र तिनीहरूलाई अटल प्रेम देखाइरहनुहुन्छ।+ १० तर जसले उहाँलाई घृणा गर्छ, उहाँले तिनीहरूसित बदला लिनुहुनेछ र तिनीहरूलाई नाश गर्नुहुनेछ।+ उहाँलाई घृणा गर्नेहरूसित बदला लिन उहाँले कहिल्यै ढिला गर्नुहुनेछैन। ११ त्यसैले आज मैले तिमीहरूलाई जुन आज्ञा, नीतिनियम र विधिविधान दिएको छु, ती सबै होसियार भई पालन गर।
१२ “तिमीहरूले ती विधिविधानमा ध्यान दिइरह्यौ र ती पालन गरिरह्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खासित कसम खानुभएझैँ आफ्नो करार पूरा गर्नुहुनेछ र तिमीहरूलाई अटल प्रेम देखाइरहनुहुनेछ। १३ उहाँले तिमीहरूलाई माया गर्नुहुनेछ, आशिष् दिनुहुनेछ र तिमीहरूको वृद्धि गराउनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर परमेश्वरले कसम खानुभएको देशमा तिमीहरूका थुप्रै सन्तान हुनेछन्,+ त्यहाँको जमिनले प्रशस्त उब्जनी दिनेछ, तिमीहरूसँग प्रशस्त अन्नपात हुनेछ, नयाँ मद्यको छेलोखेलो हुनेछ, तेलको कहिल्यै अभाव हुनेछैन,+ तिमीहरूसँग बथानका बथान भेडाबाख्रा र वस्तुभाउ हुनेछन्।+ १४ सारा मानिसमध्ये तिमीहरूले धेरै आशिष् पाउनेछौ।+ तिमीहरूका कुनै पनि पुरुष वा स्त्री निस्सन्तान हुनुपर्नेछैन, तिमीहरूको कुनै पनि पशु थारो हुनेछैन।+ १५ यहोवा परमेश्वरले तिमीहरूका सबै रोगबिमार हटाइदिनुहुनेछ। मिश्रमा तिमीहरूले देखेका कुनै पनि भयानक रोग तिमीहरूलाई लाग्नेछैन।+ बरु तिमीहरूलाई घृणा गर्नेहरूलाई उहाँले ती रोगबिमारले सताउनुहुनेछ। १६ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हातमा सुम्पिदिनुभएका सबै जातिलाई तिमीहरूले नाश गर्नू;+ तिनीहरूलाई रतीभर दया नदेखाउनू।+ तिमीहरूले तिनीहरूका देवीदेवतालाई नपुज्नू+ किनभने त्यो तिमीहरूको लागि पासो हुन सक्छ।+
१७ “तिमीहरूले मनमनै यसो भनौला, ‘यी जातिहरू त हामीभन्दा धेरै छन्। हामी यिनीहरूलाई कहाँ धपाउन सक्छौँ र?’+ १८ तर तिमीहरू तिनीहरूसित पटक्कै नडराओ।+ यहोवा तिमीहरूका परमेश्वरले फारोलाई र मिश्रलाई के गर्नुभयो, त्यो सम्झ।+ १९ यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूमाथि ल्याउनुभएका ठूलठूला विपत्ति* तिमीहरूले आफ्नै आँखाले देख्यौ।+ तिमीहरूले विभिन्न चिन्ह र चमत्कारहरू पनि देख्यौ। अनि यहोवा तिमीहरूका परमेश्वरले आफ्नो पराक्रमी र शक्तिशाली हात प्रयोग गरेर तिमीहरूलाई मिश्रबाट छुटाउनुभयो।+ अहिले तिमीहरू जुन जातिहरूसित डराउँछौ, उहाँले तिनीहरूको हालत पनि ती मिश्रीहरूको जस्तै बनाइदिनुहुनेछ।+ २० तिनीहरूमध्ये जो-जो बाँकी रहन्छन् अनि जो-जो लुकेर बस्छन्, तिमीहरूले तिनीहरूको विनाश नगरेसम्म यहोवा परमेश्वरले तिनीहरूलाई हतोत्साहित तुल्याइदिनुहुनेछ।*+ २१ तिनीहरूसित नडराओ किनभने यहोवा तिमीहरूका परमेश्वर, जो महान् र भययोग्य हुनुहुन्छ,+ उहाँ तिमीहरूका साथमा हुनुहुन्छ।+
२२ “यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट अलिअलि गरेर धपाउनुहुनेछ।+ तिमीहरूले तिनीहरू सबैलाई एकैचोटि नाश गर्न पाउनेछैनौ नत्र त जङ्गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ। २३ यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। तिनीहरूको नामोनिसान नमेटिएसम्म तिमीहरूले तिनीहरूलाई हराउनेछौ।+ २४ उहाँले तिनीहरूका राजालाई तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ+ र तिमीहरूले यस धर्तीबाट तिनीहरूको नाम मेटिदिनेछौ।+ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन;+ तिमीहरूले तिनीहरू सबैलाई नाश गर्नेछौ।+ २५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+ २६ तिमीहरूले आफ्नो घरमा कुनै पनि घृणित कुरा नल्याउनू। यदि ल्यायौ भने तिमीहरू पनि नाश गर्नुपर्ने घृणित कुराहरूसरह विनाशको निम्ति छुट्ट्याइनेछौ। तिमीहरूले त्यस्ता कुराहरूलाई तिरस्कार गर्नू र तुच्छ ठान्नू किनभने ती विनाशको लागि छुट्ट्याइएका हुन्।
८ “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा होसियारीसाथ पालन गर। यसो गऱ्यौ भने तिमीहरू जीवितै रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देश तिमीहरूले अधिकार गर्नेछौ।+ २ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई ४० वर्षसम्म निर्जनभूमिको लामो बाटो हिँड्न लगाउनुभएको कुरा कहिल्यै नबिर्स।+ तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको हृदयमा के छ भनेर बुझ्न+ अनि तिमीहरूले उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ भनेर जाँच्न उहाँले त्यसो गर्नुभएको हो।+ ३ उहाँले तिमीहरूलाई नम्र बनाउनुभयो र तिमीहरूलाई भोकै हुन दिनुभयो+ अनि पछि मन्न* खुवाउनुभयो;+ त्यो मन्न, जसबारे तिमीहरूलाई र तिमीहरूका पितापुर्खालाई पनि थाह थिएन। मानिस रोटीको भरमा मात्र होइन तर यहोवा परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्छ भनेर देखाउन नै उहाँले यसो गर्नुभएको थियो।+ ४ ती ४० वर्षसम्म तिमीहरू कसैको लुगा फाटेन अनि कसैको खुट्टा सुन्निएन।+ ५ तिमीहरूलाई राम्ररी थाह छ, बुबाले आफ्नो छोरालाई सुधारेझैँ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सुधार्नुभयो।+
६ “त्यसैले आफ्ना परमेश्वर यहोवाको मार्गमा हिँडेर अनि उहाँको डर मानेर तिमीहरूले उहाँको आज्ञा पालन गर। ७ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+ ९ तिमीहरूलाई त्यहाँ खानेकुराको कमी हुनेछैन र केही कुराको अभाव हुनेछैन। त्यहाँका ढुङ्गाहरूमा तिमीहरूले फलाम भेट्टाउनेछौ र पहाडहरूबाट तामा निकाल्नेछौ।
१० “जब त्यहाँ तिमीहरू खाएर सन्तुष्ट हुनेछौ, तब तिमीहरूले त्यो असल देश दिनुहुने यहोवा आफ्ना परमेश्वरको प्रशंसा गर्न नभुल्नू।+ ११ तिमीहरू होसियार रहो, मैले आज तिमीहरूलाई दिएका आज्ञा, विधिविधान अनि नियमहरू तोडेर यहोवा परमेश्वरलाई कहिल्यै नभुल्नू। १२ जब तिमीहरू खाएर सन्तुष्ट हुनेछौ अनि राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ,+ १३ तिमीहरूका भेडाबाख्रा र गाईवस्तु धेरै हुनेछन्, सुनचाँदी प्रशस्तै हुनेछन् अनि सबै थोक छेलोखेलो हुनेछ, १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+ १५ उहाँले तिमीहरूलाई विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै ल्याउनुभयो, जहाँ विषालु सर्प र बिच्छीहरू थिए अनि पानी नभएर जमिन सुक्खा थियो।+ त्यहाँ उहाँले चट्टानबाट पानी निकाल्नुभयो।+ १६ अनि तिमीहरूलाई मन्न खुवाउनुभयो,+ जसबारे तिमीहरूका पितापुर्खालाई थाहै थिएन। तिमीहरूको परीक्षा गर्न र तिमीहरूलाई नम्र बनाउन उहाँले यसो गर्नुभएको थियो,+ जसले गर्दा पछि तिमीहरूकै भलो हुने थियो।+ १७ तिमीहरू मनमनै यस्तो सोचौला, ‘मेरो आफ्नै पौरखले, मेरो आफ्नै हातको शक्तिले आज यत्रो धनसम्पत्ति कमाएँ।’+ १८ तर नबिर्स, तिमीहरूलाई धनसम्पत्ति कमाउन सक्ने शक्ति दिनुहुने यहोवा तिमीहरूका परमेश्वर नै हुनुहुन्छ।+ उहाँले तिमीहरूका पितापुर्खासित कसम खाएर गरेको करार पूरा गर्न यसो गर्नुभएको हो र यो कुरा आज तिमीहरू आफैले देखेका छौ।+
१९ “यदि तिमीहरूले यहोवा आफ्ना परमेश्वरलाई बिर्स्यौ, अरू देवताको पछि लाग्यौ, उनीहरूलाई पुज्यौ र उनीहरूलाई ढोग्यौ भने आज म तिमीहरूलाई चेतावनी दिन्छु, तिमीहरू निश्चय नाश हुनेछौ।+ २० तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको कुरा सुनेनौ भने जसरी यहोवाले तिमीहरूकै सामने अरू जातिहरूलाई नाश गर्दै हुनुहुन्छ, त्यसरी नै तिमीहरूलाई पनि नाश गर्नुहुनेछ।+
९ “हे इस्राएली हो, सुन! आज तिमीहरू यर्दनपारि जाँदै छौ+ र त्यहाँ गएर तिमीहरूले आफूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई धपाउनेछौ।+ त्यहाँ ठूलठूला सहरहरू छन् अनि आकाशै छुने पर्खालले ती घेरिएका छन्।+ २ त्यहाँका मानिसहरू बलिया र अग्ला छन्। तिनीहरू अनाकीहरू हुन्।+ तिनीहरूबारे यसो भनेको तिमीहरूले सुनेकै छौ, ‘अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ र?’ ३ त्यसैले आज यो कुरा जानिराख, तिमीहरू यर्दनपारि जाँदा यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ।+ उहाँ भस्म गर्ने आगो हुनुहुन्छ+ अनि उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिमीहरूकै आँखाअगाडि तिनीहरूलाई हराउनुहुनेछ। यहोवा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई त्यहाँबाट तुरुन्तै खेद्नेछौ र नाश गर्नेछौ।+
४ “यहोवा परमेश्वरले तिनीहरूलाई धपाउनुभएपछि तिमीहरूले मनमनै यस्तो नसोच्नू, ‘हामी धर्मी भएकोले नै यहोवा परमेश्वरले हामीलाई यो देश अधिकार गर्न दिनुभएको हो।’+ वास्तवमा ती जातिहरू अति नै दुष्ट भएकोले यहोवा परमेश्वरले तिनीहरूलाई त्यहाँबाट धपाउन लाग्नुभएको हो।+ ५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो। ६ यो कुरा राम्ररी बुझ, तिमीहरू धर्मी भएकोले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो असल देश अधिकार गर्न दिन लाग्नुभएको होइन। तिमीहरू त अटेरी मानिस हौ।+
७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।+ ८ होरेब डाँडामा पनि तिमीहरूले यहोवा परमेश्वरलाई रिस उठाएका थियौ। त्यसबेला यहोवा परमेश्वर तिमीहरूसित यत्ति रिसाउनुभएको थियो कि उहाँले तिमीहरूलाई नाश गर्नै लाग्नुभएको थियो।+ ९ म ढुङ्गाका पाटीहरू अर्थात् यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ। १० त्यसपछि यहोवा परमेश्वरले ढुङ्गाका दुई वटा पाटी मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला पहाडमा आगोको बीचबाट उहाँले जुन आज्ञाहरू दिनुभएको थियो, ती आज्ञाहरू यहोवा परमेश्वरले आफ्नै हातले* ढुङ्गाका ती पाटीहरूमा लेखिदिनुभएको थियो।+ ११ यहोवा परमेश्वरले ४० दिन र ४० रात बितिसकेपछि मलाई ढुङ्गाका दुई वटा पाटी अर्थात् करारका पाटीहरू दिनुभयो। १२ अनि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘उठ! तुरुन्तै तल जाऊ किनभने तिमीले मिश्रबाट ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्।+ यति छिट्टै तिनीहरू मैले हिँड्नू भनेको बाटोबाट तर्किसकेका छन्। तिनीहरूले आफ्नो निम्ति धातुको मूर्ति बनाएका छन्।’+ १३ अनि यहोवा परमेश्वरले मलाई अझै यसो भन्नुभयो, ‘हेर, मैले तिनीहरूलाई राम्ररी चिनिसकेँ। तिनीहरू साँच्चै अटेरी छन्।+ १४ अब मलाई नरोक। म तिनीहरूलाई नाश गर्नेछु अनि यस पृथ्वीबाट तिनीहरूको नाम मेटाइदिनेछु। तिमीबाट नै तिनीहरूभन्दा शक्तिशाली र सङ्ख्यामा पनि धेरै भएको एउटा राष्ट्र बनाउनेछु।’+
१५ “डाँडामा आगो बली नै रहेको बेला म डाँडाबाट तल ओर्लिएँ।+ मेरो हातमा करारका दुई वटा पाटी थिए।+ १६ तल ओर्लेर हेर्दा त तिमीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाएका रहेछौ! तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरविरुद्ध पाप गरिसकेका थियौ। यहोवा परमेश्वरले हिँड्नू भनेको बाटोबाट तिमीहरू कत्ति छिटो तर्कियौ!+ १७ त्यो देखेर मैले तिमीहरूकै आँखाअगाडि ढुङ्गाका ती पाटीहरू भुईँमा बजारेँ र त्यसलाई टुक्राटुक्रा पारिदिएँ।+ १८ त्यसपछि म पहिलाजस्तै यहोवा परमेश्वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ। त्यतिन्जेल मैले न केही खाएँ न त केही पिएँ।+ तिमीहरूले यहोवा परमेश्वरको नजरमा दुष्ट काम गरेर पाप गरेकोले र उहाँलाई क्रोधित तुल्याएकोले मैले त्यसो गर्नुपरेको हो। १९ यहोवा परमेश्वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो।+
२० “यहोवा परमेश्वर हारुनसित यत्ति रिसाउनुभएको थियो कि उहाँले तिनलाई पनि नाश गर्नै लाग्नुभएको थियो।+ तर मैले तिनको लागि पनि उत्कट बिन्ती चढाएँ। २१ त्यसपछि मैले तिमीहरूले बनाएको त्यो घिनलाग्दो थोक, त्यस बाछोलाई+ आगोमा जलाइदिएँ, त्यसलाई धुलोपिठो पारिदिएँ अनि डाँडाबाट बगिरहेको खोलामा लगेर फ्याकिदिएँ।+
२२ “तिमीहरूले तबेरह,+ मास्साह+ अनि किब्रोथ-हत्तावाहमा+ पनि यहोवा परमेश्वरलाई रिस उठाएका थियौ। २३ अनि यहोवा परमेश्वरले तिमीहरूलाई कादेस-बर्नेबाट+ ‘जाओ! त्यस देशमाथि अधिकार गर, जुन म तिमीहरूलाई अवश्य दिनेछु’ भनेर पठाउनुहुँदा पनि तिमीहरूले उहाँको विद्रोह गरेका थियौ।+ हो, तिमीहरूले आफ्ना परमेश्वर यहोवामा विश्वास देखाएनौ+ र उहाँको आज्ञा मानेनौ। २४ मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।
२५ “त्यसैले म यहोवा परमेश्वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ।+ किनभने यहोवा परमेश्वरले तिमीहरूलाई नाश गर्छु भन्नुभएको थियो। २६ मैले यहोवालाई यसो भनेर उत्कट बिन्ती चढाएँ, ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँका यी मानिसहरूलाई नाश नगर्नुहोस्। यिनीहरू त तपाईँका विशेष सम्पत्ति हुन्,+ जसलाई तपाईँले ठूलठूला कार्यहरू गरेर छुटकारा दिनुभयो अनि आफ्नो पराक्रमी हात प्रयोग गरेर मिश्रबाट छुटाएर ल्याउनुभयो।+ २७ आफ्ना सेवक अब्राहाम, इसहाक र याकुबलाई सम्झनुहोस्।+ यी मानिसहरूको अटेरीपन, दुष्टता र पापलाई ध्यान नदिनुहोस्।+ २८ नत्र त तपाईँले हामीलाई जुन देशबाट निकालेर ल्याउनुभयो, त्यहाँका मानिसहरूले यसो भन्नेछन्: “यहोवाले ती मानिसहरूलाई जुन देश दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। उहाँले तिनीहरूलाई घृणा गर्नुहुँदो रहेछ। त्यसैले उहाँले तिनीहरूलाई मार्न निर्जनभूमिमा ल्याउनुभयो।”+ २९ यी त तपाईँकै मानिसहरू हुन्, तपाईँको विशेष सम्पत्ति,+ जसलाई तपाईँले आफ्नो महान् शक्तिले र पराक्रमी हातले छुटाएर ल्याउनुभयो।’+
१० “त्यसबेला यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘पहिलाको जस्तै ढुङ्गाका दुई वटा पाटी बनाऊ+ अनि माथि डाँडामा मकहाँ आऊ। काठको एउटा सन्दुक* पनि बनाऊ। २ तिमीले फुटाएका ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु। अनि तिमीले त्यसलाई काठको सन्दुकमा राख्नू।’ ३ त्यसपछि मैले बबुल काठको एउटा सन्दुक बनाएँ र पहिलाको जस्तै ढुङ्गाका दुई वटा पाटी पनि बनाएँ र ती पाटीहरू लिएर डाँडामा उक्लेँ।+ ४ त्यसपछि यहोवा परमेश्वरले पहिला लेखेकै दस आज्ञा*+ ती पाटीहरूमा लेखिदिनुभयो+ र ती पाटीहरू मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला+ डाँडामा आगोको बीचबाट तिमीहरूसित कुरा गर्दा यहोवाले ती आज्ञाहरू दिनुभएको थियो।+ ५ त्यसपछि म डाँडाबाट तल ओर्लेँ+ र यहोवा परमेश्वरको आज्ञाबमोजिम नै ती पाटीहरूलाई मैले पहिला बनाइराखेको सन्दुकमा राखेँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छन्।
६ “त्यसपछि इस्राएलीहरू बेरोथ बेने-याकानबाट मोसेराहतिर लागे। त्यहाँ हारुनको मृत्यु भयो र तिनलाई त्यहीँ गाडियो।+ त्यसपछि तिनका छोरा एलियाजारले तिनको सट्टा पुजारीको रूपमा सेवा गर्न थाले।+ ७ अनि तिनीहरू त्यहाँबाट गुदगोदाहतिर लागे र गुदगोदाहबाट खोलानाला भएको ठाउँ योत्बाथाहतिर गए।+
८ “त्यतिखेर यहोवा परमेश्वरले लेविको कुललाई अलग्गै छुट्ट्याउनुभयो।+ अनि तिनीहरूलाई यहोवाको करारको सन्दुक बोक्ने,+ यहोवासामु उभिएर उहाँको सेवा गर्ने र मानिसहरूलाई उहाँको नाममा आशिष् दिने जिम्मा दिनुभयो।+ तिनीहरूले आजसम्म यही काम गरिरहेका छन्। ९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ यहोवा परमेश्वर नै तिनीहरूको अंश हुनुहुन्छ।+ १० म पहिलेझैँ फेरि एक पटक डाँडामा उक्लेँ अनि ४० दिन र ४० रातसम्म त्यहीँ बसेँ।+ त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो+ र यहोवाले तिमीहरूलाई नाश नगर्ने निर्णय गर्नुभयो। ११ त्यसपछि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘अब तिमी मानिसहरूकहाँ जाऊ र यात्राको तयारी गर। मैले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देशमाथि तिनीहरूले अधिकार गरून्।’+
१२ “हे इस्राएली हो! यहोवा परमेश्वरले तिमीहरूबाट के माग गर्नुभएको छ?+ यति मात्र होइन र: यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्नू,+ उहाँलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले र सारा ज्यानले यहोवा तिमीहरूका परमेश्वरको सेवा गर्नू+ १३ र मैले आज तिमीहरूलाई दिएका यहोवाका आज्ञाहरू र नियमहरू पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरूकै भलाइ हुनेछ।+ १४ हेर, यहोवा तिमीहरूका परमेश्वर सारा आकाश र त्यसमा भएका सबै थोकका मालिक हुनुहुन्छ, सारा पृथ्वी र त्यसमा भएका सबै थोक उहाँकै हुन्।+ १५ तर यहोवा परमेश्वर तिमीहरूका पितापुर्खाको मात्र नजिक आउनुभयो र तिनीहरूप्रति मात्र आफ्नो प्रेम प्रकट गर्नुभयो। अनि उहाँले सारा जातिबाट तिनीहरूका सन्तान, हो तिमीहरूलाई छान्नुभयो+ र आज तिमीहरू उहाँका मानिसहरू हुन सकेका छौ। १६ अब तिमीहरू आफ्नो हृदय शुद्ध पार*+ र अटेरी हुन छोड।+ १७ यहोवा तिमीहरूका परमेश्वर सबै ईश्वरका पनि ईश्वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्न+ र कसैबाट घुस लिनुहुन्न। १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ। १९ तिमीहरूले पनि विदेशीहरूलाई माया गर्नू किनभने मिश्रमा तिमीहरू पनि विदेशी थियौ।+
२० “तिमीहरूले यहोवा आफ्ना परमेश्वरको डर मान्नू, उहाँकै सेवा गर्नू,+ उहाँसँगै नजिक भइरहनू र उहाँकै नाममा कसम खानू। २१ तिमीहरूले उहाँको मात्र प्रशंसा गर्नू।+ उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका लागि कत्ति ठूला र आश्चर्यलाग्दा कामहरू गर्नुभयो, त्यो तिमीहरू आफैले देख्यौ।+ २२ तिमीहरूका पुर्खाहरू मिश्रमा जाँदा ७० जना मात्र थिए।+ तर अहिले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराजत्तिकै असङ्ख्य बनाउनुभएको छ।+
११ “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू+ अनि सधैँ उहाँका नीतिनियम, विधिविधान र आज्ञाहरू पालन गर्नू। यसो गर्नु तिमीहरूको कर्तव्य हो। २ तिमीहरूलाई राम्ररी थाह छ, आज म यो कुरा तिमीहरूका छोराछोरीलाई होइन तर तिमीहरूलाई भन्दै छु। किनभने तिमीहरूका छोराछोरीलाई यहोवा परमेश्वरले दिनुभएको अनुशासनबारे थाह छैन, तिनीहरूले त्यो देखेका छैनन्।+ परमेश्वरका महान् कामहरू,+ उहाँले आफ्नो शक्तिशाली अनि पराक्रमी हातले+ गर्नुभएका कामहरू पनि तिनीहरूले देखेका छैनन्। ३ मिश्रको फारो र तिनको सारा देशभरि उहाँले के-कस्ता चिन्हहरू देखाउनुभयो वा कस्ता कामहरू गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्।+ ४ फारोका घोडा अनि रथ लिएर मिश्रका पूरै सेना तिमीहरूलाई खेद्न आउँदा यहोवा परमेश्वरले तिनीहरूलाई लाल समुद्रमा डुबाएर कसरी सदाको लागि नाश गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्।+ ५ निर्जनभूमिदेखि यहाँसम्म आइपुग्दा परमेश्वरले तिमीहरूको कसरी हेरविचार गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्। ६ अनि रुबेनको कुलका एलिआबका छोरा दातान र अबिरामलाई उहाँले के गर्नुभयो, त्यो पनि तिमीहरूका छोराछोरीले देखेका छैनन्। त्यसबेला सारा इस्राएलीसामु उनीहरू, उनीहरूका घराना, उनीहरूका पालहरू अनि उनीहरूको पछि लाग्ने सबै मानिस र उनीहरूका वस्तुभाउलाई जमिनले निलेको थियो।+ ७ यहोवा परमेश्वरले जे-जति महान् काम गर्नुभयो, ती तिमीहरूले आफ्नै आँखाले देखेका छौ।
८ “आज मैले दिएका सबै आज्ञा तिमीहरूले पालन गर्नू। यसो गऱ्यौ भने तिमीहरू साहसी हुनेछौ र यर्दनपारि गएर देश अधिकार गर्न सक्नेछौ। ९ साथै यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई र तिमीहरूलाई दिन्छु+ भनेर कसम खानुभएको दूध र मह बग्ने त्यस देशमा+ तिमीहरू दीर्घायु हुनेछौ।+
१० “तिमीहरूले अधिकार गर्न लागेको देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन। त्यहाँ तिमीहरूले खेतमा बिउ छरेपछि करेसाबारीमा जस्तै पानी लगाउनुपर्थ्यो र त्यसको लागि कडा परिश्रम गर्नुपर्थ्यो।* ११ तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+ १२ यहोवा तिमीहरूका परमेश्वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्वरको नजर त्यस देशमा रहन्छ।
१३ “यदि तिमीहरूले मैले आज दिएको आज्ञा होसियार भई पालन गऱ्यौ र आफ्नो सारा हृदयले अनि सारा ज्यानले यहोवा तिमीहरूका परमेश्वरलाई प्रेम गऱ्यौ र उहाँको सेवा गऱ्यौ भने+ १४ परमेश्वरले त्यस देशमा तिमीहरूलाई ठीक-ठीक समयमा आकाशबाट पानी दिनुहुनेछ। शरद् र वसन्त ऋतुको वर्षा समयमै हुनेछ अनि तिमीहरूले आ-आफ्नो अन्न भित्र्याउनेछौ, नयाँ मद्य बनाउनेछौ र तेल पेल्नेछौ।+ १५ उहाँले तिमीहरूका वस्तुभाउको लागि मैदानहरूमा प्रशस्त घाँस उमारिदिनुहुनेछ। त्यस देशमा तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ १७ त्यसो गऱ्यौ भने यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले वर्षा रोक्न आकाश थुनिदिनुहुनेछ+ अनि तिमीहरूको जमिनमा उब्जनी हुनेछैन। यसरी तिमीहरू यहोवा परमेश्वरले दिनुहुने त्यस असल देशबाट छिट्टै नाश हुनेछौ।+
१८ “मैले भनेका यी शब्दहरू तिमीहरूले आफ्नो दिमागमा र आफ्नो हृदयमा राख्नू अनि यी शब्दहरू सम्झिरहन त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ १९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा बारम्बार यसबारे कुराकानी गर्नू।+ २० यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरको मूलढोकामा लेख्नू। २१ त्यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरू र तिमीहरूका छोराछोरी दीर्घायु हुनेछौ;+ धर्तीमाथि आकाश रहुन्जेल तिमीहरू त्यहाँ रहनेछौ।
२२ “आज मैले तिमीहरूलाई यहोवा आफ्ना परमेश्वरलाई प्रेम गर्नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्नू र उहाँसँग नजिक भइरहनू+ भनेर आज्ञा दिएको छु। तिमीहरूले यो आज्ञा होसियार भई पालन गरिरह्यौ भने २३ यहोवाले तिमीहरूको सामनेबाट सबै जातिलाई खेद्नुहुनेछ+ र तिमीहरूले आफूभन्दा शक्तिशाली र सङ्ख्यामा धेरै भएका जातिहरूलाई धपाउन सक्नेछौ।+ २४ तिमीहरू जहाँ-जहाँ आफ्नो पाइला राख्छौ, त्यो ठाउँ तिमीहरूको हुनेछ।+ तिमीहरूको इलाका निर्जनभूमिदेखि लेबनानसम्म अनि युफ्रेटिस नदीदेखि पश्चिमको समुद्रसम्म* हुनेछ।+ २५ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ तिमीहरूका परमेश्वर यहोवाले सबै मानिसको मनमा तिमीहरूको डर र त्रास फैलाइदिनुहुनेछ।+ यसरी उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।
२६ “हेर, मैले आज तिमीहरूको अगाडि आशिष् र सराप राखिदिएको छु:+ २७ यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू, जुन आज म तिमीहरूलाई दिँदै छु, ती पालन गऱ्यौ भने तिमीहरूले आशिष् पाउनेछौ।+ २८ तर तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गरेनौ, मैले आज तिमीहरूलाई हिँड्नू भनेको बाटोमा हिँडेनौ र चिन्दै नचिनेको देवताहरूलाई पुज्न थाल्यौ भने तिमीहरूले सराप पाउनेछौ।+
२९ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन्छु भन्नुभएको देश अधिकार गरिसकेपछि तिमीहरूले गिरिज्जिम डाँडामा आशिष्को र एबाल डाँडामा सरापको घोषणा गर्नू।+ ३० अराबाहमा बस्ने कनानीहरूको देशमा भएका यी डाँडाहरू यर्दनपारि पश्चिमतिर गिलगालको अगाडि छन् भनेर तिमीहरूलाई थाहै छ, जहाँ मोरेका ठूलठूला रूखहरू पनि छन्।+ ३१ अब तिमीहरू यहोवा तिमीहरूका परमेश्वरले दिन लाग्नुभएको देश अधिकार गर्न यर्दनपारि जाँदै छौ।+ जब तिमीहरूले त्यो देश अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ, ३२ तब तिमीहरूले मैले आज दिएका सबै नीतिनियम अनि विधिविधान होसियार भई पालन गर्नू।+
१२ “तिमीहरूका पुर्खाहरूका परमेश्वर यहोवाले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशमा तिमीहरूले यी नीतिनियम र विधिविधान आफ्नो जीवनभर होसियार भई पालन गर्नू। २ त्यस देशमा बस्ने जातिहरू, जसलाई तिमीहरूले धपाउनेछौ, तिनीहरूका पूजाथानहरू सबै नष्ट गर्नू।+ चाहे ती पहाडहरूका टाकुरामा होऊन्, डाँडामा वा झ्याम्म परेको रूखमुनि, ती सबै नष्ट गर्नू। ३ तिमीहरूले तिनीहरूका वेदीहरू भत्काउनू, पवित्र थामहरू* ढाल्नू,+ पवित्र खामाहरू* जलाउनू र तिनीहरूका देवताका मूर्तिहरू टुक्राटुक्रा पार्नू।+ यसरी तिमीहरूले त्यहाँबाट अरू देवताहरूको नामोनिसानै मेटिदिनू।+
४ “त्यहाँका मानिसहरूले जसरी आफ्ना देवताको उपासना गर्छन्, तिमीहरूले त्यसरी यहोवाको उपासना नगर्नू।+ ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+ ७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
८ “अहिले तिमीहरू आफूलाई जे सही लाग्छ, त्यही गरिरहेका छौ तर त्यहाँ गएपछि त्यसो नगर्नू। ९ किनभने अहिलेसम्म तिमीहरू यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने ठाउँ, जहाँ तिमीहरूले विश्राम पाउनेछौ,+ त्यस ठाउँमा पुगिसकेका छैनौ। १० जब तिमीहरू यर्दन पार गरेर त्यहाँ पुग्छौ+ र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारस्वरूप दिनुहुने देशमा बसोबास गर्न थाल्छौ, तब उहाँले तिमीहरूलाई वरपरका सबै शत्रुबाट अवश्य विश्राम दिनुहुनेछ र तिमीहरू सुरक्षित रहनेछौ।+ ११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू। १२ तिमीहरूले आफ्ना छोराछोरी र दासदासीसँगै अनि पैतृक सम्पत्ति वा अंशको रूपमा कुनै जग्गाजमिन नपाएका लेवीहरू, जो तिमीहरूको सहरमा बस्छन्,+ तिनीहरूसँगै यहोवा आफ्ना परमेश्वरसामु खुसीयाली मनाउनू।+ १३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+
१५ “तर तिमीहरूलाई मासु खान मन लाग्यो भने आ-आफ्नो सहरभित्रै जनावर काटेर त्यसको मासु खान सक्छौ।+ यहोवा परमेश्वरको आशिष्ले गर्दा तिमीहरूले जे-जति जनावर पाएका छौ, त्यसैबाट तिमीहरूले मन लागेजति मासु खान सक्छौ। जसरी तिमीहरू जरायो र मृगको मासु खान्छौ, त्यसरी नै तिमीहरूमध्ये शुद्ध र अशुद्ध मानिस सबैले सहरभित्र काटेको त्यस जनावरको मासु खान सक्छन्। १६ तर तिमीहरूले रगतचाहिँ नखानू।+ तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+ १७ तिमीहरूले अन्नको, नयाँ मद्यको र तेलको दसौँ भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान,+ भाकलभेटी, स्वैच्छिकभेटी र दान गरिएको खानेकुरा सहरभित्र नखानू। १८ तिमीहरूले आफ्ना छोराछोरी, दासदासी र तिमीहरूको सहरमा भएका लेवीहरूसँगै यहोवा तिमीहरूका परमेश्वरले तोकिदिनुभएको ठाउँमा+ लगेर यहोवा परमेश्वरसामु ती खानू। तिमीहरूले यहोवा परमेश्वरसामु आफ्ना सबै काममा आनन्द मनाउनू। १९ होसियार रहो, आफ्नो देशमा बसुन्जेल तिमीहरूले लेवीहरूलाई बेवास्ता नगर्नू।+
२० “यहोवा तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले तिमीहरूको देशको सिमाना बढाइदिनुभएपछि+ तिमीहरूलाई मासु खान मन लाग्यो भने तिमीहरूले मन लागेको बेलामा मासु खान सक्छौ।+ २१ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँ+ तिमीहरू बसेको ठाउँदेखि टाढा छ भने मैले आज्ञा गरेझैँ तिमीहरूले सहरभित्रै जनावर काटेर खान सक्छौ। यहोवाले तिमीहरूलाई दिनुभएका भेडाबाख्रा र गाईवस्तुबाट तिमीहरूलाई खान मन लागेको बेलामा सहरभित्रै काटेर खान सक्छौ। २२ जसरी तिमीहरू जरायो र मृगको मासु खान्छौ,+ त्यसरी नै तिमीहरूमध्ये शुद्ध र अशुद्ध मानिस सबैले सहरभित्र काटेको त्यस जनावरको मासु खान सक्छन्। २३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू। २४ तिमीहरूले रगत खाँदै नखानू। तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+ २५ तिमीहरूले रगत खाएनौ भने तिमीहरूको र तिमीहरूका छोराछोरीको भलाइ हुनेछ किनभने तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे असल छ, त्यही गरिरहेका हुनेछौ। २६ यहोवा परमेश्वरले रोज्नुहुने ठाउँमा जाँदा तिमीहरूले आफ्ना पवित्र सरसामान र भाकलभेटी मात्र लिएर जानू। २७ त्यहाँ तिमीहरूले यहोवा आफ्ना परमेश्वरको वेदीमा अग्निभेटीस्वरूप जनावरको मासु र रगत चढाउनू।+ तिमीहरूले बलि चढाएको जनावरको रगत यहोवा आफ्ना परमेश्वरको वेदीमा खन्याइदिनू।+ तर तिमीहरूले मासुचाहिँ खान सक्छौ।
२८ “मैले तिमीहरूलाई दिएका आज्ञामा ध्यान देओ र त्यसलाई राम्ररी पालन गर। त्यसो गऱ्यौ भने तिमीहरूको र तिमीहरूका सन्तानको भलो हुनेछ किनभने तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे असल छ, त्यही गरिरहेका हुनेछौ।
२९ “जब तिमीहरूले धपाएका जातिलाई यहोवा परमेश्वरले नाश गर्नुहुन्छ+ र तिमीहरू त्यहाँ बसोबास गर्न थाल्छौ, ३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+ ३१ तिमीहरूले तिनीहरूको तरिकामा यहोवा परमेश्वरको उपासना नगर्नू। किनभने तिनीहरू त आफ्ना देवीदेवताको पूजा गर्न भएभरको घृणित काम गर्छन्, जसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। तिनीहरू आफ्ना देवीदेवताको निम्ति आफ्नै छोराछोरीलाई समेत आगोमा बलि चढाउँछन्।+ ३२ मैले तिमीहरूलाई आज्ञा गरेको एक-एक कुरा होसियार भई पालन गर्नू।+ त्यसमा न केही थप्नू न त केही घटाउनू।+
१३ “यदि तिमीहरूमाझ भविष्यवक्ता वा भावी बताउने स्वप्नदर्शी देखा पऱ्यो र उसले भविष्यबारे केही कुरा भन्यो वा कुनै चिन्ह दियो २ अनि उसले भनेको कुरा वा चिन्ह पूरा पनि भयो भने उसले तिमीहरूलाई यसो भन्ला, ‘आओ! हामी अरू देवताहरूलाई पुजौँ,’ जसलाई तिमीहरूले चिनेकै छैनौ। ‘हामी तिनीहरूकै पछि लागौँ अनि तिनीहरूकै सेवा गरौँ।’ ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्ताको वा स्वप्नदर्शीको कुरा नसुन्नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्वरले तिमीहरूलाई जाँच्नुभएको हो।+ ४ तिमीहरू केवल यहोवा तिमीहरूका परमेश्वरको पछि लाग्नू, तिमीहरूले उहाँकै डर मान्नू, उहाँकै आज्ञा पालन गर्नू, उहाँकै कुरा सुन्नू, उहाँकै सेवा गर्नू अनि उहाँलाई कहिल्यै नत्याग्नू।+ ५ तर त्यो भविष्यवक्ता वा स्वप्नदर्शीलाई चाहिँ मार्नू।+ किनभने उसले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्वरको विद्रोह गर्न उक्सायो अनि यहोवा तिमीहरूका परमेश्वरले हिँड्नू भन्नुभएको मार्गबाट तर्काउन खोज्यो। तिमीहरूले आफ्नो माझबाट यस्तो दुष्टता हटाउनै पर्छ।+
६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन् वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू। ९ बरु उसलाई मार्नू; कुनै पनि हालतमा नछोड्नू।+ उसलाई मार्दा सबैभन्दा पहिला तिम्रै हात उठोस् र पछि अरू सबैले तिमीलाई साथ देऊन्।+ १० तिमीले उसलाई ढुङ्गाले हानेर मार्नू+ किनभने दासत्वको घर—मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्वरबाट उसले तिमीहरूलाई तर्काउन खोज्यो। ११ यो घटना सुनेर सबै इस्राएली डराउनेछन् र तिमीहरूबीच फेरि कसैले यस्तो खराब काम दोहोऱ्याउनेछैन।+
१२ “यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देशमा बसोबास गरिसकेपछि तिमीहरूले त्यहाँको कुनै एउटा सहरमा यस्तो खबर सुनौला, १३ ‘यस सहरमा दुष्ट मानिसहरू देखा परेका छन् अनि तिनीहरूले यस सहरका मानिसहरूले चिन्दै नचिनेका देवताहरूलाई पुज्न यसो भनेर भड्काइरहेका छन्: “आओ, हामी अरू देवताहरूलाई पुजौँ।”’ १४ त्यसबेला तिमीहरूले साँचो कुरा के हो, पत्ता लगाउनू। त्यसको राम्ररी छानबिन गर्नू अनि मानिसहरूलाई सोधपुछ गर्नू।+ यदि साँच्चै नै तिमीहरूमाझ यस्ता घिनलाग्दा कुराहरू भएका रहेछन् भने १५ ती सहरहरूका मानिसहरूलाई कुनै पनि हालतमा बाँकी नछोड्नू, तिनीहरू सबैलाई तरबारले मार्नू।+ पूरै सहर अनि त्यहाँ भएका सबै कुरा नाश गर्नू। त्यहाँ भएका वस्तुभाउलाई समेत तरबारले सोतर पार्नू।+ १६ त्यसपछि त्यस सहरबाट लुटेका सबै मालसामान सहरको चोकको बीचमा ल्याउनू र पूरै सहरमा आगो लगाइदिनू। ती सबै सामान यहोवा तिमीहरूका परमेश्वरलाई चढाइने अग्निभेटीजस्तै हुनेछ। त्यो सहर सदाको लागि विनाश हुनेछ। त्यो फेरि बनाइनेछैन। १७ विनाशको निम्ति छुट्ट्याइएको* कुनै पनि कुरा तिमीहरूले नलिनू।+ यो कुरा मान्यौ भने यहोवा परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुनेछैन अनि उहाँले तिमीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ तिमीहरूलाई कृपा देखाउनुहुनेछ, दया गर्नुहुनेछ र तिमीहरूको वृद्धि गर्नुहुनेछ।+ १८ आज मैले तिमीहरूलाई दिएका यहोवा तिमीहरूका परमेश्वरका सबै आज्ञा पालन गर।* यसो गऱ्यौ भने तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहेका हुनेछौ।+
१४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+ २ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+
३ “तिमीहरूले कुनै पनि अशुद्ध कुरा नखानू।+ ४ तिमीहरूले खान हुने जनावर यी हुन्:+ बहर, भेडा, बाख्रा, ५ हरिण, मृग, बँराठ, जङ्गली बाख्रा, कृष्णसार, जङ्गली भेडा अनि पहाडी भेडा। ६ खुर चिरिएको र उग्राउने जनावर तिमीहरूले खान सक्छौ। ७ तिमीहरूले उग्राउने तर खुर नचिरिएका जनावरहरूचाहिँ नखानू। जस्तै: उँट, जङ्गली खरायो र भीरखरायो। किनभने यिनीहरू उग्राउँछन् तर यिनीहरूको खुर चिरिएका हुँदैनन्। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध हुन्।+ ८ तिमीहरूले सुँगुर पनि नखानू किनभने त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्राउँदैन। त्यो तिमीहरूका लागि अशुद्ध हो। तिमीहरूले त्यसको मासु नखानू वा त्यसको सिनु नछुनू।
९ “तिमीहरूले पानीमा बस्ने पखेटा र कत्ला भएका जीवजन्तु खान सक्छौ।+ १० तर तिमीहरूले पखेटा र कत्ला नभएका जीवजन्तुचाहिँ नखानू। त्यो तिमीहरूका लागि अशुद्ध हो।
११ “तिमीहरूले सबै शुद्ध चराचुरुङ्गी खान सक्छौ। १२ तर तिमीहरूले यी चराचुरुङ्गी नखानू: चील, मलाहा-चील, कालो गिद्ध,+ १३ रातो चील, कालो चील र सबै किसिमका चील, १४ सबै किसिमका काग, १५ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्गाचील, सबै किसिमका बाज, १६ सानो खालको लाटोकोसेरो, लामो कान हुने लाटोकोसेरो, राजहाँस, १७ घाउँके हावासील,* गिद्ध, जलेवा, १८ गरुड, सबै किसिमका बकुल्ला, फाप्रेचरा र चमेरो। १९ पखेटा भएका र झुन्डमा रहने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्। तिमीहरूले ती नखानू। २० तर तिमीहरूले उड्न सक्ने सबै शुद्ध जीव खान सक्छौ।
२१ “तिमीहरूले मरिसकेको जनावर भेट्टायौ भने त्यसको मासु नखानू।+ तिमीहरूले त्यो आफ्नै सहरमा बस्ने विदेशीलाई दिन सक्छौ र उसले त्यो खान सक्छ अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। किनभने तिमीहरू यहोवा तिमीहरूका परमेश्वरको निम्ति एक पवित्र जाति हौ।
“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+
२२ “तिमीहरूले हरेक वर्ष आफ्नो खेतमा हुने सबै उब्जनीबाट दशांश* दिन नबिर्सनू।+ २३ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ, त्यहाँ तिमीहरूले अन्नको, नयाँ मद्यको र तेलको दस भागको एक भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान उहाँसामु खान सक्छौ।+ यसो गऱ्यौ भने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको सधैँ डर मान्न सिक्नेछौ।+
२४ “तर यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँ+ तिमीहरू बसेको ठाउँदेखि टाढा छ र यहोवा तिमीहरूका परमेश्वरले प्रशस्त आशिष् दिनुभएकोले तिमीहरूलाई आफ्नो उब्जनीको दशांश त्यहाँसम्म लैजान गाह्रो छ भने २५ त्यो दशांश तिमीहरू बेच्न सक्छौ। त्यसबाट पाएको पैसा लिएर यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा जानू। २६ अनि त्यो पैसाले तिमीहरूले बहर, भेडा, बाख्रा, दाखमद्य,* अरू किसिमको मद्य वा आफूलाई मन लागेको जुनसुकै कुरा किन्न सक्छौ। त्यसपछि यहोवा तिमीहरूका परमेश्वरसामु आफ्नो घरानासँगै ती खानू र खुसी मनाउनू।+ २७ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरूको ख्याल राख्न नबिर्सनू+ किनभने तिमीहरूले पैतृक सम्पत्ति वा अंश पाएका छौ तर तिनीहरूले भने केही पाएका छैनन्।+
२८ “तिमीहरूले प्रत्येक तीन वर्षको अन्तमा तेस्रो वर्षको उब्जनीको सबै दशांश आफ्नै सहरमा जम्मा गर्नू।+ २९ सहरमा कुनै पैतृक सम्पत्ति वा अंश नपाएका लेवीहरूले अनि विदेशीहरू, अनाथहरू* र विधवाहरूले ती खाऊन् र सन्तुष्ट होऊन्।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+
१५ “तिमीहरूसित ऋण लिनेको ऋण प्रत्येक सात वर्षको अन्तमा माफी गरिदिनू।+ २ तिमीहरूले यसरी माफी गर्नू: ऋण दिने हरेक व्यक्तिले आफ्नो छिमेकीको ऋण माफी गरिदिनू। आफ्नो छिमेकी वा दाजुभाइलाई ऋण चुक्ता गर्न नलगाउनू। किनभने यहोवा परमेश्वरको महिमाको लागि त्यो वर्ष ऋण माफीको घोषणा गरिनेछ।+ ३ तिमीहरूले विदेशीहरूलाई ऋण चुक्ता गर्न लगाउन सक्छौ+ तर आफ्नो इस्राएली दाजुभाइलाई भने ऋण चुक्ता गर्न नलगाउनू। ४ तिमीहरूमाझ कोही पनि गरिब नहोस्। किनभने यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा जुन देश दिनुहुनेछ, त्यहाँ यहोवा परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ।+ ५ त्यस्तो आशिष् पाउने हो भने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरले भन्नुभएको एक-एक कुरा मान्नुपर्छ र आज मैले दिएको उहाँका सबै आज्ञा तिमीहरूले होसियार भई पालन गर्नुपर्छ।+ ६ आफ्नो प्रतिज्ञाअनुसारै यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ* तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+ तिमीहरूले जातिजातिलाई आफ्नो अधीनमा राख्नेछौ तर तिनीहरूले तिमीहरूलाई अधीनमा राख्नेछैनन्।+
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू। ९ ‘ऋण माफी गर्ने सातौँ वर्ष आउनै लाग्यो, त्यसैले अहिले ऋण दिएँ भने फिर्ता पाउँदिनँ’ भन्ने कुविचार राखेर आफ्नो गरिब दाजुभाइलाई मदत गर्नदेखि पछि नहट्नू।+ तिमीहरूले उसलाई केही दिएनौ र उसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरू दोषी ठहरिनेछौ।+ १० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको मेहनतमा आशिष् दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+ ११ तिमीहरूमाझ गरिबहरू त सधैँभरि हुनेछन्।+ त्यसैले म तिमीहरूलाई यो आज्ञा दिन्छु, ‘आफ्नो देशमा भएका गरिब र दुःखमा परेका दाजुभाइलाई खुला मनले मदत गर।’+
१२ “कोही हिब्रू, चाहे ऊ पुरुष होस् या स्त्री, यदि ऊ दासको रूपमा तिमीकहाँ बेचियो र उसले छ वर्षसम्म तिम्रो सेवा गरिसकेको छ भने सातौँ वर्षमा उसलाई स्वतन्त्र छोडिदिनू।+ १३ उसलाई स्वतन्त्र छोड्दा खाली हात नपठाउनू। १४ तिमीहरूले आफ्नो बगालबाट जनावर, खलाबाट अन्न अनि कोलबाट तेल र मद्य दिन कन्जुस्याइँ नगर्नू। जसरी यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुन्छ, त्यसरी नै तिमीहरूले पनि अरूलाई खुला मनले दिनू। १५ नबिर्स! मिश्रमा छँदा तिमीहरू पनि दास थियौ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। त्यसैले मैले आज यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
१६ “तिम्रो दासले तिमी र तिम्रो परिवारलाई एकदमै माया गर्छ र तिमीकहाँ बसुन्जेल ऊ एकदमै खुसी भएकोले ‘अब म तपाईँहरूलाई छोडेर जान्नँ’ भन्छ भने+ १७ तिमीहरूले एउटा सियो* लिनू र उसलाई ढोकाअगाडि ल्याएर उसको कान छेडिदिनू। त्यसपछि ऊ जिन्दगीभर तिमीहरूको दास हुनेछ। तिमीहरूले आफ्नो दासीलाई पनि त्यसै गर्नू। १८ तर ऊ स्वतन्त्र भएर जान चाहन्छ भने दुःख नमान्नू। किनभने उसले छ वर्षसम्म तिम्रो निम्ति काम गरिसकेको छ। त्यतिन्जेल उसले ज्यालादारी कामदारले भन्दा दोबर ज्याला पाउन योग्यको काम गरिसकेको छ अनि यहोवा तिमीहरूका परमेश्वरले तिम्रो हरेक काममा आशिष् दिनुभएको छ।
१९ “तिमीहरूले भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानलाई यहोवा तिमीहरूका परमेश्वरको निम्ति अर्पण गर्नू।+ तिमीहरूले पहिले जन्मेको बहरलाई कुनै काममा नलगाउनू र पहिले जन्मेको पाठोको ऊन नकत्रनू। २० भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानको मासु तिमीहरूले हरेक वर्ष आफ्नो परिवारसित यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा यहोवासामु खानू।+ २१ तर त्यस जनावरमा खोट छ अर्थात् त्यो जनावर लङ्गडो छ, अन्धो छ वा अरू कुनै किसिमको ठूलो खोट छ भने तिमीहरूले त्यसलाई यहोवा परमेश्वरको निम्ति बलि नचढाउनू।+ २२ बरु जसरी तिमीहरू जरायो वा मृगको मासु खान्छौ, त्यसरी नै त्यस जनावरको मासु पनि शुद्ध र अशुद्ध मानिस सबैले आ-आफ्नो सहरमा खाऊन्।+ २३ तर तिमीहरूले त्यसको रगतचाहिँ नखानू;+ त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+
१६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+ २ यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ,+ त्यहीँ तिमीहरूले आफ्नो भेडा वा बाख्रा+ निस्तार चाडको भेटीको रूपमा यहोवा परमेश्वरको निम्ति बलि चढाउनू।+ ३ बलि चढाइएको जनावरको मासुसँग तिमीहरूले खमिर* हालेको कुनै कुरा नखानू।+ तिमीहरूले मिश्रबाट हतार-हतार निस्केको बेला खमिर नहालेको रोटी खाएका थियौ।+ तिमीहरूले सात दिनसम्म त्यस्तै रोटी खानू। तब तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।+ ४ सात दिनसम्म तिमीहरू बसोबास गरिरहेको ठाउँमा कतै पनि खमिरा पीठो* नभेटियोस्।+ तिमीहरूले पहिलो दिनको साँझ बलि चढाएको जनावरको मासु भोलिपल्ट बिहानसम्ममा खाइसिद्ध्याउनू।+ ५ यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देशको जुन पायो त्यही सहरमा तिमीहरूले निस्तार चाडको बलि नचढाउनू। ६ तर यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+ ७ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा+ तिमीहरूले बलि चढाएको जनावरको मासु पोलेर खानू+ अनि भोलिपल्ट बिहान तिमीहरू आ-आफ्नो पालमा फर्कनू। ८ छ दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। सातौँ दिनचाहिँ यहोवा परमेश्वरको उपासना गर्न भेला हुने विशेष दिन हो। त्यो दिन तिमीहरूले कुनै काम नगर्नू।+
९ “तिमीहरूले सात हप्ता गन्नू; बाली काट्न सुरु गरेको दिनदेखि सात हप्ता गन्न थाल्नू।+ १० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+ ११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी अनि तिमीहरूबीच भएको विदेशी, अनाथ* र विधवासँगै यहोवा तिमीहरूका परमेश्वरसामु खुसीयाली मनाउनू।+ १२ मिश्रमा छँदा तिमीहरू पनि दास थियौ भन्ने कुरा कहिल्यै नबिर्स।+ अनि तिमीहरूले यी सबै विधिविधानमा ध्यान देओ र यी पालन गर।
१३ “तिमीहरूले आफ्नो खलाबाट अन्न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+ १४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+ १५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+
१६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्। १७ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुभएको छ, त्यसैको आधारमा प्रत्येकले उहाँलाई भेटी चढाऊन्।+
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्। १९ तिमीहरूले नियम बङ्ग्याएर अन्याय नगर्नू,+ पक्षपात नगर्नू+ अनि घुस नखानू किनभने घुसले बुद्धिमान् मानिसलाई पनि अन्धो बनाइदिन्छ+ र धर्मी मानिसलाई छली कुरा गर्न लगाउँछ। २० तिमीहरूले सधैँ न्याय गर्नू; कहिल्यै अन्याय नगर्नू।+ तब मात्र तिमीहरू दीर्घायु हुनेछौ र यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न सक्नेछौ।
२१ “यहोवा तिमीहरूका परमेश्वरको लागि तिमीहरूले बनाएको वेदीनजिकै रूख रोपेर त्यसलाई पवित्र खामोको* रूपमा नपुज्नू।+
२२ “तिमीहरूले पवित्र थाम* खडा नगर्नू+ किनभने त्यस्तो कुरालाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।
१७ “तिमीहरूले खोट भएको वा चोटपटक लागेको बहर वा भेडा यहोवा परमेश्वरलाई नचढाउनू किनभने यस्ता भेटीलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
२ “यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै एउटा सहरमा कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्वरको नजरमा खराब काम गरेर उहाँको करार भङ्ग गऱ्यो+ ३ अनि सही बाटोमा हिँड्न छोडेर अरू देवीदेवतालाई पुज्यो वा घाम, जून र आकाशका सारा सेनालाई* ढोग्यो भने+ उसले मैले निषेध गरेको कुरा गरिरहेको हुनेछ।+ ४ अनि यसबारे तिमीलाई कसैले खबर गऱ्यो वा तिमीले यसबारे सुन्यौ भने यस मामिलालाई राम्ररी छानबिन गर्नू। यदि इस्राएलमा यस्तो घृणित कुरा साँच्चै भएको प्रमाणित भयो भने+ ५ यस्तो दुष्ट काम गर्ने पुरुष वा स्त्रीलाई सहरको मूलढोकामा ल्याउनू र ढुङ्गाले हानेर मार्नू।+ ६ दुई वा तीन जना साक्षीले दिएको बयानको आधारमा+ उसलाई मृत्युदण्ड दिनू। तर एक जना मात्र साक्षीले दिएको बयानको आधारमा उसलाई मृत्युदण्ड नदिनू।+ ७ उसको विरुद्धमा साक्षी दिनेहरूले नै सबैभन्दा पहिला उसलाई ढुङ्गाले हानून्। त्यसपछि अरू मानिसहरूले ढुङ्गाले हानून्। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
८ “तिमीहरू बस्ने कुनै सहरमा हत्या, कानुनी मुद्दामामिला, कुनै किसिमको हिंसा वा जटिल मतभेदको मामिला उठ्यो र तिमीहरूलाई त्यसको छिनोफानो गर्न गाह्रो भयो भने+ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा त्यो मामिला लिएर जाओ।+ ९ अनि लेवी पुजारीहरू र त्यतिबेला सेवा गरिरहेका न्यायकर्ताकहाँ गएर तिनीहरूलाई सोध।+ अनि तिनीहरूले त्यस मामिलाको फैसला सुनाउनेछन्।+ १० यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा जाँदा तिनीहरूले जे फैसला सुनाउँछन्, त्यसैअनुसार कदम चाल। तिनीहरूले जे-जे निर्देशन दिन्छन्, तिमीहरूले ठीक त्यसै गर। ११ तिनीहरूले जुन नियम देखाउँछन् र जस्तो फैसला सुनाउँछन्, त्यसैअनुसार कदम चाल।+ तिनीहरूले सुनाउने फैसलाबाट दायाँबायाँ नलाग, तिनीहरूले भनेअनुसारै गर।+ १२ यहोवा परमेश्वरको सेवा गरिरहेका पुजारी वा न्यायकर्ताको कुरा मान्न इन्कार गर्ने अहङ्कारी मानिस मारिनै पर्छ।+ तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+ १३ यस्तो कुरा सुनेर सबै जना डराउनेछन् र त्यसपछि तिनीहरू कोही पनि अहङ्कारी हुनेछैनन्।+
१४ “जब तिमीहरू यहोवा परमेश्वरले दिनुहुने देश कब्जा गरेर त्यहाँ बसोबास गर्न थाल्छौ, तब तिमीहरूले यसो भनौला, ‘वरपरका जातिहरूले जस्तै हामी पनि आफ्नो लागि राजा नियुक्त गरौँ।’+ १५ त्यसो हो भने यहोवा परमेश्वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात् गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्त नगर्नू। १६ राजा नियुक्त हुने त्यस व्यक्तिले आफ्नो लागि धेरै घोडा नथुपारोस् वा अझ धेरै घोडा ल्याउन आफ्ना मानिसहरूलाई मिश्रमा नपठाओस्+ किनभने यहोवा परमेश्वरले तिमीहरूलाई यसो भन्नुभएको छ, ‘तिमीहरू कहिल्यै मिश्र नफर्कनू।’ १७ तिनले धेरै पत्नी नल्याऊन् नत्र त तिनको मन बरालिनेछ।+ अनि तिनले आफ्नो लागि तीनथुप्रो सुनचाँदी पनि जम्मा नगरून्।+ १८ जब तिनले सिंहासनमा बसेर शासन गर्न थाल्छन्, तब तिनले लेवी पुजारीहरूसित भएको व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सारून् र आफ्नो लागि एउटा पुस्तक* बनाऊन्।+
१९ “तिनले त्यो पुस्तक सधैँ आफूसित राखून् र जीवनभर त्यो पढून्।+ यसो गरेमा तिनले यहोवा आफ्ना परमेश्वरको डर राख्न, उहाँले व्यवस्थामा दिनुभएका सबै आज्ञा मान्न र सबै नीतिनियमअनुसार चल्न सिक्नेछन्।+ २० अनि घमन्डले फुलेर तिनले आफूलाई अरू इस्राएलीहरूभन्दा ठूलो ठान्नेछैनन्; तिनी परमेश्वरको मार्गबाट तर्केर दायाँबायाँ लाग्नेछैनन्। यसरी तिनी र तिनका सन्तानले इस्राएलमा लामो समयसम्म शासन गर्नेछन्।
१८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्; त्यो नै तिनीहरूको अंश हो।+ २ त्यसैले तिनीहरूले आफ्ना इस्राएली भाइबन्धुबीच कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। यहोवा परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ।
३ “तिमीहरूले पुजारीहरूलाई दिनुपर्ने कुराहरू यी नै हुन्: यदि कसैले बहर अथवा भेडा बलि चढाउँछ भने त्यसको कुम, थुतुनो अनि भुँडी पुजारीलाई देओस्। ४ आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ दाखमद्य,* तेल अनि भेडा कत्रने बेला जम्मा भएको पहिलो ऊन तिमीहरूले पुजारीहरूलाई दिनू।+ ५ यहोवा तिमीहरूका परमेश्वरले उहाँको सेवा गर्न लेविको कुललाई रोज्नुभएको हो। तिनीहरू अनि तिनीहरूका सन्तानले नै पुजारीको रूपमा सधैँभरि यहोवा परमेश्वरको नाममा सेवा गर्नेछन्।+
६ “यदि कुनै लेवी इस्राएलमा आफू बसेको सहर छोडेर+ यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा* जान चाहन्छ भने+ ७ ऊ जाओस् र त्यहाँ भएका उसका लेवी दाजुभाइले जस्तै उसले पनि यहोवा परमेश्वरसामु उपस्थित भएर यहोवा परमेश्वरको नाममा सेवा गरोस्।+ ८ उसले आफ्नो पुर्ख्यौली सम्पत्ति बेचेर जति पैसा पाउँछ,+ त्यसबाहेक खानेकुरा पनि अरू लेवीहरूले जति नै पाउनेछ।
९ “यहोवा तिमीहरूका परमेश्वरले दिन लाग्नुभएको देशमा पुगिसकेपछि तिमीहरूले त्यहाँका मानिसहरूको सिको गरेर तिनीहरूका घिनलाग्दा रीतिथिति नमान्नू।+ १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्तिसित+ वा भावी बताउने व्यक्तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+ १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामुन्नेबाट धपाउँदै हुनुहुन्छ। १३ तिमीहरू यहोवा आफ्ना परमेश्वरको नजरमा निर्दोष रहनू।+
१४ “तिमीहरूले धपाउन लागेका जातिहरूले जादु गर्ने+ अनि जोखना हेर्ने+ मानिसहरूका कुरा सुन्छन्। तर यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो कुनै पनि काम नगर्नू भन्नुभएको छ। १५ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता नियुक्त गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।+ १६ यहोवा तिमीहरूका परमेश्वरले एक जना भविष्यवक्ता नियुक्त गर्नुहुनेछ किनभने होरेब डाँडामा सबै जना एकसाथ भेला हुँदा+ तिमीहरूले यसो भनेका थियौ, ‘हामी हाम्रा परमेश्वर यहोवाको स्वर सुन्न सक्दैनौँ अनि यो डरलाग्दो आगो पनि हेर्न सक्दैनौँ नत्र त हामी मर्नेछौँ।’+ १७ त्यसपछि यहोवा परमेश्वरले मलाई यसो भन्नुभएको थियो, ‘तिनीहरूको कुरा ठीकै हो। १८ म तिनीहरूका दाजुभाइमध्येबाट तिमीजस्तै एक जना भविष्यवक्ता नियुक्त गर्नेछु।+ अनि तिनको मुखमा मेरो वचन राखिदिनेछु।+ मैले आज्ञा गरेका कुराहरू तिनले मानिसहरूलाई बताउनेछन्।+ १९ मेरो नाममा तिनले जे-जति कुरा बोल्छन्, ती नसुन्ने मानिसहरूसित म लेखा लिनेछु।+
२० “‘तर कुनै भविष्यवक्ताले मेरो नाममा मैले आज्ञा नै नगरेको कुरा भन्छ वा अरू देवताको नाममा भविष्यवाणी गर्छ भने त्यो भविष्यवक्ता मारिनै पर्छ।+ २१ तर तिमीहरूलाई लाग्ला: “कुनै कुरा यहोवा परमेश्वरको तर्फबाट आएको हो कि होइन, कसरी थाह पाउने?” २२ त्यो भविष्यवक्ताले यहोवा परमेश्वरको नाममा बोलेको कुरा पूरा भएन वा झूटो साबित भयो भने त्यो सन्देश यहोवा परमेश्वरको तर्फबाट आएको होइन भनेर बुझ्नू। त्यो त्यही भविष्यवक्ताको मनगढन्ते कुरा हो। तिमीहरू त्यससँग नडराउनू।’
१९ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका मानिसहरूलाई यहोवाले नाश गर्नुभएपछि तिमीहरूले तिनीहरूको देश अधिकार गर्नेछौ। अनि तिमीहरू त्यहाँका सहरहरू र घरहरूमा बसोबास गर्न थाल्नेछौ।+ २ तब यहोवा परमेश्वरले तिमीहरूलाई जुन देश अधिकार गर्न दिनुहुन्छ, त्यस देशको बीचमा तिमीहरूले तीन वटा सहर छुट्ट्याउनू।+ ३ यहोवा परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्नू र हरेक भागमा एउटा-एउटा सहर छुट्ट्याउनू। हत्या गर्ने कुनै पनि मानिस ती सहरहरूमध्ये एउटामा भागेर जान सकोस् भनेर ती सहरहरूमा जाने बाटो पनि बनाउनू।
४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्गलमा गएर दाउरा काट्दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस् र आफ्नो ज्यान बचाओस्।+ ६ तर भाग्नुपर्ने सहर एकदमै टाढा छ भने रगतको साटो फेर्ने व्यक्तिले+ तातो रिसको झोँकमा त्यस हत्यारालाई लखेट्ला अनि बीच बाटोमै भेट्टाएर मार्ला। वास्तवमा मरेको त्यस मानिससित हत्याराको पहिला कुनै दुस्मनी नभएकोले त्यो हत्यारा मारिनु उचित होइन।+ ७ त्यसैले म तिमीहरूलाई यस्तो आज्ञा दिन्छु, ‘तीन वटा सहर छुट्ट्याओ।’
८ “यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएझैँ तिमीहरूको इलाका बढाउनुहुनेछ+ र तिमीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरिएको सम्पूर्ण देश तिमीहरूलाई दिनुहुनेछ।+ ९ तर यसको लागि तिमीहरूले आज मैले दिएका उहाँका सबै आज्ञा वफादार हुँदै पालन गर्नुपर्छ, यहोवा आफ्ना परमेश्वरलाई प्रेम गर्नुपर्छ अनि सधैँभरि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ।+ परमेश्वरले तिमीहरूको इलाका बढाइदिनुभएपछि तिमीहरूले पहिलेको जस्तै अरू तीन वटा सहर पनि थप।+ १० यसरी यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा निर्दोषहरूको रगत बग्नेछैन+ र तिमीहरूलाई रगतको दोष लाग्नेछैन।+
११ “तर कसैले कुनै मानिसलाई घृणा गर्छ+ र ढुकिबसेर उसलाई हिर्काएर मार्छ अनि ती सहरहरूमध्ये एउटामा भागेर जान्छ भने १२ त्यो हत्यारा जुन सहरको हो, त्यहाँका नाइकेहरूले त्यसलाई बोलाउन मान्छेहरू पठाऊन् र रगतको साटो फेर्ने व्यक्तिको हातमा त्यसलाई सुम्पिदेऊन् अनि त्यो मारियोस्।+ १३ तिमीहरूले त्यस हत्यारालाई फिटिक्कै दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषहरूको रगतको दोष मेटिदिनू।+ यसो गऱ्यौ भने तिमीहरूको भलो हुनेछ।
१४ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने भूमिमा आ-आफ्नो अंश पाइसकेपछि तिमीहरूले आफ्नो छिमेकीको साँध-सिमाना नमिच्नू।+ पुर्खाहरूले तोकिदिएको सिमाना तिमीहरूले नमिच्नू।
१५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्।+ १६ यदि कसैले कुनै मानिसलाई हानि पुऱ्याउने हिसाबले झूटो साक्षी दिन्छ र उसलाई अपराधको आरोप लगाउँछ भने+ १७ त्यस मामिलामा मुछिएका ती दुवै जना मानिस यहोवा परमेश्वर, पुजारीहरू र त्यसबेला सेवा गरिरहेका न्यायकर्ताहरूसामु हाजिर होऊन्।+ १८ त्यस विषयमा न्यायकर्ताहरूले राम्ररी छानबिन गरून्।+ यदि साक्षी दिने मानिस झूटो रहेछ र उसले झूटो आरोप लगाएको रहेछ भने १९ उसले आफ्नो भाइलाई जे गर्ने षड्यन्त्र रचेको थियो, उसलाई त्यसै गर्नू।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+ २० जब अरू मानिसहरूले यो घटनाबारे सुन्नेछन्, तब तिनीहरू डराउनेछन् र तिमीहरूबीच कसैले यस्तो खराब काम दोहोऱ्याउनेछैन।+ २१ तिमीहरूले झूटो आरोप लगाउने मानिसलाई फिटिक्कै दया नदेखाउनू।+ बरु बदलास्वरूप ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा लिनू।+
२० “युद्ध गर्न जाँदा तिमीहरूका शत्रुहरूसँग तिमीहरूको भन्दा धेरै घोडा, रथ र सेना देख्यौ भने तिनीहरूसित नडराओ। किनभने मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको साथमा हुनुहुन्छ।+ २ तिमीहरू युद्धमा जानुअघि पुजारी आएर सबैको सामने बोलून्।+ ३ तिनले यसो भनून्: ‘हे इस्राएली हो, सुन! तिमीहरू शत्रुहरूसँग युद्ध गर्न जाँदै छौ। साहसी होओ। शत्रुहरूदेखि नडराओ, त्रसित नहोओ र डरले थरथर नकाँप। ४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+
५ “सेनाका अफिसरहरूले पनि लडाइँमा जान लागेका मानिसहरूलाई यसो भनून्, ‘तिमीहरूमध्ये कोही छ, जसले नयाँ घर बनाएको छ तर त्यहाँ बस्न थालिसकेको छैन? त्यसो हो भने ऊ घर फर्कोस्। नत्र त लडाइँमा ऊ मारिएला र उसको घरमा अरू नै आएर बस्ला। ६ अनि तिमीहरूमध्ये कोही छ, जसले अङ्गुर बगान लगाएको छ तर त्यसको फल टिप्न पाएको छैन? त्यसो हो भने ऊ घर फर्कोस्। नत्र त लडाइँमा ऊ मारिएला र उसको अङ्गुर अरूले नै टिप्ला। ७ तिमीहरूमध्ये कोही छ, जसले भर्खरै मगनी गरेको छ तर विवाह गरिसकेको छैन? त्यसो हो भने ऊ घर फर्कोस्।+ नत्र त लडाइँमा ऊ मारिएला र त्यस केटीलाई अर्कैले विवाह गर्ला।’ ८ सेनाका अफिसरहरूले मानिसहरूलाई यस्तो पनि सोधून्, ‘यहाँ कोही डरपोक र काँतर छ?+ छ भने ऊ घर फर्कोस्। नत्र त उसले गर्दा अरूको पनि मनोबल घट्नेछ।’+ ९ सेनाका अफिसरहरूले यी कुराहरू भनिसकेपछि मानिसहरूको अघिअघि जान तिनीहरूले कप्तानहरू नियुक्त गरून्।
१० “लडाइँ गर्न गएको सहरको नजिकै पुग्दा सुरुमा त्यहाँका मानिसहरूसामु तिमीहरूले शान्ति-सम्झौताको प्रस्ताव राख्नू।+ ११ यदि त्यहाँका मानिसहरूले तिमीहरूको प्रस्ताव स्वीकार गरे र तिमीहरूको लागि सहरको ढोका खोलिदिए भने त्यहाँका सबै मानिस तिमीहरूका दासदासी हुनेछन् र उनीहरूले तिमीहरूको सेवा गर्नेछन्।+ १२ तर उनीहरूले तिमीहरूसँग शान्ति-सम्झौता गर्न मानेनन् र लडाइँ गर्न अघि सरे भने त्यस सहरलाई घेरा हाल्नू। १३ अनि यहोवा तिमीहरूका परमेश्वरले निश्चय पनि त्यो सहर तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। त्यसपछि तिमीहरूले त्यहाँ भएका सबै पुरुषलाई तरबारले मार्नू। १४ तर स्त्री, बालबच्चा, वस्तुभाउ र सहरमा भएका सबै थोक तिमीहरूको हुनेछ। शत्रुहरूको धनमाल खोसेर तिमीहरूले त्यसमा रजाइँ गर्न सक्छौ।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले नै यी सबै तिमीहरूलाई दिनुभएको हो।+
१५ “तिमीहरूको वरपरका जातिहरूको सहरलाई होइन तर एकदमै टाढाका सहरहरूलाई त्यसो गर्नू। १६ तर यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने नजिकैका सहरहरूका एक जनालाई पनि बाँकी नराख्नू, सबैलाई मार्नू।+ १७ यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू। १८ नत्र त आफ्ना देवीदेवताको पूजा गर्न तिनीहरूले गर्ने घिनलाग्दा रीतिथितिहरू तिमीहरूलाई सिकाउनेछन् र यहोवा तिमीहरूका परमेश्वरविरुद्ध पाप गर्न लगाउनेछन्।+
१९ “यदि तिमीहरूले कुनै सहरलाई कब्जा गर्न घेरा हाल्यौ र धेरै दिनसम्म लड्यौ भने त्यहाँका रूखहरूमा बन्चरो नलगाउनू। तिमीहरूले त्यसका फल खान सक्छौ तर रूखहरूचाहिँ नढाल्नू।+ के मैदानका रूखहरू मानिस हुन् र, जसलाई तिमीहरू घेरेर नाश गर्छौ? २० तर यदि ती रूखहरूका फल खान योग्य रहेनछन् भनेर थाह पायौ भने तिमीहरूले त्यसलाई ढाल्न सक्छौ र तिमीहरूसित युद्ध गर्ने शत्रुहरूको सहर परास्त नभएसम्म त्यसलाई घेराबन्दी गर्न प्रयोग गर्न सक्छौ।
२१ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशको कुनै ठाउँमा एउटा लास भेटियो र कसले मारेको हो भनेर थाह भएन भने २ तिमीहरूका नाइकेहरू र न्यायकर्ताहरू+ त्यो लास भेटिएको ठाउँमा जाऊन् र तिनीहरूले त्यस ठाउँदेखि नजिकैका सहरहरूसम्मको दूरी नापून्। ३ त्यसपछि सबैभन्दा नजिक पर्ने सहरका नाइकेहरूले गाईवस्तुको बगालबाट एउटा कोरली* लेऊन्। त्यसलाई काममा लगाइएको हुनु हुँदैन र त्यसको काँधमा जुवा हालिएको हुनु हुँदैन। ४ त्यस सहरका नाइकेहरूले त्यसलाई पानी बगिरहेको र कुनै खेतीपाती नगरिएको बेँसीमा* लैजाऊन् र त्यसको घाँटीमा हानेर मारून्।+
५ “तब लेवी पुजारीहरू त्यहाँ आऊन् किनभने यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई उहाँको सेवा गर्न अनि यहोवा परमेश्वरको नाममा आशिष् दिन+ नियुक्त गर्नुभएको हो।+ हत्याहिंसा मुछिएको हरप्रकारको मामिला कसरी सुल्झाउने हो, त्यसको फैसला पनि तिनीहरूले नै गरून्।+ ६ त्यो लास भएको ठाउँबाट सबैभन्दा नजिकको सहरका सबै नाइकेले बेँसीमा लगेर मारिएको त्यस कोरलीमाथि आफ्नो हात धोऊन्।+ ७ अनि तिनीहरूले भनून्, ‘यो हत्या हाम्रो हातबाट भएको होइन र हत्या भएको हामीले देखेका पनि छैनौँ। ८ त्यसैले हे यहोवा, तपाईँले छुटाएर ल्याउनुभएको तपाईँका जन इस्राएलीहरूलाई यसको दोष नलागोस्।+ यस निर्दोष मानिसको हत्याको दोष तपाईँका जन इस्राएलीहरूबाट मेटाइदिनुहोस्।’+ अनि तिमीहरूलाई त्यस व्यक्तिको रगतको दोष लाग्नेछैन। ९ यसरी तिमीहरूले त्यस निर्दोष व्यक्तिको रगतको दोष आफ्नो माझबाट हटाउनेछौ किनभने तिमीहरूले यहोवा परमेश्वरको नजरमा जे ठीक छ, त्यही गरेका हुनेछौ।
१० “यदि तिमीहरू आफ्ना शत्रुहरूसित लडाइँ गर्न गयौ अनि यहोवा परमेश्वरले तिमीहरूलाई विजयी बनाउनुभयो र शत्रुहरूलाई तिमीहरूले बन्दी बनायौ+ ११ अनि ती बन्दीहरूमध्ये एउटी राम्री केटी देख्यौ र उसलाई मन पराएर आफ्नी पत्नी बनाउन चाह्यौ भने १२ उसलाई आफ्नो घरमा ल्याउन सक्छौ। त्यसपछि त्यस केटीले आफ्नो कपाल खौरोस् र नङ काटोस्। १३ उसले आफू बन्दी भएर आउँदा लगाएको लुगा फेरोस् र तिम्रै घरमा बसोस्। उसले आफ्ना आमाबुबाको लागि एक महिनासम्म शोक मनाओस्।+ त्यसपछि तिमीले उसलाई आफ्नी पत्नी बनाउन सक्छौ र ऊसित यौनसम्बन्ध राख्न सक्छौ। १४ तर पछि तिमीलाई ऊ मन परेन भने उसलाई जान देऊ;+ ऊ जहाँ जान चाहन्छे, त्यहीँ जान देऊ। उसलाई नबेच्नू वा ऊसित कठोर व्यवहार नगर्नू किनभने तिमीले उसलाई जबरजस्ती आफ्नी पत्नी बनायौ।
१५ “मानौँ, कसैका दुइटी पत्नी छन् अनि उसले एउटीलाई धेरै माया गर्छ र अर्कीलाई थोरै।* अनि दुवैबाट एक-एक जना छोरा भए तर उसले थोरै माया गर्ने पत्नीबाट पहिलो सन्तान जन्मियो।+ १६ उसले अंशबण्डा गर्ने बेला आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको पहिलो सन्तानलाई पाखा लगाएर आफूले धेरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई पहिलो सन्तानको हक दिन पाउनेछैन। १७ आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई अर्थात् आफ्नो पहिलो सन्तानलाई उसले आफ्नो धनसम्पत्तिको दुई भाग दिनुपर्छ किनभने त्यो छोरा नै उसको प्रजनन शक्तिको पहिलो फल हो; पहिलो सन्तानको हक त्यही छोराले पाउनुपर्छ।+
१८ “मानौँ, कुनै व्यक्तिको छोरा अटेरी र विद्रोही छ अनि ऊ आफ्ना आमाबुबाले भनेको कुरा सुन्दैन।+ अनि आमाबुबाले उसलाई सुधार्न अनेक प्रयास गर्दा पनि केही सीप लागेन भने+ १९ उसका आमाबुबाले उसलाई समातेर सहरको मूलढोकामा नाइकेहरूसामु ल्याऊन्। २० तिनीहरूले सहरका नाइकेहरूलाई भनून्, ‘यो हाम्रो छोरा साह्रै अटेरी र विद्रोही छ, यसले हाम्रो कुरा मान्दै मान्दैन; यो घिचुवा र पियक्कड हो।’+ २१ तब त्यस सहरका सबै पुरुषले उसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ। तब यो कुरा सुनेर सारा इस्राएलीहरू डराउनेछन्।+
२२ “कुनै मानिसले मृत्युदण्ड पाउन योग्यको पाप गऱ्यो+ र तिमीहरूले उसलाई मारेर खम्बामा झुन्ड्यायौ भने+ २३ त्यो लास रातभरि खम्बामा नछोड्नू।+ तिमीहरूले त्यो लास त्यही दिन गाड्नू किनभने जो खम्बामा झुन्ड्याइन्छ, ऊ परमेश्वरबाट श्रापित हो।+ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध नपार्नू।+
२२ “तिमीहरूका इस्राएली दाजुभाइमध्ये कसैको गोरु वा भेडाले बाटो बिराएको देख्यौ भने त्यसलाई जानाजानी बेवास्ता नगर।+ त्यसलाई त्यसको मालिककहाँ पुऱ्याइदेओ। २ तर त्यसको मालिक धेरै टाढा बस्छ वा तिमीले उसलाई चिनेका छैनौ भने उसले खोज्न नआउन्जेल त्यसलाई आफ्नो घरमा राख्नू र ऊ आएपछि फर्काइदिनू।+ ३ कसैको गधा, लुगा वा अरू कुनै कुरा हरायो र तिमीहरूले त्यो भेट्टायौ भने पनि यसै गर्नू। तिमीहरूले त्यसलाई जानाजानी बेवास्ता नगर्नू।
४ “तिमीहरूले कसैको गधा वा गोरु बाटोमा लडेको देख्यौ भने त्यसलाई जानाजानी बेवास्ता नगर बरु गएर त्यसको मालिकलाई उसको जनावर उठाउन मदत गर।+
५ “स्त्रीले पुरुषको लुगा नलगाओस् र पुरुषले पनि स्त्रीको लुगा नलगाओस्। यसो गर्ने मानिसलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।
६ “तिमीहरूले बाटोमा हिँड्दै गर्दा भुईँमा वा रूखमा गुँड देख्यौ अनि त्यसमा माउ र त्यसका बचेरा वा अण्डाहरू पनि रहेछन् भने बचेरासँगै माउलाई चाहिँ नलैजाओ।+ ७ तिमीहरूले बचेराहरू लान सक्छौ तर माउलाई चाहिँ छोडिदिनू। यसो गऱ्यौ भने तिमीहरूको भलो हुनेछ र तिमीहरू दीर्घायु हुनेछौ।
८ “तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू+ र त्यहाँबाट कोही लड्यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।
९ “तिमीहरूले आफ्नो अङ्गुर बगानमा अङ्गुरको बिउसँगै अरू कुनै बिउ नलगाउनू।+ नत्र त तिमीहरूको बगानमा फल्ने अङ्गुर र अर्को बिउको उब्जनी सबै पवित्र स्थानको* भाग हुनेछ।
१० “तिमीहरूले गोरु र गधालाई एउटै जुवामा नारेर नजोत्नू।+
११ “तिमीहरूले ऊन र मलमल* मिसाएर बुनेको लुगा नलगाउनू।+
१२ “तिमीहरूले आफ्नो लुगाको चारै कुनामा फुर्का बनाउनू।+
१३ “यदि कुनै पुरुषले विवाह गरेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ तर पछि उसलाई घृणा गर्न थाल्छ १४ अनि ‘मैले यस आइमाईसित बिहे गरेँ तर यससित सम्बन्ध राख्दा यो बिटुलिएकी रहिछे भनेर थाह पाएँ’ भन्दै उसको चरित्रमा प्रश्न उठाउँछ र बदनाम गर्छ भने १५ त्यस केटीका आमाबुबा सहरको मूलढोकामा नाइकेहरूकहाँ जाऊन् र आफ्नी छोरीको कुमारीत्वको प्रमाण पेस गरून्। १६ केटीका बुबाले ती नाइकेहरूलाई यसो भनून्, ‘मैले आफ्नी छोरी यस मानिसलाई दिएँ तर यसले मेरी छोरीलाई घृणा गर्छ १७ र यसो भन्दै उसको चरित्रमाथि प्रश्न उठाउँछ, “तिम्री छोरी बिटुलिएकी रहिछे।” तर मेरी छोरी कुमारी भएको प्रमाण यहाँ छ, हेर्नुहोस्।’ अनि तिनीहरूले आफूसँगै ल्याएको कपडा सहरका नाइकेहरूसामु फिँजाऊन्। १८ त्यसपछि सहरका नाइकेहरूले+ त्यस पुरुषलाई सजाय देऊन्।+ १९ इस्राएलकी एउटी कन्या केटीमाथि कलङ्क लगाएकोले त्यस पुरुषले केटीको बुबालाई चाँदीको १०० शेकेल* जरिबाना तिरोस्+ र त्यो केटी उसकी पत्नी भइरहोस्। बाँचुन्जेल उसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न पाउनेछैन।
२० “तर त्यस केटीमाथि लगाइएको आरोप सही रहेछ र उसको कुमारीत्वको कुनै प्रमाण पाइएन भने २१ तिनीहरूले त्यस केटीलाई उसको बुबाको घरको ढोकामा ल्याऊन् र त्यस सहरका मानिसहरूले उसलाई ढुङ्गाले हानेर मारून्। किनभने उसले आफ्नो बुबाको घरमा छँदा नै अवैध यौनसम्बन्ध राखेर*+ इस्राएल देशको बदनाम गरेकी छे।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
२२ “कुनै पुरुषले अर्काकी पत्नीसित सम्बन्ध राखेको फेला पऱ्यो भने त्यस पुरुष र स्त्री दुवैलाई मार्नू।+ यसरी तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।
२३ “कुनै पुरुषले अर्को पुरुषसित मगनी भइसकेकी केटीलाई सहरमा भेट्छ र ऊसित सम्बन्ध राख्छ भने २४ तिमीहरूले ती दुवैलाई सहरको मूलढोकामा ल्याउनू र ढुङ्गाले हानेर मार्नू। किनभने सहरभित्र भएर पनि ती केटी चिच्याइनन् अनि त्यस पुरुषले पनि अर्काकी पत्नीलाई बिटुलो पाऱ्यो।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे दुष्ट छ, त्यो हटाउनै पर्छ।
२५ “तर कुनै पुरुषले अर्को पुरुषसित मगनी भइसकेकी केटीलाई सहरबाहिर भेट्छ र हातपात गरेर ऊसित जबरजस्ती सम्बन्ध राख्छ भने तिमीहरूले त्यस पुरुषलाई मात्र मार्नू। २६ तर केटीलाई चाहिँ केही नगर्नू। किनकि त्यस केटीले मृत्युदण्ड पाउन लायकको पाप गरेकी छैन। यो मामिलाचाहिँ कुनै निर्दोष व्यक्तिलाई आक्रमण गरेर मारेको मामिलाजस्तै हो।+ २७ त्यस केटीलाई नमार्नू किनभने सहरबाहिर भएकीले ऊ चिच्याउँदा उसलाई बचाउने कोही थिएन।
२८ “यदि कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई भेट्यो र त्यसले उसलाई हातपात गरेर जबरजस्ती सम्बन्ध राख्यो र यो कुरा थाह भयो भने+ २९ त्यस पुरुषले केटीको बुबालाई चाँदीको ५० शेकेल तिरोस् र त्यो केटी उसकी पत्नी बनोस्।+ त्यस पुरुषले बाँचुन्जेल आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न पाउनेछैन किनभने उसले त्यस केटीको इज्जत लुट्यो।
३० “कसैले पनि आफ्नो बुबाकी पत्नीसित सम्बन्ध नराखोस् किनभने यसो गर्नु बुबाको घोर अपमान गर्नु हो।+
२३ “लिङ्ग काटिएको वा अण्डकोष कुच्याइएको मानिस यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन।+
२ “नाजायज सम्बन्धबाट जन्मेको कुनै पुरुष यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन।+ उसको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन।
३ “अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैनन्।+ उनीहरूको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछैन। ४ किनभने तिमीहरू मिश्रबाट निस्केर आउँदा तिनीहरूले तिमीहरूलाई खाना र पानी दिएनन्+ अनि तिमीहरूलाई सराप्न मेसोपोटामियाको पेथोरमा बस्ने बेअरका छोरा बालामलाई पैसा दिएर बोलाए।+ ५ तर यहोवा तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन।+ बरु तिनले दिएको सरापलाई यहोवा तिमीहरूका परमेश्वरले आशिष्मा बदलिदिनुभयो।+ किनभने यहोवा तिमीहरूका परमेश्वर तिमीहरूलाई माया गर्नुहुन्छ।+ ६ तिमीहरूले तिनीहरूको शान्ति र संवृद्धिको लागि कहिल्यै केही नगर्नू।+
७ “तिमीहरूले एदोमीहरूलाई घृणा नगर्नू किनभने तिनीहरू तिमीहरूका दाजुभाइ हुन्।+
“तिमीहरूले मिश्रीहरूलाई पनि घृणा नगर्नू किनभने तिनीहरूको देशमा तिमीहरू प्रवासी भएर बसेका थियौ।+ ८ तेस्रो पुस्तादेखि तिनीहरू यहोवा परमेश्वरको सभाको भाग हुन पाउनेछन्।
९ “तिमीहरू शत्रुहरूसित लडाइँ गर्न छाउनी हालेर बस्दा आफूलाई अशुद्ध पार्ने सबै कुरादेखि जोगिएर बस्नू।+ १० यदि राती सुतेको बेला वीर्य निस्केको कारण कुनै पुरुष अशुद्ध भयो भने ऊ छाउनीबाहिर निस्कोस् र त्यहीँ बसोस्।+ ११ साँझ घाम अस्ताइसकेपछि ऊ नुहाओस्; त्यसपछि मात्र ऊ छाउनीभित्र पस्न सक्छ।+ १२ तिमीहरूले दिसा बस्नको लागि छाउनीबाहिर एउटा ठाउँ* छुट्ट्याउनू र दिसा गर्न त्यहीँ जाने गर्नू। १३ तिमीहरूले अरू औजारहरूसँगै खन्ने औजार पनि राख्नू। दिसा बस्न जाँदा त्यही औजारले खाल्टो खन्नू र दिसा बसिसकेपछि पुरिदिनू। १४ यहोवा तिमीहरूका परमेश्वर तिमीहरूलाई शत्रुहरूदेखि छुटाउन र उनीहरूलाई तिमीहरूको हातमा सुम्पन छाउनीमा तिमीहरूमाझ घुमिरहनुहुन्छ।+ त्यसैले तिमीहरूको छाउनी पवित्र हुनुपर्छ। उहाँले तिमीहरूबीच कुनै अशुद्ध कुरा देख्न नपरोस् नत्र त उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।+
१५ “कुनै दास आफ्नो मालिकको घरबाट भागेर तिमीहरूकहाँ आयो भने उसलाई उसको मालिकको हातमा नसुम्पनू। १६ ऊ तिमीहरूको सहरहरूमध्ये जहाँ बस्न चाहन्छ, त्यहीँ बस्न दिनू। उसलाई कुनै किसिमको दुर्व्यवहार नगर्नू।+
१७ “इस्राएलको कुनै पनि स्त्री मन्दिरको वेश्या नबनोस्।+ त्यसैगरि इस्राएलको कुनै पनि पुरुष मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने व्यक्ति नबनोस्।+ १८ यस्तो काम गर्ने पुरुष* वा स्त्रीले आफूले कमाएको पैसा आफ्नो भाकल पूरा गर्न यहोवा परमेश्वरको घरमा भेटीस्वरूप ल्याउन पाउनेछैन। किनभने त्यस्ता पुरुष वा स्त्रीलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।
१९ “तिमीहरूले आफ्ना इस्राएली दाजुभाइलाई ऋण दिँदा त्यसको ब्याज नलिनू,+ चाहे त्यो ऋण पैसा होस्, खानेकुरा होस् वा ब्याज लिन सकिने किसिमको ऋण नै किन नहोस्। २० तिमीहरूले विदेशीहरूसित ब्याज लिन सक्छौ+ तर आफ्ना इस्राएली दाजुभाइसित भने ब्याज नलिनू।+ यसो गऱ्यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने हरेक कामकुरामा आशिष् दिनुहुनेछ।+
२१ “तिमीहरूले यहोवा परमेश्वरसामु कुनै भाकल गऱ्यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+ २२ तर भाकल गरेका छैनौ भने तिमीहरूले पाप गरेका हुनेछैनौ।+ २३ तिमीहरू आफूले दिएको वचन पूरा गर।+ यहोवा परमेश्वरको लागि तिमीहरू जे भाकल गर्छौ, त्यो स्वैच्छिकभेटी हो। तिमीहरूले त्यो पूरा गर्नै पर्छ।+
२४ “तिमीहरू आफ्नो छिमेकीको अङ्गुर बगानमा गयौ भने आफूलाई मन लागेजति खान सक्छौ तर आफ्नो भाँडामा चाहिँ नलग्नू।+
२५ “तिमीहरू आफ्नो छिमेकीको खेतमा गयौ भने त्यहाँको अन्न टिपेर खान सक्छौ तर उसको खेतमा हँसियाचाहिँ नलगाउनू।+
२४ “कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+ २ छोडपत्र पाएकी त्यस स्त्रीले त्यो घर छोडेर गएपछि फेरि विवाह गर्न सक्छे।+ ३ तर दोस्रो पतिले पनि त्यस स्त्रीलाई घृणा गऱ्यो र उसले पनि छोडपत्र लेखेर दियो अनि आफ्नो घरबाट निकालिदियो भने वा त्यो दोस्रो पति मऱ्यो भने ४ छोडपत्र दिएको पहिलो पतिले त्यस स्त्रीसित फेरि विवाह गर्न पाउनेछैन किनभने त्यो स्त्री अशुद्ध भइसकी। यस्तो कामलाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ। यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशमा तिमीहरूले यस्तो पाप नगर्नू।
५ “भर्खरै विवाह गरेको पुरुषलाई सेनामा भर्ती नगर्नू वा उसलाई अरू कुनै जिम्मेवारी नदिनू। उसलाई एक वर्षसम्म घरमै बस्न दिनू र उसले आफ्नी पत्नीलाई खुसी बनाओस्।+
६ “ऋण दिँदा कसैले पनि जाँतो वा जाँतोको माथिल्लो चक्का बन्धकी नलिनू।+ किनभने यसो गर्नु भनेको कुनै मानिसको जीवन धान्ने साधन नै बन्धकी लिनु हो।*
७ “कुनै मानिसले आफ्नो इस्राएली भाइबन्धुलाई अपहरण गऱ्यो अनि उसलाई दुर्व्यवहार गऱ्यो र बेचिदियो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+ तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
८ “तिमीहरूमाझ कुष्ठरोग* देखा पऱ्यो भने लेवी पुजारीहरूले तिमीहरूलाई जे-जे गर भनेर सिकाउँछन्, तिमीहरूले ठीक त्यसै गर्नू।+ मैले पुजारीहरूलाई जे-जस्तो आज्ञा दिएको छु, तिमीहरूले ती होसियार भई पालन गर्नू। ९ तिमीहरू मिश्रबाट निस्केर आइरहेको बेला यहोवा तिमीहरूका परमेश्वरले मरियमलाई के गर्नुभएको थियो, त्यो कुरा नबिर्स।+
१० “तिमीहरूले आफ्ना छिमेकीलाई ऋण दिँदा+ तिनले जुन कुरा बन्धकी राख्ने वचन दिएका छन्, त्यो जफत गर्न तिनको घरभित्र नपस। ११ तिमीहरू बाहिरै पर्खेर बस र ऋण लिने मानिसले कबुल गरेको सामान बाहिरै ल्याओस्। १२ ऋण लिने मानिस गरिब छ र बन्धकी राखेको सामान उसलाई नै खाँचो छ भने त्यो सामान रातभर तिमीकहाँ नराख।+ १३ घाम अस्ताउनेबित्तिकै उसले बन्धकी राख्न दिएको ओढ्ने फर्काइदिनू। ऊ आफ्नो ओढ्ने ओढेर ओछ्यानमा जान सक्नेछ+ र उसले तिमीलाई आशिष् दिनेछ। यसो गऱ्यौ भने तिमीहरूका परमेश्वर यहोवाको नजरमा तिमीहरू धर्मी ठहरिनेछौ।
१४ “तिमीहरूको इस्राएली दाजुभाइ होस् वा तिमीहरूको सहरमा बस्ने विदेशी, तिमीहरूले काममा लगाएको कुनै पनि गरिब वा खाँचोमा परेको ज्यालादारी कामदारलाई नठग्नू।+ १५ घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+
१६ “छोराछोरीले गरेको पापको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाले गरेको पापको कारण छोराछोरीलाई मृत्युदण्ड नदिनू।+ जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनुपर्छ।+
१७ “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+ १८ मिश्रमा छँदा तिमीहरू पनि दास थियौ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
१९ “कटनी गर्दा खेतमा एक बिटा अन्न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+
२० “तिमीहरूले लट्ठीले हिर्काएर जैतुनको रूखबाट फल झारिसकेपछि बाँकी रहेको फल झार्न हाँगाहरूलाई फेरि नहिर्काउनू। त्यस रूखमा जे-जति बाँकी हुन्छ, ती सबै विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+
२१ “तिमीहरूले अङ्गुर टिपिसकेपछि बाँकी रहेको अङ्गुर टिप्न फेरि बगानमा फर्केर नजाओ। त्यहाँ जे-जति बाँकी हुन्छ, ती सबै विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ। २२ मिश्रमा छँदा तिमीहरू पनि दास थियौ भन्ने कुरा नबिर्स। त्यसैले मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ।
२५ “यदि दुई मानिसबीच झगडा भयो भने तिनीहरू आफ्नो मुद्दा लिएर न्यायकर्ताहरूकहाँ जाऊन्+ र न्यायकर्ताहरूले तिनीहरूको फैसला गरिदेऊन्। अनि उनीहरूले जसको गल्ती छैन, उसलाई निर्दोष र जसको गल्ती छ, उसलाई दोषी ठहराऊन्।+ २ अपराधीले कुटाइ खान लायकको गल्ती गरेको छ भने+ न्यायकर्ताले उसलाई घोप्टिएर लम्पसार पर्न लगाऊन् र आफ्नै अगाडि लट्ठीले पिट्न लगाऊन्। उसले जति गल्ती गरेको छ, त्यति नै पटक उसलाई पिटियोस्। ३ उसलाई बढीमा ४० पटकसम्म पिट्नू,+ त्योभन्दा धेरै होइन। नत्र त सबैसामु तिमीहरूको आफ्नै भाइको अपमान हुनेछ।
४ “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।+
५ “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून् र आफ्नो कर्तव्य पूरा गरून्।+ ६ अनि तिनीहरूबाट जन्मेको पहिलो सन्तानले मरिसकेको दाजु वा भाइको वंश कायम गरून्।+ यसरी इस्राएलबाट तिनको नाम मेटिन नपाओस्।+
७ “तर मरिसकेको पतिको दाइ वा भाइले ती विधवासित विवाह गर्न नमानेमा उनी सहरको मूलढोकामा नाइकेहरूकहाँ जाऊन् र यसो भनून् ‘यी मानिसले इस्राएलमा मेरो पतिको नाम कायम राख्न मानेनन्। तिनी मसँग विवाह गरेर आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्।’ ८ तब ती पुरुष बसेको सहरका नाइकेहरूले तिनलाई बोलाएर तिनीसँग कुरा गरून्। अझै पनि तिनी विवाह गर्न मान्दैनन् र ‘म उनीसँग विवाह गर्न चाहन्नँ’ भन्छन् भने ९ ती विधवाले नाइकेहरूकै सामने तिनको जुत्ता फुकालिदेऊन्+ र तिनको मुखमा थुकिदेऊन् अनि यसो भनून्, ‘आफ्नो दाजुभाइको वंश धान्न नमान्ने मानिसलाई यसै गरिनेछ।’ १० त्यसपछि इस्राएलमा त्यस मानिसको घराना ‘जुत्ता फुकालिएको मानिसको घराना’ भनेर चिनिनेछ।
११ “यदि दुई जना पुरुषबीच झगडा भयो र तिनीहरूमध्ये एक जनाकी पत्नीले आफ्नो पतिलाई बचाउन आक्रमण गर्ने पुरुषको गुप्ताङ्ग अँठ्याई भने १२ तिमीहरूले त्यसको हात काटिदिनू। तिमीहरूले त्यसलाई दया नगर्नू।
१३ “तिमीहरूले एउटै तौलको लागि आफ्नो झोलामा ढुङ्गाका दुई किसिमका ढक नराख्नू,+ एउटा धेरै तौल भएको र अर्को कम तौल भएको। १४ तिमीहरूले आफ्नो घरमा पनि एउटै नापको लागि दुई किसिमका भाँडा* नराख्नू,+ एउटा अलि ठूलो र अर्को अलि सानो। १५ तिमीहरूले ठीक तौलको ढक र ठीक नापको भाँडा राख्नू। यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू दीर्घायु हुनेछौ।+ १६ नापतौलमा बेइमानी गर्ने व्यक्तिलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
१७ “मिश्रबाट आउँदा अमालेकीहरूले तिमीहरूलाई बाटोमा के गरेका थिए, त्यो कुरा नबिर्स।+ १८ तिमीहरू हिँड्दा-हिँड्दा थाकेर चूर भएका थियौ। त्यसबेला अमालेकीहरूले यात्रामा पछि परेका सबै इस्राएलीलाई आक्रमण गरेर मारेका थिए। अमालेकीहरूले परमेश्वरको डर मानेनन्। १९ यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।
२६ “जब तिमीहरू यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गर्छौ र त्यहाँ बसोबास गर्न थाल्छौ, २ तब यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+ ३ अनि त्यसबेला सेवा गरिरहेका पुजारीकहाँ गएर यसो भन्नू, ‘यहोवा परमेश्वरले हाम्रा पुर्खाहरूसित शपथ खाएर हामीलाई दिन्छु भन्नुभएको देशमा आइपुगेँ भनेर म यहोवा तपाईँका परमेश्वरसामु भन्छु।’+
४ “अनि पुजारीले तिमीहरूको हातमा भएको त्यो डालो लिनेछन् र यहोवा तिमीहरूका परमेश्वरको वेदीसामु राख्नेछन्। ५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरसामु यसो भन्नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्तिशाली जातिमा परिणत भयो।+ ६ त्यसपछि मिश्रीहरूले हामीलाई एकदमै नराम्रो व्यवहार गरे, निकै थिचोमिचो गरे अनि कठोर हुँदै काममा दलाउनसम्म दलाए।+ ७ त्यसैले हामीले हाम्रा पुर्खाहरूका परमेश्वर यहोवालाई पुकार्न थाल्यौँ अनि यहोवाले हाम्रो पुकारा सुन्नुभयो अनि हाम्रो दुःखकष्ट, पीडा र हामीमाथि भएको अत्याचार देख्नुभयो।+ ८ तब यहोवा परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर,+ भयानक कामहरू गरेर, विभिन्न चिन्ह देखाएर र चमत्कारहरू गरेर हामीलाई मिश्रबाट छुटाउनुभयो।+ ९ त्यसपछि उहाँले हामीलाई यहाँ ल्याउनुभयो अनि दूध र मह बग्ने यो देश दिनुभयो।+ १० त्यसैले यहोवा परमेश्वरले दिनुभएको भूमिको उब्जनीको पहिलो फलबाट मैले केही ल्याएको छु।’+
“त्यसपछि तिमीहरूले त्यो डालो यहोवा तिमीहरूका परमेश्वरसामु राख्नू र यहोवा तिमीहरूका परमेश्वरसामु घोप्टो पर्नू। ११ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमी र तिम्रो घरानालाई जति पनि असल थोक दिनुभएको छ, ती सबैको लागि तिमीहरूले लेवीहरू र तिमीहरूसित बस्ने विदेशीहरूसँगै खुसीयाली मनाउनू।+
१२ “प्रत्येक तेस्रो वर्षको अन्तमा त्यस वर्षको उब्जनीको सबै दशांश* जम्मा गरिसकेपछि+ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरू, विदेशीहरू, अनाथहरू* र विधवाहरूलाई लगेर ती दिनू र तिनीहरू ती खाएर सन्तुष्ट होऊन्।+ १३ त्यसपछि तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरसामु यसो भन्नू, ‘तपाईँले आज्ञा गर्नुभएझैँ मैले आफ्नो घरबाट उब्जनीको पवित्र भाग लगेर लेवीहरू, विदेशीहरू, अनाथहरू र विधवाहरूलाई दिएँ।+ मैले तपाईँको आज्ञा उल्लङ्घन गरेको छैनँ। अनि ती पालन गर्न हेलचेक्य्राइँ पनि गरेको छैनँ। १४ शोक परेको बेला मैले पवित्र भागबाट केही लिएर खाएको छैनँ, अशुद्ध भएको बेला त्यसलाई छोएको छैनँ अनि मरेकाहरूलाई पनि त्यसबाट केही चढाएको छैनँ। यहोवा मेरा परमेश्वरले भन्नुभएको एक-एक कुरा मैले पालन गरेको छु। १५ त्यसैले हे परमेश्वर, आफ्नो पवित्र निवासस्थान स्वर्गबाट तल हेर्नुहोस् र हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ+ तपाईँले दिनुभएको दूध र मह बग्ने यस देशलाई+ र हामी तपाईँका जन इस्राएलीहरूलाई आशिष् दिनुहोस्।’+
१६ “आज यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यी सबै नीतिनियम र फैसलाअनुसार चल भनेर आज्ञा दिनुभएको छ। तिमीहरूले आफ्नो सारा हृदयले+ अनि आफ्नो सारा ज्यानले यी आज्ञाहरू पालन गरिरहनू। १७ यदि तिमीहरू यहोवा परमेश्वरको मार्गमा हिँड्यौ, उहाँका नीतिनियम र आज्ञाहरू पालन गऱ्यौ,+ उहाँका फैसलाअनुसार चल्यौ+ अनि उहाँको कुरा सुन्यौ भने उहाँ तिमीहरूका परमेश्वर हुनुहुनेछ भनेर आज उहाँले घोषणा गर्नुभएको छ, जुन तिमीहरूले सुनेका छौ। १८ तिमीहरू उहाँका जन हुनेछौ, उहाँको विशेष* सम्पत्ति हुनेछौ भनेर यहोवा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएको थियो।+ त्यही प्रतिज्ञाबमोजिमै आज तिमीहरूले ‘हामी उहाँका जन बन्नेछौँ अनि उहाँका सबै आज्ञा पालन गर्नेछौँ’ भनेर गरेको घोषणा उहाँले स्विकार्नुभएको छ। १९ यदि तिमीहरू यहोवा परमेश्वरको नजरमा पवित्र जाति बनिरह्यौ भने+ उहाँले आफ्नो प्रतिज्ञाअनुसारै तिमीहरूलाई आफूले बनाएका अरू सबै जातिभन्दा उच्च पार्नुहुनेछ अनि उनीहरूलाई भन्दा धेरै प्रशंसा, महिमा र सम्मान दिनुहुनेछ।”+
२७ त्यसपछि मोसाले इस्राएलका नाइकेहरूसित मिलेर मानिसहरूलाई यसो भने: “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर। २ यर्दन नदी पार गरेर यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेको दिन तिमीहरूले त्यहाँ ठूलठूला ढुङ्गा ठड्याउनू र त्यसमा चुन पोत्नू।+ ३ अनि ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै कुरा एक-एक गरी लेख्नू। त्यसैले जब तिमीहरू यहोवा परमेश्वरले दिन लाग्नुभएको देश, हो, यहोवा तिमीहरूका पितापुर्खाका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा पुग्नेछौ, तब तिमीहरूले ती ठूलठूला ढुङ्गाहरूमा व्यवस्थाका सबै कुरा लेख्न नबिर्सनू।+ ४ यर्दन नदी पार गरेपछि मैले आज तिमीहरूलाई भनेझैँ तिमीहरूले ती ढुङ्गाहरू एबाल डाँडामा ठड्याउनू+ र त्यसमा चून पोत्नू। ५ त्यहाँ तिमीहरूले यहोवा परमेश्वरको लागि ढुङ्गाको एउटा वेदी पनि बनाउनू। त्यो वेदी बनाउँदा फलामको कुनै औजार नचलाउनू।+ ६ तिमीहरूले नफुटाइएको वा नकाटिएको सग्ला ढुङ्गाहरू प्रयोग गरेर यहोवा परमेश्वरको लागि वेदी बनाउनू। त्यहाँ यहोवा तिमीहरूका परमेश्वरको लागि अग्निभेटी चढाउनू। ७ तिमीहरूले मेलबलि* चढाउनू+ र त्यसलाई त्यहीँ खानू।+ अनि यहोवा तिमीहरूका परमेश्वरसामु खुसीयाली मनाउनू।+ ८ तिमीहरूले ठड्याएका ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै कुरा प्रस्टसँग लेख्नू।”+
९ तब मोसा र सबै लेवी पुजारीले सबै इस्राएलीलाई यसो भने: “हे इस्राएली हो, शान्त होओ र सुन। आजको दिन तिमीहरू आफ्ना परमेश्वर यहोवाका जन भयौ।+ १० तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको कुरा सुन्नुपर्छ र मैले आज तिमीहरूलाई दिएको उहाँका आज्ञा अनि नीतिनियम पालन गर्नुपर्छ।”+
११ त्यो दिन मोसाले मानिसहरूलाई यस्तो आदेश दिए: १२ “जब तिमीहरू यर्दन नदी पार गर्छौ, तब मानिसहरूलाई आशिष् दिन सिमियोन, लेवि, यहुदा, इस्साकार, युसुफ र बिन्यामिनको कुलका मानिसहरू गिरिज्जिम डाँडामा उभिऊन्।+ १३ अनि सरापको घोषणा गर्न चाहिँ रुबेन, गाद, असेर, जबुलुन, दान र नप्तालिको कुलका मानिसहरू एबाल डाँडामा उभिऊन्।+ १४ त्यसपछि लेवीहरूले सबै इस्राएलीलाई ठूलो स्वरमा यसो भनून्:+
१५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्।)
१६ “‘आफ्नो बुबा वा आमालाई तुच्छ व्यवहार गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
१७ “‘आफ्नो छिमेकीको साँध-सिमाना मिच्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
१८ “‘अन्धालाई उल्टो बाटोतिर पठाइदिने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
१९ “‘नियम बङ्ग्याएर विदेशी, अनाथ* वा विधवालाई अन्याय गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२० “‘आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्। किनभने यसो गर्नु बुबाको घोर अपमान गर्नु हो।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२१ “‘पशुसित सम्भोग गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२२ “‘आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२३ “‘आफ्नी सासूसित यौनसम्बन्ध राख्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२४ “‘ढुकिबसेर आफ्नो छिमेकीलाई मार्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२५ “‘पैसा लिएर निर्दोष व्यक्तिको हत्या गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२६ “‘यस व्यवस्थामा भएका कुराहरू पालन नगर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
२८ “आज मैले तिमीहरूलाई दिएको यहोवा तिमीहरूका परमेश्वरका आज्ञाहरू होसियार भई एक-एक पालन गऱ्यौ र उहाँको कुरा सुन्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस पृथ्वीका अरू सबै जातिभन्दा अवश्य उच्च पार्नुहुनेछ।+ २ यहोवा परमेश्वरको कुरा मानिरह्यौ भने तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष् पाउनेछौ:+
३ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू आशिषित् हुनेछौ।+
४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष् पर्नेछ।+
५ “तिमीहरूको डालो र पीठो मुछ्ने भाँडोमाथि आशिष् पर्नेछ।+
६ “जहाँ गए पनि अनि जुन काम गरे पनि तिमीहरू आशिषित् हुनेछौ।
७ “तिमीहरूविरुद्ध खडा हुने शत्रुहरूलाई यहोवा परमेश्वरले तिमीहरूकै सामने परास्त गर्नुहुनेछ।+ तिनीहरूले एक ठाउँबाट आक्रमण गर्नेछन् तर सात ठाउँतिर भागेर जानेछन्।+ ८ यहोवा परमेश्वरले तिमीहरूको भण्डारमा र तिमीहरूले गर्ने जुनसुकै काममा प्रशस्त आशिष् बर्सोस् भनी हुकुम गर्नुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा निश्चय नै प्रशस्त आशिष् बर्साउनुहुनेछ। ९ यदि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको आज्ञा पालन गरिरह्यौ र उहाँको मार्गमा हिँड्न छोडेनौ भने यहोवा परमेश्वरले आफूले शपथ खाएझैँ+ तिमीहरूलाई आफ्नो पवित्र जन बनाउनुहुनेछ।+ १० यहोवा परमेश्वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्नेछन्+ र तिमीहरूको डर मान्नेछन्।+
११ “यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा+ यहोवाले तिमीहरूलाई धेरै छोराछोरी, बथानका बथान भेडाबाख्रा र वस्तुभाउ अनि प्रशस्त उब्जनी दिनुहुनेछ।+ १२ यहोवा परमेश्वरले आफ्नो विशाल भण्डार अर्थात् आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+ १३ आज मैले तिमीहरूलाई दिएको यहोवा परमेश्वरका आज्ञाहरू सधैँ पालन गरिरह्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई सबै जातिभन्दा उच्च पार्नुहुनेछ,+ कहिल्यै तुच्छ पार्नुहुनेछैन। तिमीहरू सधैँ अरूभन्दा अगाडि हुनेछौ, कहिल्यै पछाडि पर्नेछैनौ। १४ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्न नछोड; ती आज्ञाहरूबाट दायाँबायाँ लागेर तिमीहरूले अरू देवतालाई नपुज।+
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
१६ “चाहे तिमीहरू सहरमा होओ या गाउँमा, तिमीहरू श्रापित हुनेछौ।+
१७ “तिमीहरूको डालो र पीठो मुछ्ने भाँडोमाथि सराप पर्नेछ।+
१८ “तिमीहरूका छोराछोरी, तिमीहरूको उब्जनी, तिमीहरूका बाछाबाछी अनि तिमीहरूका पाठापाठीमाथि सराप पर्नेछ।+
१९ “जहाँ गए पनि र जुन काम गरे पनि तिमीहरू श्रापित हुनेछौ।
२० “तिमीहरूले खराब काम गरिरह्यौ र उहाँलाई* त्याग्यौ भने तिमीहरूले जुन काम गरे पनि यहोवा परमेश्वरले सराप दिनुहुनेछ; उहाँले तिमीहरूको कामलाई गोलमाल गरिदिनुहुनेछ र असफल तुल्याइदिनुहुनेछ अनि उहाँले तिमीहरूलाई छिट्टै नाश गर्नुहुनेछ।+ २१ तिमीहरू अहिले जुन देश अधिकार गर्न जान लागेका छौ, त्यहाँबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म यहोवा परमेश्वरले तिमीहरूमाझ महामारी पठाउनुहुनेछ।+ २२ यहोवा परमेश्वरले तिमीहरूमाझ क्षयरोग, निस्लोट ज्वरो,+ सुन्निने रोग र विषम ज्वरो फैलाउनुहुनेछ। अनि शत्रुहरूले तिमीहरूलाई तरबारले आक्रमण गर्नेछन्,+ लु चलेर तिमीहरूको बालीनाली सखाप हुनेछ र जताततै बोटबिरुवामा ढुसी लाग्नेछ।+ तिमीहरू नाश नभएसम्म यस्ता विपत्तिहरूले तिमीहरूलाई छोड्नेछैन। २३ आकाशबाट एक थोपा पानी पर्नेछैन र तिमीहरूको जमिन पटपट फुट्नेछ।*+ २४ तिमीहरू नाश नभएसम्म यहोवा परमेश्वरले आकाशबाट धुलो र बालुवा बर्साउनुहुनेछ। २५ यहोवा परमेश्वरले तिमीहरूलाई शत्रुहरूसामु हार खुवाउनुहुनेछ।+ तिमीहरूले शत्रुहरूलाई एक ठाउँबाट आक्रमण गर्नेछौ तर सात ठाउँतिर भागेर जानेछौ। तिमीहरूको हालत देखेर पृथ्वीका सबै जाति डराउनेछन्।+ २६ तिमीहरूको लास आकाशका चराचुरुङ्गी र जमिनका पशुहरूको आहार हुनेछन् र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+
२७ “यहोवा परमेश्वरले मिश्रीहरूलाई जस्तै तिमीहरूलाई पनि पिलो, अल्काई,* घाउखटिरा अनि दादले सताउनुहुनेछ र तिमीहरू निको हुनेछैनौ। २८ यहोवा परमेश्वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+ २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+ ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+ ३१ तिमीहरूको बहर तिमीहरूकै आँखाअगाडि काटिनेछ तर तिमीहरूले त्यसको एक चोक्टा मासु पनि खान पाउनेछैनौ। तिमीहरूको गधा तिमीहरूकै आँखाअगाडि चोरिनेछ तर त्यो तिमीहरूले फिर्ता पाउनेछैनौ। तिमीहरूको भेडा शत्रुहरूले लैजानेछन् तर तिमीहरूलाई मदत गर्न त्यहाँ कोही हुनेछैन। ३२ तिमीहरूका छोराछोरीलाई तिमीहरूकै आँखाअगाडि अरू मानिसले लैजानेछन्।+ तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछ। तर तिमीहरूले केही गर्न सक्नेछैनौ। ३३ तिमीहरूले चिन्दै नचिनेका मानिसहरू आएर तिमीहरूको सबै उब्जनी र खानेकुरा खाइदिनेछन्;+ तिमीहरू सधैँ ठगिनेछौ र थिचोमिचोमा पर्नेछौ। ३४ आफ्नै आँखाअगाडि यी सब देखेर तिमीहरू पागल हुनेछौ।
३५ “यहोवा परमेश्वरले तिमीहरूका घुँडाहरू र गोडाहरूमा डरलाग्दो अनि निको नहुने पिलो निकालिदिनुहुनेछ; त्यो तिमीहरूको शिरदेखि पैतालासम्म फैलनेछ। ३६ यहोवा परमेश्वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्गाका देवतालाई पुज्नेछौ।+ ३७ यहोवा परमेश्वरले तिमीहरूलाई जहाँ-जहाँ धपाउनुहुनेछ, त्यहाँ-त्यहाँ तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्। तिनीहरूले तिमीहरूको खिल्ली उडाउनेछन् र तिमीहरू हाँसोको पात्र हुनेछौ।*+
३८ “तिमीहरूले खेतमा धेरै बिउ छर्नेछौ तर थोरै मात्र बाली भित्र्याउनेछौ+ किनभने सलहले तिमीहरूको बाली स्वाहा पार्नेछ। ३९ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ, त्यसलाई गोडमेल गर्नेछौ तर एक दाना अङ्गुर पनि टिप्न पाउनेछैनौ र एक थोपो दाखमद्य* पनि चाख्न पाउनेछैनौ+ किनभने तिमीहरूको बगान किराले सखाप पार्नेछ। ४० तिमीहरूको देशमा जैतुनका रूखहरू हुनेछन् तर तिमीहरूले त्यसको तेल घस्न पाउनेछैनौ किनभने पाक्नुअघि नै जैतुन झरिसकेको हुनेछ। ४१ तिमीहरूले छोराछोरी जन्माउनेछौ तर तिनीहरू तिमीहरूसँग रहनेछैनन् किनभने तिनीहरूलाई बन्दी बनाएर लगिनेछ।+ ४२ तिमीहरूका रूख र बालीनालीमा हुलका हुल किराले* आक्रमण गर्नेछन् र सबैलाई स्वाहा पार्नेछन्। ४३ तिमीहरूमाझ बस्ने विदेशीहरूको दिनप्रतिदिन उन्नति हुनेछ तर तिमीहरूको भने झन्झनै दुर्गति हुनेछ। ४४ विदेशीहरूले तिमीहरूलाई ऋण दिनेछन् तर तिमीहरूले उनीहरूलाई ऋण दिन सक्नेछैनौ।+ उनीहरू सधैँ तिमीहरूभन्दा अगाडि हुनेछन् तर तिमीहरूचाहिँ पछाडि पर्नेछौ।+
४५ “तिमीहरूले यहोवा परमेश्वरको आज्ञा पालन नगरेर अनि उहाँको नियमअनुसार नचलेर उहाँको कुरा सुनेनौ भने यी सबै सराप+ तिमीहरूमाथि निश्चय नै आइपर्नेछ र तिमीहरूको नामोनिसान नमेटिउन्जेल त्यसले तिमीहरूलाई छोड्नेछैन।+ ४६ यी सरापहरू तिमीहरू र तिमीहरूका सन्तानलाई पनि लाग्नेछ र त्यो सदाको लागि चिन्ह र चेतावनी हुनेछ।+ ४७ किनकि तिमीहरूसँग सबै कुरा प्रशस्त भएको बेला तिमीहरूले रमाउँदै खुसीसित यहोवा तिमीहरूका परमेश्वरको सेवा गरेनौ।+ ४८ त्यसैले यहोवा परमेश्वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।
४९ “यहोवा परमेश्वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+ ५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+ ५१ तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरूले सबै बाछाबाछी र पाठापाठी खाइदिनेछन् अनि तिमीहरूको उब्जनी सखाप पारिदिनेछन्। तिमीहरू सबै नाश नभएसम्म तिनीहरूले एक गेडो अन्न पनि छोड्नेछैनन्, नयाँ रक्सी र तेलको एक थोपो पनि बाँकी राख्नेछैनन्, एउटा पनि बाछाबाछी वा पाठापाठी छोड्नेछैनन्।+ ५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्। हो, यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्।+ ५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।
५४ “तिमीहरूबीच सबैभन्दा दयालु र कमलो मन भएको पुरुषले समेत आफ्नै दाजुभाइ, आफूले असाध्यै माया गर्ने पत्नी र बाँकी रहेका आफ्ना छोराछोरी कसैलाई दया देखाउनेछैन। ५५ आफूले खाइरहेको आफ्नै छोराछोरीको मासुसमेत उसले तिनीहरूसँग बाँडचुँड गर्नेछैन किनभने घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्कट ल्याउने भएकोले ऊसँग खानको लागि केही बाँकी हुनेछैन।+ ५६ त्यसैगरि आफ्नो पैतालाले भुईँमा टेक्ने समेत आँट नगर्ने तिमीहरूका सुकुमारी र कमलो मनकी स्त्रीले पनि+ आफ्नो प्यारो पति अनि छोराछोरीलाई समेत दया देखाउनेछैन। ५७ घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्कट ल्याउने भएकोले उसले आफूले भर्खर जन्माएको बच्चा र सालनालसमेत लुकेर खान्छे।
५८ “यदि तिमीहरूले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा होसियार भई पालन गरेनौ+ र यहोवा+ तिमीहरूका परमेश्वरको महिमित र श्रद्धा जगाउने नामको डर मानेनौ भने+ ५९ यहोवा परमेश्वरले तिमीहरूमाथि र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्ति र भयानक रोगहरू ल्याउनुहुनेछ।+ तिमीहरूको लागि त्यो असह्य हुनेछ र त्यो हतपती थामिनेछैन। ६० तिमीहरू मिश्रमा जुन रोगबिमारदेखि डराउँथ्यौ, ती नै रोगबिमार उहाँले तिमीहरूलाई लगाइदिनुहुनेछ, त्यसले तिमीहरूलाई छोड्नेछैन। ६१ यति मात्र होइन, व्यवस्थाको यस पुस्तकमा नलेखिएका अरू थुप्रै रोगबिमार र विपत्ति यहोवा परमेश्वरले तिमीहरूमाथि ल्याउनुहुनेछ। तिमीहरूको नामोनिसान नमेटिएसम्म यस्ता कुराहरूले तिमीहरूलाई छोड्नेछैन। ६२ तिमीहरू आकाशका ताराजत्तिकै असङ्ख्य भए पनि त्यतिबेला मुठीभर मात्र बाँकी रहनेछौ+ किनभने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको कुरा सुनेनौ।
६३ “जसरी यहोवा परमेश्वर तिमीहरूको वृद्धि गराउँदा र फलिफाप गराउँदा खुसी हुनुभएको थियो, त्यसरी नै तिमीहरूलाई नाश गर्दा र तिमीहरूको नामोनिसान मेटाउँदा पनि यहोवा परमेश्वर खुसी हुनुहुनेछ। तिमीहरू जुन देश अधिकार गर्न गइरहेका छौ, त्यहाँबाट उहाँले तिमीहरूलाई उखेलिदिनुहुनेछ।
६४ “यहोवा परमेश्वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+ ६५ ती जातिहरूबीच रहँदा तिमीहरू शान्तसित बस्न सक्नेछैनौ,+ तिमीहरूले आफ्नो खुट्टा बिसाउने ठाउँ पाउनेछैनौ। यहोवा परमेश्वरले तिमीहरूको मन चिन्ताले भरिदिनुहुनेछ,+ त्यहाँबाट छुटकारा पाउने बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछन् र तिमीहरूलाई निराशाले छोप्नेछ।+ ६६ तिमीहरूको जीवन जोखिममा पर्नेछ, तिमीहरू दिनरात डरैडरमा बाँच्नेछौ; आफ्नो जीवन रहला कि नरहला भनेर तिमीहरू सधैँ चिन्तामा डुब्नेछौ। ६७ मनमा डरैडर भएकोले र देखेको कुराले त्रसित भएकोले तिमीहरूले बिहान यसो भन्नेछौ: ‘कहिले साँझ पर्ला!’ अनि साँझचाहिँ यसो भन्नेछौ: ‘कहिले बिहान होला!’ ६८ अनि यहोवा परमेश्वरले तिमीहरूलाई जहाजमा हालेर फेरि त्यही बाटोबाट मिश्र फर्काएर लैजानुहुनेछ, जुन बाटोबारे मैले तिमीहरूलाई भनेको थिएँ, ‘तिमीहरूले यो बाटो भएर फेरि कहिल्यै यात्रा गर्नेछैनौ।’ अनि मिश्रमा तिमीहरूले आफैलाई दासदासी बनाएर शत्रुहरूको हातमा बेच्न खोज्नेछौ तर तिमीहरूलाई किन्ने कोही हुनेछैन।”
२९ यहोवा परमेश्वरले मोआब देशमा इस्राएलीहरूसित करार गर्नुभयो। उहाँले इस्राएलीहरूसित करार गर्नुहुँदा मोसालाई आज्ञा गर्नुभएका कुराहरू यी नै हुन्। उहाँले यसअघि होरेब डाँडामा पनि इस्राएलीहरूसित करार गर्नुभएको थियो।+
२ मोसाले सबै इस्राएलीलाई बोलाएर भने: “यहोवा परमेश्वरले मिश्रमा फारोलाई, तिनका सेवकहरूलाई अनि तिनको सारा देशलाई के-के गर्नुभयो, त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ।+ ३ उहाँले तिनीहरूलाई कस्ता कडा सजायहरू दिनुभयो,* कस्ता चिन्हहरू देखाउनुभयो र कस्ता चमत्कारहरू गर्नुभयो, त्यो तिमीहरूले देख्यौ।+ ४ तर यहोवा परमेश्वरले तिमीहरूलाई आजसम्म पनि बुझ्ने हृदय, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन।+ ५ उहाँले यसो भन्नुभएको थियो, ‘मैले ४० वर्षसम्म तिमीहरूलाई निर्जनभूमिमा डोऱ्याएँ।+ त्यसबेला तिमीहरूका लुगा र जुत्ता फाटेनन्।+ ६ तिमीहरूले रोटी खान पाएनौ, दाखमद्य* वा अन्य कुनै किसिमको रक्सी पिउन पाएनौ। तैपनि मैले तिमीहरूको हेरविचार गरेँ ताकि तिमीहरूले म नै तिमीहरूका परमेश्वर यहोवा हुँ भनी बुझ्न सक।’ ७ जब हामी यात्रा गर्दै यस ठाउँमा आइपुग्यौँ, तब हेस्बोनका राजा सिहोन+ र बासानका राजा ओग+ हामीसित लडाइँ गर्न आए तर हामीले तिनीहरूलाई हरायौँ।+ ८ हामीले तिनीहरूको देश कब्जा गऱ्यौँ अनि रुबेन र गादको कुललाई अनि मनस्सेको आधा कुललाई त्यो देश पैतृक सम्पत्तिको रूपमा दियौँ।+ ९ त्यसैले तिमीहरू यस करारका एक-एक कुरामा ध्यान देओ र ती पालन गर। यसो गऱ्यौ भने तिमीहरू सबै काममा सफल हुनेछौ।+
१० “आज तिमीहरू सबै यहोवा परमेश्वरसामु उपस्थित भएका छौ। कुलका मुखियाहरू, नाइकेहरू, अफिसरहरू, इस्राएलका सबै पुरुष, ११ बालबच्चा, पत्नीहरू+ र तिमीहरूका छाउनीमा बस्ने विदेशीहरू+ अनि दाउरा बटुल्नेदेखि पानी बोकेर ल्याउनेहरूसम्म सबै उपस्थित भएका छौ। १२ तिमीहरू यहाँ यहोवा तिमीहरूका परमेश्वरसित एउटै करारमा बाँधिन उपस्थित भएका छौ। आज यहोवा तिमीहरूका परमेश्वरले शपथ खाएर तिमीहरूसित करार गर्दै हुनुहुन्छ।+ १३ तिमीहरूसँग प्रतिज्ञा गरेझैँ र तिमीहरूका पुर्खा अब्राहाम,+ इसहाक+ र याकुबसँग+ शपथ खाएझैँ तिमीहरूलाई आफ्नो जन बनाउन र तिमीहरूका परमेश्वर हुन+ उहाँले तिमीहरूसित यो करार गर्दै हुनुहुन्छ।+
१४ “मैले शपथ खाएर यो करार तिमीहरूसित मात्र गर्न लागेको होइनँ। १५ तर यहाँ यहोवा हाम्रा परमेश्वरसामु भएकाहरूसित र आज यहाँ नभएकाहरूसित पनि करार गर्दै छु। १६ (मिश्र देशमा हामीले कस्तो जीवन बितायौँ र विभिन्न जातिको इलाका हुँदै हामी कसरी यहाँसम्म आइपुग्यौँ, त्यो तिमीहरूलाई राम्ररी थाह छ।+ १७ तिनीहरूका घृणित कुराहरू अनि काठ, ढुङ्गा र सुनचाँदीका घिनलाग्दा मूर्तिहरू* तिमीहरूले देखेका थियौ।)+ १८ होसियार रहो! तिमीहरूमध्ये कोही पुरुष वा स्त्री, कुनै परिवार वा कुलले यहोवा परमेश्वरबाट टाढा भएर अरू राष्ट्रका देवताहरूलाई नपुजोस्।+ त्यस्तो व्यक्ति विषालु फल र तीतेपाती उमार्ने जराजस्तै हुन्छ।+
१९ “कसैले यस शपथका कुराहरू सुनेपछि ‘म आफूलाई जे मन लाग्छ त्यही गर्छु, मलाई केही हुँदैन’ भनी मनमनै घमन्ड गरेर आफूसँगसँगै अरू सबैलाई पनि विनाशतर्फ लैजान्छ भने २० यहोवा परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछैन।+ बरु ऊमाथि यहोवाको भयानक क्रोध दन्कनेछ र यस पुस्तकमा लेखिएका सबै सराप ऊमाथि आइपर्नेछ।+ अनि यहोवाले उसको नाम पृथ्वीबाट मेटाइदिनुहुनेछ। २१ यहोवा परमेश्वरले उसलाई इस्राएलका सबै कुलबाट अलग्गै छुट्ट्याउनुहुनेछ र करार तोड्नेहरूमाथि जे-जस्तो सराप आइपर्नेछ भनी व्यवस्थाको यस पुस्तकमा बताइएको छ, ती सबै ऊमाथि आइपर्नेछ।
२२ “यहोवा परमेश्वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्। २३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो। २४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्न सोध्नेछन्, ‘यहोवा परमेश्वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’ २५ तब मानिसहरूले भन्नेछन्, ‘तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा तिनीहरूका पुर्खाका परमेश्वर यहोवाले गर्नुभएको करार तिनीहरूले तोडेकोले यस्तो भएको हो।+ २६ तिनीहरूले अरू देवताहरूलाई पुजे र ढोगे; ती देवताहरूलाई तिनीहरू चिन्दैनथे र परमेश्वरले ती देवताहरूलाई पुज्न निषेध गर्नुभएको थियो।+ २७ तब यस पुस्तकमा लेखिएका सबै सराप यस देशमाथि खनियो; यसरी यहोवा परमेश्वरको क्रोध दन्कियो।+ २८ त्यसैले डरलाग्दो रिस र ठूलो क्रोधका साथ यहोवा परमेश्वरले तिनीहरूलाई आफ्नो देशबाट उखेलेर अर्को देशमा हुर्ऱ्याइदिनुभयो,+ जहाँ तिनीहरू आजसम्म पनि बसोबास गर्दै छन्।’+
२९ “हाम्रा परमेश्वर यहोवालाई सबै गोप्य कुरा थाह छ+ तर प्रकट गरिएका कुराहरू उहाँले सदाको निम्ति हामीलाई र हाम्रा सन्तानलाई सुम्पनुभएको छ ताकि यस व्यवस्थामा भएका सबै कुरा हामीले पालन गर्न सकौँ।+
३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष् र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्।+ अनि यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+ ४ तिमीहरू पृथ्वीको पल्लो छेउसम्म तितरबितर भए पनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जम्मा गर्नुहुनेछ र फर्काएर ल्याउनुहुनेछ।+ ५ तिमीहरूका पुर्खाले अधिकार गरेको देशमा यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुनेछ र तिमीहरूले त्यसलाई आफ्नो बनाउनेछौ। उहाँले तिमीहरूका पुर्खाहरूको भन्दा तिमीहरूको फलिफाप गराउनुहुनेछ र तिमीहरूको सङ्ख्या धेरै गुणा बढाउनुहुनेछ।+ ६ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको र तिमीहरूका सन्तानको हृदय शुद्ध पार्नुहुनेछ,*+ जसले गर्दा तिमीहरूले यहोवा परमेश्वरलाई आफ्नो सारा हृदयले अनि आफ्नो सारा ज्यानले प्रेम गर्न सक्नेछौ र तिमीहरू जीवित रहनेछौ।+ ७ तब यहोवा तिमीहरूका परमेश्वरले यी सबै सराप तिमीहरूका शत्रुहरूमाथि खन्याउनुहुनेछ, जसले तिमीहरूलाई घृणा गरे र तिमीहरूको खेदो गरे।+
८ “तिमीहरू यहोवा परमेश्वरकहाँ फर्कनेछौ, उहाँको कुरा सुन्नेछौ र उहाँका सबै आज्ञा पालन गर्नेछौ, जुन आज म तिमीहरूलाई बताउँदै छु। ९ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा प्रचुर मात्रामा आशिष् बर्साउनुहुनेछ।+ उहाँले तिमीहरूका छोराछोरी, गाईवस्तु र भूमिको उब्जनी बढाउनुहुनेछ। जसरी यहोवा परमेश्वरले खुसीसाथ तिमीहरूका पितापुर्खाको फलिफाप गराउनुभएको थियो, त्यसरी नै तिमीहरूको पनि खुसीसाथ फलिफाप गराउनुहुनेछ।+ १० किनकि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको कुरा सुन्नेछौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र नियमहरू पालन गर्नेछौ अनि तिमीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा आफ्ना परमेश्वरकहाँ फर्कनेछौ।+
११ “मैले आज तिमीहरूलाई दिएको आज्ञा बुझ्न वा पालन गर्न धेरै गाह्रो छैन।*+ १२ के यो आज्ञा स्वर्गमा छ र, ताकि तिमीहरूले यसो भन्नुपरोस्, ‘यो आज्ञा सुन्न र त्यसअनुसार चल्न स्वर्गमा उक्लेर कसले त्यो ल्याइदेला?’+ १३ अथवा के यो आज्ञा समुद्रपारि छ र, ताकि तिमीहरूले यसो भन्नुपरोस्, ‘यो आज्ञा सुन्न र त्यसअनुसार चल्न समुद्रपारि गएर कसले त्यो ल्याइदेला?’ १४ तिमीहरूले पालन गर्न सक भनेर+ व्यवस्थाको यो सन्देश तिमीहरूकै नजिक, तिमीहरूकै मुखमा र तिमीहरूकै हृदयमा छ।+
१५ “हेर! आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष् रोज कि मृत्यु र सराप।+ १६ यहोवा परमेश्वरलाई प्रेम गरेर,+ उहाँको मार्गमा हिँडेर अनि उहाँका आज्ञा, नीतिनियम र फैसला पालन गरेर आज मैले तिमीहरूलाई दिने यहोवा परमेश्वरका आज्ञाहरू सुन्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।+
१७ “तर तिमीहरूको मन बहकियो+ र तिमीहरूले परमेश्वरको कुरा सुनेनौ अनि अरू देवीदेवतातर्फ आकर्षित भएर उनीहरूलाई ढोग्न थाल्यौ र उनीहरूकै सेवा गर्न थाल्यौ भने+ १८ आज म तिमीहरूलाई भन्छु, तिमीहरू पक्कै नाश हुनेछौ।+ तिमीहरूले यर्दनपारि जुन देश अधिकार गर्नेछौ, त्यहाँ तिमीहरू लामो समयसम्म बस्न पाउनेछैनौ। १९ आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष् रोज कि मृत्यु र सराप।+ तिमीहरू जे रोज्छौ, त्यसको साक्षी आकाश र पृथ्वी छन्। तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।+ २० त्यसको लागि तिमीहरूले यहोवा आफ्ना परमेश्वरको कुरा सुन्नू, उहाँप्रति वफादार रहनू+ र उहाँलाई प्रेम गरिरहनू+ किनकि तिमीहरूलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। अनि यहोवा परमेश्वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा उहाँले नै तिमीहरूलाई लामो समयसम्म रहिरहन दिनुहुनेछ।”+
३१ त्यसपछि मोसा सबै इस्राएलीसामु गए र तिनीहरूलाई यसो भने: २ “म १२० वर्षको भइसकेँ।+ अब म तिमीहरूलाई डोऱ्याउन सक्दिनँ किनभने यहोवा परमेश्वरले मलाई यसो भन्नुभएको छ, ‘तिमी यर्दनपारि जान पाउनेछैनौ।’+ ३ यहोवा तिमीहरूका परमेश्वर नै तिमीहरूभन्दा अघिअघि यर्दनपारि जानुहुनेछ र तिमीहरूकै सामने उहाँले ती जातिहरूलाई नाश गर्नुहुनेछ अनि तिमीहरूले तिनीहरूको देश कब्जा गर्नेछौ।+ यहोवा परमेश्वरले भन्नुभएझैँ यहोसुले तिमीहरूलाई डोऱ्याउनेछन् र यर्दनपारि लैजानेछन्।+ ४ यहोवा परमेश्वरले एमोरीहरूका राजा सिहोन+ र ओगलाई+ अनि तिनीहरूको देशलाई नाश गर्नुभएझैँ ती जातिहरूलाई पनि नाश गर्नुहुनेछ।+ ५ यहोवा परमेश्वर तिमीहरूको पक्षमा लड्नुहुनेछ र उहाँले तिनीहरूलाई परास्त गर्नुहुनेछ। तिनीहरूलाई जे-जे गर्नू भनेर मैले तिमीहरूलाई आज्ञा दिएको छु, ती सबै गर।+ ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।”+
७ त्यसपछि मोसाले यहोसुलाई बोलाए र सबै इस्राएलीसामु तिनलाई यसो भने: “साहसी र बलियो होऊ!+ किनभने यहोवा परमेश्वरले यी मानिसहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खानुभएको देशमा तिमीले नै यिनीहरूलाई लैजानेछौ। अनि त्यो देश तिमीले यिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनेछौ।+ ८ यहोवा परमेश्वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+
९ त्यसपछि मोसाले सम्पूर्ण व्यवस्था लेखे+ अनि यहोवाको करारको सन्दुक* बोक्ने लेवी पुजारीहरूलाई र इस्राएलका सबै नाइकेलाई दिए। १० अनि मोसाले तिनीहरूलाई यस्तो आदेश दिए: “हरेक सात वर्षको अन्तमा अर्थात् ऋण माफी दिने वर्षमा+ तोकिएको समयमै झुप्रोबासको चाड* मनाउन+ ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्नेगरि तिमीहरूले यो व्यवस्था पढ्नू।+ १२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्। १३ अनि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ, त्यहाँ तिमीहरू रहुन्जेल तिमीहरूका छोराछोरी, जसलाई यस व्यवस्थाबारे केही थाह छैन, तिनीहरूले व्यवस्थामा लेखिएका सबै कुरा सुन्नेछन्+ र यहोवा परमेश्वरको डर मान्न सिक्नेछन्।”+
१४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए। १५ अनि यहोवा परमेश्वर भेट हुने पालमा बादलको खाँबोमा प्रकट हुनुभयो। बादलको त्यो खाँबो भेट हुने पालको प्रवेशद्वारमा रहिरह्यो।+
१६ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्यावृत्ति* गर्न थाल्नेछन्।+ तिनीहरूले मलाई त्याग्नेछन्+ र मैले तिनीहरूसँग गरेको करार तोड्नेछन्।+ १७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+ १८ अरू देवतालाई पुजेर तिनीहरूले घोर दुष्ट काम गरेकोले त्यो दिन म आफ्नो अनुहार अन्तै फर्काइरहनेछु।+
१९ “अब यो गीत लेख+ र इस्राएलीहरूलाई सिकाऊ।+ तिनीहरूले यो गीत कण्ठ पारून् र परमेश्वरको आज्ञा पालन नगर्दा त्यसको नतिजा कस्तो हुन्छ भनेर कहिल्यै नबिर्सून्।+ २० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन् र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन् र तिनीहरूलाई नै पुज्नेछन्। तिनीहरूले मेरो अनादर गर्नेछन् र मसँग गरेको करार तोड्नेछन्।+ २१ धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि परमेश्वरको आज्ञा पालन नगर्दा कस्तो नतिजा हुन्छ भनेर यो गीतले तिनीहरूलाई सम्झाउनेछ।+ (तिनीहरूका सन्तानले यो गीत बिर्सनु हुँदैन।) किनकि मैले दिन्छु भनेर शपथ खाएको देशमा तिनीहरूलाई लैजानुअघि नै तिनीहरूको मनोवृत्ति कस्तो भएको छ, त्यो मैले देखेको छु।”+
२२ अनि मोसाले त्यही दिन यो गीत लेखे र इस्राएलीहरूलाई सिकाए।
२३ अनि परमेश्वरले नुनको छोरा यहोसुलाई+ यस्तो आज्ञा दिनुभयो: “साहसी र बलियो होऊ!+ मैले इस्राएलीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा तिमीले नै तिनीहरूलाई लैजानेछौ+ अनि म तिमीलाई सधैँ साथ दिनेछु।”
२४ मोसाले यस व्यवस्थाका सबै कुरा एउटा पुस्तकमा लेखेर सिद्ध्याउनेबित्तिकै+ २५ तिनले यहोवाको करारको सन्दुक बोक्ने लेवीहरूलाई यस्तो आज्ञा दिए: २६ “व्यवस्थाको यो पुस्तक यहोवा परमेश्वरको करारको सन्दुकसँगै राख।+ अनि यो तिमीहरूविरुद्ध साक्षीको रूपमा त्यहाँ रहोस्।+ २७ किनभने तिमीहरू कति विद्रोही र हठी छौ भनेर मलाई थाह छ।+ म जिउँदो छँदै त तिमीहरूले यहोवा परमेश्वरको यतिबिघ्न विद्रोह गऱ्यौ भने म मरेपछि झन् कति धेरै विद्रोह गरौला! २८ अब तिमीहरूका प्रत्येक कुलका नाइकेहरूलाई र अगुवाहरूलाई मेरो अगाडि भेला गराओ। म तिनीहरूलाई यी कुराहरू सुनाउनेछु अनि आकाश र पृथ्वी तिनीहरूविरुद्ध साक्षी हुनेछन्।+ २९ मलाई थाह छ, म मरेपछि तिमीहरूले अवश्य दुष्ट काम गर्नेछौ+ र मैले जुन मार्गमा हिँड्नू भनी आज्ञा दिएको छु, त्यसबाट तर्केर जानेछौ। पछि गएर तिमीहरूमाथि पक्कै विपत्ति आइपर्नेछ+ किनभने यहोवा परमेश्वरको नजरमा जुन कुरा खराब छ, तिमीहरूले त्यही गर्नेछौ र आफ्नो हातका कामहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”
३० तब मोसाले इस्राएलको सारा समुदायलाई यस गीतका शब्दहरू सुरुदेखि अन्तसम्म सुनाए:+
३२ “हे आकाश, म जे बोल्छु, कान थापेर सुन,
हे पृथ्वी, मेरो मुखबाट निस्केको वचन सुन!
२ मेरो निर्देशन झरीझैँ बर्सनेछ;
मेरो वचन शीतझैँ तपतप खस्नेछ,
घाँसमा सिमसिम पानी परेझैँ
र बोटबिरुवामा पानी बर्सेझैँ मेरो वचन आउनेछ।
३ यहोवाको नाम म घोषणा गर्नेछु।+
हाम्रा परमेश्वर कत्ति महान् हुनुहुन्छ भनेर म बताउनेछु!+
५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+
तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+
तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+
तिमीहरूलाई अस्तित्वमा ल्याउने तिमीहरूका बुबा उहाँ नै होइन र?+
तिमीहरूलाई सृष्टि गर्नुहुने र एउटा जातिको रूपमा खडा गर्नुहुने उहाँ नै होइन र?
७ उहिले-उहिलेका दिनहरू सम्झ;
अघिल्लो पुस्ताका कुराहरू विचार गर।
तिम्रो बुबालाई सोध र तिनले तिमीलाई बताउनेछन्,+
तिमीहरूका नाइकेहरूलाई सोध र तिनीहरूले बेलीबिस्तार लाउनेछन्।
८ जब सर्वोच्च परमेश्वरले जातिजातिलाई पैतृक सम्पत्ति दिनुभयो+
र आदमका सन्तानलाई* एकअर्काबाट अलग पारिदिनुभयो,+
तब उहाँले इस्राएलका सन्तानको सङ्ख्यालाई ध्यानमा राख्दै+
जातिजातिको सिमाना तोकिदिनुभयो।+
उहाँले तिनलाई चारैतिरबाट सुरक्षा दिनुभयो, तिनको हेरचाह गर्नुभयो+
अनि आफ्नो आँखाको नानीलाई जस्तै तिनलाई जोगाउनुभयो।+
११ चीलले आफ्ना बचेराहरूलाई उड्न सिकाएझैँ,
तिनीहरूको माथि-माथि हावामा उडेझैँ,
आफ्नो पखेटा फैलाएर बचेरालाई थामेझैँ
र तिनीहरूलाई आफ्नो पखेटामा बोकेझैँ+
१२ यहोवा एक्लैले तिनलाई* डोऱ्याउनुभयो;+
उहाँसँग अरू कुनै देवता थिएन।+
१३ उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू अधिकार गर्न दिनुभयो,+
यसरी तिनले जमिनको उब्जनी खान पाए।+
उहाँले तिनलाई पहराको मह
र कडा चट्टानबाट निकालिएको तेल खुवाएर बलियो पार्नुभयो।
१४ गाईको घ्यू, बाख्रीको दूध,
मोटाघाटा भेडा,
बोका, बासानका थुमा
र सबैभन्दा असल गहुँ उहाँले तिनलाई खुवाउनुभयो।+
अनि तिमीले अङ्गुरको रसबाट* बनाइएको मद्य पियौ।
१५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।
बोसो लागेर तिम्रो जीउ थलथले भयो।+
त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्वरलाई त्याग्यौ+
अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।
१६ विदेशी देवताहरू पुजेर तिनीहरूले उहाँलाई क्रोधित बनाए;+
घिनलाग्दा कामहरू गरेर तिनीहरूले उहाँलाई रिस उठाए।+
१७ तिनीहरूले परमेश्वरको निम्ति होइन, प्रेतहरूको निम्ति बलि चढाए,+
ती देवताहरूको निम्ति, जसलाई तिनीहरूले चिनेकै थिएनन्;
तिनीहरूले नयाँ-नयाँ देवताको निम्ति बलि चढाए,
जसलाई तिम्रा पुर्खाहरूले चिनेकै थिएनन्।
१८ तिमीले आफूलाई जन्म दिनुहुने चट्टानलाई बिर्स्यौ,+
तिमीलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीले सम्झेनौ।+
१९ जब यहोवा परमेश्वरले यो सबै देख्नुभयो, तब उहाँले तिनीहरूलाई त्याग्नुभयो+
किनकि उहाँका छोराछोरीले उहाँलाई रिस उठाए।
२० त्यसैले उहाँले भन्नुभयो, ‘म तिनीहरूबाट आफ्नो अनुहार अन्तै फर्काउनेछु+
अनि तिनीहरूको हालत कस्तो हुनेछ, म हेर्नेछु।
२१ जो ईश्वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+
व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+
त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्न गराउनेछु।+
एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+
२२ मेरो रिसले आगो सल्काएको छ+
र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+
त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछ
अनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
२३ म तिनीहरूमाथि अझै विपत्ति ल्याउनेछु;
मेरा सबै काँडले तिनीहरूलाई हान्नेछु।
२५ घरबाहिर भएकाहरूका बालबच्चा तरबारले काटिनेछन्,+
घरभित्र भएकाहरू डरले थरथर काँप्नेछन्।+
तन्नेरी होस् वा तरुनी,
दूधे-बालक होस् वा कपाल फुलिसकेको वृद्ध, सबैको हालत त्यस्तै हुनेछ।+
२६ म यसो भन्न चाहन्थेँ: “म तिनीहरूलाई तितरबितर पार्नेछु
र मानिसहरूबाट तिनीहरूको सम्झना मेटाइदिनेछु।”
२७ तर मैले त्यसो भनिनँ किनकि शत्रुहरूले के भन्लान् भनेर मलाई चिन्ता लागेको थियो,+
तिनीहरूले गलत निष्कर्ष निकाल्न सक्थे।+
तिनीहरूले यसो भन्न सक्थे: “हामीले आफ्नै बलले जितेका हौँ;+
यसमा यहोवाको कुनै हात छैन।”
२९ तिनीहरूसित बुद्धि भएको भए+ तिनीहरूले गहिरिएर विचार गर्ने थिए,+
तिनीहरूले आफ्नो कामको नतिजाबारे सोच्ने थिए।+
३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+
उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए,
के १ जनाले १,००० लाई खेद्न सक्थ्यो र?
अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+
३२ तिनीहरू सदोमको अङ्गुरको बोटजस्तै
र गमोराको बारीको बोटजस्तै छन्,+
तिनीहरूका अङ्गुर विषालु छन्,
तिनीहरूको अङ्गुरका झुप्पा तीता छन्।+
३३ तिनीहरूको रक्सी सर्पको विष हो,
गोमन सर्पको कडा विष।
३४ मैले तिनीहरूका कामहरू छाप लगाएर राखेको छु,
आफ्नो भण्डारमा जम्मा पारेर राखेको छु।+
३५ बदला लिने र सजाय दिने काम मेरो हो,+
तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+
किनकि तिनीहरूको विनाशको दिन नजिकै छ
तिनीहरूको चाँडै सर्वनाश हुनेछ।’
३६ यहोवाले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।+
आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ+
किनकि तिनीहरूको बल घटेको छ
अनि निर्धा र कमजोरहरू मात्र बाँकी छन्।
३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+
तिनीहरूले शरण लिएको चट्टान खोइ?
३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थे
ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्।
तिनीहरूको लागि शरणस्थान होऊन्।
मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+
४० म स्वर्गतिर हात उठाएर भन्छु,
“म, जो सधैँभरि जीवित रहन्छु, आफ्नो जीवनको कसम खान्छु,”+
४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछु
र सजाय दिन आफ्नो हात उठाउँछु,+
तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+
र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।
४२ मारिएका र बन्दी बनाएर लगिएकाहरूको रगतले
मेरा काँडहरूलाई लट्ठ पारिदिनेछु।
शत्रुका नाइकेहरूको टाउको
मेरो तरबारले खानेछ।’
४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+
किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+
आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+
अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्चित गर्नुहुनेछ।”*
४४ यसप्रकार मोसाले यस गीतका सबै शब्द मानिसहरूलाई सुनाए;+ मोसाले र नुनको छोरा होसियाले*+ मानिसहरूलाई यो गीत सुनाए। ४५ मोसाले इस्राएलीहरूलाई सबै कुरा भनिसकेपछि ४६ तिनले तिनीहरूलाई यसो भने: “मैले तिमीहरूलाई आज जे-जे चेतावनी दिएँ, ती सबै आफ्नो हृदयमा राख।+ यसो गऱ्यौ भने तिमीहरूले आफ्ना छोराछोरीलाई यस व्यवस्थाका सबै कुरा होसियारीसाथ पालन गर्न सिकाउन सक्नेछौ।+ ४७ यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।+ अनि यसअनुसार चल्यौ भने यर्दनपारि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ तिमीहरू दीर्घायु हुनेछौ।”
४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो: ४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+ ५० अनि जुन डाँडामा तिमी उक्लँदै छौ, त्यहीँ तिमी मर्नेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ। तिम्रा दाइ हारुन पनि होर डाँडामा मरे र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+ ५१ जिन निर्जनभूमिमा पर्ने कादेसको मरिबाको पानीनेर तिमीहरू दुवैले मसित विश्वासघात गऱ्यौ;+ तिमीहरूले इस्राएलीहरूसामु मलाई महिमा दिएनौ।+ ५२ त्यसैले इस्राएलीहरूलाई मैले दिन लागेको देश तिमीले टाढाबाट मात्र देख्नेछौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+
३३ साँचो परमेश्वरका सेवक मोसाले आफ्नो मृत्युअघि इस्राएलीहरूलाई दिएका आशिष् यी नै हुन्।+ २ तिनले भने:
“यहोवा सिनैबाट आउनुभयो+
अनि उहाँ सेइरबाट तिनीहरूमाथि चम्कनुभयो।
उहाँको गौरव पारानको पहाडी इलाकाबाट चम्कियो+
अनि उहाँको साथमा लाखौँलाख पवित्र स्वर्गदूत थिए,+
उहाँको दायाँ हाततर्फ उहाँका योद्धाहरू थिए।+
५ उहाँ यसुरुनको* राजा हुनुभयो,+
जब इस्राएलीहरूका नाइकेहरू एकसाथ भेला भए+
र सबै कुल पनि त्यहाँ जम्मा भए।+
७ मोसाले यहुदालाई यस्तो आशिष् दिए:+
“हे यहोवा, यहुदाको पुकारा सुन्नुहोस्+
अनि तिनलाई आफ्ना मानिसहरूकहाँ फर्काएर ल्याउनुहोस्।
जे तिनको हो, त्यो तिनले आफ्नै हातले रक्षा गरेका छन्,*
तिनलाई आफ्ना शत्रुहरूसित लड्न मदत गर्नुहोस्।”+
८ मोसाले लेविबारे यसो भने:+
“तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+
जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+
अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+
९ लेविले आफ्ना बुबा र आमालाई भने: ‘मैले तपाईँहरूको वास्ता गरिनँ।’
तिनले आफ्ना दाजुभाइको पनि वास्ता गरेनन्,+
तिनले आफ्नै छोराहरूलाई समेत साथ दिएनन्।
बरु तिनीहरूले तपाईँको वचन पालन गरे
र तपाईँको करारअनुसारै चले।+
११ हे यहोवा, तिनलाई अझै बलियो बनाइदिनुहोस्
अनि तिनको हातको काममा प्रसन्न हुनुहोस्।
तिनीविरुद्ध खडा हुनेहरूको खुट्टा* भाँचिदिनुहोस्
र तिनलाई घृणा गर्नेहरू फेरि तिनीविरुद्ध खडा नहोऊन्।”
१२ मोसाले बिन्यामिनबारे यसो भने:+
“यहोवाको सबैभन्दा प्यारो जन उहाँको छत्रछायामा रहोस्;
उहाँले त्यो प्यारो जनलाई दिनभरि छाया पारिरहून्,
ऊ उहाँको पिठिउँमा* बसोस्।”
१३ मोसाले युसुफबारे यसो भने:+
“तिनको जमिनले यहोवाबाट आशिष् पाओस्,+
आकाशका उत्तम कुराहरू
अनि शीत र जमिनका मूलहरूबाट पानी पाओस्।+
१४ घामको ताप पाएर उम्रने असल-असल थोकहरू
अनि हरेक महिना हुने असल-असल उब्जनी,+
१५ उहिलेदेखिका पहाडहरूमा* पाइने असल-असल थोकहरू+
अनि सदा रहने डाँडाहरूका राम्रा चिजहरू तिनले पाऊन्,
१६ तिनले धर्ती र यसमा भएका असल-असल थोकहरू+
अनि झाडीको बीचमा प्रकट हुनुभएको परमेश्वरको निगाह पाऊन्।+
युसुफको शिरमा यी सबै आशिष् बर्सोस्,
जो आफ्ना दाजुभाइमध्येबाट छानिए।+
१७ तिनको सान पहिला जन्मेको बहरको जस्तो छ
अनि तिनका सिङहरू जङ्गली साँढेका जस्तै छन्।
तिनले आफ्ना सिङहरूले मानिसहरूलाई धकेलेर*
पृथ्वीको पल्लो छेउसम्म पुऱ्याउनेछन्।
यी सिङहरू एप्रैमका लाखौँलाख मानिस
अनि मनस्सेका हजारौँ-हजार मानिस हुन्।”+
१८ मोसाले जबुलुनबारे यसो भने:+
१९ तिनीहरूले मानिसहरूलाई डाँडामा बोलाउनेछन्।
त्यहाँ तिनीहरूले परमेश्वरलाई स्वीकार्य बलि चढाउनेछन्।
तिनीहरूले समुद्रबाट प्रशस्त धनसम्पत्ति
र बालुवामा लुकाइएको खजाना ल्याउनेछन्।”
२० मोसाले गादबारे यसो भने:+
“गादको सिमाना बढाउनेको भलो होस्।
तिनी त्यहाँ सिंहजस्तै हुनेछन्,+
आफ्नो सिकारको हात र टाउको लुछ्न तिनी पर्खेर बस्नेछन्।
२१ तिनले आफ्नो लागि सबैभन्दा उत्तम भाग छान्नेछन्+
किनकि नियम दिनेले नै तिनको भाग छुट्ट्याइसकेका छन्।+
मानिसहरूका अगुवाहरू एकसाथ भेला हुनेछन्।
तिनले यहोवाको तर्फबाट जे सही छ, त्यही गर्नेछन्
अनि इस्राएलमा उहाँकै फैसला लागू गर्नेछन्।”
२२ मोसाले दानबारे यसो भने:+
“दान सिंहको डमरु हो।+
तिनी बासानबाट उफ्रेर आउनेछन्।”+
२३ मोसाले नप्तालिबारे यसो भने:+
“नप्तालि यहोवाको निगाह पाएर सन्तुष्ट छन्
अनि उहाँको आशिष्ले तृप्त भएका छन्।
तिमीले पश्चिम र दक्षिण अधिकार गर।”
२४ मोसाले असेरबारे यसो भने:+
“परमेश्वरको आशिष्ले असेरका धेरै छोरा छन्।
तिनलाई तिनका दाजुभाइले माया गरून्
अनि तिनले आफ्नो खुट्टा तेलमा चोपून्।
२५ तिम्रा ढोकाका ताल्चाहरू फलाम र तामाका होऊन्+
अनि तिमी जिन्दगीभर सुरक्षित रहनेछौ।
२६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+
तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छ
अनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+
२८ इस्राएल कुनै डरविना बस्नेछ
अनि याकुबका सन्तान* सुरक्षित रहनेछन्।
तिनीहरू प्रशस्त उब्जनी हुने र नयाँ मद्य पाइने+
अनि आकाशबाट तपतप शीत झर्ने इलाकामा बस्नेछन्।+
२९ हे इस्राएल, आनन्दित होऊ!+
३४ त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+ २ नप्तालिको, एप्रैमको र मनस्सेको इलाका अनि पश्चिमको समुद्रसम्म* फैलिएको यहुदाको पूरै इलाका,+ ३ नेगेबको इलाका+ अनि यर्दनको इलाका, जसमा खजुरका बोटहरूको सहर यरिहोको बेँसी पनि पर्छ र जुन जोअरसम्म फैलिएको छ।+
४ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खाएको देश यही हो। तिनीहरूलाई मैले यसो भनेको थिएँ, ‘म तिम्रा सन्तानलाई यो ठाउँ दिनेछु।’+ यो ठाउँ तिमीले आफ्नै आँखाले देख्न पायौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+
५ यहोवा परमेश्वरले भन्नुभएझैँ यहोवाका सेवक मोसा त्यहीँ मोआब देशमा मरे।+ ६ परमेश्वरले मोसालाई मोआब देशको बेँसीमा बेथ-पोअरको सामने गाड्नुभयो। मोसाको चिहान कहाँ छ भनेर अहिलेसम्म कसैलाई थाह छैन।+ ७ मोसाको मृत्यु हुँदा तिनी १२० वर्षका थिए।+ त्यसबेलासम्म पनि तिनका आँखा धमिला भएका थिएनन् र तिनको बल घटेको थिएन। ८ मोसा मरेपछि इस्राएलीहरूले ३० दिनसम्म मोआबको मरुभूमिमा रुवाबासी गरे।+ त्यसपछि मोसाको निम्ति रुने र शोक गर्ने समय सिद्धियो।
९ नुनका छोरा यहोसु बुद्धिले* भरिपूर्ण मानिस थिए किनकि आफू मर्नुअघि मोसाले तिनीमाथि हात राखेर तिनलाई इस्राएलीहरूको अगुवा नियुक्त गरेका थिए।+ त्यसपछि इस्राएलीहरूले यहोसुको कुरा सुन्न थाले र तिनीहरू यहोवा परमेश्वरले मोसालाई दिनुभएको आज्ञाअनुसारै चले।+ १० इस्राएलमा मोसाजस्तो भविष्यवक्ता पछि कोही देखा परेनन्,+ जोसँग यहोवा परमेश्वरले आमनेसामने कुरा गर्नुभएको थियो।+ ११ यहोवा परमेश्वरले फारो र तिनका सेवकहरूसामु अनि तिनको सारा देशमा जुन-जुन चमत्कार गर्न र चिन्ह देखाउन मोसालाई पठाउनुभएको थियो, उनले ती सबै गरे।+ १२ मोसाले सारा इस्राएलीसामु पनि शक्तिशाली र आश्चर्यजनक कामहरू गरे।+
यसले लेबनानको पर्वतमालालाई जनाएको हुनुपर्छ।
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “इजिप्टबाट।”
शा., “पूर्ण रूपमा।”
वा सम्भवतः “परमेश्वरले तिनलाई बलियो बनाउनुभएको छ।”
वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
अर्थात्, क्रेटबाट।
वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “बच्चा जन्माउँदा जस्तो पीडा हुन्छ, तिनीहरूलाई त्यस्तै पीडा हुनेछ।”
वा “वादीदेखि।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
पर्वतको शिखरमा भएको समतल भूमि।
वा “शवबाकस।”
वा सम्भवतः “कालो चट्टानले।”
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
यसको अर्थ हो, “याइरका गाउँहरू।”
अर्थात्, मृतसागर।
शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।
यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।
वा “परीक्षाहरू।”
पर्वतको शिखरमा भएको समतल भूमि।
वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
अर्थात्, मृतसागरसम्म।
वा “मेरो विरुद्धमा गएर।”
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “शब्दहरू।”
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
वा “आफूसँग भएको सारा कुराले।”
शा., “छोराहरूको।”
वा “यी आज्ञाहरू छोराछोरीसामु दोहोऱ्याउनू; छोराछोरीको मनमा छापिदिनू।”
मिश्रका राजाहरूको एउटा उपाधि।
शा., “परमेश्वरसामु।”
शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “अनमोल।”
वा “परीक्षा।”
वा सम्भवतः “तिनीहरूमाझ त्रास; आतङ्क फैलाइदिनुहुनेछ।”
शब्दावली हेर्नुहोस्।
शा., “औँलाले।”
वा “बाकस।”
शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।
शा., “हृदयको खतना गर।”
वा “बुबा गुमाएका बच्चाहरूको।”
वा “तिमीहरू आफ्नो गोडाले पानी लगाउँथ्यौ।” मिश्रमा छँदा इस्राएलीहरूले गोडाले पानी-चक्का चलाएर वा कुलो बनाएर खेतमा पानी लगाउँथे।
अर्थात्, भूमध्यसागरसम्म।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “प्रतिबन्ध लगाएर पवित्र तुल्याइएको।”
वा “परमेश्वरको सोर सुन।”
वा “अनमोल।”
वा “अस्ट्रिज।”
एक किसिमको पेलिकन चरा।
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
अङ्गुरबाट बनेको रक्सी।
वा “बुबा गुमाएका बच्चाहरू।”
वा “धितो लिएर ऋण दिनेछौ।”
वा “सुतारो।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।
शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्।
वा “बुबा गुमाएको बच्चा।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।
वा “मुठा।”
अङ्गुरबाट बनेको रक्सी।
यसले यहोवा परमेश्वरले उपासनाको केन्द्र बनाउन रोज्नुहुने ठाउँलाई जनाउँछ।
साँढे नलगाइएको गाई।
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
शा., “एउटीलाई माया गर्छ र अर्कीलाई घृणा गर्छ।”
शब्दावली हेर्नुहोस्।
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “वेश्यावृत्ति गरेर।” शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्।
अर्थात्, शौचालय।
शा., “कुकुर।”
वा “ज्यान लिनुजस्तै हो।”
यहाँ “कुष्ठरोग” भनेर अनुवाद गरिएको हिब्रू शब्दको विभिन्न अर्थ छ। यसमा छालामा लाग्ने विभिन्न सरुवा रोगहरू र लुगामा अनि घरमा देखिने ढुसी पनि समावेश छ।
वा “बुबा गुमाएका बच्चाहरूको।”
शा., “आफ्नो घरमा एक एपा र एक एपा।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शा., “बुबा।”
वा सम्भवतः “उहाँको ज्यान खतरामा परेको थियो।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
वा “बुबा गुमाएका बच्चाहरू।”
वा “अनमोल।”
शब्दावली हेर्नुहोस्।
वा “काठ र धातुको काम गर्ने व्यक्तिले।”
वा “यस्तै होस्!”
वा “बुबा गुमाएको बच्चा।”
शा., “मलाई।”
शा., “तिमीहरूको शिरमाथिको आकाश तामाजस्तो र तिमीहरूमुनिको जमिन फलामजस्तो हुनेछ।”
वा “पाइल्स।”
वा “तिमीहरूको मनलाई दोधारमा पारिदिनुहुनेछ।”
शा., “तिमीहरू उखानको पात्र हुनेछौ।”
अङ्गुरबाट बनेको रक्सी।
वा “भुनभुनाउने किराले।”
वा “परीक्षा ल्याउनुभयो।”
अङ्गुरबाट बनेको रक्सी।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
शा., “हृदयको खतना गर्नुहुनेछ।”
शा., “तिमीहरूबाट धेरै टाढा छैन।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “साना केटाकेटी।”
शब्दावली हेर्नुहोस्।
वा “आ-आफ्नो स्थानमा खडा होओ।”
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्यावृत्तिसित तुलना गरिएको छ।
शा., “तिनीहरू मोटाउनेछन्।”
वा सम्भवतः “मानवजातिलाई।”
अर्थात्, याकुबलाई।
शा., “अङ्गुरको रगतबाट।”
यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि।
वा “डाही।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
वा “घस्रने जीवजन्तु।”
वा सम्भवतः “सल्लाह नसुन्ने।”
वा “तिनीहरूले चढाएको उत्तम-उत्तम बलिदान।”
शब्दावली हेर्नुहोस्।
वा “देशलाई शुद्ध पार्नुहुनेछ।”
यहोसुको वास्तविक नाम। “होसिया,” होसियाहको छोटो रूप हो। यसको अर्थ हो, “याहद्वारा बचाइएको; याहले बचाउनुभएको छ।”
यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि।
वा “त्यसको निम्ति तिनले आफ्नै हातले लडेका छन्।”
यस पदमा “तपाईँ” शब्दले परमेश्वरलाई जनाउँछ।
शब्दावली हेर्नुहोस्।
शा., “तपाईँको नाकलाई।”
वा “कम्मर।”
शा., “दुई काँधको बीचमा।”
वा सम्भवतः “पूर्वका पहाडहरूमा।”
वा “हानेर।”
शा., “तिमी बाहिर जाँदा।”
शा., “याकुबको फोहरा।”
यसको अर्थ “अग्ला ठाउँहरू” हुन सक्छ।
अर्थात्, भूमध्यसागरसम्म।
वा “परमेश्वरको शक्तिबाट प्राप्त हुने बुद्धिले।”